अहिलेको आर्थिक संकटबाट बाहिर निस्किनको लागि केहि बित्तिय तथा मौद्रिक नीतिका उपाएहरु।

 अहिलेको आर्थिक संकटबाट बाहिर निस्किनको लागि केहि बित्तिय तथा मौद्रिक नीतिका उपाएहरु।

 

एकनासले चलेको अर्थतन्त्र एकाएक कोरोनाको महामारीले निकैनै क्षति पुर्यायोयसको असरले धेरै ब्यबसायहरु  बन्द भैसकेकोहि बन्द हुने क्रममा छन्कोहि निकै कठिनाईका साथ चल्ने कोसिस गर्दै छन्लाखौ मानिसहरुले  रोजगार गुमाएका छन्।  सामान्य अबस्थामा , % ब्यबसाय घाटामा जानेबन्द हुने त्यो स्वाभाविकनै मानिन्छ किनकि कुनै कुनै कम्पनीले नया प्रबिधी प्रयोग गरि अध्याधिक बिक्रि गरेर  नाफा गरे भने त्यसको असर अन्य केहि व्यवसायलाई परि घाटा भएर बन्द गर्नु पर्ने अवस्था आउछ। यहि कुरा बुजेरनै बिकसित देसमा एकल स्वामित्वोबाट संचालन भएको ब्यबसाय समेत एकाएक घाटा भएर ऋण तिर्न नसकी बन्द भयो भने पनि त्यो ब्यबसायको  ऋण अब उसको व्यक्तिगत सम्पति बेचेर तिर्नु पर्दैन भन्ने नियम र कानुन बनाएका हुन्छन।

 

अब आर्थिक संकटबाट निस्किने केहि उपाएहरुमा जानु अगाडी अहिलेको आर्थिक संकटलाई बुझौ। कोरोनाको महामारी सुरु भए संगै मानिसहरु घरभित्रनै बस्नु पर्ने भयोजब काम गरेर तलब आउथ्यो अनि त्यहि तलबले आफ्ना खर्चहरु चलाउनु पर्ने मान्छेहरु  एकाएक घरभित्र बस्दा काम पनि भएनखर्च गर्नको लागि पैसा पनि भएन। जब मानिसले खर्च गर्दैन तब बजारमा बेच्न राखिएका सामानहरु  बिक्रि नभई बजारमानै रहिरहन्छ। यस्तो अबस्थामा मानिसले बाच्नको लागि चाहिने अति आबस्यक सामानहरु जस्तै खानको लागि चाहिने सामान  औसधि मात्रै खरिद गर्छ। जब मानिसले बजारबाट सामान खरिद गर्दैन तब नया उत्पादन पनि हुदैनत्यसैले पहिले भन्दा हरेक मान्छेले अति आबस्यक कुरा मात्रै खरिद गर्ने हुदा धेरै सामान बजारमानै हुने गर्छ। सामान्य अबस्थामा ब्यबसायीले  बजारमा बेच्न राखिएको सामानहरु  बिक्रि गर्छफेरी नया सामानहरु  किन्छकर्मचारीलाई तलब दिन्छ त्यसबाट अनि अलिकति  नाफा निकाली  त्यहि नाफाबाट घरको भाडाबैंकको किस्ता  आफ्नो खर्च चलाएको  हुन्छ। जब सामान बिक्रि नभई सामान पसलमानै हुदा भाडा  बैंकको ब्याज  दिनु पर्यो यसरि मुख्य रुपले भाडा  बैंकको ब्याजले संकटको अबस्थामा कुनै पनि व्यवसायीलाई अफ्ठेरो पार्ने हो। यो कुरालाई बुजेर त्यहि अनुसार सरकारले काम गरेर यो आर्थिक संकटको अबस्थाबाट बाहिर आउने उपायहरु अपनाउने हो।

 

