सर्बसाधारण आम मानिसले पैसालाई कागजको टुक्रा हो भनेर बुझे भने ठुलो समस्या पर्छ, किनकि कसैलाई नया सृजना गर्न र काम गर्न मन लाग्दैन जब कुनै पनि नया सृजना र काम हुदैन तब तिनै मानिसले जिबन जिउन तथा सुबिधा लिन सक्दैन र अभाबमा पिल्सिनु पर्दछ। आदम स्मिथले The Wealth of Nation भन्ने किताब प्रकाशित गर्नु अघि देस धनि हुने भनेकै उक्त देसले संकलन गरेको सुन, चादिलाई मानिन्थ्यो, त्यसैले हरेक देशले आयातमा अत्याधिक कर लगाउने ताकि आयात गरेर आफनो सुन चादी बाहिरी देसलाई दिन नपरोस र निर्यातमा अत्याधिक अनुदान दिने ताकि अरु देशलाई सामान बेचेर सुन, चादी बडाउन सकियोस। यस्तो अबस्थामा जनता खान, लगाउन पाएका छैनन् तैपनि आयातमा अत्याधिक कर लगाएर आयातलाई निरुत्साहित गरिन्थ्यो, फेरी देसभित्र आफ्ना जनता जसले काम गरेको छ उनिहरुलाई खान, लगाउने सामान छैन तर ति सामानहरुलाई बिदेसमा बेचेर सुन चादी थुपार्नलाई अत्याधिक अनुदान दीने चलन थियो। यो चलन हजारौ वर्ष देखि चल्दै आएको थियो। जुन देससंग सुन र चादीको थुप्रो बडी भयो त्यो देसको सान र गौरब ठुलो हुन्थ्यो त्यसैले सरकारका मान्छेहरु जसरि हुन्छ जनता खान नपाई मरे मारुन मतलब छैन सुन चादीको थुप्रो बडाउनुनै मुख्य सफलता मान्थे। तर यो कुरालाई आदम स्मिथले गहन तरिकाले अध्धयन गरेर किताब प्रकासित गरे जसमा उनले राज्यको सम्पति भनेको उक्त राज्य भित्र बस्ने जनताले लिएको सुबिधा हो, सुन र चादी त ति सुबिधा बडाउनको लागि काम गर्दा प्रयोग गर्ने साधन मात्रै हुन् त्यसैले हरेक देसले आयात्त र निर्यातलाई कर र अनुदान मुक्त गर्ने हो भने हरेक देसको जनताको सुविधामा बृदी गर्न सकिन्छ भने। आजको जतिपनि बिकास छ त्यो सबै बिकासमा आदम स्मिथको सोचको ठुलो योगदान छ। किनकि कुनै सामान एउटा देसमा सजिल्यै र सस्तो बन्छ, अर्को सामान सजिल्यै र सस्तो अर्को देसमा बन्छ भने ति दुइ देस बीच सामान साटासाट गर्दा दुवै देशलाई फाइदा हुने भयो। यहि उनैको सोच अनुसारनै WTO को अबधारणा उत्पन्न भएको हो।
हामि सबैलाई थाहा छ पहिले पहिले पैसाको प्रयोग गर्नु पूर्व सामानको साटासाट गर्थे बिस्तारै डुंगा, सिपि, छाला, तामा प्रयोग गर्दै गए, अहिलेसम्म आईपुग्दा सुन, चादी, सिक्का,कागजका टुक्रा र कम्प्युटरको Digit लाई पैसा मानिएको छ। करिब ३०० वर्ष अघि उनले प्रस्टसंग भन्दिए सुन र चादीको थुप्रो सम्पति होईन, जनताले पाउने सुबिधनै उक्त देसको सम्पति हो भनेर, उनको त्यो भनाईले देशहरुले आयात निर्यातलाई त सकेसम्म कम कर र कम अनुदानमा झारे तर अरु नीति चाही फेरी त्यहि कागजकै टुक्रा बडाउन पट्टि लागिरहेका छन, यो कुरा संसारकै कुनै पनि अर्थसास्त्रिले बुज्नै सकेनन। बुजेको भए त अनाबस्यक र अनुत्पादक कारोबारलाई निरुत्साहित गर्ने नीति ल्याउथे, बुज्न नसक्नुको परिणामनै आम मानिसले अनाबस्यक दुख्ख पायो।
