किन साउथ कोरिया बिकसित हुदा पनि हाम्रो पैसा भन्दा उसको पैसा कमजोर छ।

 किन साउथ कोरिया बिकसित हुदा पनि हाम्रो पैसा भन्दा उसको पैसा कमजोर छ।

 

संसारभर आर्थिक  राजनीतिक क्षेत्रमा धेरै चर्चा हुने बिसय भनेको बिकासको मोडेलनै हो। यस बिसयमा सबैका आफ्नै आफ्नै तर्क  बिस्वास छन्,कोहि तर्क गर्छन सम्पुर्ण साधन  स्रोतको परिचालन केन्द्रमा राखेर सरकारले गर्दा छिटो बिकास हुन्छ रेजसलाई कम्युनिस्ट विचारधारा भनिन्छ। कोहितर्क गर्छन सरकारले सानो क्षेत्र जस्तै देस  जनताको शान्ति  शुरक्षामा मात्रै ध्यान दिनेअरु सबै कुरा निजि क्षेत्रलाई स्वतन्त्ररुपले छाडी दिदा छिटोबिकास हुन्छ रेजसलाई पुजिबाद भनिन्छ। कोहि तर्क गर्छन जनताका आधारभूत आबस्यकता जस्तै शिक्षा  स्वास्थ्य साथै शान्ति शुरक्षा  केहि बिसेस आबस्यक अबस्थामा मात्रै  बजार हस्तक्षेप गर्ने नीति लिएर अरु सबै निजि क्षेत्रलाई छोडी दिदा बिकास छिटो हुन्छ रेजसलाई समाजबाद भनिन्छ।बास्तबमा समाजबाद भनेको त्यस्तो समाजको निर्माण गर्नु हो जहाँ हरेक व्यक्तिले आफ्नो काम गरेर सम्मानजनक जिबन जिउन सकोस कुनै पनितरिकाले वा बहानामा एक भन्दा अर्को व्यक्ति हेपिनी थिचोमिचोमा नपर्ने समाजको निर्माण गर्नुनै सामजबादको लक्ष्य रहन्छ।

 

यी माथिका तिन मोडेलमा संसारभर धेरै लेखरचना  किताब  लेखिएका छन्जसका आफ्नै आफ्नै फाईदा  बेफाइदा छन् यहाँ यी तिन मोडेलकोबारेमा चर्चा गर्दिन।  

 

बिकास भनेको मानिसहरुले  जिबन सहज तरिकाले जिउनको लागि चाहिने आबस्यक पर्ने सामान  सुबिधा हुनुनै आर्थिक रुपले बिकासको सूचक मान्नसकिन्छजस्तै खानाको लागि स्वस्थ खानालगाउनको लागि लुगाबस्नको लागि सुविधाजनक घरशिक्षाको लागि गुणस्तरिय स्कुल  कलेज उपचारको लागि सुबिधासम्पन्न अस्पताल आदि पर्दछन। अब ति सामान  सुबिधा प्राप्त गर्नतिनै मानिसले प्रकृतिमा उपलब्ध साधन  स्रोतको प्रयोगगरि मेसिन  मान्छेले काम गरेर ति आबस्यक सामान बनाउनुनै बिकास हुनु हो।

 

सरसर्ती हेर्दा जति सरल तर गर्दा निकै कठिनाई त्यसैले संसारका धेरै देशहरु साधन  स्रोत अनि बेरोजगार मानिसहरु हुदा pani काम गर्ने तालमेलनमिलेर पनि गरिबीमा पिल्सिन बाद्य छन्जस्तै नेपाल पनि त्यसै मद्यको एक देस हो। खासमा प्रकृतिमा उपलब्ध साधन  स्रोत प्रयोग गरि आबस्यक सामान उत्पादन मेसिन  मान्छेको कामले गर्ने होअब यो गर्नको लागि विभिन्न किसिमका कामहरु गर्नु पर्ने हुन्छकामको प्रकृति हेरी त्यहि अनुसारको कसैलाई धेरै  कसैलाई थोरै सामान दिनु पर्ने हुन्छतिनै सामानहरुको भागबण्डा मिलाउन पैसाको बिकास क्रमिक रुपले हुदै आएको हो।

