आखिर पैसामा राजाको तस्बिर राख्ने चलन कसरि सुरुवात भयो।
हामी सबैलाई थाहा छ कि संसारका धेरै देशरुको पैसामा राजा, रास्ट्रपतितथा राष्ट्र प्रमुखको फोटो राख्ने चलन छ, यो चलन यत्तिकै चलेको होईनयसका पछाडी सिलसिलाबद्ध कारणहरु छन्, जसका बारेमा चर्चा गरिनेछ।
मानब जातिको सुरुवाती चरणदेखि धेरै पछिसम्म मानिसहरु समुहमा बस्ने, समुहमा मिलेर काम गर्ने र चाहिएको सामान पनि मिलेर प्रयोग गर्ने चलनथियो। बिस्तारै जनसख्या बढ्दै गएसंगै सामुहिक काम गरेर, सामुहिकरुपमा चाहिएको सामान लिने काममा बिबाद आउन थाल्यो र बिस्तारैआफ्नो आफ्नो काम गर्ने चलन चल्दै गयो , अब सबैले आफ्नो आफ्नोकाम गर्न थाले पछि कोहि एक जनाले आफुलाई चाहिएको सबै सामानबनाउन सक्दैन त्यसैले आफुले बनाएको सामान अरुलाई अलिकति दिने रउसबाट आफुलाई चाहिएको सामान लिने चलन चल्यो। जसलाई बस्तुविनिमय प्रथा भनेर चिनिन्छ। अब कति मकै बराबर एउटा सर्ट साट्ने तभन्दा मकै बनाउदा लागेको श्रम र सर्ट बनाउदा लागेको श्रम हिसाब गरेरमोलतोल गर्थे। सुरुवाती चरणमा बजारको ब्यबस्था थिएन सामान साट्नेमान्छे, अर्को साट्न खोजेको मान्छे खोज्दै हिन्नु पर्थ्यो, बिस्तारै मान्छेलाईअक्कल आयो र यसरि खोज्दै हिन्नु भन्दा त जस जसले जे जे बनाएको छत्यो त्यो लिएर एउटा ठाउमा भेला भएर सामान साटा साट गर्दा सजिलोहुन्छ भन्ने त्यो बेलाको ठुलो बिचार निर्माण गरेर सबै जना कुनै एक ठाउमाजम्मा हुने चलन भयो, त्यो गर्दा सबैलाई सुबिधा पनि भयो त्यहि पहिलाकासमान साटासाट गर्ने प्रचलित ठाउँनै अहिलेका ठुला ठुला सहरहरु हुन्।अनि यस्तो भेला भएर सामान साटासाट गर्ने ठाउ चाहि नदिको छेउछाउचयन गर्ने गर्थे किनकि दिनभरि पानीको आबस्यकता पर्दछ त्यसैले नदीकोछेउछाउ बस्दा पानीको सहज उपलब्धता हुने हुँदा त्यस्ता ठाउहरु रोज्थेआजपनि हामीले देख्न सक्छौ संसारका ठुला ठुला र पुराना सहरहरु प्रायनदि छेउछाउनै रहेका छन् यिनीहरुको क्रमिक बिकास त्यो बेलादेखिदै हुदैआएको हो।
यसरि मान्छे जम्मा भएर सामान साटासाट गर्दा फेरी मान्छे र सामान बढ्दै गए पछि सामान साटासाट गरेर कारोबार गर्न पनि झन्झटिलो हुन थाल्योर यस्तो किसिमको समस्यामा मान्छे फसे जस्तै आफुसंग १०० किलो आलुछ, त्यो १ महिना भित्रमा कसैलाई दिएर, अर्को आफुलाई चाहिएकोसामान नलिए आलु बिग्रिन्छ तर आफुलाई चाहिएको मकै, धान र गौ २महिना पछि आइपुग्छ, यस्तो अबस्थामा सामान साट्न त मिलेन, नमिलेपछि उसले आलु लिने सबैबाट सम्झिनको लागि केहि कुरा लियो जस्तैसिपिका टुक्रा लियो र आलु उनीहरुलाई दियो, २ महिना पछि मकै, धान रगौ लिए पछि त्यो सिपिका टुक्रा उनीहरुलाईनै फिर्ता गर्दियो। अबमान्छेलाई थाहा भयो कि यसरि सम्झिनको लागि बिचमा केहि कुराकोप्रयोग