माथिको कुरालाई उदाहरणबाट थप प्रस्ट पारौ, जनताको सुबिधा बडाउने भनेको थप आबस्यक कुरा उत्पादन गर्नु हो, जस्तै एउटा घर बनाईयो भने जनताले बस्न पायो सुबिधा बढ्यो, १०० किलो आलु उत्पादन गरियो भने, जनताले खान पाए, यो पनि जनताको सुबिधा बढेको अबस्था हो। अब सम्पतिको खरिद बिक्रि आबस्यक छ, जग्गा किन बेच हुनुपर्छ नभए अर्कोले घर वा खेति गर्न पाउदैन तर हाम्रोमा जग्गा खरिद बिक्रि नाफाको उधेस्यले गरिन्छ, जब धेरै मानिस त्यस्ता जग्गा खरिद बिक्रीको नाफामा लाग्छन तब सुबिधा बडाउनको लागि आबस्यक पर्ने सामान उत्पातन हुदैन, जब बजारमा उत्पादन हुदैन अनि त्यस्ता जग्गाका खरिद बिक्रीबाट उठेको कर सरकारले लान्छ र आफ्ना कर्मचारीलाई तलब दिन्छ, जब उत्पादन नभई उठेको करबाट तलब लिएर सामान किन्न बजार जान्छ तब सामान पुग्दैन र जब सामानको माग बढ्छ तब बस्तुको मूल्य बढ्छ, जब बस्तुको मूल्य बढ्छ तब कागजको टुक्राको खरिद गर्नसक्ने तागत घट्छ। यस्तो बेलामा सरकारले कर त ति अनुत्पादक क्षेत्रबाट धेरै कर उठाए भनेर दङ्ग पर्छ तर बजारमा महंगी बढ्दा त्यो बडी उठेको करले पहिला जति पनि काम गर्न नसक्ने अबस्था आईपुग्छ। मानौ करिब १० वर्ष अघि एक बर्समा सरकारले रु ५ खर्ब राजस्व उठाएको थियो भने अहिले आएर रु १० खर्ब उठाउदा ओहो निकै राम्रो गर्यो भने जस्तो त लाग्छ तर महंगी बढेर सामानको मूल्य पहिले भन्दा दुईगुणा बडी छ भने त्यो बढेको रु ५ खर्ब कागजको टुक्राको कुनै तुक हुदैन। त्यसैले नीति निर्माताहरुले त्यस्ता अनुत्पादक कारोबारलाई निरुत्सायित गर्ने नीति अख्तियार गर्नु आबस्यक छ।
अब आदम स्मिथले त आफ्नो विचार राखी जाहा सस्तो पर्छ त्यहा उत्पादन गर्दा सबै देशरुले फाईदा लिन सक्छन भने तर अबस्था हेरी यो बिचारलाई प्रयोग गर्नु पर्दछ अन्यथा झन् हानिकारक सिद्द साबित हुन्छ। हो हाम्रो जग्गा जमिनमा कृषि सामग्री उत्पादन गर्नु भन्दा जडिबुटि लगाएर त्यो जडिबुटि भारतमा निर्यात गरि त्यहाँबाट आबस्यक कृषि सामग्री खरिद गर्दा हामीलाई फाइदा हुन्छ भने यस्तो अबस्थामा आदमको बिचारले दुवै देसले फाइदा लिन सक्छन। तर हाम्रो जग्गामा जडिबुटि पनि नलगाउने, कृषि सामग्री पनि उत्पादन नगर्ने हो भने फेरी त्यो आत्मघाती अवस्था हो। अब यस्तो अबस्थामा आफ्नो देसको उत्पादनलाई प्रोत्सान र आयातलाई निरुत्साहित गर्ने नीति नितान्त आबस्यक पर्दछ तब मात्रै हामीले हाम्रा सुबिधाहरु बडाउन सकिन्छ। यसलाई उदाहरणबाट प्रस्ट पारौ नेपालले बर्सेनि रु १२ खर्बको आयात गर्छ, यस मद्द्य रु ४ खर्ब जतिको सामान नेपालमा उत्पादन गर्न नसकिने होला तर बाकि ८ खर्बको सामान उत्पादन गर्न सकिने छन्। यदि अब हामीले ८ खर्बको सामान जुन नेपालमा उत्पादन गर्न सम्भब छ त्यो उत्पादन गरियो भने त्यो बचेको रु ८ खर्ब कागजको टुक्राबाट अस्पताललाई चाहिने संसारकै आधुनिक मेसिन किन्न सकिन्थ्यो त्यति गरे पछि कुनै नेपालि अलिकति गारो पर्दा बिदेस उपचार गर्न जानु पर्थेन र बिदेसमा उपचार गर्दा बिदेस जाने कागजका टुक्रा बाट अन्य उपयोगी प्रबिधि ल्याउन सकिन्थ्यो जसले गर्दा हामी जनताको सुबिधा बढ्ने थियो।
