China लाई के त्यस्तो बाद्यता छ संसारभरि सस्तोमा सामान बेच्नलाई।

 China  लाई के त्यस्तो  बाद्यता छ संसारभरि सस्तोमा सामान बेच्नलाई। 


होटेलमा सफा गर्दै थिए एउटा सिरानीमा अलिकति दाग लागेको थियो अनि Supervisor लाइ खबर गरे अनि Supervisor ले त्यो फाल्दे अनि अर्को नया  हाल भन्यो अनि मैले प्रस्न गरे यो धुदा सफा हुने खालको छ किन फाल्नु साफा गर्न दिए हुन्छनि भने उसले भन्यो, यो धुन भन्दा किन्न सस्तो पर्छ, China बाट आएको हो भनेर उसले भन्यो। त्यसपछि मेरो दिमागमा यस्तो पर्यो कि यिनीहरु यहाँ धुन नसक्ने Cost मा China ले कसरि बनाएर यहासम्म पठाउन सक्छ त। के त्यस्तो बाद्यता छ China लाई संसारभरि सस्तोमा  सामान बेच्न। गरिरो चिन्तनमा परे  र केहि कुरा पता लगाए। 


China आफैमा पनि ठुलो जनसंख्या भएको देस हो, अनि उसले संसारभरि सामान बेच्ने गर्छ जसले गर्दा उसले ठुलो परिमाणमा उत्पादन गर्छ र त्यो पनि आधुनिक प्रबिधि प्रयोग गरेर अनि त्यहाँ पनि labour cost सस्तो छ प्रति घण्टा करिब १,२५ डलर छ, त्यसैले उनीहरुको  सामानको production cost निकै सस्तो हुन्छ र त्यसमा पनि पानीजहाजबाट ढुवानी गर्दा ढुवानी cost  निकै सस्तो पर्ने हुनाले उसले संसारभर सामान बेच्न सकेको हो। 


यहाँ राम्रोसंग हेरौ त्यहाको labour ले पाउने तलब र हाम्रो देसको लेबरले पाउने तलबमा त्यहि दुई गुणा मात्रै फरक छ तर त्यहाको  सामान सस्तोमा पाउने हुदा त्यहाका labour  ले किन्न सक्ने क्षमता नेपाली लेबरको भन्दा निकै धेरै छ। यो हुनुको कारण देसले राम्रो आर्थिक नीति बनाउन नसक्नु र चुवाहवोट रोक्न नसक्नु हो। 


अब मनमा लाग्छ चीनले खुरु खुरु आफ्नो देसको लागि  मात्रै सामान नबनाएर किन संसारभरि सस्तोमा सामान बेच्नु पर्यो होला। यहाँ अब ग्लोबल मार्केट को प्रभाब पर्छ जब चिनले आफ्नो देसका लागि सामान बनाउछ साथै  ठुला ठुला भौतिक संरचना  निर्माण गर्छ तब धेरै मानिसले रोजगार पाउछन अब रोजगार पाएका मध्ये  तल्लो तहको लेबरले त चिनमानै बनेको सामान किन्ला तर जसको तलब धेरै छ, जसले ब्यापार गरेर बडी पैसा कमाएको छ उसको  त बिदेसी सामान प्रयोग गर्ने सोख हुन्छ, बेदिसी कार किन्ने हुन्छ, त्यसको लागि चिनलाई बिदेसी पैसा चाहिनेनै भयो, अब बेदिसी पैसा कमाउन संसारभर सामान नबेची भएन। त्यस्तै फेरी जति छिटो देस भित्र सामानहरुको  निर्माण हुन्छ त्यति जनताले रोजगार पाएर धनि हुने हुन् जब धनि हुन्छन मानिसले पहिला घर किन्छ, त्यसपछि कार किन्छ र संसारभर घुम्न निस्किन्छ, कोरानाको महामारी सुरु हुनुभन्दा अगाडी प्राय सबै देसको डाटा हेर्नोस Chinese Tourist को संख्या बडी छ। अब यी आफ्नो देसमा मरी मरी काम गरेकालाई घुम्न जान्छु हामीलाई बिदेसी पैसा ले  भनेर आफ्नो पैसा दिएर Chinese बैंकबाट बिदेसी पैसा लिन्छन, अब यिनीहरुलाई मागे जतिको  बिदेसी पैसा दिन सकिएन भने डलरसंग तय गरेको Chinese पैसा को विनिमय दर परिबर्तन गर्नु पर्ने हुन्छ, जब डलरसंगको विनिमय दरमा ठुलो मात्रामा परिबर्तन गरेर आफ्नो पैसाको मूल्य कम  गर्नु पर्ने बाद्यता आयो भने आफ्नो पैसा कमजोर हुन्छ र देस भित्र महंगी बढ्छ, त्यसैले बिदेसी पैसा कमाउन ठुलो मात्रामा चिनलाई संसार भर सामान बेच्नु पर्ने बाद्यता छ साथै अर्को तिर  आफुलाई चाहिएको तर आफ्नो देसमा नभएको सामान बाहिरि देसबाट खरिद गर्नु पर्ने बाद्यता सबै देशलाई भएको जस्तै चिनलाई पनि छ तिनै कारणले चिनले  संसारभर सस्तोमा  सामान बेच्नु परेको हो।  



देस भित्र जति धेरै उत्पादन र निमार्णको काम गरिन्छ त्यति धेरै मानिस धनि भई, बाहिरि देस घुम्ने र बाहिरी सामान किन्ने चलन हुन्छ त्यो थेग्नको लागि आफुले पनि अरु देसका मानिसलाई घुम्न  बोलाउने र आफ्नो सामान पनि अरुदेशलाई बेच्न सक्नु पर्छ यसरि आर्थिक रुपले  Balanace मा रहेर मात्रै छोटो समयमा कुनै पनि देसले उच्च तहको आर्थिक बिकास गर्न सक्छ। 


अहिले चिनले ठुला ठुला संरचना बनाएको छ, उत्पादन एकदमै धेरै छ तर अर्थतन्त्रमा त्यस्तो उथलपुथल हुने महंगी बढ्ने केहि भएको छैन त्यत्रो बिकास छोटो समयमा गर्दा मान्छेसंग अत्याधिक धेरै पैसा भएर Demand बढेर मूल्य बृदी भई फेरी अफ्ठेरो स्थिति आउन सक्थ्यो तर उसले आफुलाई चाइने बिदेसी मुद्रा प्राप्त गर्न सामान सस्तोमा संसारभर बेच्दियो र डलरसंग आफ्नो पैसा fix rate मा तय गर्दियो जसले गर्दा आयात र निर्यातमा हुने कारोबारलाई खासै असर गरेन र मूल्यस्थर लाई नियन्त्रण गर्न सक्यो र त्यो स्पीडको बिकास गरेको छ। चिनको त्यो गतिको बिकास हुदा पनि अर्थतन्त्रमा किन समस्या परेन त भनेर पश्चिमा देशहरु आस्चर्य चकित छन्। जताततै चिनको बिकासको मोडेलका बारेमा ठुलो बहस सुन्न सकिन्छ तर खासमा भएको यत्ति हो। 


Comments