समाजवादको सोझो बाटो

 समाजवादको सोझो बाटो

 

परिभाषा

बास्तबमा समाजबाद भनेको के हो भन्ने कुरा आज सम्म कसैले सर्बस्वीकार्य परिभाषा दिन सकेको छैनसबैले आफ्नो आफ्नो तरिकाले यसलाईपरिभाषित भने गर्दै आएको पाईन्छ। समाजबाद सब्दको उत्पति भने समाज सब्दबाटानै उत्पति भएको प्रस्ट अनुमान लगाउन सकिन्छत्यसअनुसार  समाजका हरेक सदस्यहरुले  मिलेर काम गर्ने  त्यहि अनुसार हरेक व्यक्तिले आबस्यक सुबिधा लिने कुरालाईनै समाजबादले इंकित गरेको हो भन्ने कुराहामीले बुझ्न सक्छौ। उसो  पुजिबादका समर्थकहरुले स्वन्तन्त्र  खुल्ला बजारनै बास्तबिक रुपमा समाजबाद हो भन्ने कुरा पनि दाबि गरिरहेका हुन्छनकिनकी स्वतन्त्र  खुल्ला बजारमा पनि समाजका हरेक मानिसको योगदान ( पुंजीश्रमजग्गाप्रबिधि ) लेनै आवस्यक सामान  सुबिधाको उत्पादन बितरण हुने हुदा उनीहरुले सामजबाद भनेकै स्वतन्त्र  खुल्ला बजारनै असली समाजबाद हो भन्ने दाबि पनि गरिरहेका हुन्छन। सबैका आफ्ना आफ्नातर्क  परिभाषा हुदाहुदै पनि हामीहरुले  सामान्य किसिमले  बुझ्ने समाजबाद भनेको त्यस्तो सामाजको निर्माण गर्नु होजहाँ हरेक सदस्यहरुले  सबैतरिकाबाट सम्मानजनक जिबन बिताउन सकोस चाय आर्थिकरुपले होस्चाय सामाजिक सम्मानका हिसाबले होस्चाय धार्मिक आस्थाका रुपलेहोस् वा अन्य कुनै रुपलेनै होस्। यस लेख बिसेष गरि आर्थिकरुपले कसरि समाजलाई समाजवादमा लैजान सकिन्छ   हरेक सदस्यले कसरिआर्थिकरुपले सम्मानजनक जिबन बिताउन सक्छन भन्ने कुरामा केन्द्रित हुने छ।

 

पूजीको निर्माण

कुनै पनि ब्यबसाय गर्नको लागि मालिकद्वारा लगानी गरिएको रकमलाईनै पुजी भनिन्छयहि पूजीको संरचनाको आधारमानै उक्त समाज आर्थिकरुपलेकस्तो निर्माण हुन्छ भन्ने कुराको तय गरेको हुन्छ। यदि व्यवसायमा पुजी लगानी गर्ने मानिस थोरै छन् भने ब्यापक असमान समाजको निर्माण हुने गर्छ।त्यस्तै पुजी धेरै भन्दा धेरैसंग संकलन गरेर आर्थिक गतिबिधि संचालन गरिन्छ भने तुलनात्मकरुपले  केहि हदसम्म आर्थिकरुपले असमान समाजकोनिर्माणलाई न्यूनीकरण गर्न सकिने हुन्छ। कुनै पनि व्यवसायमा लगानी गरेको पुजिले नाफा कमाउने  त्यो नाफा फेरी पूजीको रुपमा लगानी गर्दै जाने  हुदा पुजी लगानी गर्ने व्यक्तिले धेरै धन संकलन गर्दै जाने सम्भावना धेरै हुने गर्दछ। त्यसैले हामीले सामजबादको निर्माण गर्ने उधेस्य लिएका छौ भनेसकेसम्म धेरै जनताबाट पूजीको संकलन गरेर आर्थिक क्रियाकलाप संचालन गर्नु पर्ने हुन्छ तब मात्रै सामजबादको निर्माण हुन पुग्छ।  

