अर्थतन्त्रको कम्तिमा यत्ति कुरा अबको राजनीति गर्ने युवाले जान्नै पर्ने हुन्छ।

 अर्थतन्त्रको कम्तिमा यत्ति कुरा अबको राजनीति गर्ने युवाले जान्नै पर्ने हुन्छ। 


हाम्रो देशमा आयात, निर्यात, उत्पादन, रोजगार, पुंजी आदिका बारेमा खासै धेरै चर्चा हुदैन, तर कुनै पनि देस बिकास गर्नको लागि यी चिजहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन, त्यसैले यी कुराहरुलाई सहि ढंगले प्रयोग गरेर कसरि छोटो समयमा देशको बिकास गर्न सकिन्छ भन्ने कुरा उल्लेख गर्ने छु। यस्तो गहन बिस्लेसण गर्ने छु कि संसारको कुनै अर्थसास्त्रिले गरेको मैले अहिलेसम्म भेटेको छैन र यो बिस्लेसन हेर्दा सामान्य लाग्ला तर १० बर्षमा मुलुक कायापलट गर्ने तागत बोकेको छ। 


हरेक मान्छेले आफुले दैनिक रुपमा खाइरहेको खाने कुरा, लगाइरहेको  लगाउने कुरा, आफु बसेको घरमा प्रयोग भएका सामानहरु साथै बाहिर बाटोमा कुदेका साइकल, रिक्सा देखि महंगा गाडीहरु, पसल पसलमा बेच्न राखिएका सामानहरु  राम्रोसंग नियाल्नोस साथै त्यसको कुल रकममा कति प्रतिसत स्वदेसी उत्पादन र कति प्रतिसत बिदेसी उत्पादन होला अनुमान लगाउनोस। पक्कै पनि करिब ८०% बिदेसी र २०% जति स्वदेसी हुन्छ होला। करिब ६० लाख युवा बाहिर बसेर आफु पनि पालिएर देसलाई करिब ८०% योगदान गरेका छन्, यो सानो र चानेचुने कुरा होईन, हामि धेरै रेमिटान्स भित्राउने मुलुकमा टप १० औ मुलुकमा पर्छौ, यो पनि सानो कुरा होईन तर यत्रो युवाले योगदान गरेर रेमिटान्स  पठाउदा पनि देस संसारकै कंगाल देस हुनु चाही सार्है लाजमर्दो अबस्था हुनु हो। त्यहाँ नीति बनाउन बसेका र जिबनभर राजनीति गरेर पालिएकाहरुलाई यस्तो अबस्था देख्दा पनि खासै उपयुक्त नीति र कार्यक्रम बनाउन नसक्नु झन् ठुलो दुर्भाग्य हो। 


