पैसो।

 पैसो। 


म लेख लेख्दा राम्रो सब्द चयन, शुद्द भाषा होस् भन्ने कुरालाई खासै महत्तो दिदिन र त्यो मेरो सानैदेखिको बानि पनि होईन तर  मैले सकेसम्म अर्थसास्त्रका बास्तबिक र जटिल कुरालाई सबैले बुज्ने गरि लेख्ने प्रयास चाही गरेको हुन्छ ताकि सबैले बुजेर मनन गरुन र मानबजातिबाट अभाव र गरिबी सदाको लागि हटोस् यहि भाबबाटनै मेरो लेख लेखिएका हुन्छन। १६ वर्षदेखि नेपालमा ३६ वर्ष सम्म  भाडा माज्ने कामदेखि लिएर १० वर्षसम्म विभिन्न सस्थाहरुमा Finance Manager हुदासम्म  खासै राम्रोसंग आफुलाई चाहिएको सामान र सुबिधा किन्न नसकेर गरिब हुन बाद्द्य भएको म एकाएक फिनल्याण्ड आएर ४ वर्ष toilet सफा गर्ने, भाडा माझ्ने काम गर्दा मलाई जे गर्नको लागि पनि पैसा पुग्ने म सारैनै आस्चर्य चकित परे र त्यहि आस्चर्य चकितबाटनै मैले अर्थसास्त्रको गहन अध्धयन र मनन गर्न सुरु गरे। सुरुमै मलाई बडो चासो लागेको कुरा मैले फिनल्याण्डमा काम गर्दा १ दिनमा युरो १०० कमाउछु, तर नेपालमा १ दिनमा १७०० कमाउथे, कमाई त नेपालकै धेरै थियो तर पैसाको मूल्य चाही युरोको बडी थियो १०० युरोको करिब १३००० नेपालि रुपिया हुने थियो अनि मनमा पस्यो यो विनिमय दर कसरि तय हुन्छ यदी नेपालको पैसा पनि युरो जत्तिनै मुल्याबान गराउन किन सकिदैन भन्ने मनमा तर्क आयो फेरी उत्ति बेलानै South कोरियालाई सम्झे हाम्रो भन्दा निकै कमजोर पैसा छ तर पनि त्यो देस धनि छ र जनताको तलब पनि बडी छ निकैनै सोधखोजका बाबजुत पत्ता लगाउन सफल भएकी कुनै पनि देसको मुद्रा बलियो हुनु र कमजोर हुनुमा उक्त देसको मूल्यस्तरनै मुख्य कुरा रहेछ भन्ने पत्तो पाए। मूल्यस्तर भनेको बजारमा पाइने आम सामानहरुको बिक्रि मुल्यलाई भनिन्छ अनि सोचे मुल्यस्तर कसरि कसले निर्धारण गर्छ त नेपालमा १ किलो चामललाई रु करिब १५० पर्छ भने युरोपमा यूरो २ पर्छ, यो मूल्य भन्ने कुरा एकाएक आज निर्धारण भएको कुरा होइन बजारमा प्रतिस्पर्दा भई अलि अलि बढ्दै बढ्दै आएको हॊइछ अब हजुरबाले भन्नु हुन्थ्यो 5 रुपियामा  १ पाथी घिउ बटौलिमा बेचेर नुन चिनी साबन अनेक कुरा किनेर बाग्लुङ्ग लगिन्थ्यो अहिले १ पाथी घिउको ८००० पर्छ कस्तो आयो जमाना अचम्म छ। 

यो कुरा सबैलाई अचम्म लाग्छ यसरि जुन जुन देसमा सामानको मूल्य बृदि अत्याधिक हुदै गयो त्यो देसको पैसा कमजोर हुदै गयो जुन जुन देसले महंगी नियन्त्रण गर्न सके त्यो त्यो देसको पैसा बलियो हुदै गयो। अब यो महंगी भन्ने कुरा व्यापारीको हात, बैंकको ब्याजले र नेताको बुद्दिले निर्धारण गर्ने रहेछ। व्यापारीले अत्याधिक नाफा राखी बस्तुको मूल्य बडाउन सक्छन, चोर बैंकहरुले अनेक बहाना बनाई महँगो ब्याजमा ऋण लगानी गर्दा सबै बस्तुको मूल्य बृदि हुन्छ, बुद्दि नभएका नेता आएर ल नेपालबाट गरिबी हटाउन पर्यो भन्दै सबै कर्मचारीको तलब एकाएक बृदि गर्दा सबै सामानको मूल्य बृदि हुन्छ। यी माथिका तिनवटै काम नेपालमा निकै भए त्यसैले हाम्रो पैसा करिब ४० बर्समा आधा कमजोर भयो करिब  ४० वर्ष अघि १ डलरको रु ६० पर्थ्यो। तर आजकल १ डलरको रुपिया १२० हाराहारी छ किनकि अमेरिका मूल्य बृदिमा नियन्त्रण गर्न सफल भयो। अब दैनिक रुपमा अलि अलि तलमाथि विनिमय दर परिबर्तन हुने भनेको आयात र निर्यातको मात्रा र अन्तरास्ट्रिय चोरहरुले पैसाको सट्टा पट्टा गरेर कामाउन विनिमय दरलाई तलमाथि पार्ने पहुच राख्छन, यो बिरुद्द पनि मेरो आवाज छ पैसा सिधै सम्बन्धित देसको केन्द्रिय बैंकले परिबर्तन गर्नु पर्छ यी चोर दलालहरुले पैसा परिबर्तन गर्दा खाने कमिसनले गर्दा आम मानिसलाई सामानको मूल्य बडी पर्न गएको छ त्यसैले पैसा अब सिधै सम्बन्धित देसको केन्द्रिय बैंकसंगनै परिबर्तन गर्नु पर्छ भन्ने आवाज संसारभरबाट उठाउन जरुरि छ। 


पैसा सम्बन्धि मेरा अनेकौ लेखहरु छन् पढ्नुहोला मैले किनपनि पढ्नुहोला भनेर भनेको छु भने यी कुराहरु पत्ता लगाउन मैले निकै मेहनत गरे तर तपाईहरुलाई मेरो ब्लग पढे मात्रै त्यो कुरा थाहा पाउनुहुन्छ जब पैसाका कुरा बुजिन्छ तब बल्ल मात्रै अर्थसास्त्रका कुरा बुजिन्छ, जब अर्थसास्त्रका कुरा बुजिन्छ तब मिलेर काम गर्न सकिन्छ जब मिलेर काम गरिन्छ तब जे जे आबस्यक पर्छ त्यो त्यो बनाउन सकिन्छ, जब जे जे आबस्यक छ त्यो त्यो बनाइन्छ त्यसपछि गरिबी सदाको लागि हट्छ र नेपालीले बुडा बुवा आमा, तोते बोल्ने छोरा छोरी, प्यारी श्रीमती छोडेर बिदेसमा चिन्तै चिन्तामा दिन बिताउन पर्ने दिन सदाका लागि सकिन्छन। प्रतिक्षा गर्नोस आउदैछ जब सिस्टम बलियो हुन्छ तब गरिब बन्छु भनेर पनि गरिब हुन मिल्दैन। 

Comments