बास्तबिकबाद भाग ५

 बास्तबिकबाद भाग ५ 


बास्तबिकबाद भनेको आर्थिक रुपले हरेक मानिसलाई सम्पन्नशालि बनाउन जे जे काम गर्नु पर्छ त्यो त्यो काम गर्नुनै बास्बिकबाद हो भनेर बुजियो। अब प्रस्न आउछ काम गर्ने, चाहिएको चाहिएको सामान उत्पादन गर्ने तर कसले गर्ने, लगानी कसरि जुटाउने आदि बिसयमा यो भागमा चर्चा गर्ने छु। 


पूर्णत कम्युनिस्ट देसमा उत्पादनको सम्पूर्ण अधिकार सरकारले लिएको हुन्छ, जनता केवल काम गर्छन र काम अनुसारको सुबिधा लिने गर्छन तर यो व्यवस्थामा सरकारका मान्छे बडी भ्रस्ट हुने र जनता पनि काम गर्न त्यति उत्प्रेरित नहुने हुदा लामो समयसम्म टिक्न सक्दैन। मान्छेको स्वभावले यो पद्दतिबाट सधै भरि समाजलाई राम्रोसंग अगाडि बडाउन सकिदैन कुनै न कुनै समयमा सरकार बिरुद्द जनता आन्दोलनमा जान्छन जान्छन र सरकारले पनि आबस्यक भन्दा बडी अधिकार प्रयोग गरि जनतालाई दमन गर्ने प्रयास गरिरहेको हुन्छ। 


अब अर्को छ पुजीबादी यो पैसा र नाफा बाहेक अरु उसलाई मतलब हुदैन त्यसैले पैसाको स्वभावले यो पद्दतिले पनि लामो समय सम्म निकास दिन सकेन त्यसैले संसारलाईनै नया पद्दतिको खाचो परेको छ, त्यसैले अबको आर्थिक मोडेल नया तरिकाको साथै जसलाई प्रबिधिको  भरपुर प्रयोग गरेर हरेक मानिसलाई आर्थिक रुपले सम्पन्नशालि बनाउन सकिने होस्, यहि कुरालाई मुख्य उधेस्य बनाएर आर्थिक मोडेल तयार पार्नु पर्ने हुन्छ। 


अब हाम्रो मोडेल थुपुक्क अर्को कुनै नया  ठाउमा लगेर नया मान्छे बसोबास गराएर गर्ने भने जतिपनि राम्रो गर्न सकिन्थ्यो त्यो गर्न मिलेन। पहिलानै भद्रगोल छ, त्यसलाई बिस्तारै बिस्तारै मिलाएर लयमा ल्याउन समय लाग्दैन। तर मिलाउने किसिमको आर्थिक नीति बनाउदै जानु पर्छ। 


अहिलेको अबस्था धेरै नेपालिसंग लगानी योग्य पैसा बैंकमा छ, सबैले लगानी गर्न खोजेका छन् तर भरपर्दो ठाउँ भेट्दैनन किनकि केहि गर्यो घाटा लाग्छ, यो घाटा भनेको लागत भन्दा बिक्रि मूल्य कम हुनु हो, यसको मूल कारण भारतीय बजारको पन्जा भित्र हाम्रो बजार पर्नु हो, यसबाट सजिलै  हामी यो मोडेलबाट अगाडी बढ्न सक्छौ। 


अब लगाउनलाई  जुत्ता चाहिन्छ भने पछि ठुलो जुत्ता Factory खोल्ने, अहिलेको अबस्थामा संसारकै राम्रो प्रबिधि के छ जुत्ता बनाउनको लागि त्यो ल्याउने र निकै सस्तो देखि महँगो जुत्ता बनाउने ताकि नेपालि जुत्ता लगाउन भारतीय, चिनिया, पाकिस्थानी, बंगलादेसी आदि छिमेकी देस तथा अन्य देसका मानिसलाई  गर्भको बिसय होस् किनकि quality दमदार दिने त्यसमाथि मूल्य अत्याधिक महँगो पारिदिने, जब मूल्य महँगो हुन्छ एकथरी धनि मानिस त्यहि मुल्यको आधारमा खरिद गर्छन यसरि सस्तो जुत्ता पनि देस तथा बिदेसमा बिक्रि गर्ने महँगो पनि गर्ने जसले गर्दा जुत्तामा राम्रो गर्न सकिन्छ, सबै नेपालीले नेपालि जुत्ता लगाउछन भन्ने छैन, कोहि कोहिले बिदेसी जुत्ता किने जस्तै अरु बिदेसिले पनि हाम्रो जुत्ता किन्छन यसरि एउटा जुत्तामा देस आत्मनिर्भर बन्छ। यो तरिका कपडा उधोग, चिनी उधोग, कागज उधोग जे जे चाहिने हो त्यो त्यो सरासर बनाउदै गए हुन्छ। जस्तै ३०, ४० लाखमा छिटो र सुविधाजनक घर बनाउने प्रबिधि ल्याउने र सरासर मान्छेको माग टिपोट गर्दै बनाउदै जाने। अब यो मुखले भनेको जस्तो सरासर अहिलेको मोडेलमा बन्दैन किनकि अहिले त एउटाले लगानी गर्छ अनि त्यो बिक्रि हुन्न, अनि बन्द गर्छ, नया खोल्न हिम्मत हुदैन यसरि अड्किएर बसिएको छ, अब यसलाई ब्रेक गर्न यसरि सकिन्छ। 