अब म रेमिटान्स कसरि आउछ र देशै भरिका जनाताले त्यो रेमिटान्सको पैसा कसरि पाउछन भन्ने कुराको चर्चा गर्ने छु। बिदेसबाट रेमिटान्स युवाहरुले आफ्नो घरको परिवारको नाममा पठाउछन, उनीहरुले पठाएको बिदेसी पैसा बैंकमा आईपुग्छ र त्यो बिदेसी पैसाको उक्त दिनको विनिमय दर अनुसार उसको परिवारको बैंकको खाता वा नगदनै उनीहरुले नेपालि पैसामा पाउने गर्छन।अब उनीहरुको नेपालि पैसा जुन बैंकमा छ, त्यो आयातकर्ताले ऋण बापत बैंकबाट लिन्छ र सामान आयात गर्नको लागि बिदेसी पैसा चाहिने हुदा आफुले ऋण बापत लिएको नेपालि पैसा बैंकलाई दिन्छ र बैंकबाट तिनै  नेपालि युवाहरुले पठाएको बिदिसी पैसा आयातकर्तालाई दिने गर्छ। अनि आयातकर्ताले बिदेसबाट सामान खरिद गरि आफुले नाफा राखी थोक व्यापारीहरुलाई दिन्छ, ति थोक ब्यापारीहरु पनि त्यो आयातकर्ताले बैंकमा फिर्ता दिएको नेपालि पैसा आफुले ऋण लिएर आयातकर्ताबाट सामान खरिद गर्ने हुन्। थोक व्यापारीहरुले पैसा आयातकर्तालाई दीईसकेपछि फेरी आयातकर्ताहरु नेपालि पैसा बैंकमा जम्मा गर्छन र फेरी आयात गर्न बिदेसी पैसा लिन्छन, अब त्यहि पैसा खुद्रा ब्यापारीहरुले बैंकबाट ऋण लिन्छन र थोक ब्यापारीहरुसंग सामान खरिद गरि ऋण लिएको पैसा थोक ब्यापारीहरुलाई दिने गर्छन। यो प्रक्रिया निरन्तर चलिरहन्छ साथै यो प्रक्रिया चलिरहदा, बिदेसबाट पैसा पठाउदा रेमिटान्स कम्पनिमा  होस् वा सिधै बैंकमा होस् उनीहरुले कमिसन खाएका हुन्छन, अनि त्यो पैसा नेपालि पैसामा साट्दा पनि बैंकले कमिसन खाएका हुन्छन, अनि साट्ने दरमै पनि कम दर दिएर नाफा निकालेका हुन्छन, फेरी त्यहि पैसा आयातकर्तालाइ ऋण दिदा ऋणको ब्याज साथै फेरी त्यहि बेदिसी पैसा आयातकर्तालाई दिदा कमिसन र सटही दरमा नाफा खाएका हुन्छन। अनि थोक ब्यापारी, खुद्रा ब्यापारीहरु सबैले बैंकबाट ऋण लिदा ब्याज र अन्य शुल्क तिरेका हुन्छन। अब ति आयातित सामानको Insurance गर्नु पर्ने हुन्छ, त्यहाँ पनि केहि पैसा दिनु पर्ने हुन्छ। ति आयातित सामानहरु बेच्नको लागि ठुलो बिज्ञापन गर्नु पर्यो, अलिकति पैसा त्यता पनि दिनु पर्ने हुन्छ। भन्सार कर, VAT देखि व्यवसायीको नाफामा दिईने नाफा करसम्म अनेकौ कर नेपाल सरकारके लिने गर्दछ।बार्षिक रुपमा हाम्रो रेमिटान्स करिब ९ खर्ब जति छ, त्यो पैसाले आयात गरेका सामानहरुको मूल्य अब बजारमा सबै तिर पैसा बाडिएर ३ देखि ४ गुणा बडी हुन आउछ। फलस्वरूप जसको Remittance प्रयोग गरिएर सामान खरिद गरिएको थियो, उसैको परिवारले राम्रोसंग आबस्यक सामानहरु खरिद गर्न सक्दैन। 


बैंकले पाएको पैसा त्यहाँ काम गर्ने कर्मचारी साथै नियमित रुपमा हुने अन्य खर्च र नाफाको रुपमा बाडिने पैसा स्वरुप देसै भरि धेरै जनताहरुले पाउछन, त्यस्तै गरि Insurance कम्पनिहरु, बिज्ञापन गर्ने कम्पनिहरु आदिले पाएको पैसा पनि विभिन्न कर्मचारीलाई दिईने तलब नियमित रुपमा गरिने खर्च र नाफाको रुपमा बाडिने पैसा धेरै ठुलो जमातमा जान्छ। अनि सरकारले लिएको कर पनि नियमित खर्च लगायत पुजीगत खर्च हुदै धेरै जनताहरुमा  त्यो पैसा पुग्छ।  अब ति सबैले पाएको पैसा लिएर त्यहि आयात गरेको सामान खरिद गर्न जान्छन अनि  अलिकति पैसाले उपचार गराउछन, अलिकति पैसा स्कुल र कलेजको फी तिर्छन, यसरि देसनै Remittance ले चलेको छ भन्ने कुरा प्रस्ट बुज्न सकिन्छ। करिब ६० लाख युवाले बिदेसमा आफु पालिएर उसको परिवार पालेर अनि देशका अन्य जनताहरुलाई  पनि पाल्नु पर्ने भए पछि स्वतः सबैलाई अभाब र कठिनाई हुने गर्दछ।यस्तो स्थितिमा जुन घरमा १ जना बिदेस गएको छ अर्को दुइ जना जो काम गर्न सक्ने उमेरका छन् उनीहरुले काम पाएका छैनन्, त्यहि बिदेसबाट आएको पैसाले पालिएका छन् अनि नेपालमै काम गर्ने परिवारमा पनि एउटाले काम पाएको छ भने अर्को काम गर्न सक्नेले काम नपाएर उसैको कमाईमा पालिनु परेको छ, जब काम गर्न सक्ने उमेरमा काम नपाएर बस्नु पर्छ तब स्वतहनै आबस्यक सामानहरु र सुविधाहरु कम किन्न सकिने अबस्था हुन्छ। अनि ६५% जनता कृषिमा आश्रित छन् जो निर्वाहमुखी काम गरेर जिबन बिताएका छन् जस्तै एउटा भैसी पाल्ने, २, ३ वटा बाख्रा पाल्ने अनि अलिकति जग्गामा खेति गर्ने यसरि मान्छेहरु अल्झेर बसेका छन्, त्यसैले हामि गरिब हुन बाद्द्य भएको हो। उसो भए गर्नु पर्ने के हो त ? भन्ने प्रस्न स्वभाविकनै जन्मिन्छ। नेपालमा केहिमा लगानी गर्यो नाफा हुदैन जब लगानी गरेर नाफा हुदैन तब धेरै समय टिक्न सकिदैन स्वतः बन्द गर्नु पर्ने हुन्छ, अब यो नाफा भन्ने कुरालाई राम्रोसंग बुझौ। 