 

हाम्रो अर्थतन्त्र मिस्रित अबधारणा  खुल्ला बजार नीतिमा आधारित अब यो बजारलाई हाम्रो फाइदाको लागि प्रयोग गर्नको लागि यसकोअबधारणा हुबहु लागु हुनुपर्ने हुन्छ। स्वतन्त्र  खुल्ला बजार अबधारणमा जब केहि ब्यापारीद्वारा बजारलाई सेण्डिकेट  गरिन्छ  अनुचित फाइदा लिनेगर्छन भने अब यसको अबधारणाले  काम गर्दैन  अन्त्यमा सबैलाई घाटा गरेको हुन्छ  आर्थिक बृदीदरको गतिमानै सुस्तता आउने गर्दछ। त्यस्तै जस्तोजब हाम्रो बजारमा भारतीय सामानहरु  निस्फिक्री आईरहने तर हाम्रो सामानहरु भारतीय बजारमा अनेकौ अबरोधका कारणले जान नदिने प्रपन्च रचेरजान रोकिन्छ भने अब खुल्ला बजारको अबधारणाले हामीलाई ठुलो नोक्सान हुन्छ  हाम्रा उधोगहरु बन्द हुन बाद्यय हुन्छन जस्तै भारतबाट नेपालीबजारमा भारतीय जुत्ता आउछ  नेपालि ग्राहकहरुले नेपालि  भारतीय  जुत्तामा आफुले छानेर किन्न पाउने अवसर प्राप्त गर्छन भने भारतीय ग्राहकहरुलेपनि नेपालि जुत्ता  भारतीय छान्न पाउने अवसर पाउदा दुवै देसका ग्राहकहरु तथा व्यापारीहरुलाई पारस्पारिक रुपले फाइदा हुने हो तर यदि हाम्रोसामान नजाने  उताबाट मात्रै एकोहोरो आउने हो भने देसले कहिल्यै पनि आर्थिकरुपले प्रगति गर्न सक्दैनत्यसैले हाम्रो सामानहरु जादैन भने हामीलेपनि उताबाट ल्याउने कामलाई नियमले मिलेसम्मको निरुत्साहित गर्न जरुरि हुन्छ साथै हाम्रोमा नभएको तर हामीलाई आबस्यक पर्ने सामानहरु चाहिसहज तरिकाले ल्याउन दिनुपर्ने हुन्छ तब मात्रै हामीले पारस्पारिक खुल्ला बजारबाट फाइदा लिन सकिन्छ।

 

