जंगेले जे System बनायो आजसम्म त्यहि सिस्टममा काम भएको छ



जंगेले मुलिकी ऐन बनायो त्यसमा अलि अलि फेरबदल पारे, संबिधान भारतबाट र केहि देसबाट सारेर हाले बास देस आफै चलेको छ। जनताले बिदेस गएर पैसा पठाएका छन, त्यहि पैसाले सामान किनेर ल्यायो, ल्याउदा भन्सार कर उठायो, बेच्दा बिक्रि कर उठायो अनि त्यहि पैसाले अलि अलि बाटो लितपुत पार्यो बिकास त्यहि भैगो अरु जे सुकै होस् भाडमे जा। 


संसारभरिमा हेर्दा नेताको खासै बुद्दि हुदैन उनीहरु गफ दिन र सब्द चयनमा माहिर हुन्छन त्यहि सब्द चयन र गफको कारण र अलिकति तिक्डमबाजी जानेको मान्छे नेता हुन्छ तर तिनीहरुलाई सल्लाहा दिने र आर्थिक नीति बनाउने अर्थसास्त्री पनि लम्पट परेर संसारनै तहस नहस भयो। सानैदेखि आफैले प्रयोग गरेको नेपालि नोठ अर्थसास्त्रिको हातमा राख्दिएर यो पैसा कुन देसको हो ल भन्नुहोस भन्ने हो भने उनीहरुले अब यो भन्नलाई रिसर्च गर्न पर्छ भन्छन र गाउ भरिका मान्छेसंग यो पैसा चिन्नु हुन्छ भन्दै सोध्दै  हिन्छन अनि सबैको उत्तरलाई एउटा चार्ट बनाएर बिस्लेसण गर्छन अनि महान भनिएका व्यक्तिले यसो भनेका थिए, उसो भनेका थिए र मेरो रिसर्चबाट पनि के पत्ता लाग्यो भने यो नेपालि नोठनै हो। राजनीतिक नेताको गफ जे पाए त्यहि छ उता पढेका भनिएका आर्थिक सल्लाहकार पहिल्यै १०० % थाहा भएको कुरालाई रिसर्च भन्दै जनताबाट उठाएको करबाट तलब खादै हावादारी रिसर्च भन्दै हिन्छन। हो रिसर्च गर्नु पर्छ तर आबस्यक ठाउमा र बिसयमा मात्रै। हावादारी रिसर्च पैसा र समयको बर्बादी मात्रै हो। 


देसमा यति ठुला राजनीतिक परिबर्तन भए तर आजसम्म मैले कुनै नेताले यो आर्थिक तरिकाले देशलाई बिकास गर्न सकिन्छ भनेको र लेखेको सुनेको र देखेको  छैन हजुवाको भरमा सिङ्गापुर र स्विजरल्याण्ड बनाउछु भन्छन अनि खाली अरुलाई तथानाम गालि गर्यो सकियो। जसले बडी चर्को सोर र सब्द चयन मिलाएर अर्को पार्टिलाई गालि गर्यो त्यो माहान नेता। हाम्रो नेता हुने योग्यता यस्तो छ अनि त्यस्तो मान्छे पदmaa  पुगेर कहाबाट बनाउन सकोस गतिलो आर्थिक मोडेल र जनताले शुख्ख पाउन, त्यो असम्भब। 


एउटा सानो बजार जस्तै नारायणघाट बजारमा हेरौ त कति साना साना पसल किचिमिच्च छ, मान्छे तछाड मछाड छ, खान हुने पनि बेचेको छ नहुने पनि बेचेको, जतिमा बेचे पनि भएको छ, कर नतिरे पनि भएको छ, यस्ता साना साना पसललाई त अब प्रबिधि आयो जनतालाई कुरा बुजाएर मज्जाले ब्यबस्थित गर्न सकिन्छ तर त्यता कसैको ध्यान छैन, ल सुन्नुहोस ति साना साना पसल गर्ने मान्छेलाई अन्तिममा चाहिएको के हो, खान, लगाउन, बस्न घर, छोराछोरी पढाउन स्कुल, कलेज, उपचार गर्न अस्पताल चाहिएको यत्ति होईन, यो कुरा यी पसलवाला हरुलाई दिनको लागि यस्तो बिहानदेखि रातिसम्म यति धेरै दुख्ख गर्न पर्छ थोडी, यो सब अर्थसास्त्रको कुरै नबुजेर अहिलेसम्म कसैले मिलाउननै सकेको छैन, अलि अलि क्युबामा मिलायो अब China मा पनि अलि अलि मिलाउदैछ उ पनि अझै अलमलमा छ तर नेपालले गर्यो भने यो उत्तिखेरै मिल्छ किनकि नेपालमा आबस्यक पर्ने प्राय सबै स्रोत र साधन छन्। तिनै स्रोत र साधन प्रयोग गरेर तिनै जनतालाई काममा लगाएर तिनै जनतालाई काम गर्दा बनेका चिजहरु दिनलाई के को महाभारत हो यो अचम्म पर्छु। नेपालमा मात्रै होईन संसार भरि उस्तै छ, नचाइने नचाइने काममा अल्झेर अनि त्यसैमा बेरिने यस्तो मान्छे। 


बर्षमा १२ खर्ब Remittance आउछ देसमा अलिकति केहि जटिल रोग लाग्यो भने टेस्ट गर्न बाहिरी देस लान पर्छ कस्तो दुर्भाग्य हो यो, १२ खर्ब मद्य बाहिरबाट नल्याई नहुने सामान ४ खर्ब जतिको होला अरु ८ खर्बको नेपालमै उत्पादत गर्ने हो भने २ बर्षमा बचत भएको १६ खर्ब पैसाले अस्पताललाई चाहिने संसारको जुनसुकै नया Technology खरिद गरि नेपालबाट बिरामी पर्दा बिदेस जानु पर्ने बाद्यता तत्काल रोक्न सकिन्थ्यो। 


