सम्माननीय प्रधानमन्त्रिलाई आर्थिक सुझाब।



नमस्कार प्रधानमन्त्री ज्यु आराम रही आरामको कामना गर्दछु। 

यहा रातको ठिक २ बज्यो सबै मस्त निन्द्रामा छन तर मलाई निन्द्राले छोड्यो आजकल खासै निदाउन पनि सक्दिन सायाद धेरै गहिरो सोच दिमागमा परेर पनि होला। मेरो आजकल दिमागमै एउटा मान्छे किन गरिब हुन्छ र देस किन गरिब हुन्छ यसलाई कसरि धनि बनाउन सकिन्छ भन्ने कुरामै मेरो बिसेस सोच छ, यहि गहिरो सोचलेनै मेरो निद्रा पनि हरायो यहि मौकामा  करिब करिब मैले धेरै नया नया विचारहरु सृजना गरेको छु , जुन कुरा मेरो ब्लगमा लेख्दै आएको छु पढ्नु हुन अनुरोध गर्दछु। मैलेनै सृजाना गरे जस्तै कुरा हालसालै China ले केन्द्रिय बैंकबाट मात्रै पैसा संचालन गर्ने गरि नया प्रबिधि ल्याएको छ, जुन कुरा मैले धेरै अघि मेरो यहि ब्लगमा How We Can Better World  र The New Economy Model Realism भन्ने सृषकमा लेखेको थिए जुन कुरा मैले संसारका धेरै केन्द्रिय बैंक र सरकारलाई इमेल गर्नुका साथै Twitter मा tag पनि गरेको थिए। जुन कुरा ठ्याक्कै China ले ल्याउदा खुसि छु। 


मैले २००८ मा संकरदेवबाट ब्यबस्थापन बिसयमा मास्टर पास गरि विभिन्न सस्थामा काम गरे फिनल्याण्ड आउनु अघि म नेपालकै विनायक अस्पताल, Platinum Management College र JME Remit मा बित्त प्रमुख भई करिब १० बर्ष काम गरे यी बाहेक धेरै सस्थामा काम गरेको छु, धेरै तिर काम गरेको अनुभबले पनि होला सायद सोच्न सक्ने शक्ति बिल्कुल फरक छ। संसारकै गरिब देसबाट संसारकै धनि देसमा आउदा धेरै कुरा आफै पनि बुजिने होईछ, त्यसैले मैले जे सुझाब लेख्दै छु त्यो दिलबाट र बास्तबिक कुरा लेख्दै छु, तपाइले पनि दिलबाट पढ्नु होला र अर्थशास्त्र पढेको मात्रै होईन बुझेको अर्थसास्त्रीसंग सल्लाहा लिनु होला। र अलि अलि बुजेको अर्थसास्त्री मैले भेटेसम्म Prof Richard Wolf छ उसको कुरा Youtube   मा सुन्न सक्नुहुन्छ र Twitter मा Follow गरि उसका लेख पनि पढ्न सक्नुहुन्छ जसले अलिकति फरक तरिकाले सोच्न सकेको छ। 


कुनै पनि देसको प्रधानमन्त्री हुने कुरा सानो कुरा हुदै होईन तर प्रधानमन्त्री भएर पनि जनताले खासै सुबिधा नपाउनु ठुलो कुरा हो। एउटा प्रधानमन्त्रिले रातारात एक्लै केहि गर्न सक्दैन यसमा सबैको हातेमालो चाहिन्छ तर त्यो हातेमालो गर्नलाई हात फैल्याउने कामको सुरुवात चाही प्रधानमन्त्रिबाट सुरु गर्नु पर्छ तब मात्रै सबै एकाएक जोडिन आईपुग्छन। 


अर्थसास्त्रको कुरा निकै धेरै  छ यो एउटा लेखमा धेरै कुरा समेट्न सक्दिन त्यसैले बिनम्र अनुरोध छ कि मेरा पुरै लेख पढ्नु भयो भने एउटा Picture तपाईको दिमागमा सेट हुन्छ। मैले कृषिलाई Cooperative मोडेल बाट संचालन गर्न उपयुक्त हुन्छ भनेर धेरै पटक लेख्दै आएको थिए हिजो समाचार पढ्दा सहकारीको लागि कार्यदल गठन भएछ खुसि छु। 


