हामि आर्थिक बिकास भनेको के हो नबुजेरनै गरिब भैयो।

 हामि आर्थिक बिकास भनेको के हो नबुजेरनै गरिब भैयो। 


हामि मात्रै होइन अर्थसास्त्रमा सबै अर्थसास्त्रिहरु अलमलमा छन्, हामि youtube  मा ठुला ठुला अर्थसास्त्रिहरुको  debate सुन्न सक्छौ, एकले अर्कोको  कुरा मान्दै मान्दैन आफ्नै आफ्नै तर्क गरिरहेका हुन्छन। त्यसैले कसैले अर्थसास्त्रमा Phd गर्दैमा उसले सबै जानेको छ, उसले भने अनुसार गरे देस बिकास हुन्छ भन्ने सोच्नु बेकार हो। किनकि नेपालमा धेरै Phd गरेकाले अर्थतन्त्रको नाईके भएर काम गरे तर परिणाम जस्ताको तस्तै। त्यसैले मैले आफ्नो बुद्दि र बिबेकले सकेसम्मको सरल तरिकाले कसरि बिकास गर्न सकिन्छ होला त भन्ने कुरा लेख्ने छु। 


बिकास भन्दा बित्तिकै मानिसले भौतिक रुपले सुबिधाजनक जिबन बिताउन सक्ने अबस्था हुनु हो। अब यो भौतिक रुपले सुविधाजनक जिबन बिताउन के के चाहिन्छ त्यो त्यो बनाउनुनै बिकास हो। 


मान्छेको सुरुवात अभाब, गरिबीबाट भएको हो सुरुको मानबजाति सबै गरिबनै हो, तिनै मान्छेले आज सम्म काम गर्दै आएर आजको बिकास भएको हो। सामान बनाउने क्रममा सबैलाई एकै चोटी बनाउन सकिदैन त्यसैले अलिकति स्किल भएको, अनि व्यापारमा लागेको व्यक्तिले पहिला धेरै सुबिधा लिने र पछि बिस्तारै अरुको पालो आउने हो। कम्युनिस्टले  भनेको जस्तो सबैलाई एकै चोटि बराबर र धनि गराउने कुरा ति काल्पनिक कुरा मात्रै हुन्। सबै मान्छेलाई पुग्ने गरि सामान बनाउननै समय लाग्छ त्यसैले सबैलाई एकै पटक बराबर दिने भन्ने हुन सक्दैन यो  वास्तविकतालाई सबैले आफै मनन गर्नु पर्छ। 


अर्थसास्त्रको सुरुवात मानिसको आबस्यकताबाट सुरु हुन्छ जस्तै भोक लाग्छ, खान पर्यो, सरिर छोप्नु पर्यो, कपडा चाहियो, बस्न पर्यो, घर चाहियो, हिन्न पर्यो साधन चाइयो  आदि। यसरि मानिसका अनेकौ आबस्यकताहरु छन्, ति आबस्कताहरु पुरा गर्न अनेकौ सामान बनाउन पर्दछ, ति सामान बनाउनको लागि तिनै मानिसहरुले काम गर्नु पर्छ र बल्ल चाहिएको सामान बन्दछ र आबस्यकता पुरा हुन्छ। त्यसैले भन्न सकिन्छ अर्थसास्त्रको सुरुवात मानिसको आबस्यकताबाट हुने हो। 