 फिनल्याण्डमा नेपालिको  होटेल हिमालयन किचनमा भाडा माझ्ने काम गर्थेजहा मालिक  जना सहित हामि  जना जति कर्मचारीहरुले कामगरिरहेका थियेउ। एकाएक महामारी आएपछि बिक्रि घट्यो  ब्यबसाय पनि  घाटामा गयोत्यहि अबस्थामा सरकारले पनि होटेल केहि समयको लागि बन्द गर्न भन्यो। अब यहा हेर्नोस होटेल बन्दा हुदा होटेल भित्रका सामानहरु  जस्ताको तस्तै हुन्छनकर्मचारीलाई पनि सरकारले सामान्य जिबन निर्वाह हुने  गरि मासिक ६०० युरो दियोयति गरेपछि होटेलले कर्मचारीलाई केहि दिनु परेन। अब त्यसपछि  पछि त्यो होटेललाई घाटा हुने भनेको त्यहि मासिक भाडा  बैंकको ब्याज  आफ्नो खर्च हो। अब यस अबस्थामा सरकारले यो होटललाई बन्द हुदा सम्मको समयको  भाडा तिर्दियोबैंकको ब्याज किस्तालाई अहिले तिर्नु नपर्ने गरि पछाडी सार्दियो साथै फेरी सुचारू गर्नको लागि नया ऋण पाउने ब्यबस्था गर्दियो। यस्तो किसिमले सरकारले आफ्ना जनता  ब्यबसायीलाई आर्थिक संकटको बेलामा सहयोग गरि सामान्य अबस्थामा फर्काउने कोसिस गर्दै छ। अब यो सारा  जनतालाई बेरोजगार भत्ताअनि व्यवसायीलाई घरभाडा दिने पैसा सरकारसंग  हुदैन किनकि यस्तो बेलामा सरकारसंग पनि कम कर उठ्ने हुदा अब उसले आफ्नो पैसा छाप्ने युरोपको केन्द्रिय बैंकसंग लामो अबधि २०५६ सम्ममा तिर्ने गरि ठुलो रकम ऋण लियो  सबैलाई बाड्यो , त्यो युरोपको केन्द्रिय बैंकले आफुसंग बिदेसी पैसासुन चादि भएर छापेको होईन,यो अबस्थाको मुल्याकन गरि नया पैसा छापेर नदिए अर्थतन्त्र पुरै भताभुङ्ग हुन्छ भन्ने बुजेर सबैयुरोप भित्र जुन देसमा यूरो पैसा चल्छ त्यो देसको माग अनुसार छापेर ऋण दियो। अब अबस्था सामान्य भएपछी सरकारले तिनै जनता  ब्यबशायीबाट कर उठाउछ  युरोपको केन्द्रिय बैंकलाई तिर्दै तिर्दै जान्छयसरि आर्थिक संकटको बेलामा सिधै पैसानै दिएर संकटबाट बाहिर निस्किने प्रयास धेरै देशहरुले गर्दै छन्।

 

