आर्थिक बिकास र पैसासगको अन्तरसम्बन्ध
हरेक जनता र देस आर्थिकरुपले सम्पन्न हुनु भनेको उक्त देसका जनताहरु विभिन्न किसिमले सुविधाजनक जिबन बिताउन सक्ने अबस्थामा पुग्नुहो। सामान्यतया मानिसको जिबन र समाजमा आर्थिक अभाब रसमस्याका कारणलेहरुनै अनेकौ खराब परिस्थिति र अबस्थाको सृजनाहुने गर्दछ। त्यसैले आर्थिक विकासलाई राम्रोसग बुजेर यसलाई निरन्तरलयमा हिनाउनको लागि पैसा र बिकासको अन्तरसम्बन्धका बारेमा गहनबिचार बिमर्श गरि उपयुक्त नीति बनाउनु अति आबस्यक हुने गर्दछ।
खासमा पैसा केवल साधन मात्रै हो साध्य होईन तर पैसाको प्रयोग बिनाहाम्रो आर्थिक उपलब्धि हासिल गर्न अहिलेको अधिक जनसंख्या भएकोसमाजमा प्राय असम्भबनै हुने देखिन्छ। यदि सबै उपलब्ध साधान र स्रोतरास्ट्रीयकरण गर्ने अनि सामुहिक काम र सामुहिकरुपले सुबिधा लिनेब्यबस्था मिलाउने हो भने बिना पैसा पनि समाज चल्न त सक्छ तर एकआपसमा अनेकौ व्यवधान उत्पन्न भई केहि समयमानै त्यो निरन्तर चल्ननसक्ने परिस्थितिमा पुग्ने हुन्छ। त्यसैले आजको समाजमा हामीहरु पैसाबिना पनि मिलेर आर्थिक क्रियाकलापहरु संचालन गरेर सहजै समाजलाई अगाडी बडाउन सक्ने अबस्थामा पुग्न सकिदैन।
पैसा भनेको उत्पादित सामान र सेवाको मूल्य ब्यक्त गर्ने एक सामुहिकसर्बस्वीकार्य मापक मात्रै हो, जसलाई बचत गर्न, हस्तान्तरण गर्न र सटहीगर्न प्रयोग गर्न सकिने बनाईएको छ।त्यसैले जति जति सामान र सेवाकोउत्पादनमा बृदी गरिन्छ त्यति त्यति पैसाको परिमाण पनि बड्ने हो। तरके पनि बिर्सिनु हुदैन भने यदि जनताले किन्न नचाहाने सामानकोउत्पादनमा बृदी गरियो भने त्यस्तो अबस्थामा लगानी डुबेर बित्तियब्यबस्थापन समस्या आईपर्न भने सक्छ। अनि अर्को कुरा यदि हामीलेपैसाको प्रयोग समाजलाई हानि हुने कुरा जस्तै रक्सि, चुरोट, सुर्ती तथाअन्य नक्कली सामानहरुको उत्पादन र प्रयोग गर्दै गईयो भने पनि त्योअबस्थामा पैसा त बृदी हुन्छ तर त्यसले समाजलाई खराब प्रभाब पारेकोहुन्छ तर त्यहि पैसा गुणस्तरीय सामानहरु जस्तै कपडा, खाना, औषधिफलफुल, जुस आदि सामानहरुको उत्पादनमा प्रयोग गर्दै गईयो भनेपैसाको बृदी हुनुका साथै समाजलाई त्यसले सकारात्मक परिणाम पनिदिएको हुन्छ।
पैसाको प्रयोगका बारेमा यति कुरा बुजिसके पछि अब राज्यले नक्कलीसामानहरुको उत्पादन र बिक्रि वितरणमा पुरै नियन्त्रण गर्ने नीति लिनुकासाथै रक्सि, चुरोट र सुर्तीको उत्पादन र बिक्रि बितरणलाई सम्भब भए पुरैनिषेध र सम्भब छैन भने निश्चित ठाउ र निश्चित उमेर भन्दा माथिकामानिसहरुले मात्रै प्रयोग गर्न पाउने गरि खुल्ला गराउनु सबैकोलागि हितहुने हुन्छ।