अब सामान बन्ने भनेको मान्छेको काम र प्रकृतिमा उपलब्ध कच्चा पदार्थ जस्तै माटो, ढुंगा, फलाम, रुख, जडिबुटि आदिको  प्रयोगले हो। अब हामीलाई चाहिने विभिन्न सामान बनाउन मान्छेहरुमा विभिन्न काम गर्ने शिपको बिकास गर्नु पर्यो। त्यसको लागि पढाई र तालिमको आबस्यकता पर्यो। अब मानिसहरुमा शिपको पनि बिकास भयो र आफ्नो देसमा कच्चा सामग्री पनि छ भने अब आबस्यक सामान छिटो छिटो बनाउदै जाने हो। मान्छेले सुरुमा हातले काम गर्दै जादा सोच्दै पनि गए यो कामलाई कसरि छिटो गर्न सकिएला भनेर सोच्दै गए, त्यहि सोच्दै विचार गर्दै गएको परिणामनै अहिलेको नया प्रबिधिको बिकास  हो। पहिला सबै कुरा हातैले बनाउनु पर्ने हुदा मानिसलाई आफुलाई चाहिएको सामान थोरै मात्रै हुन्थ्यो तर अहिले प्रविधिको प्रयोगले सामान निकै छोटो समयमा धेरै बनाउन सक्ने हुदा मानिसहरुले  पहिले भन्दा बडी सामान प्रयोग गर्न सकेका हुन्। त्यसैले आफुसंग जे जे छ त्यो त्यो मज्जाले बनाउने र आफुलाई बडी भएको सामान अर्को देशलाई दिने र त्यहाबाट आफ्नो देसमा नभएको सामान ल्याउनुनै छिटो बिकास गर्नु हो। 


गणितको अंक १, २, ३,४,५  गन्ने कुरा केवल मानेको मात्रै हो १ देखि २ सम्म जति फरक छ, त्यतिनै फरक २ देखि ३ सम्म पनि हुन्छ भन्ने कुरा मानेको आधारमा आज जति पनि विज्ञानको चमत्कारिक आबिस्कार भएको छ, त्यो सबै यहि मानेको अंकको आधारमा भएको हो। ठ्याकै त्यस्तै जस्तो अर्थसास्त्रको सुरुवात मान्छेको आबस्यकताबाट सुरु भयो र कामबाट सामान बन्यो अब त्यो बनेको सामान काम गर्ने मान्छेका बिचमा भागबण्डा लगाउनको लागि पैसा जुन पहिले ढुंगा, सिपि, छाला, तामा, चादी, सुन  लाई मानिन्थ्यो अहिले आएर सुन, चादी , नोठ, सिक्का र कम्पुटरको अंकलाई पैसा भनेर मानिएको हो। जब सामान बनाएपछि मान्छेहरु बीच भागबण्डा लगाउनको लागि पैसाको प्रयोग गरियो, त्यसपछि अर्थशास्त्र सबै भन्दा जटिल बिसय बन्न पुगेको हो। त्यसैले कुनै पनि देसले राम्रो गर्न आर्थिक नीति बनाउदा पनि नराम्रो परिणाम निस्किन सक्छ। जस्तै देसको बिकास गर्छु भनेर सरकारले करको  दर बडाईदियो भने जनताको किन्न सक्ने पैसा घट्छ, जसले गर्दा उत्पादन, रोजगार घटेर झन् राजस्व पनि कम उठ्ने हुन्छ, अन्त्यमा जनता, ब्यापारी र सरकार सबैलाई घाटा हुने अबस्था आउछ, त्यसैले यसको असर नसोचेको हुन पुग्छ। 