गर्दा ससिलो हुने रहेछ भनेर अनि त्यो चलन विभिन्न समाजमाफैलिदै गयो। त्यसपछि कतै जनावरको छाला, खुर, सिङ्गलाई प्रयोग गर्नथाले कतै बिशेष किशिमको ढुंगालाई प्रयोग गर्न थाले, कतै सुर्ती, चुरोटलाई पनि प्रयोग गर्न थालियो कतै गौ, जौ लाई कुनै भाडाले नापेरत्यसैलाई आधार मान्न थालियो, जे होस् बस्तु विनिमयबाट बिस्तारै बिचमासबैले मान्ने कुरालाई एउटा माध्यम बनाउन थालियो र कारोबार संचालनगरियो अनि बजार पनि पहिला सम्बन्धित मान्छेले सिधै जोसंग हो त्योसंगकारोबार गर्ने चलन थियो तर बिस्तारै अब बिचमा ब्यापारी आएर सामानबेच्न खोजेकोसंग लिने र किन्न खोजेकोलाई बेच्ने चलन पनि चल्यो।यसरि ब्यापारीको चलन चले पछि व्यापारीले त लामो समयसम्म स्टोरगरेर राख्नु पर्ने भयो अब उसलाई त्यो बिचको मानिएको सामान जस्तैसिङ्ग, छाला, ढुंगा, गौ वा जौ आदिलाई स्टोर गरेर राख्न त झन्झट भयोत्यसैले बिस्तारै मानिसहरुले बिचको मानिएको बस्तुलाई धातुको प्रयोगगर्न थाले जस्तै तामा, चादी, स्टिल, सिल्टे आदि।
मानिसहरु र उत्पादनका सामानहरु बढ्दै गए संगै ति धातुका टुक्राहरु पनिबिस्तारै प्रयोग गर्न पनि झन्झटिलो हुन थाल्यो जति बेला पनि ति टुक्राजोख्नु पर्ने हुदा त्यो पनि झन्झटिलो भयो साथै यता र उता लान ल्याउनपनि अफ्ठेरो भयो त्यसैले गाउका सबै जना मिलेर ति सबैका टुक्रा गाउकोमुखिया जो अल्लि बलियो ठुलो र सबैलाई काबुमा राख्न सक्ने मान्छे छत्यसकोमा लगेर राख्ने र जस जसले जति जति किलो राखेको छ त्योकिलोको आधारमा साना साना टुक्रा गरेर लिने भन्ने सहमति गरे अब १०किलो राखेको मान्छेले १० वटा साना टुक्रा पायो, अनि ५ किलो राखेकोले५ वटा टुक्रा पायो, बास्तबिक ठुला धातु चाही मुखियाको घरमा राखियोत्यसैको आधारमा सानासाना टुक्रा चलनमा ल्याइयो। बडा काइदाकोचलन चलाएछन केटाहरुले जे होस् मान्नै पर्छ त्यो बेलाको आईडियालाई, अब ति टुक्रा पाउन कसैले केहि उत्पादन गर्नु पर्थ्यो अर्कोलाई दिए पछिआफुले ति टुक्रा पाईन्थ्यो र ति टुक्राले अरुबाट किन्न सकिन्थ्यो यसरिसबैले ति धातुका टुक्रालाई बिस्वास मानेर कारोबार गरेका थिए, तर त्योबेला पनि फटाहा मान्छे रहेछन, जसले उत्पादन पनि नगर्ने मुखियाकोमालगेर अरुले जस्तै ठुलो धातु पनि पनि नराखी चलन चल्तीको जस्तै सानोनक्कली टुक्रा बनाएर सामान लिन थाले, त्यो गर्दा त जसले सामान बनाएरबेचेर टुक्रा लिएको छ उसलाई बडी दुख्ख गर्नु पर्यो तर फटाहा मान्छेले तसामान उत्पादन गर्न भन्दा त्यहि धातुका नक्कली टुक्रा बनाएर अरुसगबाटसामान लिन थाल्यो यस्तो गर्दा बित्तिकै त धातुका टुक्रा धेरै आबस्यकसामान कम हुन थाल्यो जसले गर्दा मान्छेहरुले नक्कली बनाएको कुराथाहा भयो र नक्कली बनाउनेलाई समाजले सजाय पनि दियो। अब योनक्कली समस्या हटाउनको निम्ति ति धातुको टुक्रालाई बिसेष किसिमकोबनाउने र १० किलो जम्मा गरेको लाई १० लेख्ने ५ किलो जम्मागरेकोलाई ५ किलो लेख्ने चलन चल्यो।