नाफा 

ब्यबसाय गर्न मान्छेहरुलाई आकर्सित गर्ने मुख्य कुरा नाफा हो, नाफाबाटनै ब्यबशायको निरन्तर बृदी गर्न सम्भब हुने हो, केहि वर्ष निरन्तर नाफा नभई घाटामा ब्यबसाय चलाउनु पर्यो भने ब्यबसाय स्वतहनै बन्द गर्नु पर्ने हुन्छ। मानौ एक जना ब्यापारीले बैंकबाट रु १० लाख रुपिया ऋण लियो र  उसले त्यो पैसाले  टमाटर खेति गर्यो, उसको सबै पैसा कामदारहरु साथै अन्य खर्च बापत दिएर सकियो अब उसले टमाटर राम्रोसंग उत्पादन गर्यो, जहा १०००० किलो टमाटर उत्पादन भयो। अब यो टमाटर उसले प्रति किलो रु १०० भन्दा बडीमा बेच्न सकेन किनकि बजारमा भारतीय टमाटर रु १०० मा पाइन्छ, यदि उसले यो टमाटर प्रति किलो रु १२५ मा बेच्न पाएको भए उसलाई बैंकको ब्याज, आफ्नो ज्याला निकाल्नुका साथै नाफा पनि हुने थियो तर अन्तरास्ट्रिय प्रतिस्पर्धाको कारणले उसले घाटा खान बाद्य भयो। अब यहा हेरौ उसले राम्रोसंग टमाटर खेति गरेको हो, कामदारहरु पनि आबस्यक मात्रै प्रयोग गरेको हो, उनीहरुलाई दिने ज्याला पनि चलन चल्तिकै अनुसार दिएको हो, तर पनि उसले बैंकको ब्याज र आफ्नो मेहनतको पैसा साथै नाफा पनि निकाल्न सकेन यस्तो अबस्थामा उसले फेरी अर्को पटक यो ब्यबसाय गर्ने हिम्मत गर्दैन। यो एकजना व्यक्तिको आधारलाई लिएर हेर्दा अब उक्त ब्यबसाय गर्न नहुने निस्कर्ष निस्किन्छ तर अब यो व्यसायलाई रास्ट्रीय आम्दानीको रुपमा हेरौ। यदि यो ब्यबसाय नगरेको भए त्यो १० लाख पैसाले भारतबाट टमाटर खरिद गरिन्थ्यो हामीसंग जम्मा १० लाखको टमाटर मात्रै हुने थियो तर त्यो १० लाखको टमाटर नेपालमै उत्पादन गरेको कारणले अब भारतबाट ल्याउने १० लाखको टमाटर ल्याउन परेन त्यो ल्याउन नपरे पछि हामीले १० लाखले १० वटा मोटरसाइकल ल्याइयो। अब हामीसंग टमाटर पनि छ १० वटा मोटरसाइकल पनि भयो तर टमाटर ब्यापारीलाई त घाटा भयो यस्तो बेलामा सरकारले त्यो ब्यापारीको घाटालाई क्षतिपूर्ति दियो भने सबैलाई फाइदा हुन्छ। सरकारले क्षतिपुर्ति आकासबाट ल्याएर दिने होईन पहिलेको अबस्थामा बैंक, Insurance , बिज्ञापन कम्पनि, आदि सबै त्यहि १० लाखको आयात गरेको टमाटरमा मात्रै काम गरेका थिए, सरकारको कर पनि त्यतिमै मात्रै सिमित थियो रोजगार पनि कम मान्छेले पाएका थिए। जब टमाटर नेपाल भित्रनै उत्पादन गरियो तब सबैको ब्यापार अब १० लाखको टमाटर र १० लाखको मोटोरबाइकमा भयो अब कारोबारी २ गुणा बडी सकेपछि कर पनि २ गुणा बढ्ने भयो जब कर बढ्छ तब त्यो टमाटर व्यवसायीलाई घाटाको क्षतिपुर्ति दिनको लागि कुनै ठुलो कुरा होईन। 