एउटा देस भित्र बसोबास गर्ने मान्छेहरुलाई मिलाएर राख्न एउटा सरकार चाहियो, त्यो सरकारले जनताका आबस्यकता पुरा गर्न, तिनै जनतालाई मिलाएर काम गराएर सामान उत्पादन गरि सबैलाई पुर्याउनको लागि आबस्यक नीति नियम बनाएको हुन्छ। यी आबस्यक नीति नियम जुन देसले राम्रो संग बनाएर काम पनि प्रविधिको बिकास गरि छिटो छिटो सामान बनाए ति देसहरु धनि भए, जुन देस अनेक राजनीतिक खिचातानीमा अल्झेर अनि बिकास भनेकोनै पैसा हुनु हो भन्ने भ्रममा  परे ति देसहरु गरिब भए। पैसा त यहाँ केवल भागबण्डा मिलाउने काम मात्रै प्रयोग हुने हो खासमा चाहिएको त प्रयोग गर्ने सामान पो हो भनेर जुन देसले छिटो बुजे त्यो देसले छिटो छिटो सामान बनाउन के के गर्दा हुन्छ त्यो त्यो गरेर बिकास गरे। अहिले तत्कालै चाईनालाई हेरौ उसले मानिसलाई सिप सिकायो, आबस्यक कच्चा सामग्री देस भित्र भएको आफ्नै प्रयोग गर्यो र जे जे मानिसलाई चाईने हो त्यो त्यो छिटो छिटो बनायो। अनि आफुले बनाउन सकेको सामान धेरै बनायो र संसार भरि बेच्यो र संसारभरबाट आफुलाई चाहिने तर आफ्नो देस भित्र नभएको सामान खरिद गर्यो यसरि चाइनाले केहि बर्षमानै बिकासको कुरा बुझेर चमत्कारिक बिकास गर्न सकेको हो। 


चाय पुजिबाद होस्, चाय कम्युनिस्ट होस्, चाय समाजबाद होस् खासमा केहि फरक पर्ने कुरा होइन, जुन बाद भए पनि तिनै जनताले आफ्नो लागि आफै काम गरेर छिटो छिटो आबस्यक सामान बनाउनुनै बिकास हुनु हो। जुन देसमा अनेक कुरामा अल्झेर आबस्यक पर्ने सामानको निर्माणमा ढिला हुन्छ त्यो देस गरिब हुने हो।  हाम्रो देसमा भएको पनि त्यहि हो कहिले यो बादले हुन्छ कि भन्यो कहिले अर्को बादले होलाकी भन्यो भएन किन भएन त भन्दा आबस्यक सामान उत्पादन गर्ने ठाउमा काम गरिएन। चाहिएको सामान थियो त्यो कुनै हालतमा पनि आफ्नै देस भित्रनै  आफैले बनाउनु पर्ने थियो तर त्यो गर्नको लागि आबस्यक नीति निर्माण गर्ने योग्य मान्छे देसले पाएन। अर्थशास्त्र पढेको मान्छे त देशले पायो तर  बुजेको मान्छे पाएन। राजनीति बुजेको मान्छे पायो र राजनीतिक ब्यबस्था परिबर्तन भैइनै रहे तर अर्थशास्त्र बुजेको मान्छे देसले पाउन नसक्दा, देस भित्रका उधोग, कलकारखाना बन्द भए र नेपालि जनता बिदेसिन बाद्य भए। त्यसैले बाद जुनसुकै आयोस देस बन्ने आवस्यक सामान छिटो छिटो बनाएर बिकास हुने  हो, त्यो छिटो छिटो बनाउन नया प्रबिधिको प्रयोग गरि मान्छेले काम गरेर हुने कुरा हो। 


पुजिबादमा केहि सिमित मानिसहरुले  लगानी गर्छन सामान उत्पादन गर्छन, ति उत्पादित सामान बजारमा लगेर बिक्रि गर्दा सम्म धेरै मानिसले काम गर्छन , अनि सरकारले पनि तिनै सामानबाट कर लिन्छ र आफ्ना कर्मचारीलाई तलब दिन्छ साथै आबस्यक सार्बजनिक भौतिक संरचना जस्तै बाटो, पुल, स्कुल, अस्पताल बनाउदै जान्छ, अब यहाँ ति सामान बनाउनको लागि काम गरेका तथा सबै सरकारी कर्मचारी वा ति सामान बनाउन कच्चा सामग्री दिएका व्यक्तिहरु  सबैले त्यो व्यापारीबाट प्रतक्ष वा सरकार मार्फत पैसा पाएका हुन्छन अब ति सारा पैसा पाएका मान्छे बजारमा गएर त्यहि ब्यापारीले दिएको पैसाले सामान किनेर त्यो पैसा पुन ब्यापारीसंगनै पुग्ने हो। यहाँ त्यो ब्यापारीले पैसा बैंकबाट लिएको हुन्छ अब ब्यापारीले त्यो पैसा फेरी बैंकलाई तिर्दै जान्छ। अनि फेरी थप सामान उत्पादन गर्न नया ऋण लिदै जान्छ, अब यो चक्र जति छिटो छिटो चल्यो त्यति त्यति ब्यापारी, बैंक, सरकार र काम गर्ने कर्मचारी सबैलाई फाइदा  हुने हो किनकि छिटो छिटो चक्र चल्ने भनेको छोटो समयमा धेरै सामान किन्नु हो। जुन देसका जनताले छोटो समयमा धेरै सामान किन्छन त्यो देसका जनतानै धनि हुने हुन्।   