अर्को निकै भ्रमपूर्ण कुरा भनेको रोजगार बृदी, रोजगार बृदी गर्दैमा अर्थतन्त्र ठुलो हुने र सुबिधा बढ्ने होईन तर यो भनिरहदा आबस्यक र उत्पादनशील क्षेत्रमा रोजगार बढ्नु चाही अनिबार्य सर्त हो। मानौ भोलिदेखि सरकारले हरेक सरकारी कर्मचारी तथा निजि सस्थाका कर्मचारीले हरेक हप्ता आफ्नो health चेक गराउनु र त्यो चेक गरेको रिपोर्ट साथमा लिएर हिन्नु, प्रहरीले जुनसुकै बेला चेक गर्न सक्छ यदि त्यो रिपोर्ट छैन भने जागिरबाट निकालिने छ भन्ने नियम ल्यायो र त्यो Health चेक गर्दाको खर्च सम्बन्धित सस्थाले दिनु पर्छ भन्ने ब्यबस्था गर्दियो भने अब आफै सोच्नोस कति धेरै Health पोस्ट बनाउनु पर्छ र कति धेरैले रोजगार पाउलान तर त्यो पैसा व्यापारीले तिर्नु पर्ने हुदा अब सबै सामानको मूल्य बृदी हुन्छ, सामानको मूल्य बृदी नगरे त ब्यापारी उत्तिखेरै टाट पल्टिन्छ, अब यहा हेर्नोस लाखौ नया स्वस्थ्य कर्मी र पुलिसले रोजगार त पाए तर यो काम अनाबस्यक र अनुत्पादक भएको कारणले सामानको मूल्य बृदी भयो, जब सामानको मूल्य बृदी हुन्छ तब मान्छे काम गरेर तलब त लिएको हुन्छ तर बजारबाट सामान किन्न सक्दैन अब सरकारले पनि यस्ता अनुत्पादक काममा रोजगार बडाएर, राजस्व त अबस्य बडाउछ तर सबै सम्मानको मूल्य बृदी भएको हुनाले उसले पहिला जति पनि बिकास निर्माणमा खर्च गर्न सक्दैन। यस्ता माथि उल्लेखित लाखौ अनुत्पादक र अनाबस्यक कामmaa मानिसहरु अल्मलिएर सामानको मूल्य बडी भई किन्न नसकेको अबस्था आउनु भनेकै कागजको टुक्रालाई नीति निर्माताहरुले पैसा हो यो बृदी गर्नुनै बिकास हुनु हो भन्ने भ्रम लाई जति पढे पनि बुज्न र मनन गर्न नसकेको अवस्थाको कारणनै गरिबीको मूल कारण हो।
अब फेरी संसारलाई जसरि आदम स्मिथले सुन र चादीको थुप्रो देसको सम्पति होईन, जनताको सुबिधानै देसको सम्पति हो भनेर मार्ग निर्देस गरे ठिक त्यसै गरि संसारलाई मैले कागजको टुक्रा जसलाई पैसा मानिएको छ त्यो देसको सम्पति होईन, अनाबस्यक ठाउमा रोजगार सृजना आत्मघाती सिद्द हुन्छ भनेर बुजाउने कोसिस गर्दै छु, जुन देसले छिटो मेरो कुरा बुज्न सक्छ त्यो देसबाट गरिबी सदाको लागि हट्ने छ।
Please open this link to know more https://t.co/hytgiTcbyg
Author Padam Prasad Chalise
MBS, TU 2008
Former Finance Manager JME Remit, Platinum Management College & Vinayak Hospital.
Currently Cleaner. Turku, Finland.
Comments
Post a Comment