अब फ्रीमा पैसा बाड्दा के हुन्छ भन्ने कुरा बारे केहि चर्चा गरौ  पैसाको सम्बन्धमा यो Equation निकैनै प्रचलित हो।  MV = PQ = Y = GNP जहा M भनेको अर्थतन्त्रमा कति पैसा  भनेको हो, V भनेको Velocity भनेको हो जसले पैसा एउटा व्यक्तिको हातबाट अर्को व्यक्तिको हातमा कति समयमा कति पटक जान्छ भनेको हो। P भनेको बस्तुको मूल्य हो Q भनेको बस्तु परिमाण हो। Y  GNP भनेको सम्पूर्ण बस्तुको मुल्यको योगफल होत्यो भनेको कुल कति बस्तु  सेवा मानिसहरुले किनेर प्रयोग गरे भनेको हो। यसलाई उदाहरणबाट यसरि बुज्न सकिन्छ।  जना मानिसहरु थिए जस्तै     सबैले  दिनमा  वटा सामान बनाउन सक्थे उनीहरुसंग १०० रुपिया थियो अब  ले  को समान किन्यो  ले  को समान किन्यो  ले  को समान किन्यो  ले  को समान किन्यो। पैसा जम्मा त्यही १०० मात्रै हो तर यो पैसा  पटक नाच्यो अब M भनेको पैसा =१००, V भनेको पैसा नाचेको = p बस्तुको मूल्य  = १००   q भनेको बस्तुको परिमाण त्यो पनि =  छ। अब यहा कुल सामान रु ४०० को भयो तर पैसा त त्यहि १०० मात्रै हो। त्यसैले पैसा जति छिटो चल्यो त्यति धेरै उत्पादन हुने होतर यसमा पनि एउटा कुरा  पैसा छिटो  चल्नु पर्छ तर अन्तिम बस्तु प्रयोग गर्ने व्यक्तिहरु बीच छिटो चल्दा मात्रै कुल उत्पादन बढ्ने हो। बस्तु आफुले प्रयोग नगर्ने अरुलाई बेच्ने उदेस्यले किनेका मान्छेहरु बीच भएको पैसाको गतिले उत्पादन बढ्ने होईन जस्तै शेयरको खरिद बिक्रि जति पटक जति छिटो भएपनि उत्पादन बड्ने होईनजग्गाको खरिद बिक्रि जति जतिपटक यता  उता गरे पनि नया उत्पादन हुने होईन। अब माथिको उदाहरणमा जाउ त्यहाँ ति ब्यक्तिहरुले एक दिनमा त्यो एउटा सामान भन्दा बडी सामान उत्पादन गर्न सक्दैनन  भने अब तिनीहरुलाई उत्पादन बडाउन भन्दै  लाइ थप १०० रुपिया दियियो भने यो कुरा  ले थाहा पाउछ   ले अब सामानको मूल्य २०० गराउछ अनि  ले पनि २०० गराउछ   ले पनि अब आफ्नो सामानको मूल्य रु २०० गराउछन। सामान पहिले जत्तिनै उत्पादनहुने हो तर उत्पादन बडाउछन कि भनेर पैसा दिएको उत्पादन गर्न सक्दैनन्।  किनकि उनीहरुले एक दिनमा एउटा सामान भन्दा बडी उत्पादन गर्नै सक्दैनन् भने अब  त्यहि समानको मूल्य बढेर २०० हुन पुग्छसामान पहिले जत्तिनै त्यहि  वटा हो त्यहि चार वटा सामानलाई पहिले रु ४०० पर्थ्यो त्यो भनेकोहाम्रो कुल उत्पादन रु  ४०० थियो अहिले त्यहि सामानलाई रु ८०० पर्यो यहा बास्तबमा सामान जत्तिको त्यत्ति  तर सामानको मूल्य बडेर रु ८०० भयो  त्यसैले अर्थतन्त्रमा सबै जना रोजगार  भएको अबस्था  भनेथप पैसा दिएर थप उत्पादन गर्न सकिदैन बेकारमा मूल्य मात्रै बढ्छ भन्ने  कुरा Classical इकोनोमिक्स ले भनेको कुरा हो।

 