अब यो व्यवस्थामा के सोचिएको हुन्छ भने बजार स्वतन्त हुन्छ सबै ब्यापारीले बस्तु बेच्न प्रतिस्पर्धा गरेका हुन्छन, जसले गर्दा सामानको मूल्य कम हुन्छ त्यसैले मानिसले काम गरेर छिटो छिटो सामान खरिद गर्छन र बिकास छिटो हुन्छ भन्ने मान्यता पुजिबाद्को हो तर यहा के भैदियो भने  व्यापारीले प्रतिस्पर्धा  बिज्ञापनमा गरि  ठुलो खर्च गरे, अनि बैंकले पनि छोटो समयमा धेरै कमाउने लोभले ब्याज धेरै महँगो  गर्दियो अब बैंकमा धेरै पैसा र लगानी सिमित मान्छेको हुने हुदा धेरै पैसा त्याहा गयो अनि बिज्ञापन गर्ने सस्थाका मालिक पनि थोरै हुने हुदा ठुलो पैसा त्यहाँ गैदियो त्यस माथि कर पनि छली भयो अब यी सबै कारणले उत्पादित सामानको मूल्य बढ्न गयो, जब सामानको मूल्य बढ्छ तब केहि माथिल्लो तहमा काम गर्ने कर्मचारीले त किन्न सक्छ तर तल्लो तहमा बसेर काम गर्ने मान्छेहरुको  संख्या निकै धेरै हुन्छ अब तिनै धेरै मानिसहरुले काम गरेर पनि सामान किन्न नसक्ने अबस्था आउनुनै गरिबीको मूल कारण हो।  यदि यी मानिसले आफुले पाएको तलबबाट सरासर सामान किन्न सकेको भए ब्यापारीले सरासर छिटो छिटो  उत्पादन बडाउदै जान्थ्यो र ब्यापारीले पनि धेरै कमाउन सक्थ्यो र तल्लो तहको जनता पनि धनि हुने थिए अनि सरकारको राजस्व पनि बृदि भै ठुला ठुला सार्बजनिक भौतिक संरचना बन्ने थियो तर सबैलाई छोटो समयमा धेरै कमाउनु पर्ने लोभले अन्त्यमा सबैलाई घाटा भयो। 


यो लेखमा अलिकति मात्रै समस्या लेखेको छु, बिकासका उपाएहरुका  बारेमा अनेकौ लेख लेखेको छु कृपया तपाइहरुले पढेर  मलाई कुनै व्यक्तिगत फाइदा हुदैन किनकि बिज्ञापन पनि छैन तर तपाइले बुज्नु भयो, अनि अर्को लाई बुजाउनु भयो र यो चक्र चलेर धेरै मानिसले बुजे र त्यो अनुसारको आर्थिक नीति बन्यो भने देस बिकास हुन्छ तब मलाई पनि फाइदा हुने हो त्यसैले मेरो ब्लग पढ्नु होला र अरुलाई पढ्न अनुरोध गर्नु होला। देस गरिब भयो भनेर चिन्ताले लेख्न थालेको म तपाइको अमुल्य समय जे पाए त्यो लेखेर तपाईको समय बर्बाद पार्ने मेरो कुनै चाहना छैन। 


Comments