जगतपुर ई बजारको प्रमुख दिर्घकालिन उधेस्य तथा लक्ष्यहरु।
१ युवालाई देसभित्रनै उधमी, ब्यबसायी तथा कामदार बनेर सम्मानजनक जिबन बिताउन सक्ने अबस्था बनाउने।
२ कारोबारलाई सकेसम्म डिजिटल माध्यमबाट गरेर कर छली र हुण्डी रोक्न हामीले सक्दो प्रयास गर्ने।
३ सिमित व्यक्तिमा रहेको ब्यापार ब्यबसाय धेरै नेपालि युवाको माझमा पुराउन प्रयास गर्ने।
४ आबस्यक बस्तु र सेवा उत्पादनदेखि बिक्री वितरण गर्दै रोजगार सृजना गरेर नेपाललाई आर्थिक रुपले सम्पन्न गर्न सक्दो प्रयास गर्ने।
जगतपुर ई बजारका अल्पकालीन लक्ष्य तथा उधेस्यहरु।
१ बिक्रेता र क्रेताको बिचमा बसेर प्रविधिको माध्यमबाट एक अर्कालाई जोड्ने काम गर्ने।
२ हिमाल पहाडका सामान तराई ल्याउने, तराईका सामान हिमाल पुराउने।
३ बिभिन्न जिल्लाका युवालाई कृषि र अन्य उद्योग खोल्नको लागि सहयात्री बनेर सगसगै हिन्ने।
४ हाम्रा पुराना र मौलिक खाद्यान्न तथा अन्य बस्तुहरुको उत्पादन र बजारीकरण गर्ने।
५ कलेज पढ्दै गरेका बिध्यार्थिलाई उनीहरुको फुर्सदको समयमा पनि बजारीकरण गर्न मिल्ने र केहि आम्दानि पनि हुने गरि शैक्षिक सस्था र ब्यबसाय जोड्ने।
६ पढ्दादेखिनै युवालाई उत्पादन, बजारीकरण र ब्यबस्थापनका धेरै कुराहरु सिकाएर उनीहरुलाई सक्षम बनाउने।
Comments
Post a Comment