तर यो कुरा अर्थतन्त्रमा बेरोजगार मान्छेहरु छन्साधन  स्रोत प्रयोग बिहिन छन् भने लागु हुदैन। किनकि लगानीकर्ताले बैंकबाट ऋण लिन्छ अनि मानिसहरुलाई आबस्यक पर्ने सामान उत्पादन गर्छ त्यो सामान उत्पादन गर्दा देखि बिक्रि वितरण गर्दा सम्म धेरै मानिसहरुले रोजगार पाउछनबैंकलाई तिरेको ब्याज पनि बैंकका कर्मचारी  बैंकको नाफा बापतको रकम शेयरवालाले पाउछबिज्ञापन गरेको पैसा पनि उनीहरुका कर्मचारीले पाउछनसरकारलाई तिरेको कर पनि सरकारका कर्मचारीले पाउछन ति सबैले पाएको पैसाले फेरी बजारमा आएर ति सबै सामान खरिद गर्छन यसरि अर्थतन्त्रमा  विभिन्न कम्पनीहरु छन् ति कम्पनीहरुका बिभिन  कामहरु  गर्दा पैसा जताततै बाडिन्छ त्यहि बाडिएको पैसाले फेरी सबैले ति सामान किनेर लान्छन  त्यो पैसा फेरी व्यवसायीहरुको  हातमा पुग्छ  बिस्तारै बिस्तारै बैंकको ऋण तिर्दै तिर्दै जान्छन  यसरि अर्थतन्त्रमा पैसा ऋणको रुपमा  दिएर थप उत्पादन गर्दा अर्थतन्त्रको आकार बढ्दै जान्छयो प्रक्रिया जति छिटो छिटो चल्यो त्यति त्यति छिटो सबै जना सम्पन्न हुने  देस पनि सम्पन्न हुने हो। यहि कुरालाई किन्सले केन्द्रिय बैंकले मुद्राको Supply बडाईदियो भने ब्याज दर घटछब्याजदर घटेपछि मानिसहरुले  लगानी ब्रिदी गर्छनलगानी ब्रिदी हुदा रोजगार ब्रिदी हुन्छ, Demand ब्रिदी हुन्छसाथै Supply पनि ब्रिदी भई समग्र अर्थतन्त्रको  आकारमा ब्रिदी हुन्छ। त्यसैले बेरोजगारको अबस्थामा पैसाको मात्रालाई बडाईदियो भने यसले मूल्य बडाउदैन समग्र अर्थतन्त्रलाई राम्रो गर्छ भन्ने विचार उनले राखे  उनको विचार सामान्य स्थितिमा एकदमै ठिक  तर अहिलेको आर्थिक संकटमा पैसा बैंकमा प्रसस्त ब्याज पनि सुन्यको नजिक नजिक तर पनि ब्यबसायीले ऋण लिएर थप लगानी गर्न चाहदैनन्किनकि मनोबलनै कमजोर भएको अवस्था होमान्छेहरु धेरै बेरोजगार छनकिन्नको लागि पैसा छैन त्यसैले यस्तो अबस्थामा लगानी गरेर नाफा गर्न सकिदैन भन्ने डरले उनीहरु ब्याज सस्तो भएता पनि लगानी गर्न चाहदैनन्।जुन अबस्था भनेको liquidity Trapped को अबस्था होत्यो  भनेको पैसाको गति रोकियो भनेको हो।

 

अब पैसाको गतिलाई बडाउन धेरै देशहरुले यो आर्थिक संकटको समयमा पैसानै बाडे किनकि सामान्य अबस्थामा पैसा फ्रीमा दिदा त्यसले अत्याधिक  माग बडाउछ  त्यसको असरले मूल्य अधिक बढ्छजब मूल्य अत्याधिक बढ्छतब धेरै तल्लो तहको  मान्छेहरु काम गरे पनि सामान किन्न नसक्ने अबस्थामा पुग्छनसाथै मद्यम स्तरको मानिसलाई पनि आम्दानीबाट खर्च धान्न मुस्किल पर्न जान्छ। त्यसैले सामान्य अबस्थामा पैसा फ्रीमा  बाडेर कहिल्यै पनि गरिबीको अन्त्य हुदैन। तर अहिलेको आर्थिक संकट भनेको मानिसहरुसंग  काम छैनजब काम नभए पछि सामान्य जिबनयापन गर्न पनि सक्दैनयस्तो स्थितिमा सरकारले उनीहरुलाई सामान्य जिबनयापनको लागि चाहिने पैसा नदिए झन ठुलो संकट जस्तै लुटपाटकाटमार आदिको अबस्था आईपर्न सक्छत्यसैले यो अबस्थामा  पैसा नबाडि कुनै उपाए नभएको हुनाले धेरै देसहरुले पैसा फ्रीमै  बाडे। तर हाम्रो जस्तो System Strong नभएको देसमा पैसा बाड्ने हो भनेझन् भद्रगोल भएर बर्बाद हुन्छ। त्यसैले नेपालमा पैसा बाडेर संकटबाट पार लगाउन सकिदैन तर पनि केहि उपाएहरु अबस्य छन्जसले केहि समयमानै संकटबाट बाहिर निस्किन मद्दत गर्न सक्छ।

 

