अर्थशास्त्रको System नबुजेर संसारका सबै देस अलमलमा छन्, अरुको नीतिनियम नसार्नु होला।

 अर्थशास्त्रको System नबुजेर संसारका सबै देस अलमलमा छन्, अरुको नीतिनियम नसार्नु होला। 


मान्छेलाई खाना, लगाउन, सुबिधा सम्पन्न घर, शिक्षा , स्वास्थ्य, मनोरंजन, गाडी र हिन्ने राम्रा बाटाहरु चाहिएको chha  यत्ति होईन र , यसो सोच्नोस त  यी चिज उत्पादन गरेर बजारमा बिक्रि गर्दासम्म गर्नु पर्ने काम कतिनै छन् होला र, पक्कै खासै धेरै छैनन्, यी काम गर्ने मानिसहरु पनि थोरै छन्। अनि यिनै मानिसले यी कुराहरु उत्पादन गरेर बजारमा ल्याउदासम्म यी सामानहरुमा बैंकले महँगो ब्याज लिएर त्यत्रो ठुलो खर्च धानेर अझै नाफा गर्छन, इन्सुरंसले  यिनै बस्तुको प्रिमियम लियर तेत्रो नाफा गरेको छ, सरकारले त्यहि चिजहरुबाट महँगो कर उठाई तेत्त्रो कर्मचारी, पुलिस, आर्मी,नेता पालेको छ, व्यापारीले तिनै चिज बनाए बापत अत्याधिक नाफा लिएको छ र कर पनि छली गरेको छ भनेपछि ति बस्तुको मूल्य त यी सबै माथिका कारणहरुले महँगो भयो, जसको कारणले जिन्दगिभरि अरुका घर बनाउदै हिन्ने मान्छेले आफ्नो घर बनाउन नसक्ने अबस्था सृजना भयो, जिन्दगिभरि अरुलाई सामान ओसारपसार गर्ने Driver ले आफ्नालागि सामान किन्न नसक्ने अवस्था आयो। जब बजारमा आम Working बर्गका मानिसले सामान किन्न नसक्ने अबस्था आउछ तब, उत्पादन, रोजगार र राजस्व पुरै कम हुन पुग्छ र सारा जनता गरिबीमा पिल्सिन बाद्य हुन्छन ra केहि सिमित मान्छेले मात्रै असिमित धन थुपार्न सक्छन जसको मूल कारण तल्लो बर्गले काम गरेर pani आबस्यक सामान किन्न नसक्ने अवस्था आउने गरि सरकारले आर्थिक नीति नियम बनाउनु हो। 


अब यो अबस्थालाई यसरि सुधार गर्न सकिन्छ, बैंकको ब्याज सस्तो पार्नु पर्यो, अनाबस्यक  विज्ञापनको होडबाजी कन्ट्रोल गर्नु पर्यो, Insurance कम्पनिको काममा technology को प्रयोग गरि खर्च कम गरेर प्रिमियमको रकम कम गर्नु पर्यो, अत्यधिक तलब भिन्नतालाई कम गर्नु पर्यो। सरकारी काममा अत्यधिक Technology प्रयोग गरि धेरै ब्यर्थका मान्छे हटाइदिनु पर्यो, तब बस्तुहरुमा थोरै कर लगाए पनि सरकारले आफ्नो रेगुलर खर्च dhanna sakchha र अत्याधिक रकम पुजीगत खर्चमा लगाउन सक्छ र देशलाई चाहिने निर्माणका कुराहरु छिटो छिटो बnaauna sakchha. 


भारतबाटै तेल खरिद गरि त्यसैमा भन्सार लगाउदा हाम्रो सबै बस्तुको मूल्य बृदि भयो तेल महँगो हुदा, ढुवानी महँगो हुन्छ, जसले गर्दा कच्चा पदार्थ साथै तयारि बस्तु दुवानी गर्दा महंगा भए, जुन कारणले गर्दा भारतीय बस्तुहरुसंग हाम्रा बस्तुहरु प्रतिस्पर्धा गर्न सकेनन र धेरै उधोग बन्द भए र नयाले पनि राम्रो गर्न सकेका छैनन् त्यसैले तेलको भन्सार कर तुरुन्तै हटाइदिए हुन्छ त्यो हटाएको भन्दा धेरै बडी, उत्पादन र रोजगार बृदि भएर राजस्व बढ्छ।भन्सारमा कर लगाउदा जुन बस्तु नेपालमा पाईन्छ त्यो बस्तुमा मिलेसम्म अत्याधिक कर लगाए हुन्छ, जुन बस्तु अझै कच्चा सामाग्री नेपालमा पाईदैन त्यस्तो बस्तुमा भन्सार कर फ्री गर्दिने हो भने हाम्रा तयारी बस्तुहरुको मूल्य कम हुन्छ र जब मूल्य कम हुन्छ, भारतीय बस्तुहरुले प्रबेस पाउदैन जसले गर्दा हाम्रो उत्पादन र रोजगार बृदि भई राजस्व पनि बृदि हुन्छ अनि यो VAT एउटा देसले लागु गरेपछि संसार भर फैल्लियो, यो VAT बेकारको झन्झटिलो छ यसको मात्रै हिसाब गर्न धेरै व्यापारीले छुट्टै मान्छे राखेका छन् जसले गर्दा सबै बस्तु महंगा भए र साथै हरेक चंनेल मा  कर लगाउदा बस्तुहरु झन् महंगा भए जब बस्तुहरु  महँगो भयो तब बडी उठेको करले काम गर्दैन त्यसैले यो VAT हटाइदिएर sales tax मात्रै लागु गर्दा हुन्छ, बरु नेपालले Dividend Tax बढाउनु पर्छ जम्मा ५% Dividend Tax अत्याधिक कम हो, जसले गर्दा धेरै बिदेसी कम्पनीले ठुलो धन बिदेस सजिल्यै लागे। 