कृषि उत्पादनमा पूजीको निर्माण

हाम्रो ठुलो बिडम्बना भनौ वा हाम्रो ठुलो असफलता भनौ त्यो के हो भने हामिसंग यथस्ट उर्बर भुमि हुदाहुदै  ६५जनता कृषिमा लागेर पनि हामिकृषिजन्य सामाग्री आयात गर्ने देसमा परिरहेका छौ। जब ६५जनता कृषिमा लागेर पनि आयात गर्नु पर्छ भने ति जनताको आयस्तर कति न्युन होलाभन्ने कुरा सहजनै अनुमान लगाउन सक्छौ जब जनताको आयनै कमि हुने ठाउमा धेरै जनसंख्या अल्झिएर बसेका छन् भने अनि कसरि देसको बिकासहुन्छ  ? त्यसैले अहिलेसम्म जे जसरि कृषिमा प्रयासहरु भए अब पनि त्यहि प्रयास गरेर हुदैन भन्ने कुरा प्रस्ट भए हुन्छ। अब कृषिको आधुनिकीकरणगर्नको लागि हरेक जिल्लामा एउटा एउटा कृषि कम्पनि खोल्नु पर्छ  उक्त कम्पनीमा नेपाल सरकारको १०शेयरनेपालका उच्च ब्यबसायिकघरानाबाट २०शेयर  बाकि ७०शेयर आम नागरिकबाट संकलन गरेर प्रत्येक जिल्लामा एक एक वटा कम्पनिको निर्माण गर्नु पर्दछ। अब उक्तकम्पनीले सम्बन्धित जिल्लामा इच्छुक जनताबाट जग्गा भाडामा लिएर दुधको लागि ठुला ठुला आकारमा गाई  भैसी पालन गर्ने  मासुको लागि बाख्रापालन  कृषिजन्य सामग्रीको लागि ठुलो स्केलमा खेतीपाती गर्ने काम गर्नु पर्दछकुखुरा पालन चाहि अहिलेको अबस्थामानै राम्रो भएको हुनाले योकम्पनीले कुखुरामा लगानी गर्नु पर्दैन। अब कृषिजन्य खेतीपाती ब्यबस्थित गर्नको लागि सरकारले सिचाईबिजुलीबाटोघाटो आदिको राम्रो प्रबन्धगर्नु पर्छ भने त्यसपछि  कम्पनीले आधुनिक प्रबिधिको खरिदसामानको उचित ब्यबस्थापनको लागि भण्डारको ब्यबस्था  बिक्रि केन्द्रसम्म पुराउनकोलागि ढुवानीको उचित ब्यबस्था आदि काम गर्नुपर्दछ। अहिलेको अबस्थामा सरकारले कृषिमा धेरै अनुदान दिएको  तर त्यो रकमको राम्रोसंगअनुगमन गर्न पनि कठिनाई  त्यसैले त्यो प्रभावकारी पनि भएन अब कृषिमा यी ७७ जिल्लाका ७७ वटा कम्पनीलाई राम्रोसंग अनुगमन गर्ने  यदिघाटा भएको अबस्था भने सरकारले घाटा बराबरको क्षेतीपूर्ति दिदा थप भार पर्दैन किनकि यसमा धेरै जनताको शेयर परेको हुन्छ अनि सरकारले दिनेक्षतिपूर्ति पनि तिनै जनताबाट उठाएको करबाट हो त्यसैले उचित अनुगमन गरेर चुस्त ब्यबस्थापन भएको अबस्थामा घाटा लाग्दा क्षतिपूर्ति दिदाअर्थतन्त्रमा नकारात्मक पर्दैन। अब यस्तो तरिकाले कृषिमा आधुनिक प्रविधिको प्रयोग गरेर ठुलो स्केलमा काम गर्दा बित्तिकै करिब जनतालेकृषिमा काम गरे पुग्ने अबस्था सृजना हुन्छ। अब कृषिबाट निस्केका बाकि ६०जनतालाई अन्य औधोगिक क्षेत्र तथा अन्य विभिन्न सेवाका क्षेत्रमाकाममा लगाउन सकिने हुन्छ तब मात्रै हरेक व्यक्तिको प्रति व्यक्ति आय बृदी हुने हो। जब प्रति व्यक्ति आय बृदी हुन्छ तब बल्ल उसले धेरै खर्च गर्नसक्ने हुन्छ। जब हरेक व्यक्तिले बडी खर्च गर्छ तब माग बढ्छजब माग बड्छ तब पूर्ति बडाउन थप उत्पादन गर्नु पर्ने हुन्छ  त्यहि थप उत्पादन गर्नफेरी सबैले रोजगार पाउने हुन्छ। यदि माग बढ्दा बित्तिकै आयात गर्न अरु देसमा हिडियो तर अरु देसमा हाम्रो सामान निर्यात हुदैन भने फेरी हाम्रो सारालगानी डुब्छ  झन् नाजुक अबस्थामा हामि पुगिन्छ। त्यसैले जब हाम्रो सामान निर्यात हुदैन भने हामीले आफ्नो सामान आफै प्रयोग गरेर आफ्नोजिबनस्तर माथि उठाउनु पर्ने हुन्छ।