अब जाउ सिधै गरिबी कसरि हटाउन सकिन्छ, एउटा व्यक्ति गरिब हुनुमा उसको पैत्रिक सम्पति नहुनु, उसले पढ्न नपाउनु, नसक्नु वा बिसेस शिप हासिल गर्न नसक्नु वा ब्यबशाय गर्न लगानी नपाउनु कारण हुन्छन। तर देस गरिब हुनु भनेको देस भित्र उपलब्ध साधन र स्रोतको प्रयोग नहुनु हो। अब म  यहाँ कुनै एक व्यक्ति धनि गराउने कुरामा भन्दा देस धनि गराउने कुरा लेख्न जादै छु, देस धनि भयो भने सबै धनि हुन्छन। 


पैसा यस्तो चिज हो यो केहि पनि होईन यसको पछाडी लाग्न हुन्न भनेर मान्छेलाई बुझाईयो भने पनि फेरी कसैले काम गर्न नखोजेर केहि पनि उत्पादन हुदैन, अर्कोतिर सबै कुरा पैसानै हो भनेर मान्छेको दिमागमा छिराइयो भने फेरी पैसाको लागि जे पनि गरेको छ, लुटेको छ, ठगेको छ भ्रस्टाचार गरेको छ त्यसैले यी दुवै कुरा हानिकारक छन्। अब  हामीले यो दुवै कुराको बिचमा बसेर  System लाई ब्यबस्थित गर्न सकियो भने बिकास हुन गारो छैन। 


कुनै एउटा व्यक्तिलाई उक्त देसको पैसानै ठुलो कुरा हो तर उक्त देसको सरकारलाई आफ्नो पैसा ठुलो कुरा होईन, बिदेसी पैसा ठुलो कुरा हो, किनकि स्वदेसी पैसा त सरकारले सजिल्यै करबाट उठाउन सक्छ आन्तरिक ऋण लिन सक्छ, केन्द्रिय बैंकबाट ऋण लिन सक्छ तर बिदेसी पैसा चाही ठुलो कुरा हो जुन प्राप्त गर्न आफ्नो देसको सामान अरु देशलाई बेच्नु पर्यो, आफ्ना मान्छे काम गर्न पठाउनु पर्यो, बिदेसीलाई घुम्न बोलाउन सक्नु पर्यो आदि गरे पछि बिदेसी पैसा प्राप्त हुन्छ। फेरी कुनै पनि देस आफैमा आत्मनिर्भर हुन सकेको हुदैन कुनैनकुनै सामग्री बिदेसबाट खरिद गर्नु पर्ने भएकोले बिदेसी पैसा सरकार वा भनौ केन्द्रिय बैंकमा हुनु जरुरि छ, अन्यथा देस भित्रको आफ्नो पैसाले पनि सामान किन्न सकिदैन, संसारमा जतिपनि ठुला ठुला Inflation भएका छन् ति सबैको मूल कारण केन्द्रिय बैंकमा बिदेसी पैसा घट्नुले हुने हो।  केहि समय अघि  भेनेजुलामा अमेरिकाको नाकाबन्दी त्यहि माथि तेलको मुल्यमा गिरावट र बिक्रीमा कमि आउदा उसको केन्द्रिय बैंकमा बिदेसी पैसा घट्दै गयो र ठुलो Inflation सामना गर्नु पर्यो बल्ल बल्ल रसियाले केहि सहयोग गरि नया पैसा जारि गरेर चल्दैछ। तर हामी inflation संग डराउनु पर्ने अबस्था छैन किनकि हाम्रो बिदेसी पैसाको स्रोत Remittance भएकोले यो तत्काल घट्ने सम्भाबना छैन। तर यहि Remittamce लाई सधै भरि बिदेसी मुद्राको स्रोत बनाई रहदा चाहि धेरै नेपालीले दुख्ख झेल्नु परेको छ त्यो सबैलाई जानाकारिनै छ। 


