बास्तबिकबाद भाग ४
बास्तबिकवादको भाग ३ सम्म आईपुग्दा थोरै थोरै केहि बिचारहरु लेखे अब यो भागमा बिसेष गरि अर्थतन्त्रका कामका बारेमा बिस्तृत रुपले बर्णन गर्ने छु। संसारकै पुजिबादको नाइके भनिएको देस अमेरिकामा पनि आर्थिक मोडेलका बारेमा निकै ठुला बहस हुने गर्छन र रास्ट्रपतिय चुनाबमा जसle राम्रो आर्थिक मोडेल प्रस्तुत गर्छ उसैलाई जनताले जिताउने गर्छन। संसारका धेरै जसो खानिहरु कब्जा गरेको छ, संसारभरि उसको पैसा चल्छ, संसारभरबाट हरेक क्षेत्रका बिज्ञहरुलाई त्यहि लान्छ, तैपनि त्यो देस भौतिक रुपले केहि सम्मपन्न त भयो तर मानिबिय रुपले मेसिन जस्तो भयो र तल्लो तहका मानिसहरुले राम्रो जिबनयापन गर्न सकिरहेका छैनन्। अमेरिकाले चायो भने गैर कानुनी रुपले बसेर काम गरेका कामदारलाई फिर्ता पठाउन पनि सक्छ र अबैध रुपले अमेरिका आउने मानिसहरुलाई पनि रोक्न सक्छ तर उसले त्यो गर्दैन किनकि उसलाई राम्रोसंग थाहा छ कि कार्ल मार्क्सले भनेको एउटा कुरा तल्लो तहमा रहेर काम गर्ने मान्छेहरुमा सधै आफु हेपिएको र दबिएको महसुस गर्छन र त्यो संख्या पनि बडी हुने हुदा कुनै दिन यिनीहरु संगठित भएर पुजिबाद भत्काउछन भन्ने कुरालाई राम्रोसंग आत्मसाथ गरेको छ, त्यसैले त्यो स्थिति आउन नदिनको लागि उसले अबैध कामदारलाई देशबाट निकाल्न पनि खोज्दैन र बैधानिक कागजपत्र पनि दिन चाहदैन ताकि एकताबद्द भएर भोलिका दिनमा आन्दोलन गर्न नसकोस। जब कागजपत्रनै बैधानिक छैन भने पछि खुरु खुरु थोरै पैसामा काम गर्छ बस्छ त्यसैले अमेरिकाले त्यस्ता मान्छेहरुलाई निकाल्दैन र बैधानिक प्रमाणपत्र पनि सितिमिति दिदैन, त्यसरी चलाखीपूर्ण तरिकाले अनि संसारभरको खानी कब्जा गरेर चलेको देसलाई के राम्रो आर्थिक नीति छ भन्नु, के बिकास भन्नु, नेपालिहरु जो अमेरिकामा बर्सौ देखि बस्दै आएका छन् बिरामी हुदा पनि डराई डराई अस्पताल जानु पर्छ किनकि सामान्य उपचारको पनि महँगो बिल आईपुग्छ त्यही माथि मासिक स्वास्थ्य बिमाको पैसा पनि तिरेकै हुन्छन। अनि उसको डलर संसारभर चल्छ, कुनै पनि देशबाट कुनैपनि सामान किन्न पर्यो भने सिधै डलर दिए हुन्छ, त्यो डलर फेरी फर्केर अमेरिकामा सामान किन्न खासै आईपुग्दैन किनकि अरु अरु देसमा घुमिरहन्छ जस्तै चीनबाट डलर दिएर लुगा खरिद गर्यो भने चिनले त्यहि डलर दिएर गल्फबाट तेल किन्छ गल्फले फेरी त्यहि डलरले भारतबाट खाद्ध्यान्न सामग्री खरिद गर्छ, यसरि आफ्नो डलरको बर्चस्व कायम गर्न सफल भएको छ, त्यस्तो देसमा पनि २ महिना कोरोनाले अलि अलि काम रोकिदा मान्छेहरु लुटपाट गर्न मैदानमा उत्रेको देख्दा के बिकास भन्नु हाम्रोमा त्यत्रो ठुलो ठुलो आन्दोलन भए तर कोहि अरुको पसल लुट्न हिनेको रेकर्ड थिएन तर अमेरिकामा यस्ता घटना धेरै छन् अब आफै भन्नोस् के अमेरिका बिकसित देस हो त। अबस्य होईन यिनीहरु पनि अर्थशास्त्रलाई बुज्न नसकेर अलमलमा परेका छन् बुजेको भए त्यस्तो स्थिति आउने थिएन, सबै मानिसलाई आर्थिक रुपले सम्पन्नसाली बनाउन सक्थे तर यिनीहरु पनि यहि अर्थसास्त्रको चक्करमा फसे।