 

उधोगमा पूजीको निर्माण

कृषि क्षेत्र कहिले काही घाटामा जाने  नजिकबाट अनुगमन गर्नु पर्ने हुदा सरकारको १०शेयर राख्दा राम्रो हुने मनसायले राखिएको हो तर उधोगमाभने त्यो आबस्यक पर्दैन। बास्तबमा उधोगनै पैसाको कारखाना हो यहि कारखानाबाट निस्केको पैसानै विभिन्न माद्यमबाट अरु क्षेत्रमा बाडिने हो।यसलाई उदाहरणबाट प्रस्ट पारौ। जस्तै बिदेसबाट  खर्ब रेमिटान्स आयो अब त्यो रेमिटान्सले हामि केहि पनि उत्पादन नगरी आयात गरियो भनेहामिसंग  खर्बको मात्रै सामान हुने छ। तर त्यो  खर्बलाई उत्पादनमा लगाईयो भने त्यसले  खर्ब भन्दा बढीको सामान उत्पादन हुन्छ साथै फेरी त्योपैसा नेपालिसंग हुने हुदा फेरी लगानी गरेर अर्को  खर्बको सामान उत्पादन गर्न सकिन्छयसरि सामान उत्पादन  प्रयोगको सिलसिला अनन्त सम्मचलिरहने हुदा सबै नेपालीले रोजगार पाएर सबैको आम्दानि बड्ने हुन्छ जब सबैको आम्दानि बड्छ तब सबै क्षेत्रको समुचित बिकास हुन्छ। जब देसभित्र प्रसस्त उत्पादन गर्ने  उधोग हुन्छन तब ति उधोगलाई ऋण लगानी गर्ने बैंकजोखिम बहन गर्ने इन्सुरेन्सत्यसको ओसारपसार गर्ने ढुवानी सेवाबिज्ञापन गर्ने मिडियाकर संकलन गर्ने सरकारकाम गर्ने कर्मचारीलगानी गर्ने लगानीकर्ता सबैको एकै पटकमा आम्दानि बड्ने हुन्छ। जब यति धेरैमानिसहरु आम्दानि बढ्छ तब यी मान्छेहरु घुम्न निस्किन्छन तब अन्य होटेलहरु चल्न थाल्छनयी मान्छे बिरामी हुदा अस्पताल जान थाल्छन तबअस्पतालको आम्दानि बडेर गुणस्तर सुधार गर्न पट्टि लाग्ने  त्यस्तै यी मान्छेहरुका आफु लगायत आफ्ना मान्छेहरु पढाउनको लागि गुणस्तरियशिक्षाको खोजिमा  हुन्छन  अनि बाद्यय भएर शिक्षा को गुणस्तर बड्ने हुन्छ। यसरि प्रस्ट हुन सकिन्छ कि कुनै पनि देसको पैसाको कारखाना भनेकोउधोगनै हो। हामीले देखेका संसारमा जति पनि बिकसित भएका देस छन् ति सबैको बिकास सम्भब हुनुको प्रमुख कारणनै औधोगीकरण हो। जबउधोगको बिकास हुन्छ तब सबै क्षेत्रलाई एकसाथ माथि उठाउन उधोगले बाद्यय पार्दिन्छ। त्यसैले उधोगलाई सरकारले बिशेसरुपले प्राथमिकता राखेरत्यसको लागि आबस्यक भौतिक पुर्बधारको निर्माण गर्नेसस्तो दरमा लामो अबधिको लागि ऋणको ब्यबस्थापन गर्ने  त्यस उधोगलाई चाहिनेकामदार तयार पार्नको लागि आबस्यक तालिम  शिक्षाको ब्यबस्था मिलाउने काम गर्नु पर्ने हुन्छ। उधोग सधैभरि आबस्यक हुने हुनाले यसलाई निरन्तरबचाई राख्नको लागि साना साना एकल वा केहि व्यक्ति मिलेर पुजी लगानी गरि  उधोग संचालन गर्नु भन्दा बरु करिब ३०प्रमुख लगानीकर्ता करिब ७०आम जनताबाट शेयर उठाएर संचालन गर्दा यसबाट हुने नाफा धेरै जनतामा वितरण हुने हुन्छ। त्यसपछि उधोगलाई राम्रोसंग संचलानगर्नको लागि सरकारले कानुननै बनाएर उधोगिक क्षेत्रभित्र राजनीतिक दलका युनियन गठन गर्नेबन्द हर्ताल गर्ने कामलाई चाही बन्देज लगाउनु पर्नेहुन्छ तब मात्रै उधोग निरन्तर चल्न पाउछ  नाफा आर्जन गर्न सक्छ।