 

पैसाको विकासलेनै सजिलै उत्पादित सामानको भागबण्डा लगाउने सक्ने,  काम गरेको समय  कामदारले प्रयोग गरेको शिप  क्षमता अनुसारसम्बन्धित व्यक्तिलाई सुबिधा  सामान दिन मिल्ने भएको हो। पैसाको प्रयोगलेनै सजिलै आफुलाई मन परेको कुरा किन्न  बेच्न सकिने भएको हो।पैसाको प्रयोगलेनै आज कमाएर भबिस्यको लागि संचित गर्न मिल्ने भएको हो। पैसाका धेरै गुणकारी बिसेसता हुदाहुदै पनि यसको प्रयोगले मानिसलाई केहि हदसम्म बेफाइदा पनि गरेको पैसाको लागि मानिस लुट्नढाट्नछल्नमार्न जे पनि गर्न तयार भएको हामीले देखेका छौ।खासमा हामीलाई पैसा होईन सुबिधा चाइएको थियो तर पैसाको प्रयोग गरेसंग मान्छे सुबिधा बढाउने काम भन्दा कसरि हुन्छ पैसा बढाउने काम तिर लागे यो नै पैसाको सबैभन्दा ठुलो अबगुण भैदियो  संसारले अनाबस्यक दुख्ख पायो।

 

अब यो पैसा कुनै पनि देसको केन्द्रिय बैंकले निस्कासन गरेको हुन्छत्यसको लागि आबस्यक सुन  चादी राख्नु पर्ने हुन्छपहिले पहिले सुन  चदिलाईमात्रै अन्तरास्ट्रिय मान्यता दिएको हुदा अझ भनौ सबै देसले स्विकार्ने हुदा ति चिज मात्रै धरौटिको रुपमा राख्ने चलन थियो तर पछि सन् १९४४ माBretton Woods Agreement गरि संसारको / सुन अमेरिकासंग भएको अबस्थामा अब अमेरिकन डलरको  धरौटी सुन हुने  अन्य देसले धरौटिको रुपमा सुन जस्तै डलर राख्न सक्ने सम्झौता गरि त्यसको नीतिनियम IMF  World बैंकले  बनाई सम्पूर्ण अन्तरास्ट्रिय ब्यापारिक कारोबारलाई ब्यबस्थित गराउने भूमिका खेलेको थियो। तर यसो गर्दै गर्दा सुनको मागमा बृदी भई अमेरिकन डलरको मागमा कमि भयो जब डलरको माग मा कमि भयो तब अमेरिकामा महंगी धेरै बढ्न पुग्यो। त्यस पछि सन् १९७१ मा सुनसंगको डलरको सम्बन्ध अमेरिकन रास्ट्रपतिले तोडेको घोसणागरेसंगै अहिलेको संसारभरको पैसा Fiat Money बन्न पुगेको छ। अब कुनै पनि देसले आफ्नो पैसा छाप्न Back Up को रुपमा सुन चादी वा बिदेसीमुद्रा राख्नु पर्ने अनिवार्यता छैन तर बाद्यता चाहि सबै देसलाई हुन्छ किनकि बिना Back Up पैसा छापेर देस भित्र धेरै आफ्नो पैसा dherai भयो भने त्यसले आयातमा बृदी गर्छ  बिदेसी पैसाको Demand High हुन्छ यदि बिदेसी पैसाको Supply भन्दा Demand उच्च भयो भने आफ्नो पैसा कमजोर पार्नु पर्ने हुन्छ जसले गर्दा महंगी बडेर अर्थतन्त्रमा आर्थिक जटिलताको आबस्था आईपुग्छ त्यसैले बुज्न सकिन्छ कि कुनै पनि देसले आफ्नो पैसा छाप्न बिदेसी मुद्रा  राख्नै पर्ने अनिवार्यता छैन तर बैदेसिक ब्यापारको अबस्थालाई नियन्त्रणमा राखी अर्थतन्त्रमा जटिल अबस्था आउन नदिनको लागि भने बिदेसी मुद्राको संचिति गर्नु परे बाद्यता हरेक देसलाई छ।