अर्थतन्त्रलाई  चलायमान गराउनको लागि पैसा हुनेहरुले खर्च गर्नु पर्छजब खर्च गरिन्छ तब उत्पादन  वितरण हुने होजसले गर्दा धेरै मानिसहरुले  रोजगार पाउने हुन्  फेरी तिनै मानिसहरुले खर्च गर्ने हुन्। त्यहि खर्च बडी गराउने नीति लिएर अहिले केहि देशहरुमा बैंकमा पैसा जम्मा गरेकालाई ब्याज दिने होईनकि उल्टो बैंकमा पैसा राखे बापत बैंकले ब्याज लिन्छयो गर्नुको कारण बैंकमा पैसा थुप्रियो मान्छेले त्यो पैसा निकालेर खर्च गरुन तब मात्रै अर्थतन्त्रले गति लिन सक्छ भन्ने मनसाय हो। अनि ऋण लिन चाहने मान्छेलाई पनि प्रतिसतको हाराहारीमा ऋण उपलब्ध गराएका छन्यसको कारण पनि ऋण लिएर केहिमा खर्च वा लगानी गर्न प्रोत्सान गरेको हो। सामान्य अबस्थामा निक्षपकर्तालाई बजारको महंगी ब्रिदीदर भन्दा कम नहुने गरि बैंकले ब्याज दिएको हुन्छ किनकि आज १०० रुपिया जम्मा गरेको  वर्ष पछि महंगी १० बढ्यो तर बैंकले ब्याज  % प्रतिसतले दियो भने अब आज  त्यो बचतकर्ताले १०० रुपियाले किन्न सक्ने सामान एक वर्ष पछि बैंकको ब्याज सहितको पैसा  १०५ रुपियाले पनि किन्न सक्दैन किनकि महंगी १० % ले ब्रिदी भई सामानको मूल्य ११० रुपिया भएको छ। यस्तो अबस्था आयो भने निक्षपकर्ता माथि अन्याय भयो। जसले गर्दा आज कमाएर भबिस्यको लागि खर्च गर्ने भन्दै बैंकमा जम्मा गर्नुनै जोखिम हुन जान्छत्यसैले महंगी  निक्षपकर्तालाई दिईने ब्याजमा तालमेल मिलाउनु पर्नेहुन्छ। निक्षपकर्तालाई दिईने ब्याजबैंकको संचालन खर्चलगानीको प्रतिफल  साथै  ऋण दिदाको जोखिम बहन गरे बापतको नाफाबैंकसंग उपलब्ध कुल पैसाको मात्राकेन्द्रिय बैंकले तोकेको ब्याजको सिमा आदिलाई हिसाब गरेर अब बैंकले दिने ऋणको ब्याजको प्रतिसत निकाल्छ  त्यहि आधारमा ऋण दिने गर्छ। सामान्य अबस्थामा यो सबै कुरालाई ख्याल गर्दै अगि बढ्नु पर्छअन्यथा कुनै एक ठाउमा समस्या आउदा पुरै संरचनानै भत्किने डर हुन्छ।

 

अब अहिलेको आर्थिक संकटमा कुनै पनि सामान्य अबस्थाका बित्तिय  मौद्रिक नीतिले काम गर्दैननत्यसैले बिसेस किसिमको नीति लागु गरेर अर्थतन्त्रलाई सामान्य अबस्थामा फर्काउनु पर्ने हुन्छ। यो आर्थिक संकटमा आर्थिक गतिबिधि रोकिएर सबैलाई समस्या भएको होपैसा पैला जत्तिनै छ अझै हाम्रोमा  पहिले भन्दा Remittance बढेर साथै आयात घटेर पैसा निकै बडी छ। पैसा बैंकमा बडी  तर जनतासंग काम पनि छैन  सामन्य जिबन यापन गर्न पनि निकै कठिनाई छ। अब यस्तो संकटको घडीमा बैंकमा पैसा हुने भनेको जसको पैत्रिक सम्पति अथाह जसको घर दोबाटोमा छ त्यसबाट लाखौ रुपिया भाडा लिएको जो मान्छेले बिचौलिया गरेर अत्याधिक धन थुपारेको  वा कुनै भ्रस्टाचार गरेर हुण्डी मार्फत पैसा बिदेस पठाउने  उताबाट आफ्नो मान्छेलाई आधिकारिक Channel रेमिटान्स कम्पनिबाट पठाउन भन्ने त्यस्ता मानिसहरु साथै ठुलो ओहोदामा बसी धेरैतलब खाने जस्तै बैंकको CEO त्यस्ता अधिक धनाड्य व्यक्तिहरुको मात्रै ठुलो पैसा बैंकमा हुने गर्छ।  आम मानिसहरुको  बैंकमा पैसा अलि अलि मात्रै हुने हो। अब यो आर्थिक संकटको अबस्थामा बैंकहरुले  ति धनाड्य निक्षपकर्ताको ब्याजको पिर लिने होईनकाम नपाएर खान नपाएर सडकमा आएका लाखौ मझदुरहरुब्यापार नभएर डुबेका व्यवसायीहरुजागिर छुटेर अलपत्र परेका मद्यम बर्गका मानिसहरुको  हित हुने तरिकाले सोच्नु पर्छ र त्यो अनुसार कार्यक्रम लागु गर्नु पर्छतब मात्रै हामी सामान्य अबस्थामा फर्किन सक्छौ अन्यथा झन् ठुलो भयानक स्थिति आउने वाला  किनकि धेरै ब्यबसायीहरु  डुबेका छनयस्तो अबस्थामा बैंकले धितो लिलाम गर्न खोज्यो भने ठुलो काटमारको अबस्था आउन सक्छत्यसैले बेलैमा जिम्मेबार व्यक्तिहरुले उचित तरिकाले मौद्रिक  बित्तिय नीति अबलम्बन गरियो भने केहि समयमा स्थिति सामान्य अबस्थामा फर्काउन सकिन्छ।