मानिसलाई आफ्नो जिबनकालसम्म अनेकौ सामानहरु चाहिने हुन्छ तिसामानहरु प्राप्त गर्नको लागिनै फेरी तिनै मानिसहरुले ति सामानकोउत्पादन तथा बिक्रीवितरण गर्दासम्म अनेकौ काम गर्नु पर्ने हुन्छ। त्यहिकाम गरेको समय र कामको प्रकारका आधारमा फरक फरक व्यक्तिलाईकसैलाई धेरै र कसैलाई थोरै सामानहरु दिनु पर्ने हुन्छ। तिनै अनेकौ कामगरेका व्यक्तिहरुलाई धेरै र थोरै सामानहरु दिने कामलाई ब्यबस्थितगर्नको लागिनै पैसाको प्रयोग गरिएको हो। यहाँ पैसाको प्रयोगले आर्थिककारोबारलाई निकै सहज बनाउने भूमिका खेलेको हुन्छ जस्तै एउटामान्छेले कुनै होटेलमा काम गर्छ र त्यहाँ पाएको पैसाले उसले बजारबाटआफुलाई आबस्यक पर्ने अनेकौ सामानहरु सजिल्यै खरिद गर्न सक्नुनैपैसाको प्रयोगले मात्रै सम्भब भएको हो।
अब हामीले सजिल्यै अनुमान लगाउन सकिन्छकी पैसा भनेको सामानकोमुल्यको मानक मात्रै हो भनेर, त्यसैले अब हाम्रो राज्यको नीतिनै यस्तोबनाउनु पर्छ कि मानिसहरु सामानको मूल्य बडाएर अधिक नाफा लिने तिरलाग्ने होईन कि नया उपयोगी सामान बनाएर नाफा कमाउने तिर लाग्नसकुन जसले गर्दा मानिसको समय र श्रमको सदुपयोग भई सबैलाई लाभमिल्ने हुन्छ। त्यसैले पैसा भनेको उत्पादित सामानहरुको मापक भएकोकारणले उक्त सामानहरु बजारमा आईसके पछि तिनीहरुको खरिद गरिआम जनताले आफ्नो जिबन आर्थिकरुपले सुबिधा सम्पन्न गर्नकोलागित्यो मापक पैसा कसरि धेरै भन्दा धेरै जनतासामु पुराउन सकिएला भनेरराज्यले त्यहि अनुसारको नीति निर्माण गर्न जरुरि हुन्छ। केहि गैरकानुनिरुपले जस्तै कर छली, भ्रस्टाचार आदिका कारणले सिमितव्यक्तिमा अथाहा पैसा थुप्रिदा आम मानिसहरुले किन्न सक्ने सामान हरुकिन्न नसकेर आर्थिक बृदीनै ढिला हुन्छ। केहि चाहि बैधानिकबाटोबाटनैबजारमा एकछत्र राज गरेर अधिक नाफा आर्जन गर्ने तथा पब्लिककम्पनीमा उच्च तहमा आफ्नो मान्छेहरु राख्ने र अधिक तलबको ब्यबस्थागरेर पनि अथाहा पैसा सिमित व्यक्तिमा थुप्रिने हुदा र अन्य व्यक्तिमा त्योपैसा परिचालित भएर जान सकेन जसको कारणले गर्दा आर्थिक बृदीकोगतिमै अबरोध हुन पुग्यो। जुनकुरालाई राज्यले छोटो अबधिको अधिकनाफालाई कुल पुजी, कुल बिक्रि र नाफाको प्रतिसतको आधारमा केहिप्रगतिशील कर नाफामा लगाएर त्यो पैसालाई फेरी सबैको हितको लागिराज्यले खर्च गर्न सक्ने बनाउन सक्छ साथै पब्लिक कम्पनिको अधिकतलब अन्तरलाई न्यूनीकरण गर्ने नीति ल्याउन सक्छ।
अब मुख्य कुरा आबस्यक बस्तु र सुबिधाको उत्पादन र त्यसको प्रयोग गर्नेसंयन्त्र मिलाउन सक्नुनै हो, तिनै बस्तुहरुको उत्पादन र बिक्रीवितरण गर्दासम्मको कामको ब्यबस्था गर्नको लागि बैंक, बिमा र मिडियाले सहायकभूमिका खेलेका हुन्छन तर यी क्षेत्रहरुले सहायक भूमिका खेल्दै गर्दा पनिनाफाको रुपले ठुलो पैसा यी सस्थाहरुमा लगानी गर्ने सिमित व्यक्तिमाआईपुग्ने हुदा सामानको मूल्य बृदी भएर आम मानिसले खरिद गर्न नसक्नेअबस्थामा पुगेको हुन्छ जसको फलस्वरुप अमेरिका जस्तो प्रबिधिकोअधिक प्रयोग गरेर निकै सस्तोमा सामान बनाउन सक्ने देसमा पनि एउटासामान्य घरको लागि एउटा कामदारले आफ्नो तलबको ठुलो हिस्सा ३०, ३५ बर्षसम्म बुजाउनु पर्ने अबस्था आएको छ त्यो कुरा बुझ्न तिनीहरुलाईअझै निकै बर्ष लाग्ने छ। तिनीहरुले अधिक नाफालाई समयमै प्रगतिशीलकर प्रणालिद्वारा न्यूनीकरण गर्न नसक्नुका कारण त्यहा करिब १% मानिसहरुसग अधिक सम्पति थुप्रिन