 

यसरि हरेक व्यापारिक सस्थालाई ठुलो स्केलमा संचालन गर्ने सोच राख्ने  त्यसको पुजी संकलनमा सकेसम्म धेरै भन्दा धेरै मानिसबाट लिने प्रयासगरियो भने त्यसको नाफा धेरै मानिसहरुमा पुग्ने हुन्छ  आर्थिकरुपले सामानमुखी समाजको निर्माण हुन्छ।

 

करको संरचनामा थोरै परिबर्तन

बैंकले पैसाको ब्यबस्थापन गर्ने काम गरेको हुन्छइन्सुरेन्सले व्यवसायको जोखिम बहन गरेको हुन्छमिडियाले व्यवसायको लागि बिज्ञापनको कामगरेको हुन्छयी सस्था नभई पनि हुदैन तर यिनीहरुको खर्च  अधिक मुनाफाले समग्रबस्तु मूल्य बृदी गर्ने काम गरेको हुन्छबस्तु उधोगबाट निर्माण हुनेहो तर तिनीहरुको मूल्य बृदी हुनुमा यी तीनवटा सेवा क्षेत्रको भूमिका प्रमुख हुने गर्दछत्यसैले यी तिनवटा सस्थाको अधिक मुनाफामा राज्यले लगामलगाउने कर नीति ल्याएर आम जनताको हितको लागि साथै सामजबाद निर्माणको लागि भूमिका खेल्नु पर्ने हुन्छ। यसलाई उदाहरणबाट  यसरि बुज्नसकिन्छ जस्तै कुनै एउटा मिडियाले  करोड पुजी लगानी गरेर  बर्समानै ७० लाख नाफा आर्जन गरेको  भने अब उसलाई पूजीको २०बराबरकोनाफा जस्तै  करोडको २०हुन आउने रकम २० लाखलाई सामान्य नाफा कर २५लगाउनेअब त्यो भन्दा बडी भएको नाफा रकम ( ७० - २० ) = ५० लाखमा चाही करको दर बडाएर ५०६० % सम्म पुराउन सकिन्छ जसले गर्दा यो क्षेत्रबाट भएको मूल्य बृदिका कारणले अफ्ठेरो परेका गरिबजनताकोलागि सहुलियत रासनकार्डको ब्यबस्था गर्न सकिन्छ। त्यस्तै जस्तो यो रक्सि  चुरोट उत्पादन गर्ने कम्पनीलाई पनि यसरीनै अधिक नाफामालगाम लगाई त्यहाबाट आएको करलाई अस्पतालको गुणस्तर सुधारमा लगाउन सकिन्छरक्सि  चुरोटलाई सकेसम्म निश्चित ठाउमा मात्रै बेचबिखनगर्न दिनु पर्छ यसको प्रयोगले समाज  हरेक  व्यक्तिको जिबनलाई नकारात्मक असर पारेको हुन्छ त्यसैले यस्ता आर्थिक गतिविधिलाई निरुत्साहित गर्नेकिसिमले आर्थिक नीति बनाउनु पर्ने हुन्छ।

 