 

सरकारले उच्च तहका मानिसहरुको खासै चासो लिनु पर्दैन उनीहरु आफैले गर्न सक्छनतल्लो तहको मानिसलाई पैसा फ्री वा ऋणमा दिदा त्यो पैसा  केहि समयमा खर्च गरेर सकिन्छ तर फेरी समस्या झन् बिकराल हुन्छ किनकि बिना कामको पैसा  ऋणले महंगी झन् बडाउछ। त्यसैले सरकारले मद्यमबर्गलाई ध्यानमा राखेर उसको आय अनुसार ऋण सस्तोमा उपलब्ध गराउने त्यो गर्दा उसले ऋण लिएर उसको सुबिधा बडाउदा तल्लो तहको मान्छेहरुले  काम पाउछ। त्यसैले यो आर्थिक  संकटको अबस्थामा केन्द्रिय बैंकले नीति बनाएर सबै निक्षपकर्तालाई ब्याज सुन्य गराउन सक्छत्यो गर्दाअब सस्तोमा मद्द्यम बर्गलाई टार्गेट गरेर home loan , Furniture को लागि ऋणघर खर्च संचालन ऋण आदि नाममा  देखि  %  मा ऋण दियो भने जो स्कुलकलेज पढाउने  सहकारीमा काम गर्नेसाना साना पसल गर्ने विभिन्न किसिमका मद्यम वर्ग जसको मासिक आम्दानि रु २५०००देखि ७०००० सम्म यो वर्गको मानिसहरुले  सस्तो ऋण पायो भने धेरैले घर बनाउछनघर बनाएकाहरुले  राम्रो furniture खरिद गर्छनयति गर्दा बित्तिकै ठुलो मात्रामा आर्थिक क्रियाकलापहरु  सुरु हुन्छ उधोगहरु चल्न थाल्छन तल्लो बर्गको मान्छेहरुले  काम पाउन थाल्छन   उनिहरुले खर्च गर्नथाले पछि फेरी उत्पादन बढाउनु पर्छयसरि बैंकले मद्यम बर्गलाई टार्गेट गरेर ब्याज सस्तो पारि ऋण लिन प्रोत्साहन गर्नु पर्छ। देशै भरि घर बनाउने अभियान सुरु गर्दा घरलाई चाहिने ढुंगागिट्टीबालुवासिमेन्ट furniture , ईट्टा लगायत थुप्रै नेपाल भित्रकै उधोग धन्दा चल्न थाल्ने छन्  धेरै मानिसहरुले रोजगार पाउन थाल्ने छन्। साथै नेपालमा काठहरु निकैनै धेरै तर सरकारले त्यो काठ ब्यबस्थित तरिकाले निकालेर बजारमा नल्याउदा बर्सेनि ठुलो रकम काठ तथा फर्निचरका सामान आयात गर्दा बाहिरिएको। यो भनेको सारैनै लाजमर्दो अबस्था हो।  फिनल्याण्ड मुख्य बाहिरि आम्दानी भनेको यहाको काठ निर्यात गर्नु हो। ठुलो रुख काटेर निर्यात गर्छन  नया रुख रोप्छन यसरि यिनीहरुले काठ  फर्निचर बिदेसमा बेचेर ठुलो आम्दानि गरेका छन्। हाम्रोमा  सरकारको काठ निकाल्ने सस्था Timber Corporation जसले ब्यबस्थित तरिकाले जंगलबाट काठ निकाली सस्तो दरमा बजारमा बिक्रि गर्न सक्छ। काठ निकाल्दा लाग्ने खर्च  यो सस्थाका कर्मचारीहरुलाई  दिनुपर्ने तलब पुग्ने गरि हिसाब गरेर निकै सस्तोमा काठ  फर्निचर उधोगलाई दिईयो  त्यहि बेलामा फर्निचर खरिदको  लागि  देखि  % सम्मको  ब्याजमा ऋण उपलब्ध गराउने हो भने धेरै नेपालीले फर्निचर खरिद गर्नी थिए।  साथै ठुलो जनसंख्याले रोजगार पाउने थियो  सरकारले पनि धेरै राजस्व उठाउने थियो तर मुहानमै बसेर Timber कर्पोरेशनले अति महँगोमा काठ बेच्दा जनतालाई पनि घाटासरकारलाई पनि घाटा  व्यवसायीलाई पनि घाटा साथै ठुलो मात्रामा हाम्रो धन बाहिरिन पुग्यो। त्यसैले यो आर्थिक संकटबाट निस्किन घर बनाउफर्निचर जोडौ भन्ने अभियान चलाएर अर्थतन्त्रलाई अलिकति माथि लान सकिन्छ। के नेपालीले घर बनाउनु फर्निचर राख्नु नेपाली सम्पन्न हुनु होईन  ?

