नेपालिबाद, बास्तबिकबाद, आधुनिकबाद
नेपालि माटो, नेपालि पन, नेपालि मन, आफ्नै मौलिकता, चलन, रहन, सहन सस्कार र परम्परालाई प्रबिधिसंग जोडेर दुर्त गतिमा बिकास गर्ने आर्थिक मोडेल बनाउनको लागि लेख्ने कोसिस गर्दैछु। अक्षरको खेति गर्ने बानि त्यति नपरेकोले अलिकति राम्रो सब्द चयन र भाषा मिलाउन नसकेकोमा दुखि छु, तैपनि नलेखी भएको छैन।
हाम्रो समाज कस्तो हो भने, खेतिबालि लगाउन पर्यो भने गाउभरीका मान्छेले पालै पालो गर्दै सबैको खेति लगाउने र थनकाउदा पनि सबैले मिलेर गर्ने चलन हो, जसलाई पर्म लगाउने भन्ने गरिन्छ, त्यसरी खेति लगाउदै, खेति लगाउदा पनि गित गाउदै, रमाइलो गर्दै, काम गर्दा पनि आनन्द लिने हाम्रो परम्परा हो।
खेतबारीमा पानि ल्याउने कुलो सफा गर्नु पर्यो भने गाउ भरिका मान्छेले एक एक वटा फरुवा बोकेर कुलो सफा गरि पानि ल्याएर सबैले मिलेर पानि पालै पालो लगाएर खेति लगाउने परम्परा हो। त्यहि कुलो खन्दा पनि गित गाउने, जोक्स भन्ने रमाइलो गर्ने चलन हो, यसरि मिलेर काम गरेर आफ्नो जिबिका चलाउदै आएको समाज हो।
कसैको घरमा केहि नया खानी कुरा पाक्यो भने वरपरको घरलाई पनि अलिकति दिएर खाने चलन हो, महि पार्दा अरुलाई पनि दिएर खानी चलन हो। फलफुल रुखमै पाकेको छ भने नसोधी टिपेर खान पाइन्छ भन्ने चलन थियो, किनकि पाकेको फलफुल समयमा कसैले नखाए कुहिन सक्छ भनेर त्यसरी फलफुल पाकेको देखे नसोधी टिपेर खान पाइने चलन थियो। एक घारी केरा पाक्दा गाउ भरि बाडेर खाने चलन थियो।
हिमालतिरबाट जडिबुटि, जिम्मु,सिलाजित आदि ल्याउने र तराईतिरबाट घ्यु, नुन, तेल, चामल आदि साटेर लाने चलn थियो।
बिबाहा हुदा दुलही लिन गाउ भरिका मान्छे जाने आधा रात सम्म नाज, गान, रमाइलो गर्ने र त्यसपछि गाउभरिका मान्छेहरुको घर घरमा सबै दुलाहा पट्टिका मान्छेहरुलाई सुत्ने जोहो गरिएको हुन्थ्यो, एक घरमा बिबाहा हुदा सबैले सहयोग गरेका हुन्थे। तिनै जन्तीलाई खाने भाडाकुडा पनि सबैको घरबाट ल्याएर जोहो गरिएको हुन्थ्यो।
गाउ गाउमा बेलुका पख मन्दिरमा गएर भजन गाउने, नाच्ने गर्दा मन र सरिर हल्का र स्वस्थ हुन्थ्यो साथै सबैसंग बसेर त्यसरी भजन गाउदा एक प्रकारको सामिप्यता, आत्मियता भाबना उत्पन्न हुन्थ्यो जसले गर्दा मानिस स्वस्थ रहन्थ्यो । ति कुराहरु बिस्तारै हराउदै गएका छन्, तर त्यो चलन चलि रहन पर्छ, त्यसले गर्दा मन र सरिर स्वस्थ रहन मद्दत गर्छ।
यसरि milera हाम्रो खेति लगाउने, बाडेर खाने चलन, परम्परा, सस्कार एकदमै पारिबारिक र सामुहिक थियो, खुसीका साथ जिबन बिताउन समाजलेनै सिकाएको थियो, त्यसैले मानिस प्राय बिरामी हुदैनथे, अझै पनि हामि कति बुवा आमा हुनुहुन्छ जिबनभर एक ट्याब्लेट औसधि खाएको छैन भन्नुहुन्छ, त्यो सबको कारण स्वास्थ्य खानपिन र खुसीको जिबनशैलीको कारणले सम्भब भएको हो। तर आज हाम्रो सामाजलाई हेरौ त पहिला भन्दा केहि भौतिक सुबिधा त पक्कै थपिएका chhan तर मानिसहरु बीचको सम्बन्ध, मानिसहरुko Health जिबन, खुसि, सहयोगी भावना, सामुहिक काम सबै सबै हराउदै गएर उजाड उजाड हुदैछ, यो बिल्कुल राम्रो भएको छैन।
यो सबै राजनीतिक र आर्थिक मोडेलको कारणले भएको हो, राजनीतिका कारणलाई आफै मिलेर सुधार गर्न सकिन्छ, जस्तो कि चुनाबको समयमा सरासर गएर आफुलाई चित्त बुजेको मान्छेलाई भोट दिने, अनि भोट दिईसकेपछि राजनीति बिर्सिदिने, अब राजनीतिको सबै काम तिनै जितेकाको जिम्मामा छोडिदिने र मिलेर बसेको समाज राजनीतिक कारणले बिभाजन नहुने परम्परा र चलन सुरु गर्नु पर्ने भएको छ, किनकि हाम्रो समाज कुनै पनि बाहानामा बिभाजन भएर बसेको समाज हुदै होईन। त्यसैले हाम्रो समाजको मूल्य, मान्यता, परम्परा शैली, चलन आदिलाई कायम राख्दै त्यसमा आधुनिक प्रबिधिको संयोजन गरि, आफ्नै स्रोत, शाधन प्रयोग गरेर हामि भौतिक र सामजिक रुपले सम्पन्न समाजको निर्माण गर्न सक्छौ।
त्यसको लागि कुनै एउटा नेपालि नाम दिन सकिन्छ जस्तै नेपालिबाद, बास्तबिकवाद, आधुनिकबाद आदि। यसरि हाम्रो देशलाई हाम्रै माटो र हाम्रै आफ्नो पन अनुसारको राम्रो आर्थिक मोडेल निकाल्न जरुरि छ त्यसैले मैले धेरै अर्थसास्त्र सम्बन्धि लेख लेखेको छु, ति सबै पढेर, बुजेर कसरि गर्दा राम्रो होला एउटा छलफल चलाएर उपयुक्त मोडेलको बिकास गरौ ताकि कसैको नक्कल गर्न नपरोस र देस सरासर बिकासको बाटोमा हिनोस।
Comments
Post a Comment