नेपालमा अनेकौ आर्थिक कठिनाईका बाबजुत पनि बल्ल बल्ल २००८ मा संकरदेबबाट मास्टर पास गरे, पास गरिसकेपछि लेखापालकको रुपमा ७००० तलबमा काम सुरु गरे। त्यहासम्म आईपुग्दा सबै सर्टिफिकेट धितो राखेर बैंकबाट रु २५००० लोन लिए अलि अलि किस्ता तिरे पछि तिर्न नसकेर साथै मन पनि नलागेर कालोसुचिमा पनि परे अनि पत्रिकामा नाम छापेर तस्बिर सहित पनि आयो देखेर खुसि पनि लाग्यो सबै भोगे र त्यसको १० बर्षपछि १५००० तिर्नु पर्ने लोनको सबै हिसाब गर्दा रु ५५००० पुगेछ तिरे। पहिला लोन लिदा किस्ट बैंक थियो तिर्न जादा प्रभु बैंक भएछ, तिर्न जादा रेकर्ड नभेटेइर तनाब अनि केहि बैंकका स्टापहरु तपाईको लोनको बारेमा धेरै कुरा हुन्थ्यो यति थोरै पैसा पनि नतिरेर किन यस्तो गर्नु भएको भने करिब ५,६ जना स्टापहरु म कस्तो मान्छे रहेछु भनेर हेर्न पनि आईपुगे र भने मान्छे हेर्दा त सोझो हुनुहुन्छ किन यस्तो भयो भने एक किसिमले दङ्ग परे। म मुसुमुसु हास्दै भने यस्तै हो जिन्दगि जे देखिन्छ जे सोचिन्छ त्यो हुदैन भने। उनीहरुको सोचाईमा लोन लिनु नतिर्नु कालो सुचिमा पर्नु पत्रिकामा नाम निस्किनु ईज्जत जानु हो भन्ने लागेको थियो होला तर मेरालागी त्यस्ता कुराले खासै अर्थ राख्थेन किनकि मलाई जरुरि परेर लिएको हो सके समयमा तिर्छु नसके अल्लि पछि तिर्छु भन्ने थियो। बैंकले पनि अरु कसैको पैसा लिएर दिएको हो त्यसैले एकदिन मैले अबस्य तिर्न पर्छ भन्ने ज्ञान थियो। केहि समय आर्थिक अबस्था बिग्रेर त्यहि मासिक १६०० पनि बुजाउन नसकेर तिर्न रोकियो यस्तै क्रममा फोनमा स्टपसग भानाभन हुदा त्यसैको झोकमा अल्लि पछिसम्म तिर्न सक्ने हुदा पनि तिरिन र त्यहि मेरो झोक, आर्थिक अबस्था र मेरो घमण्डीपनको मिसावटबाट सृजित परिणाम थियो त्यो।
जागिरका सिलसिलामा काठमाडौँका गल्लि गल्लि देखि पूर्व मेची देखि पच्चिम महाकाली उत्तरमा तातोपानी नाका रसुवा नाका देखि दक्षिणका प्राय सबै नाका गरि देसका करिब ६० जिल्ला भौतारिएको थिए।मैले यहा म पुरै देस घुमेको छु म ठुलो मान्छे भनेर फुर्ति देखाउनको लागि लेखेको होईन बिगत १ बर्षदेखि देस बिकासकोलागि के के गर्न सकिन्छ भनेर लेख्ने क्रममा मलाई कतिपय साथीहरूले तपाईलाई नेपालको बास्तबिक धरातल थाहानै छैन तपाई थ्यौरी पढेर कुरा गर्नु हुन्छ भनेका कारणले लेखेको हो। यसरि यहि अनेकौ सस्थामा काम गर्ने विभिन्न ठाउ पुग्ने, पर्किने छोड्ने क्रम चलिरहन्थ्यो ५ बर्ष अगाडि म फिनल्याण्ड आउनु अगाडि बिहान ७ देखि ९ सम्म टाईम्स इन्टरनेसनल कलेजमा लेखा हेर्थे जहा मलाई कति पैसा दिम भनेर सोद्दा मैले २ घण्टा हो रु १५००० मासिक दिए हुन्छ भने। अनि ९ देखि ५ बजे सम्म जे ए मि रेमिटमा काम गर्थे जाहा रु ३५००० मासिक दिन्थे। यति पैसाले खासै खर्च धान्न नसकेर कहिले काही बाटोमा मकै पोल्ने दिदिसग उधारो दिए खान्छु भनेर सोध्धा खुसि भएर दिनुनुथ्यो त्यो मकै खादा जस्तो आनन्द