 

आर्थिक संकटको बेलामा पैसा बैंकमा हुन्छत्यो धेरै पैसा केहि सिमित धनाड्यको हुने हो अब उनीहरुको बचतको ब्याजको चिन्ता लिने होईनचिन्ता सारा नेपालिहरुको   अर्थतन्त्रलाई कसरि सामान्य अबस्थामा फर्काउन सकिन्छ भन्ने कुराको चिन्ता लिने हो। नेपालमा  ब्याज कम भयो भनेर बिदेसी बैंकमा पैसा  लान्छु भन्नलाई नेपालको कानुनले मिल्दैन त्यसैले बैंकको निक्षपको ब्याज जिरो गराइ दिदा हुन्छ। धेरै मानिसहरुको  रोजगार छुटेको धेरै ब्यबसाय टाट पल्टिए यस्तो बेलामा पनि बैंकले आफ्नो नाफा बढाउने मनसाय राख्नु हुदैन।  यो बेला भनेको  BEP मा काम गरेर अर्थतन्त्रलाई सामान्य स्थितिमा फर्काउन भूमिका खेल्नु पर्छ यसको लागि केन्द्रिय बैंक  अन्य सबै बैंक तथा बित्तिय सस्था मिलेर काम गर्नु पर्छ। जब बैंकले घर बनाउ फर्निचर किनौ अभियान चलाउछ त्यतिले मात्रै पुग्दैन। अब सरकारले केन्द्रिय बैंकबाट ठुलो मात्रामा ऋण लिएर हामीलाई आबस्यक पर्ने भौतिक संरचना जस्तै बाटोपुलस्कुलकलेजअस्पताल आदिमा ठुलो लगानी गर्नु पर्छ  ति संरचना बनाउने ठेक्का दिदानै उपलब्ध भए सम्म नेपालि सामानको प्रयोग गर्नु पर्ने अनिबार्य सर्त राखी ठेक्कामा दिनु पर्छ। यदि त्यसो गरिएन भने संरचना बनाउदा  केहि मानिसले रोजगार पाउलान तर धेरै सामान इंडियाबाट ल्याउदा उतैका मानिसहरुले  रोजगार पाउछन  हाम्रो अभियानको उधेस्य पुरा हुदैन। त्यसैले स्वदेसी उत्पादनलाई प्रयोग गर्ने गरि ठेक्का दिनु पर्छ। साथै जहिले पनि सरकारले ऋण लिदा एउटा कुरालाइ बडो विचार पुर्याउनु पर्छ।  यदि हामीसंग बिदेसी मुद्रा , महिनाको आयात धान्ने भन्दा निकै बडी भएको अबस्थामा स्वदेसी ऋण लिनु पर्छ। अहिलेको अबस्थामा हामीसंग करिब १५,१६ महिनाको आयात धान्ने बिदेसी मुद्रा भएको हुनाले सरकारले केन्द्रिय बैंकसंग ऋण लिएर खर्च गर्दा हुन्छ। जुन बेला हामिसंग , महिनाको आयात धान्ने भन्दा बडी बिदेसी पैसा हुदैनत्यस्तो अबस्थामा मात्रै बिदेसी ऋण लिनु राम्रो हो। स्वदेसी ऋण भनेको ठुलो कुरा होईन अलिकति करको दयारा बडाउदा आगामी बर्समा तिर्न सकिन्छतर बिदेसी ऋण तिर्नको लागि बिदेसी पैसा कमाउनै पर्ने हुन्छजुन त्यति सहज नहुन पनि सक्छपछि बिदेसीको  ऋण तिर्न नसक्दा उनीहरुको गुलाम बन्नु पर्ने अबस्था सृजना हुन सक्छत्यसैले बिदेसी ऋण होईन बिदेसबाट आएको Remittace लाई उधोगमा लगानी गरेर आफ्नै देसमा उत्पादन गरौयदि यो गरियो भने अहिले सम्मको  खर्ब बिदेसी ऋण  बर्समानै तिर्न सक्ने हैसियत हाम्रो बन्छ।