 

अब जनतासंग आफ्नो देसको पैसा हुन्छतर केन्दिय बैंकमा बिदेसी मुद्राको संचिति गर्नु पर्ने हुन्छकिनकि हरेक देस आफैमा आत्मनिर्भर हुदैन जसलेगर्दा  बिदेसबाट सामान खरिद गर्नु पर्ने हुन्छत्यसैकोलाई हरेक देसले कम्तिमा पनि , महिनाको लागि आयात धान्य गरि  बिदेसी मुद्रा राख्ने गरेका हुन्छन।

 

यसरि हरेक देसमा बिदेसी मुद्राको Demand आयात गर्नको लागि साथै विभिन्न उधेस्यकोलागि हुने गर्दछ  बिदेसी मुद्राको Supply निर्यात , Remittance तथा विभिन्न माद्यमबाट हुने गर्दछ। यहि बिदेसी मुद्राको Demand  Supply को अबस्था  आबस्यकता तथा बजारको मूल्यस्तरसामानको अभाब वा अधिक आपूर्ति अनेकौ कारणको बिस्लेसण गरि केन्द्रिय बैंकले आफ्नो पैसाको विनिमय दर डलरसंग तोकेको हुन्छनेपालकोहकमा सुरुवाती चरणमा डलरसंगै दर तय गरिन्थ्यो तर दुई देस बीच दैनिक रुपमा धेरै कारोबार हुने हुदाविनिमय दर परिबर्तन भैरहदा व्यापारमा कठिनाई उत्पन्न हुने हुनाले नेपालको पैसालाई डलरसंग नभई भारतीय पैसासंग निश्चित दरमा fix गरिएको हो।

 

कुनै पनि देसको पैसा महँगो हुनु  सस्तो हुनुमा त्यो देसको समग्र बजारको मूल्यस्तरले तय हुने कुरा होअनि त्यो बजारको सामानको मूल्यस्तर भनेको कामदारको तलबको स्तर   उत्पादकत्वले हुने हो। अमेरिकामा एउटा कामदारको तलब करिब १५०० डलर मासिक हुन्छत्यसैले त्यहाको समग्र बजारको मुल्यास्तर कम अंकमा हुने गर्दछतर नेपालमा कामदरको मासिक तलब रु १४००० जति जसले गर्दा सबै सामानको मूल्य धेरै अंकमा हुने गर्दछ। त्यसैले गर्दा अमेरिकाको पैसाहाम्रो भन्दा महँगो भएको हो। अब South कोरियामा कामदारको तलब प्रति घण्टा ८५९० वोन जसले गर्दा समग्र बजारको मुल्यस्तर बडी त्यसैले देस बिकसित भएपनि हाम्रो पैसा भन्दा उसको पैसा कमजोर भएको हो। त्यस्तै हामि भन्दा इरान पनि निकैधनि  तर त्यहाको पैसा पनि हाम्रो भन्दा निकै कमजोर छ। त्यसैले भन्न सकिन्छ पैसा कमजोर  बलियो हुने कुरा बजारको मुल्यस्तरले तय हुने कुराहो। अनि जापानसंग तुलना गर्दा त्यहाको कामदारको तलब हाम्रोमा भन्दा धेरै  तर हाम्रो पैसा भन्दा उसको पैसा थोरैले महँगो  यसको कारण चाहि जापानको उत्पादकत्व हाम्रो भन्दा ज्यादै बडी chha जसको कारणले उसको प्रति व्यक्ति आम्दानि हाम्रो भन्दा करिब ४७ गुणा बेसी  त्यसैले गर्दा त्यहा कामदारको तलब हाम्रोमा भन्दा धेरै पनि उसैको पैसा थोरैले महँगो भएको हो। तर South कोरियाको हकमा उत्पादकत्व साथै प्रति व्यक्ति आय हाम्रोमा भन्दा बडी भएता पनि उसको कामदारले पाउने मासिक तलब हाम्रोमा भन्दा अधिक धेरै गुणा बडी digit ma भएकोले त्यहाको पैसा हाम्रो भन्दा कमजोर भएको हो।

 

Comments