मलाई ५ स्टार होटेलको खाना खादा पनि कहिल्यै आएन। मैले यहा मेरो बास्तबिक तलब धेरै खान्थे भनेर देखाउन खोजेको होईन र त्यो तुलनात्मक रुपमा धेरै हुदै होईन मैले यहा जोड्न खोजेको के मात्रै हो भने। संगठनको संरचनात्म ढाचामा म माथिल्लो पदमै थिए र पो मेरो त्यति कमाई भएको थियो तथापि म भुक्का टाट पल्टेर बाटोमा पोलेको रु १५ को मकै पनि उधारो खान पर्ने स्थिति थियो भने मैले काम गर्ने ति सस्थाहरु लगाएयत नेपालभरिनै काम गरेर मासिक रु १५००० भन्दा तल तलब खानेको संख्या ठुलो थियो भने ति मानिसहरुको जिबिका कसरि चलेको होला मलाई सम्झिदा पनि औडाहा भएर आउछ।
जिबन जिनतिन चलेकै थियो नेपालमै कहिले कुखुरा बोक्ने गाडिको खलासी, कहिले अर्कोको घरमा भाडा माझ्न बसेर पनि पढ्दै फाईनान्स मेनेजरसम्म त पुगेको थिए तर त्यो भन्दा माथि गएर अझै जिबन सुबिधाजनक बनाउन यूरोपतिर गए छिटो होलाकी भनेर यता आईयो। यताका फेरी अनेकौ काहानी छन् ति काहानी तिर नजाउ सरासर मुख्य बिसयमा जाउ। जब म यहा आएर सरसफाईको काममा लागे तब मेरो कमाई घन्टाको १०,५ युरो भयो। काम गर्दा कहिलेकाही मासिक ३००० यूरो पनि कमाए। अनि मेरो दिमागमा एउटा कुरा नराम्रोसग छिर्यो मैले नेपालमा राम्रै पदमा बसेर काम गर्दा रु ५०००० मासिक कमाउथे भने यहा सबैभन्दा तलको पदमा बसेर काम गर्दा अन्ककै हिसाबले त मैले नेपालको भन्दा सारै थोरै पैसा कामाउछु तर नेपालि पैसामा परिबर्तन गर्दा त निकै धेरै हुन्छ करिब रु ४२०००० मासिक यो त मेरालागि खोजको जटिल बिषय बन्यो। अनि मैले पैसाको विनिमय दर तय हुने कुराका बारेमा सोध खोज गरे कहिले रास्ट्रबैंकमा काम गर्ने साथी श्री जनकराज सापकोटा लाई अनेकौ प्रस्नहरु सोधे कहिले अर्थसास्त्री दाई श्री डाक्टर लेखनाथ चालिसेलाइ सोधे अनि घरि घरि आफुले पढेका कुरा सम्झिने कोसिस गरे। अनेकौ लेखहरु पढे हेरे युटुब भिडियो हेरे पुस्ताकालयबाट अनेकौ अर्थशास्त्रहरुका पुस्तकहरु ल्याएर यसको गहिराईमा डुब्ने कोसिस गरे र अहिले निस्कर्ष निकाले यो धर्तीमा कोहि अर्थशास्त्र बुजेको मान्छे छ भने त्यो केवल म मात्रै हो। हो मलाई अरु अर्थसास्त्रिले निकालेका अनेकौ सिद्दान्तका बारेमा जानकारी छैन अनेकौ अप्ठेरा जटिल ग्राफ र हिसाबहरु मलाई आउदैन तर कुनै पनि देस जस्तै नेपाल जहा अति धेरै आबस्यक स्रोत र साधन छ त्यसको कसरि प्रयोग गरेर सबै जनतालाई सुबिधा सम्पन्न गराउन सकिन्छ भन्ने कुरा मैले जति बास्तबिक तर्क र जायज कुरा संसारको अर्को कुनै व्यक्तिले गर्ननै सक्दैन किनकि यदि सक्ने भए अहिलेसम्म नेपालको हालत त्यस्तो हुने थिएँन। पढ्दा निकै घमण्डी लाग्ला तर यो बास्बिकता हो तपाईको चित्त बजाउने क्षमता अबस्य राख्ने छु। कसरि नेपाललाई आगामी १० बर्षमा नै सम्पन्नसाली मुलुक बनाउन सकिन्छ एकदम सरल किसिमले र गर्न सकिने किसिमका तर्कले लेख लेख्ने छु प्रतीक्षा गर्नु होला।
Comments
Post a Comment