 

यसरि बैंकले निक्षपको ब्याज सुन्य पार्नेमाद्यम बर्गलाई विभिन्न किसिमका ऋण सस्तो दरमा दिनेअहिलेको ब्यबसायको ऋणलाई केहि पर सार्ने चालु पूजीको लागि थप ऋणको व्यवस्था गर्ने साथै सरकारले पनि केन्द्रिय बैंकसंग ऋण लिएर स्वदेसी सामान प्रयोग गर्ने सर्तमा आबस्यक भौतिक संरचना बनाउनेकाठहरु निकाली सस्तोमा दिने यदि काठ सस्तो भएर फेरी भारततिर निकास हुन लाग्यो भने त्यहाँ भन्सार कर लागाउनु पर्ने हुन्छ त्योगर्ने। सरकारले केहि करहरु घटाउदा राम्रो हुन्छ जस्तै VAT लाई १३ % बाट  % मा झर्दा हुन्छ। यति गरेपछि बिस्तारै अर्थतन्त्र तंग्रिन थाल्छ  ठुला ब्यबसायिहरु ठुलो लगानी गर्नको लागि तयार हुन्छन  ठुलो मात्रामा लगानी भए पछि धेरै रोजगार सृजना हुन्छ  अर्थतन्त्रले आफ्नो गति समात्न थाल्नेछ। यो गर्नको लागि ठुलो कुरा हॊईन बिदेसीहरुले यी सबै कुरा बुजेका छन् साथै पटक पटक आर्थिक संकटको सामना गरेका छन् त्यसैले यिनीहरुले पैसा छापेर बाडेभौतिक संरचनामा जस्तै उर्जाको क्षेत्रमा ठुलो लगानी गर्दै छन् ऋणको ब्याज सुन्य बराबर  निक्षपमा पैसा राख्दा उल्टो पैसा लिन्छन।यसरि अनेक उपाए अपनाएर यिनीहरु सामान्य अबस्थामा फर्किदै छन् तर हाम्रोमा पैसा बाड्न त्यति सहज नभए पनि माथि सुझाएका केहि उपाएहरु  अबलम्बन गरेर हामी पनि आर्थिक संकटबाट छिटै बाहिर निस्किन सक्छौ।

 

Comments