खाने कुरा मान्छेलाई चाहिरहन्छ, त्यसैले त्यो देसभित्रनै  निरन्तर उत्पादन गरिरहनु पर्यो, भारतमा ब्याजपनि सस्तो अनि उनीहरुको उत्पादन धेरै हुने हुनाले लागत पनि धेरै कम पर्छ जसले गर्दा नेपालि उत्पादनले नाफा गर्न सक्दैन, त्यसिले कृषि उत्पादनमा कुनै एक व्यक्तिले गर्दा घाटा हुने हुनाले गर्न सकेन तर अब त्यसैलाई Cooperative मोडेलबाट गर्दा सबैको शेयर हुने हुदा सबैले Cooperative कै किन्न थाल्छन र भारतबाट ल्याउन पर्नेनै हुदैन यत्ति गरेपछि खाने कुराको तनाब सकियो। अब बिकासको मेरुदण्ड फलाम हो जे निर्माण गर्दा पनि फलाम चाहिन्छ, नेपालमा फलाम खानी भेटिएको छ अब त्यो फलाम खानी उत्खनन गरेर नेपाललाई चाहिने जति फलाम निकाल्दै जाने, जब फलाम हुन्छ, सिमेन्ट पनि छ, काठ जति पनि छ अब यसो भए पछि नेपालमा घर बनाउने अभियान चलाइदिने र बैंक ब्याज घर अभियानको लागि ४ % गराइदिने भने सरासर ऋण निकाल्दै सारा गरिबले घर बनाउन थाल्छन, त्यहि घर बनाउदा रोजगार पाउछन त्यहि रोजगारबाट आएको पैसाले बैंकको ऋण तिर्दै जान्छन। खाने कुरा पनि, घर पनि भयो अब ति  साना पसल गर्ने मान्छेलाई सबैलाई राखेर अब हामी Cooperative मोडेलबाट ठुला ठुला रहर लाग्दा Shopping सेन्टर बनाएर बेचौ भन्दा सबै सहमत हुन्छ, सबै कुरा आफ्नै देसमा छ ल्यायो बनायो अलि अलि बाहिरबाट किन्नै पर्ने कुरा Remittance छदै छ, तिनै Shopping सेन्टर भित्र विभिन्न प्रकारका राम्रा र सफा ताजा खान पाइने होटेल हुन्छन, तत्कालै नेपालीको स्तर गल्लीका भट्टीमा बसेर तुम्मा तान्नु पRne  बाट महलमा बसेर Beer  पिउने हुन्छ। 


सुन्दा अचम्म लाग्ला यो एकदमै सकिने कुरा हो किनकि नेपालमा स्रोत साधन  र काम गर्ने मान्छे छन् तिनै मान्छेले काम गरेर तिनै मान्छेले सामान र सुबिधा लिने होईन र भन्या, यो गर्नको लागि के ले रोक्यो, के ले छेक्यो। संसारमा जति पनि आबिस्कार भएका छन् त्यो भनेको जमिन र श्रमko  प्रयोगले हो 

कृषिका सामान जमिनमै पाइन्छ, जडिबुटी जमिनमै पाइन्छ, पानि जमिनमै पाइन्छ फलाम जमिनमै पाइन्छ, सिमेन्ट जमिनमै पाइन्छ, काठ जमिनमै पाईन्छ ति जमिनमा पाइएका कुरालाई प्रयोग योग्य बनाउन श्रम र शिप चाहिन्छ त्यो मान्छेमा हुन्छ अब तिनै मान्छेले बनाएर तिनै मान्छेले लिने हो, होरी यो लिने बेलामा किचकिच हुन्छ भनेर रामले यति काम गरेको रामलाई यति सामान दे, हरिले यति काम गरेको हो त्यति सामान दे भनेर एउटा कागजको टुक्रा सम्झिनको laagi  दिएको कुरानै पैसा हो। अब हेर्नोस त संसार कता लम्पट भएको छ  खान, लगाउन, बस्न, पढ्न, उपचार गर्न अस्पताल आदि चाहिएको  chha तर मान्छे जति त्यहि सम्झिनको लागि दिईएको कागज टुक्राको पछि पछि दकुरे अनि कहाँबाट पाउनु चाहिएको सामान। यो कुरा आम मानिसलाई थाहा हुदैन कम से कम Economics maa  Phd गरेकोले त थाहा पाएर त्यहि अनुसार नीति नियम बनाएत सरासर काम हुन्थ्यो फ़ट्टाफत जनताले जे चाहिएको हो त्यो पाउथे।  China ले के गरेको छ र त्यहि आफुलाई जे चाहिएको हो त्यो सरासर बनाएको छ, तिनै जनतालाई काममा लgaeko  छ तिनै janatalaai  बनाएको सामान दिएको छ अब सबै कुरा देसभित्र हुदैनन् त्यसैले अरुदेशलाई सामान बेचेर आफुलाई चाहिने तर आफ्नो देसमा नभएको सामान अरु देसबाट किनेर ल्याएको छ, हामि त आफ्नो देसको सामान बेच्नु त कता हो कता काम गर्ने जनतानै बिदेस पठाएर उनैले पठाएको पैसाबाट आफ्नै देसमा बन्ने कुरा किनेर खाएका छौ। 


यस्तो अबस्था आउनु भनेको  जंगेले जे सिस्टम बनायो त्योनै कायम छ सिरिफ संबिधानको  खोस्टो र नचल्ने कम्प्युटर आए त्यति फरक छ।  



Comments