लगानी धेरै भन्दा धेरै जनताबाट उठाउनुपर्छ ताकि हरेक व्यक्तिले त्यो मेरो कम्पनि हो मैले किने मात्रै मेरो कम्पनीले मलाई नाफा दिन सक्छ भन्ने हुनुपर्छ। 

अहिले टुक्रे टाक्रे साना साना ब्यबसाय गरेकालाई केहि गर्नु पर्दैन किनकि पछि ति सबै आफै बन्द हुदै जान्छन किनकि सबै मार्केट अब हाम्रो नया मोडेलले कब्जा जमाउछ र यी मानिसहरुले  हाम्रो नया मोडेलमा शेयर हाल्नुका साथै काम पनि पाउछन त्यो हुदा बाटो छेउछाउका घरमा सटर खोलेर पसल गर्ने परम्परा हटी ठुला ठुला Shopping Center मा परिबर्तन हुन्छन। चाहिने जति सामानको उत्पादन देस भित्रै हुन्छ, र त्यसको बिक्रि वितरण ठुलो ठुलो शोप्पिंग सेन्टरबाट हुने गर्छ। यो गर्नलाई के असम्भव छ र ? पक्कै पनि छैन। तर त्यति सजिलो पनि chhain जसकालागि राज्यले त्यहि अनुसारको नीतिनियम बनाईदिने र प्रविधिको भरपूर्ण प्रयोग गरि चुहावोट रोकियो भने सरासर काम हुन्छ र सबै जनताले काम पनि पाउछन र त्यो अनुसारको सुबिधा पनि प्राप्त गर्न सक्छन। 


अब यसको लागि अहिलेको जस्तो कम्पनि मोडेलमा गएर शेयरको खरिद बिक्रीमा रुमलिएर हुदैन, शेयरको किनबेचलाई नया तरिकाले सल्टाउन सकिन्छ। अब पुजी जुटाउदा जस्तै जुत्ता कम्पनीलाई २० अर्बको पुजी चाहिन्छ भने शेयरको मूल्य रु ५००००, १०००००, २००००० गरेर आम जनतालाई हाल्न भन्ने एउटा जनताले एक कित्ता भन्दा बडी शेयर किन्न नपाउने गराउने यो गर्दा पछि नाफा धेरै जनतालाई बाडिने हुदा अहिलेको जस्तो धनि गरिबको खाडल पैदा हुदैन, अलि अलि फरक हुन्छ किनकि आर्थिकरुपले सबै समान हुने भन्ने कुरा त्यो काल्पनिक कुरा मात्रै हो तर अहिले को जस्तो चरम गरिबी र अत्याधिक धनि हुने समाज अब निर्माण हुदैन। अब सरकारले यस्ता धेरै मानिसहरुले लगानी गरेर खोल्न लागेको कम्पनिलाई सरकारी खाली जग्गा उपलब्ध गराउछ, बैंक ऋण व्यक्तिलाई दिने भन्दा अत्याधिक सस्तोमा दिने ब्यबस्था मिलाउछ यसरि पूजीको निर्माण, ऋणको ब्यबस्था र जग्गाको जोहो बने पछि अब कर्मचारीको संरचना तयार पार्नु पर्ने हुन्छ। 