यसो सोचौ त कति दुख्ख गरेर मकै उत्पादन गरिन्छ अब १०० किलो मकैत्यो जाबो १०० लेखेको सानो धातुको टुक्रा लिएर दिन त खासै मन लाग्दैननि तर दिन बाद्य भईन्छ किनकि त्यो टुक्रालाई समाजमा सबैले मान्यतादिएका छन् र त्यो धातुको टुक्रा दिएर आफुले पनि अरुबाट सामान लिनसकिन्छ भन्ने बिस्वास भएपछि त्यो धातुको टुक्रा सबैले स्वीकारेरकारोबारमा प्रयोग हुने हो । अब सामान्य धातुका टुक्रा अरुले पनि नक्कलगर्दै गए पछि अल्लि गतिलो धातु जुन सहजै बनाउन नसकियोस बनाउदापनि समय श्रम लाग्ने होस् भनेर चादी र सुनलाई मान्न थालियो। त्यो बेलादेखिनै सुन हेर्दै अलिकति राम्रो र पाउन पनि गाह्रो पर्ने र बनाउन समय रश्रम लाग्ने हुदा सुनको सिक्कालाई अरुको सिक्का भन्दा अल्लि महँगोसिक्काको रुपमा मान्यता दिन थालियो जसको निरन्तरता अहिलेसम्मचलिरहेको छ।
यता पैसाको बिकासक्रम चल्दै थियो उता फेरी मान्छे बीच लडाई हुनेआफ्नो इलाका बनाउने कब्जा गर्ने राजा बन्ने चलन पनि चल्दै थियो यसैबेला विभिन्न समाजलाई जोडेर एउटा देस बनाई राजा बन्ने चलन चल्यो।जब राजा भयो अब विभिन्न समाजका मुखियाको घरमा भएको त्यो तामाचादी र सुनका थुप्राहरु राजाकोमा लगेर राख्न थालियो, मान्छेहरुले त्यहिथुप्रोको आधारमा ति साना साना टुक्रा बनाएर, त्यसलाईनै आधार मानेरकारोबार गरेका थिए। मान्छेको जनसंख्या बड्दै गएसंगै त्यो सानो टुक्रानक्कली बनाउने चलन पनि चल्न थाल्यो, जब मान्छेले बास्तबिक बनाउनपर्ने सामान नबनाएर, नक्कली बनाएर बजारमा सामान किन्न जान्छ तबबजारमा सामान कम हुदै जान्छ, ति धातुका टुक्रा बड्दै जान्छन, यो कुराथाहा पाए पछि केहि जनताले राजालाई जानकारी गराए अनि जब राजालेत्यो नक्कली बनाएको थाहा पाए तब राजाले सोचे यो सबैले मान्यतादिएको कुरालाई नक्कली बनाउदा त कारोबारमा बिस्वास हुदैन जबकारोबारमा बिस्वास हुदैन तब मान्छेहरुले कुनै पनि कुरा उत्पादन गर्दैनन्, जब उत्पादन गर्दैनन् तब भोकभोकै मर्न सक्छन, फेरी पुरानो टुक्रालाइ रद्दगरेर नया जारि गर्दा सबैले स्वीकार गरेनन भने फेरी अफ्ठेरो पर्न सक्छ।त्यसैले समाज र मान्छेलाई विश्वास दिलाई , मान्छेलाई यो त राजाकोपैसा हो राजा त धनि छन् हामीलाई जति बेला पनि यो पैसा बराबरकोसामान दिन सक्छन भन्ने पार्नु पर्थ्यो। यो राजाको पैसा हो सबैले स्वीकारगर्नु पर्छ भन्ने पनि बनाउनु थियो, साथै यो राजाको पैसा जस्तो अर्कोनक्कली बनाउन हुदैन भन्ने पनि पार्नु पर्थ्यो। त्यो सबै गरेर मानसिक रुपमामानिसलाई कुनै न कुनै रुपमा त्यो सिक्कामा