अनि बैदेसिक लगानी हचुवाको भरमा ल्याउने होईन नेपालिसंग पुजी जति पनि छ, १ बर्समा ८ खर्ब Remittance त्यो पैसालाई पुजिमा लगाउने हो। बिदेसी कम्पनि आउदा केहि ४००, ५०० मान्छेले रोजगार त पाउलान तर ठुलो धन बाहिरिन्छ। त्यस्ता बिदेसी कम्पनि मात्रै भित्राउनु पर्छ जसले नेपालमा उत्पादन गरेर बिदेसमा पनि बिक्रि गर्ने उधेस्य लिएको हुन्छ , त्यस्तो बिदेसी कम्पनिबाट मात्रै देसलाई फाइदा हुने हो। यसको लागि एउटा नियम बनाएको छु पढ्नु होला। जनता खान नपाएर मर्नु भन्दा आयात गर्नु राम्रो हो, आयात गर्नु भन्दा राम्रो बिदेसी कम्पनि, बिदेसी पुजिमा खोल्न दिनु राम्रो हो, बिदेसी कम्पनि बिदेसी पुजिमा खोल्न दिनु भन्दा उनीहरुलाई रोयल्टी दिने सर्तमा उनीहरुको ब्रान्ड र Technology प्रयोग गरि आफ्नै पुजिमा कम्पनि खोल्नु राम्रो हो, रोयल्टी तिरेर बिदेसी कम्पनि ल्याउने भन्दा आफ्नै देसमा Technology को बिकास गरि आफ्नै पुजिमा कम्पनि निर्माण गर्नु राम्रो हो। यो मूल मन्त्र नेता तथा आर्थिक नीति नियम बनाउनेले कृपया राम्रोसंग ध्यान दिनु होला जथाबाजी बिदेसी कम्पनि ल्याउँदा देसलाई फाइदा भन्दा हानि बडी गर्छ। 


निष्कर्समा हेर्नोस संसारका जति पनि बिकसित भनिएका देसहरु छन् उनीहरुको बैंकको ब्याज सस्तो छ, जसले गर्दा सबै बस्तु सस्तो हुन्छ र तल्लो बर्गका मानिसले खरिद गर्न सक्छन, जब तल्लो बर्गका मानिसले खरिद गर्न सक्छन तब Economy ग्रोव्थ छिटो छिटो हुन्छ, नभए सामान उत्पादन भएर बाज़रmaa  त आउछ तर छिटो बिक्रि नभएर Economy को चालनै ढिलो हुन्छ। फेरी पनि भन्छु संसारमा कुनै पनि देसले गतिलोसंग अर्थसास्त्र बुजेर काम गरेकै छैनन्। यसको मूल कारण अहिलेका अर्थसास्त्रिले फेरी आदम स्मिथको किताब The Wealth of Nation को मूल मर्म नबुजी, Behavioral Economics , GDP , Growth Rate , डाटा युग भन्दै आफ्नो पेसा सुरक्षित गर्ने धुनले अर्थसास्त्रलाईनै धुमिल पारि आम मानिसलाई पशु भन्दा तल्लो स्थरको जिबन जिउन बाद्य पारे। त्यसैले आम मानिसलाई मेरो अनुरोध कृपया The wealth of nation किताब पढ्नु होला, त्यो किताब जत्तिको बास्तबिक किताब अहिलेसम्म अर्थसास्त्रमा कुनै छैन र भोलिका दिनमा पनि सम्भब छैन किनकि उनले सानो भन्दा सानो कुरालाई प्रस्टसंग लेखेका छन्। 

Please read it to know innovative ideas https://t.co/hytgiTcbyg



Comments