किन नेपालि किसान र उधोगी मर्कामा परिरहेका हुन्छन।

 किन नेपालि किसान र उधोगी मर्कामा परिरहेका हुन्छन। 


अहिले तत्काल्यै हामीले उखु किसानले आफुले उखु बेचेर पैसा नपाएको कारणले आन्दोलन गरिरहेका  देखेका छौ, केहि समय अगाडी केरा किसानिले केरा बेच्न नसकेर फालेको समाचार पढियो , त्यो भन्दा अगाडी गोलभेडा ब्यापारीले आफ्नो गोलभेडा बाटोमै फाल्नु पर्यो यस्तो समस्याहरु हाम्रो देसमा आईरहेको हुन्छ त्यसैले यसलाई नीतिगत रुपमै सल्टाउनु पर्छ। यी सबै समस्याहरुको मूल कारण खराब आर्थिक नीति हुनु हो। 


के नेपालमा मानिसले चिनी खान छोडेका छन् र ? के नेपालमा केरा खान छोडेका छन् र ? के नेपालमा गोलभेडा खान छोडेका छन् र ? अबस्य छैनन। उसो भए किन चिनी उत्पादकले उखु किसानिको उखुको पैसा दिन नसक्ने अबस्था आईपुग्छ त ? किन हरेक किसिमका किसानी र उधोगिले आफ्नो ब्यबसाय संचालन गर्न सक्दैनन् त ? यसका पाटा धेरै हुन्छन बिसेस गरि म बजारको मुल्यको बारेमा र देसले अंगालेको आर्थिक नीतिको बारेमा केहि चर्चा गर्ने कोसिस गर्ने छु। 


हरेक देसले  आफ्नो सामान बडी बिक्रि गर्ने मनसाय लिएको हुन्छ त्यसैले अन्तरास्ट्रिय बजारमा ब्यापार युद्द चलेको हुन्छ, त्यो ब्यापार युद्द, मूल्य, गुणस्तर, कमिसन, बिज्ञापन आदिबाट गरिन्छ। जस्तै अमेरिकाले Hong Kong मा बीफको मासु पहिला देखिनै ठुलो मात्रामा बेचिरहेको छ भने अब China ले पनि बेच्न सुरु गर्यो भने अमेरिकाको बजार त गुम्न सक्छ यस्तो अबस्थामा अब अमेरिकाले China बाट आउने मासुलाई टिक्न नदिन आफुले केहि समय घाटा खाएर भए पनि मूल्य निकै कम गर्दिन्छ र त्यहाको ब्यापारीलाई पहिला भन्दा बडी कमिसन दिने गर्छ र बिज्ञापन खर्च पनि बडाइदिन्छ जसले गर्दा China को मासुले प्रतिस्पर्धा गर्न नसकी त्यहाबाट निस्कनु पर्ने अबस्था आउछ जब China मासु त्यहाबाट हट्छ तब फेरी अमेरिकाले आफ्नो मासुको मूल्य बडाउछ, कमिसन घटाउछ अनि बिज्ञापन पनि घटाउछ यसरि आफ्नो बस्तुलाई बजारमा टिकाउन र मनग्य नाफा आर्जन गर्न व्यापारिक रणनीति लिएका हुन्छन। 


