अर्थशास्त्रका किताब University होईन म्युजियममा राख्न लायक छन्।



यो भनिरहदा केहि लम्पट अर्थसास्त्री र केहि मान्छेले यो को पागल हो भन्लान तर  मेरो जबाफ हुने छ, हो म पागल हो तर तिमीहरु जस्तो लम्पट पागल होईन म सद्द्य पागल हो। 


मान्छेका अशिमित चाहनाहरु हुन्छन ति चाहनाहरु पुरा गर्न मान्छे लालयित र बाद्य हुन्छ त्यहि लालाहित र बाद्यताले मानिसले ति सामानहरु बनाउन पर्दछ। खानु पर्ने बाद्यता छ त्यसैले खेति गर्नै पर्छ, घुम्न जान लालायित हुन्छ त्यसको लागि कमाउनै पर्छ, कमाउन एकाध लुटेरा बाहेक आम मानिसले परिश्रम गर्नै पर्ने हुन्छ। यसरि सबैले केहि न केहि काम गरे पछि केहि न केहि उत्पादन हुन्छ र त्यो उत्पादन तिनै काम गर्ने व्यक्ति बीच बाडफाड गरिन्छ जसलाई मिलाउन यो पापी पैसाको प्रयोग गरियो यहि पापी पैसाको प्रयोगलेनै काम गर्नेले भन्दा भ्रम छर्नेले धेरै सामान लान सके। जो जिन्दगीभरि अरुको घर बनाउन सबैभन्दा गारो काम गर्दै हिन्छ, उसैले एउटा घर आफ्नो लागि बनाउन सक्दैन, जो जिन्दगिभर दुनियालाई खाने र लगाउने कुरा यता र उता पुर्याउन गाडी चलाउछ उसकै परिवारलाई उसले राम्रोसंग खुवाउन पाउदैन, जो जिन्दगीभर अस्पतालको सरसफाई गर्ने काम गर्छ उसैका सन्तान  बिरामी पर्दा अस्पतालमा उपचार गर्न पाउदैन अनि यी सारा मान्छेलाई ताइनतुइका गफ दिदै हिन्ने मान्छे चाही संसारभरका महंगा समान प्रगोग गर्न सक्छ यो यत्तिकै भएको होईन यसको मूल कारण यो पापी पैसाको अबगुण र अर्थसास्त्रलाई झालझेल गरेर लुट्न पल्केका लुटेराहरुको समुहको कारणले हो। 

त्यहि कारण पत्ता लगाएर क्युबामा फिडेल Castro र चे Guevara ले आन्दोलन गरि सारा पुराना संरचना भत्काइदिएर नया तरिकाले सारा जनतालाई गरिबीबाट मुक्त गरिदिए यो गर्नलाई उनीहरु जस्तो कम्युनिष्ट भएर आन्दोलन गरेर गर्न जरुरिनै छैन, जुन जुन कारणले असमानता छ, जुन जुन कारणले देस भित्र उत्पादन भएको छैन भए पनि नाफा नभई बन्द गर्नु पर्ने अबस्था आएको छ त्यो त्यो कारण पत्ता लगाएर त्यसैमा परिबर्तन गरियो भने देस उत्तिखेरै सरासर बन्छ। 


मेरो तर्कले तपाईलाई हैरान पार्दिन्छु, के नेपालि बजारमा सामान किन्न नपाइने अबस्था छ र, पक्कै छैन जे चाहिएको पनि किन्न पाईन्छ, के नेपालमा घर बनाउने सामान र Engineer पाईदैन र, अबस्य पाइन्छ। के नेपालमा कार किन्न पाइन्न र, अबस्य पाइन्छ,उसो भए मान्छेले किन किन्न नसकेर राम्रो खान, लगाउन, बस्न पाएका छैनन् त, उत्तर आम मान्छेसंग पैसा छैन। उसो भए बजारका सामान कसरि किनेर व्यापारीहरुले बिक्रि गर्न कहाबाट ल्याएत, उत्तर बैंकबाट ऋण लिएर। बैंकले ऋण कहाबाट दियो त, उत्तर मान्छेले बैंकमा पैसा राखेका हुन्छन त्यही पैसा व्यापारीलाई दियो अनि व्यापारीले किनेर ल्यायो। फेरी त्यसो भयत त्यही पैसा बैंकबाट निकालेर किन्न गए भैहाल्यो नि, हो गम्भीर कुरा यहि छ त्यो बैंकमा आम मानिसको पैसा हुनु पर्ने थियो किनकि आम मानिसले काम गरेको छ तर बैंकमा अथाह पैसा लुटेराहरुको भयो, पैसा कसैलाई माथिबाट भगवानले दिएको कुरा होईन, यहा हामीलेनै कारोबारमा सहज होस् भनेर सबैले पहिला ढुंगा, सिपि, तामा, सुन, चादी सिक्का नोठ र अहिले कम्प्युटरको digit लाई पैसा मानेका छौ, त्यो पैसा पाउन सबैले काम गर्नु पर्छ र काम गरे पछि त्यहि पैसाले काम गर्दा बनेको सामान किन्ने हो तर यो पापी पैसाको अबगुण के भैदियो भने काम गर्नेलाई अक्करमा पारेर थोरै दिन मिल्ने र हावादारी गफ गर्दै हिन्नेले धेरै लिन मिल्ने भयो। तिनै हावादारी गफ दिने र लुटेराहरुको पैसा बैंकमा छ, त्यहि पैसाले व्यापारीले सामान बनाउछ, सामान बनाउन तिनै आम मानिसलाई लगाउछ र थोरै पैसा दिन्छ अनि त्यो थोरै पैसाले ति आम मानिसले आफैले बनाएको सामान किन्न नसक्ने अबस्था आउछ यो अबस्थानै गरिबीको मूल कारण हो। यसमा भ्रस्टाचार, बैंकको महगो ब्याज, हुण्डी, सरकारको अनाबस्यक  अनुत्पादक ठुलो खर्च, शेयरको खरिद बिक्रीको कमिसन सिमित २८ जना लुटेरालाई दिने ग्रान्ड डिजाईन, अनाबस्यक विज्ञापनको होडबाजी, ब्यापक असमान तलब ब्यबस्था, कर  छली यी अनेकन संरचना माद्यमबाट बैंकमा सिमित मान्छेको मात्रै धेरै पैसा थुप्रिन पुग्यो जसले गर्दा बैंकको महँगो ब्याजको फ़ाइदापनि यिनै लुटेरालाई भयो जसले गर्दा आम मानिसले बजारमा सामान हुदाहुदै पनि किन्न नसकेर गरिब हुन बाद्य भए। 


म जति जति अर्थसास्त्रका भित्रि भित्रि कुरा बुज्दै र पढ्दै जान्छु त्यति त्यति केहि सिमित मान्छेलाई मात्रै फाइदा हुने र आम नागरिकलाई पशुको स्तरको जिबन जिउन बाद्य पार्ने ग्रान्ड डिजाईन मिलाइएको छ। त्यसैले म भन्छु अर्थसास्त्रका कुनै पनि किताब University ma   पढाउन लायक छैनन, यी त केवल आम मानिसलाई भ्रम फैलाएर सिमित मानिसलाई असिमित फाइदा पुग्ने किसिमले लेखिएका छन, त्यसैले यस्ता किताबहरु म्युजियममा  राख्न लायक छन् ताकि अब आउने पुस्ताले थाहा पाउनकि मान्छेलाई केहि सिमित मान्छेले अर्थशास्त्र प्रयोग गरेर कसरि गुलामी गराउदो रहेछ भनेर। 



Comments