बिस्वास दिलाउन सक्नुपर्थ्यो। त्यसैले राजाले जनताबाट पुराना सबै सिक्का लिएर त्यससिक्काकामा आफ्नो फोटो जस्तो कुद्न लगाए अनि सबैलाई भने जसले योमेरो फोटो भएको पैसा जस्तै नक्कली बनाउछ त्यसलाई ठुलो कारबाहीहुने छ भने र नक्कली बनाउनेहरुलाई कारबाही पनि गरे त्यहि नक्कलीसिक्का बनाउनेलाई गरेको कारबाही आजसम्म पनि नक्कली पैसाबनाउनेलाइ ठुलै कारबाही हुने चलन छ किनकि सबैले नक्कली पैसाबनाएर सामान बनाउन छोडे भने मान्छेसंग पैसानै पैसा हुन्छ तर किन्नेसामान हुदैन र भोकमारिले मान्छेहरु मर्न थाल्छन त्यसैले नक्कलीपैसालाई तुरुन्तै जफत गरेर बनाउनेलाई कारबाही गर्नु पर्ने हुन्छ।
पैसामा सबैको मान्यता के हो भने मैले १०० रुपिया कमाउन जति मेहनतगर्नु पर्छ र अर्कोले पनि त्यतिनै मेहनत गर्नु पर्छ भन्ने मान्यतामानै पैसालाईसबैले स्वीकार गरेको हो। पैसाको चलनले कारोबारमा अतिनै सहजताभएको छ। पैसाको प्रयोगलेनै पैसालाई सजिल्यै जतापनि ओसारपसारगर्न सकिन्छ ,पैसाको प्रयोगलेनै अहिले धेरै काम गरेर भबिस्यको लागिसंचय गर्न सकिन्छ। यदि पैसाको प्रयोग हुन्नथ्यो भने त्यो सम्भब थिएनआजको बिकास हुनुको मुख्य कारणनै पैसाको प्रयोगमा आएको सहजतापनि हो। यदि पैसा प्रयोग नभएको भए, मैले १०० किलो आलु बेचेर मलाईचाहिएको सामान लिन निकै झमेला व्यहोर्नु पर्ने थियो। त्यसैले पैसाकोकारणले हरेक मान्छेलाई निकै सुबिधा भएको छ। तर त्यो सुबिधाको साथसाथै यसका खराब पक्ष पनि निकै गम्भिरका साथ आए। जस्तै पैसाभएको मान्छेबाट लुटेर, मारेर लिन थाले त्यो पैसाको सबै भन्दा खराब पक्षभयो। जब पैसा बन्यो तब पैसाको लागि मान्छे जे गर्न पनि थाल्यो मान्छेमादयामाया, आत्मियता, भाबना, सहयोग, मेलमिलाप हराउदै गयो र मान्छेपैसाकै पछि पछि मात्रै कुद्ने अबस्था आयो यो पनि पैसाको खराब पक्षभयो। पैसाको प्रयोगको कारणले मान्छेले भ्रस्टचार गर्न मिल्ने भयो जुनपैसाको अर्को ठुलो खराब पक्ष देखा पर्यो।पैसाको प्रयोगले नै सिमितमान्छेहरु असाध्यै धनि र धेरै मानिस गरिब हुनु पर्ने अबस्थाको निर्माणभयो। यी सबै खराब पक्षका बाबजुद पनि बिना पैसा अब समाजकोआर्थिक गतिबिधि सम्भब चाही हुदैन।किनकि मैले कुनै एउटा होटेलमाकाम गर्छु अब त्यो काम गरे बापत मलाई होटेलले केहि कुरा दिनु पर्योत्यो होटेलले दिएको केहि कुराबाट मलाई चाहिएको अनेकौ कुरा लिएरआउन पैसा बाहेक अरु बिकल्प हुन सक्दैन, हो अब कागजका रसिक्काका पैसा नभए पनि चल्छ तर केहिनकेहि सबैले मान्यता दिने चिजचाही हुनु पर्छ। अहिले त्यो बिस्तारै कम्पुटरको अंकमा चलेको छजसलाई हामी डिजिटल पैसा भन्छौ बिस्तारै पैसाका स्वरूप परिबर्तन हुदैआए तर पैसा चाही अब हट्न सम्भब छैन। पैसाका यिनै माथिका खराबपक्षलाई राम्रोसंग बुजेर कसैगरि मिलाउन सम्भब नभए पछि Karl Marx ले बिना पैसाको समाज कल्पना गरेका थिए।