यहाँ त्यो टमाटर रु १२५ प्रति किलोमा बेच्न पाएको भए उसलाई घाटा पनि हुने थिएन र क्षतिपुर्ति पनि दिनु पर्थेन तर त्यो समयमा ग्राहकलाई महँगो पर्ने थियो र सरकारले उठाएको कर अन्य क्षेत्रमा प्रयोग गर्ने थियो तर ग्राहकले सस्तोमा किन्न पाएको हुदा सरकारले त्यो कर मद्यय अलिकति कर क्षतिपुर्तिमा दिनु पर्यो। सरकारले कर उठाउने पनि जनतासंगनै हो र त्यो प्रयोग गर्ने पनि जनताको लागिनै हो त्यसैले यहाँ उक्त टमाटर ब्यापारीलाई थोरै क्षतिपुर्ति दिदा दिदै पनि देशलाई ठुलो नाफा हुने कुरा प्रस्ट बुजियो। यो कुरा केवल १० लाखको टमाटरको हॊइन यो कुरा बार्षिक रुपमा भित्रिने ९ खर्ब remittance को कुरा हो। बिदेसी पैसा कमाउने भनेकै आयात गर्नको लागि हो, त्यसैले ६,७ महिनाको आयात धान्य गरि केन्द्रिय बैंकले बिदेसी पैसा राख्नु पर्छ तर अरु पैसाको आयातनै गर्ने हो तर माथिको जस्तै टमाटर किन्ने होईन कि टमाटर जस्ता हाम्रो देसमा उत्पादन गर्न सम्भब भएको कुरा उत्पादन गर्ने र उत्पादन हुन नसकेको कुरा मात्रै खरिद गर्ने गर्नु पर्छ। यहाँ बिदेसबाट आएको ९ खर्ब Remittance को नेपाली पैसालाई उत्पादनमा लगाउने र हामीलाई चाहिने तर नेपालमा नभएको सामान अन्य देसबाट खरिद गर्ने हो भने अब हामीसंग १८ खर्बको सामान हुन्छ त्यो १८ खर्बको सामान हुने भनेको सबै जनता र देशलाई धेरै सामान हुने अबस्था हो। यसरि बिदेसबाट आएको पैसा एक चरण नेपाल भित्रको उत्पादन क्षेत्रमा घुमाएर मात्रै बिदेसबाट आयात गर्ने हो भने १० बर्समा देसको अबस्था कायापलट हुने छ। 


देस भित्र उत्पादन गर्दा भारतबाट आउने सस्तो सामानले पेलेर हाम्रो उधोगलाई घाटा लाग्न सक्छ तर त्यस्तो अबस्थामा सरकारले क्षतिपुर्ति दिएर चलाई राख्दा पनि सबैलाई फाइदा हुन्छ भन्ने कुरा अगि टमाटरको उदाहरणबाट प्रस्ट भयो। WTO को सदस्य रास्ट्र भए पछि आयातलाई निरुत्सायित गर्न मिल्दैन तर उसको सिमा भित्रै बसेर पनि हाम्रा उधोगहरुलाई सजिल्यै बचाउन सकिन्छ। आयातलाई निरुत्सायित गर्दा स्वदेसिको उत्पादन महँगो पर्छ भन्ने मान्यता राख्छन त्यो सरासर गलत हो किनकी अघि भारतको टमाटर रु  १०० मा प्रति किलो किन्दा हामीसंग जम्मा त्यहि १०००० किलो टमाटर थियो तर हामीले हाम्रो टमाटर रु १२५ प्रति किलो हालेर किन्दा हामीसंग १०००० किलो टमाटर र १० वटा मोटरबाइक पनि भयो, यो अबस्थामा त्यो रु २५ बडी तिर्दा उसैले काम पाउने अबस्था हो, अनि ल उ पहिलेदेखि बैंकमा काम गर्छ रे त्यसो भयो उसको अन्य परिबार सदस्यले काम पाउन सक्छ साथै बैंकको पनि कमाई बढ्ने हुदा उसको तलब र बोनस बढ्ने हुन्छ त्यस्तै राजस्व पनि बृदि हुने हुदा सरकारले गर्ने खर्चबाट पनि उसलाई फाइदा हुन्छ। यसरि उपभोक्ताले आफ्नो उत्पादनलाई अलिकति महँगो पैसा तिर्दा आफैले रोजगार पाउनुका साथै अन्य अनेकौ फाइदा हुने गर्दछन त्यसैले कुनै पनि बहानामा घाटा लाग्यो भनेर नेपालका धेरै उधोग कलकारखाना बन्द गरिएयो त्यो जस्तो मुर्ख काम अरु हुनै सक्दैन। 