व्यक्तिगत बस्तु  सार्बजनिक बस्तुमा केहि फेरबदल

जुन बस्तु वा सेवा प्राप्त गर्नकोलागि हरेक व्यक्तिले आफैले पैसा तिर्नु पर्ने हुन्छ त्यस्तो बस्तुलाई व्यक्तिगत बस्तु भनिन्छ जस्तै खानकपडाघर आदि  त्यस्तै जुन बस्तु सरकारले सबैसंग कर उठाएर निर्माण गर्ने गर्छ त्यस्ता बस्तुलाई सार्बजनिक बस्तु भनिन्छ। कुनै पनि समाजमा शिक्षाको ठुलो भूमिकारहन्छ त्यसैले शिक्षालाई सबैको पहुचमा सहज  समान तरिकाले पुराउनु पर्ने आबाज जताततै उठेको हुन्छत्यसैले यसलाई सार्बजनिक बस्तुको रुपमालिएर सरकारले मात्रै संचालन गर्दानै राम्रो हुने छ। त्यस्तै स्वास्थ्य पनि मानिसको आधारभूत आबस्यकता भित्र पर्ने बस्तु हुदा यसलाई पनि सार्बजनिकबस्तुको रुपमा लिएर सरकारले मात्रै संचालन गर्दा हुन्छ। त्यसपछि हालसालै सरकारले ल्याएको योगदानमा आधारित पेन्सन कार्यक्रमले सबैलाईसमेट्दै  जानु पर्छ जुन पेन्सनले हरेक काम गर्ने व्यक्तिको भाबिस्यलाई ढुक्क हुने स्थिति पैदा हुन्छ। त्यस्तै अब बेरोजगारलाई बेरोजगार भत्ताको पनिब्यबस्था गरिसके पछि मान्छेले आर्थिकरुपले ठुलो चिन्ता लिएर अनाबस्य बचत गरिरहनु पर्ने अबस्थाको अन्त्य हुन्छ। अब मान्छेले बचत कम गरेर खर्चगर्छ तब त्यो आबस्यक सामान  सुबिधा बनाउनाको लागि सबैले काम पाउछनजब सबैले काम पाएर आफ्नो सुबिधाको लागि खर्च गर्छन तब स्वतःनै राजस्वमा पनि बृदी भएर सरकारले ब्यबस्थित गर्नु पर्ने सार्बजनिक बस्तुको लागि  सजिल्यै पैसा जुटाउन सक्ने हुन्छ। यसरि सबै जनताको जिबनस्तरसजिल्यैसंग माथि उठाउन सकिन्छ यसको लागि ठुलो मेहनत केहि आबस्यक पर्दैनआबस्यक नीति निर्माण गरेर त्यसको नियमित अनुगमन सरकारबाटभयो भने सम्भब हुने कुरा हुन्।

 

अति ख्याल गर्नु पर्ने कुरा

निरन्तर आर्थिक बृदी गरेर सबै जनताको जिबनस्तर माथि उठाउन आफ्नो उधोग नभैकन सम्भब हुदैन यदि आयात निर्यात लगभग बराबरीको हाराहारीमा भने हाम्रा उधोग पनि राम्रोसंग संचालन हुन सक्छन तर यदि हाम्रो निर्यात अति कम  भने हाम्रो उधोगहरु बचाउनको लागि हाम्रोमा निर्माण हुनेसामान आयात गर्न निरुत्सायित गरि हाम्रोमा उत्पादन नहुने तर हानिलाई आबस्यक सामानको आयातमा प्रोत्साहन गर्न निकै आबस्यक हुन्छ। जब हाम्राउधोगहरु निरन्तर चल्दैन तब जतिसुकै राम्रो सरकारी नीति होस् शिक्षा  स्वास्थ्य निशुल्क केहि समय  चल्छ तर अन्तत राज्यले खर्च धान्न नसकेर झन्ठुलो आर्थिक संकट  गरिबीमा पिल्सिन बाद्यय भईन्छ।

Comments