यसरि पैसा भनेको कुरा सबैले मान्यता दिएको कुनै एउटा सजिल्यै यता रउता गर्न मिल्ने, संचय गर्न मिल्ने सिक्का, कागज वा कम्पुटरको अंक हो।यसरि सबैको बिस्वास जित्नको लागि, नक्कली बनाउन रोक्नको लागितथा मानसिक रुपले सबैलाई महत्वपुर्ण छ है भनेर भ्रम पार्नको लागिपहिले सिक्का र पछि कागजका नोठहरुमा राजाको तस्बिर राख्नेचलनको सुरुवात भएको हो। खासमा सुन, चादी पनि केहि होईन, सबैलेमान्यता दिएकोले पछि बिस्तारै कतिपय समाजमा त्यसलाई गहना बनाएरलगाउने चलन चल्यो, जसलाई मान्छेले प्रतिष्ठाको रुपमा लिन थाले त्योपनि सबैले मान्यता दिएर भएको हो। बिस्तारै समाज बड्दै गएसंगैराजाकोमा राखेका तामा, चादी र सुनका थुप्राहरुलाई एउटा बैंक बनाएरत्यतै सारियो तर पैसालाई शक्तिसाली देखाई राख्न राजाको फोटो हाल्नेचलन चाही अहिलेसम्म कायमनै छ। जब मान्छेहरु छरियर टाडा टाडासम्म बस्न थाले फेरी तिनीहरुको पैसा जम्मा गरेर अर्कोलाई ऋण दिने भन्दैबाणिज्य बैंकहरु पनि स्थापना भए । तर अब प्रबिधिको प्रयोगसंगैकागजको नोठ, बाणिज्य बैंकहरु केहि बर्षमा हटेर सबै पैसा अंक, त्योपनि केन्द्रिय बैंकबाट मात्रै संचालन हुने तिर बिस्व जादै छ।
त्यसैले पैसा भनेको ठुलो कुरा केहि होईन खासमा मुख्य कुरा सबैलेमिलेर सबैलाई चाहिएको सामान बनाउनुनै जिबनलाई सहज बनाउनु हो।अब सबै जना मिलेर काम गर्दा कोहि अल्लि पढेर काम गरेको हुन्छ, उसलाई अल्लि बडी दिनु पर्यो नपढी काम गरेकोलाई अल्लि कम दिनुपर्यो, कसैले धेरै घण्टा काम गरेको हुन्छ उसलाई धेरै दिनु पर्यो, कसैलेथोरै घण्टा काम गरेको हुन्छ उसलाई थोरै दिनु पर्यो, यो कुरा मिलाउन पैसानहुने हो भने निकैनै सकस हुन्छ त्यसैले अबको समाज बिना पैसा चल्नसक्दैन तर पैसा भनेको त्यहि हामीले गरेको कामको भागबण्डा लगाउनेसाधन मात्रै हो। तर अबस्था यस्तो भैदियो कि जे भनेको नि पैसानै हो भन्नेभयो। पहिले पहिले गाउका सबै मिलेर खेतमा पानि लगाउने, कुलो बनाउनआफै फरुवा बोकेर जान्थे अनि बनाएर पानि आउथ्यो अब पैसाकोचलनले गर्दा माथिबाट बजेट नआए सम्म अब कुलो बन्दैन पैसाले मान्छेजति सबै बिग्रे नभई पनि नहुने भएर पनि शुख्ख नपाइने अबस्था पैसालेगर्दा भयो जबकि त्यो सामान्य राजाले छापेको कागजको टुक्रा थियो।त्यसैले अबको मानिसको बिकास फेरी सबैले मिलेर काम गर्ने भागबण्डालगाउन प्रविधिको प्रयोग गर्ने ताकि कसैले कसैलाई ठग्न नसकोस त्यहिनैमानिसको अन्तिम र उपयुक्त मोडेल हुन्छ जसलाई नेपालिबाद भनेर एउटाबिस्वलाई दिसानिर्देस गर्ने उपयुक्त आर्थिक मोडेल नेपालले दिनुपर्नेआबस्यकता छ जसरि बुद्धले शान्तिको सन्देस दिए।
Comments
Post a Comment