अब गहिरोसंग बुज्नु पर्ने कुरा के छ भने बिदेसबाट सामान खरिद गर्नको लागि हामीलाई बिदेसी पैसा चाहिन्छ तर सबै साधन र स्रोत देस भित्रनै उपलब्ध छन् भने हामीलाई पैसाको आबस्यकतानै पर्दैन बिना पैसानै सबै कुरा सरासर गराउन सकिन्छ। त्यसैले नेपाल गरिब छ, बजेट सानो छ, केहि गर्न नसकिने रहेछ भन्ने कुरा सोच्न छोड्दिनोस। उधाहरणको लागि ल अब नेपालमा भएको सबै नेपालि पैसालाई जलाईदिउ अनि सबैले इमान्दार पुर्बक जे जे काम गरिएको छ त्यो त्यो काम गरौ र जस जसले अहिले जहाँ जहाँ बाट जे जे आबस्यक सामान लाने गरिन्थ्यो त्यो त्यो गर्ने हो भने सरासर चल्छ। पैसानै कसैले खाने त होईन सामान प्रयोग गर्ने, खान खाने, सुबिधा लिने हो।  त्यहि सामान प्रयोग गर्न खाना खान र सुबिधा लिनको लागि ब्यबस्थित गर्नको लागि मात्रै पैसाको प्रयोग गरिएको हो। अब सोच्नोस खाना खानको लागि त खाना के के कुराले बन्छ त्यो त्यो कुरा बनाउनु पर्यो , प्रयोग गर्ने सामान के के कुराले बन्छ त्यो त्यो बनाउनु पर्यो त्यसको लागि पैसा चाहिदैन त्यो बनाउन चाहिने भनेको स्रोत र शाधन हो। स्रोत र साधन भनेको जमिन र श्रम हरेक कुरा जमिनमा पाईन्छ त्यसलाई प्रयोग गरेर चाहिएको सामान बनाउन श्रम गर्ने मान्छे चाहियो। अनि जसले बडी श्रम गर्छ उसले बडी सामान पाउछ। खासमा कुरा यत्ति हो अरु सबै मान्छेलाई अलमलमा मात्रै पार्ने हो। 


अब आउनोस र एक टक लगाएर सोच्नोस त, तपाईले बिहान बेलुका खाने खाना तपाईले लगाएका लुगा त्यस्तै सारा सरकारी कर्मचारी, आर्मी पुलिस, पढाउने शिक्षक, पत्रकार, बैंकमा काम गर्ने कर्मचारी, Insurance मा काम गर्ने कर्मचारी सबैले खाने खाना लगाउने लुगा, बनाउने घर, चड्ने साधन कहाबाट आएको छ कसैले न कसैले ति कुरा उत्पादन र ओसारपसार गर्न काम गरेर आएको छ। अब ति चिज उत्पादन गरेर यतिका बिधि फाल्टु मान्छेलाई पुर्याउनको लागि केहि मानिसहरुले कति धेरै तिनीहरुले काम गर्नु परेको होला आफै सोच्नोस त। हरेक मान्छेलाई अन्तिममा चाहिने भनेको खाना, लगाउन, basne घर, हिन्ने बाटो, स्वस्थ्य सुबिधा आदि हुन् तर मान्छे ति महत्तोपुर्ण काममा नलागेर अनेक काममा बरालिदा सबैले पाउने सामान र सुबिधा कम भएको हो। जस्तै मैले घर बनाए मैले मिस्त्रिलाई पैसा दिए एकजना मिस्त्रीले मासिक २४००० रुपिया पाएछ घर बनाउदा उसलाई कति दुख्ख गरि काम गर्नु पर्छ अब उसले पाएको त्यो २४००० ले खासै केहि सामान र सुबिधा लिन सक्दैन किनकि ति सामानमा निकै ठुलो कर लगाएर, ani  ति सामान बनाउन निकै महँगो ब्याज तिरेर , निकै ठुलो विज्ञापनमा खर्च गरेर अघिका माथि उल्लेखित फाल्टु मान्छेहरुलाई पनि त्यो मेरो मिस्त्रीले पाल्नु परेको छ त्यसैले उसको जिबन जनाबार भन्दा भनि तल्लो स्थरको जिबन बिताउन बाद्द्य छ। यो सानो उदाहरण लाई सय पटक मनन गर्नोस अनि बल्ल सत्यको नजिक पुग्न सजिलो हुन्छ। 


हो हामीलाई थाहा छ नेता चाहिन्छ, पुलिस चाहिन्छ, आर्मी चाहिन्छ, पत्रिका चाहिन्छ कर्मचारी चाहिन्छ बैंक चाहिन्छ, Insurance चाहिन्छ तर के बुज्नु पर्छ भने यस्ता अनुत्पादक क्षेत्रमा अल्झेका मान्छेहरुलाई प्रविधिको प्रगोग गरि थोरै मान्छे भए पनि काम सुचारु गराउन सकिन्छ र बाकि रहेका मान्छेलाई उत्पानामुखी काममा लगाउदा धेरै कुरा उत्पादन गर्न सकिन्छ र सबैलाई त्यो कुरा प्राप्त हुन्छ। 