हरेक कर्मचारीले १ कित्ता शेयर किन्नै पर्छ ताकि आफ्नो कम्पनीमा काम गर्दैछु भन्ने भावना जागृत होस्। माथिल्लो तह देखि तल्लो तह सम्मजको तलब भिन्नता बडीमा 6 गुणा बडी होस् ताकि यसबाट पनि ठुलो आर्थिक भिन्नताको खाडल समाजमा तयार नहोस। सबैलाई बराबर गर्ने भन्ने कल्पना गर्न हुदैन किनकि बराबर गर्दा बित्तिकै मानिसले पढ्नै छोड्न सक्छ, जब पढ्न छोड्छ तब नया सृजनासिलता हराउन सक्छ, बराबर गर्दा काम प्रति आकर्षित नहुन सक्छ त्यसैले केहि न केहि भिन्नता अनिबार्य हुन्छ। अब यो कम्पनीको ECO जो प्रमुख हुन्छ उसको योग्यता Economics मा Phd गरेको हुनु पर्ने गराउने र सबै आवेदकले कम्पनीलाई के कसरि अगाडी लान सक्छु भन्छ त्यो बारेमा बोल्न लगाउने र सबैको कुरा सुनी सके पछि सम्बन्धित कम्पनीका सबै शेयरदातालाई मोबाइलबाट भोट गर्न मिल्ने गराउने र CEO को चयन गर्ने, यसरि CEO नियुक्ति गरिसके पछि अब त्यो मुनिका संरचना तयार गर्न निश्चित पढाईको योग्यता तयार गर्ने र CEO lai जिम्मा लगाउने। त्यहाँ भित्र काम सबैले सजिल्यै गर्न सकिने किसिमले कामको बाडफाड गर्ने, काम गर्ने बाताबरण घरको परिवारको जस्तो हुने, कुनै पार्टिको गुट, उपगुट सबै निशेद हुने ब्यबस्था हुने। सहभागितामूलक, प्रजातान्त्रिक पद्दति तर आर्मी भित्रको जस्तो अनुसासन कायम गरेर कामलाई अगाडी बढाउने यति गरि सकेपछि सरासर उत्पादन हुन्छ, बस्तु बजारमा जान्छ, ति बस्तुहरु तिनै कामदार लगाएयत अन्य जनताले किन्छन। अनि हरेक हिसाबकिताबको विवरण दैनिक रुपमा हरेक शेयरवालाको मोबाइलमा हेर्न मिल्ने गराउने र cash कारोबारलाई मिलेसम्मको निरुत्साहित गरि सकेसम्मको डिजिटल माद्यमबाट प्रयोग गर्ने यो गर्दा कसैले चाहेर पनि भ्रस्टाचार गर्न सक्दैन। 


यसरि आम जनताबाट ठुलो मात्रामा पुजी उठाएर सरकारी जग्गामा Factory खोल्ने र शोप्पिंग सेन्टर पनि सरकारी जग्गामै खोल्ने जस्तै काठमाडौँको ring road माथि ठुला ठुला शोप्पिंग सेन्टर हाम्रो मोडेलबाट बनाउन सकिन्छ, यति गरे पछि अब कुनै एक व्यक्ति वा समूह मिलेर हाम्रो मोडेलमा उत्पादन गरेको सामान भन्दा सस्तो र राम्रो बनाउन नसक्ने भए पछि स्वतः पुरै बजार हाम्रो मोडेलको कब्जामा आई पुग्छ, अब त्यस्तो अबस्थामा कोहि अन्य व्यक्तिले आयात गरेर पनि हाम्रो बस्तुसंग प्रतिस्पर्धा गर्न सक्दैन। जब यो मोडेलबाट हामीलाई जे जे आबस्यक परेको त्यो त्यो बनाउदै गए पछि अब सरकारी शिक्षा र स्वास्थ्य पूर्ण निशुल्क गर्न सकिन्छ किनकि त्यो अस्पताल र स्कुल, कलेजमा काम गर्ने सारा कर्मचारी, शिक्षक, डाक्टरलाई चाहिने के होर? त्यहि हामीले उत्पादन गरेका सामान होईनन र  ? अब सरकारले हामीबाट कर लिन्छ त्यो कर डाक्टर, शिक्षक लगाएयत अन्य कर्मचारीलाई तलब दिन्छ तब ति मान्छे फेरी हाम्रो बजारमा आएर सामान किनेर लान्छन यसरि सजिलै कहिले पनि समस्या नआउने किसिमले आर्थिक मोडेल विकास गर्न सकिन्छ। अब यी डाक्टरको तलब धेरै हुन्छ, यिनलाई बिदेसी सामान किन्नु पर्ला त्यो पनि हामीलेनै बिदेसबाट खरिद गरेर ल्याएका हुन्छौ, त्यसको लागि हामीले प्रयटकबाट बिदेसी मुद्रा पाएका हुन्छौ, साथै अलि अलि सामान हामीले पनि बिदेसमा बेच्न सक्छौ किनकि हाम्रो छिमेकी देसका नागरिकलाई पनि बिदेसी सामान प्रयोग गर्ने रहर हुन्छ। 


यसरि जे जे चाहिन्छ त्यो त्यो उत्पादन गरेर सरासर बिक्रि वितरण गर्नको लागि धेरै मानिसको खाचो हुन्छ जसले गर्दा स्वतःनै बिदेसमा बसेका नेपालि नेपाल फर्केर आफनै देसमा कम्पनीको मालिक र कामदार भएर सरासर आफ्नो जिबन सुबिधाका साथ बिताउन सक्छन। 


 मेरो यो कुरामा म कहाँनिर गलत छु, गलत छैन भने किन गदैनna कसैले बुजाइदिनु भए म आनन्दले लेख्न छोडेर सुत्थे। 







Comments