गर्न जाने कोरोनाले नेपाललाई ठुलो अवसर दिएको छ।

 गर्न जाने कोरोनाले नेपाललाई ठुलो अवसर दिएको छ। 


कोरोनाको कारणले आर्थिक गतिबिधि कम भएर केन्द्रिय बैंकमा बिदेसी मुद्रा र अन्य बैंकमा नेपालि पैसा थुप्रियको छ यस्तो बेलामा सरकारले नया रोजगार यसरि सृजना गरि काठमाडौँको भिडभाडलाई यसरि ब्यबस्थापन गर्न सक्छ। 


बैंकबाट सरकारले ऋण लिने र काठमाडौँको रिंगरोड बाहिर जस्तै टोखामा सरकारी खालि जग्गामा करिब ५०० मिटर जतिको लामो ५ तले जतिko  ब्यबस्थित ब्यबसायिक भबन बनाएर, त्यो भित्र फिलिम हल देखि आबस्यक धेरै पसलहरुलाई भाडामा दिन सक्छ यस्ता मार्केट ठाउँ ठाउमा रिंगरोडबाट करिब ५,७ किलोमिटरको टाडा बनाउने र गाडीको Route मिलाउने हो भने काठमाडौँको भिड केहि हदसम्म अलिकति बाहिर जाने थियो र धेरै मान्छेहरुले ति भबन बनाउदा र बनि सके पछि ब्यापार सुचारु हुदा रोजगार पनि पाउने थिए यो गर्दा सरकार तथा जनतालाई सबैलाई फाइदा हुन्छ, यस्तो कन्सेप्टका ठुलो ठुला मार्केट फिनल्याण्डमा धेरै छन् त्यहि भएर नेपालले यो समयमा गर्न सक्छ भन्ने सोचेर मैले लेखेको छु सम्बन्धित मान्छेहरुको ध्यान गए राम्रो हुने हो। 


यो कामबाट एक त रोजगार सिर्जना हुन्छ अर्को मार्केट ब्यबस्थित हुन्छ र लिएको ऋण सहजै भाडाले तिर्दै जान्छ। त्यसैले यो गर्नको लागि तत्काल काम सुरु गर्दा राम्रो हुन्छ, धेरै पसल सहित अन्य अफिसहरु पनि त्यहाँ जाने हुदा काठमाडौँको भिड कम हुन्छ। यस्ता धेरै Idea आफै निकाल्न सक्ने हुन यो ब्लगका सबै लेख पढ्नुहोस तपाइले आफै Creative Idea निकाल्न सक्नु हुन्छ। 

Comments