ठ्याकै त्यहि रणतिनिको सिकार हाम्रा किसान र उधोगिले भारतबाट भोग्नु परेको छ, यसलाई राम्रोसंग बुझेर त्यही अनुसारको नीति बनाउन नसक्दा सम्म हामीले यस्ता समस्या भोगी रहनु पर्छ। नेपालको पेप्सी कम्पनीले मात्रै दैनिक ५०० बोरा चिनी खपत गर्छ जुन चिनी भारतबाट आउछ, त्यस्तै कोक कम्पनि अरु धेरै चिनी चाहिने कम्पनि छन् जसले भारतबाट खरिद गरेका छन् तर नेपालि चिनी उधोगले बेच्न नसकेर फुल क्षमतामा संचालन हुन सकेका छैनन, जब फुल क्षमतामा उधोग संचालन हुन सक्दैन तब लागत स्वतः महँगो पर्छ र सामान बिक्रि गर्न कठिनाई उत्पन्न हुन्छ। अहिलेको समस्या भनेको भारतले ठुलो मात्रामा चिनी उत्पादन गर्छ जसले उसको लागत कम पर्छ, अनि उसको बैंकको ब्याजदर पनि हाम्रो भन्दा कम छ, अनि हरेक सामानको मूल्य तुलनात्मक रुपमा हाम्रो बजार भन्दा त्यहा सस्तो छ त्यसैले उसले चिनी नेपालमा नेपालको चिनी भन्दा सस्तोमा पठाउन सक्यो जसले गर्दा नेपालि चिनी उधोगीले आफ्नो फुल क्षमताका साथ उत्पादन गर्न सकेनन साथै हरेक कुरा भारतमा भन्दा नेपालमा महँगो भएको कारणले नेपालको चिनी उधोगिले नाफा गर्न सकेनन र उखुको पैसा तिर्न सकेनन। अब भारतले नेपालका चिनी उधोग बन्दा नहुदा सम्म निकै कम नाफा खाएर चिनी पठाई रहन्छ जब नेपालका चिनी उधोग बन्द हुन्छन  तब फेरी मूल्य ह्वातै बडाएर अहिलेको भन्दा निकै उच्च मुल्यमा चिनी बेच्ने छ। यो चिनीमा  मात्रै होईन जब नेपालले कुनै क्षेत्र जस्तै माछा पालनमा ठुलो लगानी गरेको भारतलाई थाहा हुन्छ तब लगातार ५,६ वर्ष माछा निकै सस्तो दरमा नेपाल पठाउछ र नेपालि माछा ब्यापारीलाई पुरै घाटामा पुराएर छोड्छ अनि नेपालि व्यापारीले माछा पाल्न छोडे पछि फेरी मूल्य बडाउछ। अल्लि पहिला नेपालमा टन्नै केरा उत्पादन भयो अब यो केरा व्यापारीलाई नाफा भए त अर्को वर्ष नि गर्छ जसले गर्दा भारतको एकलौटी ब्यापार गुम्छ त्यसैले उसले नेपालि व्यापारीलाई १,२ बर्समै टाट पल्टाउन निकै सस्तोमा केरा पठाउछ र सुकाएरै छोड्छ, त्यसतै टमाटरमा पनि गर्यो। नेपालमा जुन कुरा प्रसस्त उत्पादन हुदैछ भन्ने कुरा थाहा पाउछ तुरुन्तै त्यो बस्तुको मूल्य निकै सस्तो बनाएर पठाएर नेपालि उधोगी, किसानिलाई टिक्नै दिदैन यसरि भारतले हाम्रो बजारलाई रणनीतिक तरिकाले सधै भरि कब्जा गरिरहेको छ यसबाट उम्किन अनेकौ उपाएहरु अबलम्बन गर्न सकिन्छ त्यता पट्टि कसैको ध्यान छैन अब उखु किसानी आए आन्दोलन गरे सस्तो लोकप्रियताको लागि उनीहरुसंग गएर नारा लगाए भयो। 


यी माथिका समस्याहरुबाट कसरि देसभित्रका उधोगी र किसानिलाई बचाउन सकिन्छ भन्ने कुरा मैले धेरै वटा लेख यहि ब्लगमा लेखेको छु, मलाई सस्तो लोकप्रियता खाचोले लेखेको होईन, साच्ची नेपाल के कति कारणले गरिब भयो र यसलाई गरिबीबाट मुक्त गर्न के गर्नु पर्ला त भन्ने भावानाबाट लेखेको छु पढ्नु भयो भने केहि नया कुरा अबस्य पाउन सक्नुहुने छ भन्ने लाग्छ। 



Comments