GDP and Growth Rate भ्रमको खेति
यसो सुन्दा अचम्म लाग्छ हरेक अर्थसास्त्री र नेताहरु GDP र ग्रोव्थ rate को बारेमा कुरा गरिरहेका हुन्छन र संसारका धेरै मानिस यसैको खेलोको पछाडी लागेका छन् तर म जाबोले भनेर कसले पत्याउने र तैपनि मेरो दाबीलाई तार्किक तरिकाले पाठकहरुको चित्त बुझाउने प्रयास अबस्य गर्ने छु। GDP भनेको कुनै पनि देस भित्र एक बर्ष अबधिमा उत्पादन भएको बस्तु ra सेवाहरुको बजार मुल्यको योगफल हो। यसको हिसाब गर्ने मोडेल विभिन्न छन् , ति मद्द्य प्रचलित मोडेल चाही Expenditure Method र Income Method हो।
Expenditure Method अनुसार कुनै पनि देस भित्र एक वर्ष भित्र उत्पादित बस्तु वा सेवाको बजार मुल्यको योगफललाई GDP भनिन्छ । जसमा आम नागरिकले बजारबाट किनेको सामान र लिएको सेवाको मुल्यलाई जोडिन्छ र त्यसमा उक्त बर्समा Private सेक्टरले गरेको लगानी र सरकारले गरेको खर्च पनि जोडिन्छ र साथै बिदेसमा निर्यात गरेको सामान मूल्य जोडिन्छ किनकि त्यो सामान देस भित्रनै बनेको हुन्छ र आयातलाई घटाउनु पर्छ किनकि आम मानिसले किनेको सामानमा बेदिसी सामान पनि मिसिएको हुने हुदा आफ्नो मात्रै देसमा उत्पादन गरेको सामानको योगफल निकाल्नको लागि आयात घटाउनु पर्छ। यसरि एक वर्ष भित्र कति सामान आम मानिसले आफ्नै देस भित्र मात्रै उत्पादन गरेको सामान प्रयोग गरे अनि Private सेक्टर ले कति लगानी गर्यो र सरकारले कति खर्च गर्यो यी सबै जोडेर कुल योगफल निकाल्नुनै GDP हो। हेर्दा कुरा त ठिक छ GDP बडी हुनलाई जनताले सामान बडी प्रयोग गर्नु पर्यो, Private सेक्टरले पनि धेरै लगानी गर्नु पर्यो ,सरकारले पनि धेरै खर्च गर्नु पर्यो, यी सबै कुरा बढ्दा GDP बढ्छ र घट्दा घट्छ कुरा त सहि निकालेको हो केटाले तर संसारनै यसकै पछि कुद्नु चाही भ्रमको खेति हो।
अब Income मोडेल, यस मोडेलमा बस्तु तथा सेवा उत्पादन गर्दा कस कसले कति कति पाए भन्ने कुरालाई जोडेर GDP को योगफल निकालिन्छ ।
जस्तै एउटा १०० रुपियाको सामान छ भने अब त्यो बनाउदा कसकसले कति कति पाए त्यो सबै जोडेर त्यसैको योगफललाइनै GDP भनिन्छ। अब त्यो सामान बनाउदा Raw Material को मूल्य २०, श्रम १५, ब्याज १५, Depreciation १०, Rent १५ ,sales tax १० प्रोफिट १५ यी सबै जोडेर कुल GDP रु १०० निकालिन्छ साथै यसमा बिदेसी कम्पनि जुन स्वदेशमा संचालन भएका छन् तिनको नाफा तथा बिदेसी व्यक्ति जो स्वदेशमा बसेर कमाएको छ उक्त व्यक्तिको आम्दानीलाई घटाउनु पर्छ र स्वदेशका कम्पनि तर बिदेसमा गइ नाफा गरि पठाएको पैसा र स्वदेसी व्यक्ति बिदेसमा गई काम गरेर पठाएको पैसा जोडिन्छ। यो तरिका पनि ठिकै छ। सरसर्ती हेर्दा जुन देसको GDP बडी छ त्यो देस राम्रो होला भन्ने जस्तो लाग्छ तर त्यो सधै सत्य हुदैन।
