अर्थशास्त्र सोचे जस्तो सजिलो पनि छैन सम्झे जस्तो जटिल पनि छैन।

 अर्थशास्त्र सोचे जस्तो सजिलो पनि छैन सम्झे जस्तो जटिल पनि छैन। 


अर्थसास्त्रको सुरुवात मान्छेको आबस्यकताबाट सुरु हुन्छ र त्यो पुरा गर्न त्यहि मानिसले काम र  प्रकृतिमा उपलब्ध साधन र स्रोतको प्रयोगले  आबस्यक बस्तु तयार पारि प्रयोग गरेसंगै सकिन्छ र यो प्रक्रिया निरन्तर चलिरहन्छ। अब यो प्रक्रिया कुनै एक व्यक्ति र सरकारले मात्रै गर्ने होईन सबैको तछाड मछाड हुन्छ त्यसैले यो क्षेत्र सोचे जति सजिलो छैन। 


अर्थसास्त्रका अनेकौ किताब, सिद्दान्त लेखिएका छन्, दैनिक लाखौ लेख निस्किन्छन ति सबै पढेर सम्भब हुने कुरा होईन तर ति सबैका मूल आधार के हुन् के आधारमा आदम स्मिथ, कार्ल Marx ,रबिन्स, मार्सल, किन्स आदिले थुप्रै कुरा लेख्न र भन्न सके त भन्ने आधारहरुको गरियो बुजाई भयो भने बल्ल अर्थसास्त्र सजिलो हुन जान्छ। 


अर्थसास्त्रका मुख्य आधारहरु निम्न प्रकार छन्। 

मान्छेको आबस्कता, उपलब्ध स्रोत र साधन, काम र शिप, पैसा, माग, पूर्ति, बजारको प्रकार यसको  प्रकृति,  अन्तरास्ट्रिय बजारको प्रभाब, पुजी, नाफा, घाटा, एकल लगानी, सामुहिक लगानी, विभिन्न कर, Social Benifit , बस्तुको मूल्य, लागत, पैसाको विनिमय दर र पैसाको मूल्य, केन्द्रिय बैंकको भूमिका, बाणिज्य बैंकको भूमिका,ऋण, ब्याज, Inflation , deflation , economy crisis र recovery गर्न सकिने उपाए , आयात , निर्यात ,remittance , सरकारको बजेट, चालु खर्च, पुजीगत खर्च, Foreign Reserve र यसको आबस्यकता, मानिसको ब्यबहार र आचरण, marginal cost , marginal revenue , रोजगार, बेरोजगार, बचत, बिदेसी लगानी  आदिका बारेमा पहिला आफैले  सोच्ने किनकि यी कुराहरु पढ्दै सुन्दै आएका कुराहरु  हुन्, त्यसपछि प्रत्येक टपिकको जानकारी बुज्न पढ्ने, जब यी टपिकका बारेमा राम्रोसंग बुजिन्छ तब आफै प्रत्येक टपिकलाई यसो गर्दा के होला र उसो गर्दा के होला भनेर सोच्ने, चिन्तन गर्ने, मनन गर्ने आजसम्म नया आबिस्कार किताब पढेर भएको होईन बास्तबिकता बुजेर अनि अनेकौ चिन्तन मनन गरेर नया सृजना भएका हुन् । जस्तै यहाँ ब्याज महँगो भए कसलाई बडी फाइदा हुन्छ कम भए कसलाई फाइदा हुन्छ र कम हुदा कुन कुन ठाउँमा कस्तो कस्तो असर गर्छ, र बडी हुदा कुन कुन ठाउँमा कस्तो असर गर्छ भनेर गहिरो चिन्तनमा डुब्ने अनि बल्ल अब ब्याजका बारेमा ठुला भनिएका मान्छेले के के कुरा गरेका छन् त भनेर पढ्ने यसरि हरेक टपिकमा पहिला सामान्य जानकारी लिने र त्यो परिबर्तन गर्दाको असर कहा कहा के के पर्छ भन्ने आफैले सोच्ने त्यस पछि मात्रै अरुले के लेख्दा रहेछन भनेर पढे देखि अर्थसास्त्र बुज्न जटिल छैन। जस्तै किन डलरको मूल्य, हाम्रो भन्दा बडी भयो फेरी south कोरियाको पैसा किन हाम्रो भन्दा kam मूल्यको भयो चिन्तन गर्ने र बल्ल यो बारेमा पढे पछि बुजिन्छ। अर्को माग भनेको के हो भने पैसा भएको मान्छेले किन्न खोज्नुनै माग हो अब एउटा सामान्य मजदुरले म जहाज किन्न चाहन्छु भन्छ भने, त्यो माग होइन, तर त्यो मजदुरले एउटा साइकल किन्न चाहन्छ भने त्यो उसको माग हो, किनकि उसले कतै काम गरेर पैसा पाएको छ, त्यहि पैसालेनै माग सिर्जना गर्ने हो, यसरि के बुज्न सकिन्छ भने काम गर्दा केहि कुरा उत्पादन हुन्छ, त्यो उत्पादन गरे बापत उसलाई पैसा दीइएको हुन्छ त्यहि पैसालेनै माग सिर्जना गर्ने हो र उसैले उत्पादन गरेको सामान बजारमा आउनुनै पूर्ति हुनु हो यसरि माग र supply को बारेमा अलिकति बुजे paxi  यसको बारेमा धेरै चिन्तन मनन आफैले गर्ने र बल्ल अरुले के के लेख्दा रहिछन भनेर पढ्दा बडी बुज्न सकिन्छ। 


अर्को जस्तै अन्तरास्ट्रिय बजारको प्रभाब नेपालि कामदारले नेपालमा काम गरेर पैसा पाएको हुन्छ, त्यो उसले काम गरेर उत्पादन गरेको सामान बजारमा आएको हुन्छ तर अब उसले त्यो सामान नकिनी बिदेसबाट आएको सामान किन्दा नेपालि उधोगहरु बन्द गर्नु पर्ने अबस्था आउछ कि नेपालि उधोगले पनि बिदेसमा बेच्न सक्नु पर्यो होइन भने बन्द हुन्छ, किनकि उसले जस जसलाई तलब र अन्य खर्च बापत पैसा दिएको छ, ति मानिस लगायत अन्य मानिसहरुले सामान उसको नकिनी बिदेसी सामान किन्छन भने देस भित्रका उधोग बन्द हुन्छन र देस टाट पल्टिन्छ। 


अर्थसास्त्रमा जति पनि सिद्दान्त बनेका छन्, र बन्दै पनि छन् यी सबैको आधार भनेको यी माथिका कुरा हुन् जब यी कुराहरुमा राम्रो जानकारी राखी त्यसको परिबर्तनको असरलाई आंकलन गर्न सकिन्छ तब अर्थनीति राम्रो गराउन सकिन्छ र देसले छोटो समयमानै ठुलो प्रगति गर्न सक्छ। यो गर्नको लागि कुनै देसको नक्कल गर्नु पर्दैन, आफ्नै माटो, र नेपालीपन र मन अनुसारको आर्थिक मोडेल बनाउन सजिलै सकिन्छ। 

Comments