सरकारले चलाएका  विभिन्न उधोगहरु यदि भ्रस्टाचार गरेर घाटा भएको हो भने त्यो रोक्नु पर्छ, प्रबिधि पुरानो भएर लागत बडी भएर घाटा भएको हो भने नया प्रबिधि ल्याउनु पर्छ तर बिक्रि मुल्यमा कमि भएर घाटा भएको हो, भने सरासर कम्पनि चलाउनु पर्छ। बिक्रि मूल्य कम हुदा जनतालाई फाइदा हुने हो र तिनै जनताबाट उठाएको अलिकति कर लिएर सरकारले  कम्पनीको क्षतिपुर्ति तिर्ने हो। त्यसैले नेपालभित्रको चाय सरकारी उधोग होस् चाय निजि दुबैलाई घाटाको अबस्थामा क्षतिपुर्ति दिएर बचाउनु सबैको लागि हितकर हुने गर्दछ। 


आफै हेर्नोस नेपालमा भारतबाट अण्डा र कुखुरा आउदा नेपालका कुखुरा ब्यबसायी खासै फ़स्टाउन सकेका थिएनन तर जब भारतबाट आउन बन्द भयो तब अहिले धेरै मानिसले यो क्षेत्रमा राम्रो गरेका छन् साथै धेरैले रोजगार पनि पाएका छौ। पहिले हाम्रो उधोगहरुलाई बलियो र प्रधिस्पर्धि नगराई हामी अन्तरास्ट्रीय बजारमा प्रधिस्पर्धा गर्न सकिदैन त्यसैले पहिला कुनै पनि हालतमा आफ्नो उधोग र उत्पादनलाई रक्षा गरौ। संसारमा कुनै त्यस्तो एउटा देस बिकास भएको छैन जसको आफ्नो उत्पादन नभएको होस्। जब आफ्नो उत्पादनलाई बचाउदै लगिन्छ अनि बिस्तारै अन्तरास्ट्रिय बजारमा बिक्रि हुन सुरु गर्छ तब मात्रै हामीले सामान बेचेर सामान किन्ने अबस्थामा पुग्छौ। मान्छे बेचेर सामान किनेर देस जिनतिन त चल्ला तर गरिबी र अभाब सधै yastai  हुने छ। त्यसैले अर्थसास्त्रमा Phd गरेर आएकाले खुल्ला बजार खुल्ला बजार भनेर त्यहि अनुसारको नीति बनाई देसका सबै उधोगहरु टाट पल्टाए, हो खुल्ला बजारले संसारका धेरै देशहरुले बिकास गरेका छन् तर उनीहरुको भौगोलिक अबस्था प्रविधिको बिकासको अबस्था हाम्रो भन्दा फरक छन् त्यसैले अर्थसास्त्रका केहि सिद्दान्त रटेको भरमा अनि अरुको नक्कल गरेको भरमा देश बिकास हुने होईन। मलाई थाहा छ हाम्रोमा गाडीको टायर बनाउने कच्चा पदार्थ छ भने हामीले टायर प्रसस्त बनाउने भारतले गाडीको इन्जिन बनाउने र चाइनाले गाडीको बडी गराउने यस्तो अबस्थामा एक आफसमा मिलेर काम गर्दा ३ वटै देशलाई फाइदा हुने गर्छ। त्यसरी अन्त्ररास्ट्रिय बजारमा जोडिन हामिसंग क्षमता छैन भने पछि हाम्रो आफ्नो उधोग र उत्पादनलाई कुनै पनि हालतमा चाय क्षतिपुर्तिनै दिएर पनि निरन्तर उत्पादन गर्नु पर्छ तब सबै जनता लगाएत सरकारलाई पनि फाइदा हुने हो। 




Comments