यसरि GDP निकालिसके पछि यसलाई उक्त देसको जनसंख्याले भाग गरेर आउने रकमलाईनै Per Capita Income भनिन्छ। अब ग्रोथ rate भनेको चाही अगिल्लो बर्सको तुलनामा यो वर्ष कति प्रतिसतले ब्रिदी भयो त भन्ने कुरालाई जनाउछ। मानौ अघिल्लो वर्ष GDP रु १०० थियो, यो वर्ष १०७ भयो भने १०७ - १०० =७/१००*१०० गरेर ७ % बृदी भएछ भन्ने कुरा निकालिन्छ। GDP पनि Nominal र Real गरि दुइ प्रकारका हुन्छन जस्तै अहिले नेपालको GDP ३४ खर्ब छ भने यो GDP लाई nominal GDP भनिन्छ। अब यो nominal GDP बाट महंगीको कारणले गर्दा बढेको भाग घटाएर निकालिएको बास्तबिक रकमनै Real GDP हो।
अर्को कुरा फेरी Purchasing Power Parity जसलाई PPP भनिन्छ यो भनेको GDP लाई सम्बंधिद देसको मुल्यस्तर अनुसार परिबर्तन गरेको हो। यसको लागि नेपालि बजारमा गएर करिब ५० वटा जति सामानको मूल्य जोडिन्छ र अमेरिकाको बजारमा गएर पनि ठ्याकै तिनै सामानको मूल्य निकालिन्छ मानौ अमेरिकामा ति सामानको मूल्य २०० डलर आयो र नेपालमा ति सामानको मूल्य रु ७५०० आयो भने अब ७५०० /२०० = ३७,५ PPP मा Convert गर्ने rate भयो। मानौ नेपालको अहिलेको Per Capita Income रुपिया १३००००० छ भने nominal निकाल्दा dollar संगको Exchange rate ले भाग गर्ने जस्तै १३००००/१२० = dollar १०८३ नेपालीहरुको nominal per capita income भयो भने, अब १३०००० /३७,५ =३४६६ Dollar हाम्रो PPP per capita income भयो।
यति बुजीसके पछि अब आफै सोचौ नेपालले मानिसहरु प्रयोग गरेर पहाडको बाटो करिब १० किलोमिटर खन्न १० करोड खर्च गर्यो तर त्यत्तिनै समयमा यत्तिनै पैसा खर्च गरेर त्यस्तै बाटो भारतमा डोजर प्रयोग गरेर २० किलोमिटर खन्यो, अब GDP अनुसार त नेपाल र भारतको खर्च बराबर छ तर परिणाम आधाको फरक छ। त्यसैले यो GDP भ्रमको खेति हो। फेरी अर्को नेपालको एउटा ब्यापारीले घर बेच्ने प्रयोजनकालागि मिस्त्री प्रयोग गरेर करिब १ अरबमा १०० वटा घर बनायो र त्यस्तै घर भारतमा मेसिन र रोबटको पनि प्रयोग गरि करिब ८० करोडमा १०० वटानै बनायो अब घर बराबर छन् तर GDP को रकम फरक छ। त्यसैले यो भ्रमको खेति हो। अजै अर्को नेपालको व्यापारीले हातले बुनेर करिब १००० वटा स्विटर बनायो जुन गराउदा १००००० खर्च भयो तर भारतले आधुनिक मेशिन प्रयोग गरि त्यतिनै वटा स्विटर रु ७०००० मा तयार गर्यो अब सामान बराबर छन् तर GDP फरक छ। त्यस्तै नेपाल सरकारले १ करोड खर्च गरेर अस्पताल बनायो, त्यतिनै पैसा खर्च गरेर भारतले चुरोट कारखाना बनायो, अब आफै सोच्नोस यी दुबैमा GDP बराबर छ तर चुरोट कारखानाको असर र अस्पतालको असर समाजमा धेरैनै फरक पर्छ। त्यसैले यो GDP भ्रमको खेति गरेर मान्छेलाई अलमल बनाउने मात्रै हो। त्यसैले यस्ता खेतीमा नलागी सरासर जनतालाई के के सुबिधा चाहिएको हो, त्यो त्यो बनाउदै जानुनै अर्थतन्त्र राम्रो हुनु हो।
Please open this link to know more https://t.co/hytgiTcbyg
Writer Padam Prasad Chalise MBS, TU 2008
Former Finance Manager
Current Cleaner at Finland
Comments
Post a Comment