सबै कुरा देस भित्रनै छ भने पैसा चाहिदैन यो कुरालाई उदाहरणबाट थप प्रस्ट पार्न चाहन्छु। जस्तै तपाइले नेपालमा नेपालकै मात्रै सामान प्रयोग गरेर काठबाट बनेको घर बनाउने अभियान चालु गर्नु भयो र त्यसकोलागी ऋणको ब्याज ५ % गराइदिनु भयो भने अब मान्छे जंगलमा काठ खोज्न जान्छ, काठ ल्याएर विभिन्न आकारमा चिरफार गर्छ, अब घर बनाउन चाहेको मान्छे बैंकमा ऋण लिन जान्छ ऋण ल्याउछ र त्यो जंगलबाट काठ ल्याई चिरफार गर्ने मान्छेलाई दिन्छ र भन्छ ला यो पैसा लैजा मेरो घर बनाईदे भन्छ अनि पैसा लिएर घर बन्छ। अब यो अभियानले त धेरै मानिसले रोजगार पाउछन अब त्यो घर बनाउन ऋण लिएको मान्छे अब यहि घर बनाउने काममा लाग्छ र त्यसैबाट आएको पैसाले बैंकको ऋण तिर्दै जान्छ। अघि सम्म उसको काम पनि थिएन, बैंकले ऋण पनि दिने थिएन, घर पनि थिएन। तर अब तपाइको एक अभियानले उसले ऋण पनि पायो, काम पनि पायो र घर पनि पायो। यत्ति सानो कुरा सबै क्षेत्रमा लागु गर्दिनोस देस २ वर्षमानै अर्कै हुन्छ नेपालि जनताले अर्को पटक तपाइँ एक्लैलाई दुइ तिहाइ भोट दिने छन् यसको लागि कदम चाली हाल्नोस। 


हरेक देस बिकास हुने भनेको बैंकको ऋणले हो र त्यो ऋण सहज र सस्तो हुनु पर्ने अनिबार्य आबस्यकता हो। बैंक कब्जा गर्ने हरुले अनेक नाटक मन्चन गरि आर्थिक गतिबिधि डामाडोल हुन्छ भन्ने भय देखेर चर्को ब्याज खान पल्केका हुन्छन त्यस्ताको कुरा नपत्याउनोस र केन्द्रिय बैंकको प्रमुखलाई बोलाएर ठाडो आदेस दिनोस कृषि ऋण १% अनि ३० लाख सम्मको घर बनाउनेलाई ३% ऋण घोसणा गर्नोस सक्न्नुहुन्न भने राजिनामा दिनोस भन्नोस्, अब मान्छेले बैंकमा ब्याज कम भयो भनेर पैसा घरमा राख्दैन नडराउनोस खाना पल्केका हरुले अनेक डर देखाउछन त्यो डराउनै पर्दैन अहिले आयात घटेकोले केन्द्रिय बैंकमा बिदेसी पैसा थुप्रियको छ यो बेलामा आर्थिक गतिबिधि बडाउन ब्याज सस्तो पार्नु अति उत्तम हुन्छ। यत्ति गर्नु भयो भने ठुलो हल्लाखोर हुन्छ र सबैमा एउटा सकारात्मक भाब पैदा हुन्छ। जब सकारात्मक भाबले देसभित्रनै उत्पादन हुन सुरु हुन्छ तब धेरै नेपालिले रोजगार पाउन थाल्छन र बिदेसबाट फर्किन थाल्छन अनि बिस्तारै Remittance मा आधारित अर्थतन्त्र उत्पादन र निर्यातमुखी हुदै जान्छ र देस तथा जनताले शुख्ख सुबिधा पाउन थाल्छन। 


अनि सकेसम्म आफ्नै देसभित्रका साधान र स्रोत प्रयोग गरेर चाहिने कुरा उत्पादन गर्ने नीति बनाईदिनोस। जब सबै मानिसले आफ्नो आफ्नो सुबिधा बडाउन उत्पादनशील काम गर्छन तब स्वभाबिक रुपले सरकारको कर बृदी हुन्छ, जब कर बृदी हुन्छ तब सरकारले पनि जे जे चाहिएको हो त्यो त्यो बनाउन सक्छ। मेरो यो ब्लगमा धेरै तपाइलाई आबस्यक पर्ने आर्थिक तरिकाहरु छन् कृपया पढ्नु होला र एउटा सबै जनतामा सकारात्मक भाब पैदा गर्ने किसिमको नीति ल्याउनु होला। 









Comments