पुग्यो र अरु मानिसहरुले सामान्यजीबनयापन गर्नको लागि पनि जिबनभर ठुलो ऋणको भारि बोक्नु पर्नेअबस्था आयो। यस्तो अबस्था आउनुको मुख्य कारणनै अर्थसास्त्रकोबुजाईको अभाबले हो जब समस्यालाईनै बुज्न सकिदैन तब समाधानकोलागि उपयुक्त नीति बनाउन सकिदैन। पैसा भनेकै उत्पादित सामानकोप्रतिक मात्रै हो भने जब त्यो पैसा सिमित मान्छेमा थुप्रिन्छ भन्ने अन्यमान्छेले ति सामानहरु खरिद गर्नको लागिनै तिनै सिमित मानिसहरुलेबैंकमा राखेको पैसाबाटनै ऋण लिन बाद्यय हुन्छन र जति काम गरेतापनि सामान्य जिबनयापनको लागि ठुलो ऋणको भारि बोकिरहनु पर्नेहुन्छ। त्यसैले उनीहरुले गरेको गल्ति र आम मानिसहरुले पाएकोदुख्खबाट हामीले बेलैमा बुजेर अधिक पैसा सिमित व्यक्तिमा थुप्रिनेबैधानिक बाटोहरु केहि हदसम्म न्यूनीकरण गर्न सकियो भने प्रविधिकोबिकास भएर पनि उनीहरुले पाएको दुख्ख जस्तो हाम्रो जनतालेआर्थिकरुपले सुविधाजनक जिबन बिताउनको लागि धेरै संघर्ष गरिरहनुपर्ने अबस्था आउदैन।
अन्त्यमा बिकास गर्नको आबस्यक सामानहरु प्रविधिको अधिक प्रयोगगरेर उत्पादकत्व बृदी गर्दै सम्भब भएसम्मका कुराहरु देसभित्रनै उत्पादनगर्नु पर्ने हुन्छ। अहिले शेयरप्रति आम जनताको आकर्षण बढेकोअबस्थामा आम जनताबाट अधिक शेयर संकलन गरेर उत्पादन कार्यमाछिटो लाग्नु पर्ने हुन्छ। कृषिलाई आधुनिकीकरण गरेर त्यहाँ अल्झेकाकरिब ६० % जनतालाई औधोगिक उत्पादनमा लगाउनु पर्ने हुन्छ। ब्याजमहँगो हुदा लगानी कम हुने साथै ग्राहकले पनि ऋण लिएर किस्ता तिर्नमुस्किल हुने हुदा आफ्नो सुबिधा बढाउनको लागि ऋण लिन चाहदैनजसको कारणले उत्पादनको प्रक्रियानै सुस्त गतिमा अगाडी जाने हुन्छसाथै महँगो ब्याजले धनिलाई झन धनि पार्ने र गरिबलाई झन गरिब पार्नेहुन्छ किनकी बैंकमा ठुलो बचत धनिहरुकोनै हुने गर्छ। त्यसैले ब्याजसस्तो परेर निरन्तर लगानी गर्दानै सबैलाई फाइदा हुने हुन्छ। नेपालमाब्याज सस्तो भयो भनेर बाहिर पैसा बाहिर लान मिल्दैन फेरी बाहिर अन्यदेसहरुमा पनि ब्याज सस्तोनै हुने हुदा त्यस्तो अबैधानिक बाटो हिन्नेकोसिस सायद नगर्लान। नेपालमा आफ्नो उत्पादन कमि भएको कारणलेब्याज सस्तो पार्दा बित्तिकै आयात बढेर बिदेसी मुद्राको संचिति घट्ने हुदाकेन्द्रिय बैंकले जहिले ब्याज महँगो पार्ने नीति लिन बाद्यय भयो अबत्यसको लागि आफ्नै उत्पादन धेरै बडाएर आयातको चाप कम पारि सजिल्यै केन्द्रीय बैंकले सस्तो ब्याजको मौद्रिक नीति लागु गर्न सक्छ रछिटो भन्दा छिटो हामीले आर्थिकरुपले सुबिधासम्पन्न नेपालको निर्माणगर्न सक्छौ। बैंकको ऋणको प्रवाहलेनै आर्थिक बिकासको गतिलाई तिब्रपार्ने हो। व्यवसायीले पनि बैंकबाट ऋण लिएर आबस्यक सामानहरुउत्पादन गर्ने हो र फेरी उपभोक्ताले पनि बैंकबाटनै ऋण लिएर आबस्यकसुविधाहरु बडाउने हो। त्यसैले बैंकको ऋणको प्रवाह सस्तो ब्याजदरमाउत्पादनमुखी क्षेत्रमा र उपभोक्तालाई पनि सस्तो ब्याजदरमा ऋण उपलब्धगराउनु बिकासको लागि अनिबार्य न्युनतम आबस्यक सर्त हो।
Comments
Post a Comment