अब कुरा गरौ चिनको, चीनको राजनीतिक पद्दति भन्दा अबस्य पनि अमेरिकाको लोकतान्त्रिक पद्दतिनै ठिक हुन्छ तर अहिले चीनले जुन गतिले आर्थिक बृदी गरेको छ त्यो हेर्दा अबको केहि दसकमा अमेरिका र यूरोपका मुलुक भन्दा आर्थिक रुपले सम्पन्नशालि जनता बनाउने बाटोतिर लम्किदै छ। एकजना मेरो होटेल ब्यबसायी साथिसंग China बाट करिब २० बर्ष अगि आएर फिनल्याण्डमा होटेल संचालन गरेको साथीले भन्दै थियो रे, उ २० वर्ष अगि फिनल्याण्ड आउदा उसको गाउ गरिब थियो, घर पनि झुप्रा झुप्री थियो रे अहिले सबै गाउलेको पक्कि घर, जागिर र सबै खुसि छन् रे उसलाई पनि अहिले फिनल्याण्ड बस्नु भन्दा त आफ्नै देसमा बसेको भए राम्रो हुने रहेछ भन्ने लाग्दै छ रे जबकि २० बर्ष अगि उसको गाउबाट फिनल्याण्ड आउन सक्नु र पाउनु भनेकोनै ठुलो कुरा थियो रे। जम्मा २० बर्षको अबधिमा त्यो लेबलको बिकास चिनले कसरि गर्न सक्यो त सबैलाई आश्चर्यको कुरा छ तर म चाही यसलाई स्वाभाविक मान्छु र त्यो भन्दा पनि छिटो बिकास हाम्रो नेपालमा गर्न सकिन्छ भन्ने बिस्वास लिएको छु।
हामी संबिधानमा समाजबादमा जाने त भनेर लेखियो तर समाजबाद भनेको के हो त्यो बादमा पुग्न के गर्नु पर्छ भन्ने कुरामा कसैलाई ज्ञान छैन त्यो ज्ञान भैदिएको भए त अलि अलि त्यो किसिमको नीति निर्माण गरेको देखिन्थ्यो। त्यसैले समाजबाद भनेको त्यस्तो सामाज हो जहा हरेक व्यक्तिले सम्मानित जिबन जिउन सक्छ। त्यो स्थितिमा पुग्न पहिले हामीसंग के छ, र हामीलाई चाहिएको के हो र त्यो कुन तरिकाले छिटो प्राप्त गर्न सकिन्छ भन्ने कुरा लाई बुज्न जरुरि छ। समाजबाद भनेको सबै कुरा राज्यले हस्तक्षप गरेर जनतालाई अधिकार बिहिन पार्ने होईन, तर मान्छेका आधारभूत आबस्यकता जस्तै शिक्षा, स्वास्थ्य, शुरक्षा जस्ता क्षेत्रमा सरकारलाई जिम्मा दिने र अरु कुरा निजि क्षेत्रलाई जिम्मा दिदै एक सम्मुनत समाज जहा हरेक मान्छेले आफुलाई सम्मानित भएको महसुस हरेक प्रकारले गर्न सक्नुनै समाजबाद हो।
अब यो बास्बिकबाद चाही बास्तबमा मानिसलाई के चाहिएको हो र त्यो कसरि छिटो र सहज तरिकाले प्राप्त गर्न सकिन्छ भन्नेनै हो, म संसारकै उत्क्रिस्ट देस फिनल्याण्डमा बसेर यहाको समाजबादलाई नजिकबाट नियाल्ने मौका पाएको छु, धेरै कुराहरुमा यिनीहरुko काम गराई राम्रो छ, तर यिनीहरुका पनि कमीकमजोरी छन् ति कमीकमजोरी हटाएर हामीले समाजबाद भन्दा पनि बास्तबिकबाद लागु गरेर संसारकै उत्क्रिस्ट देस २० बर्षमा गराउन सकिन्छ। यिनीहरु अर्थसास्त्रमा नअल्मलिएको भए पसल पसलमा सरकारले Casino राखेर जनतालाई जुवा खेलाउने लत बसालेर जनताको पैसा राज्यले लिनु पर्थेन भलै त्यो पैसा यिनीहरुले शिक्षा र स्वास्थ्यमा लगानी गरेका छन् तर धेरै जनता त्यहि Casino को लतले बिग्रेर जिबन बर्बाद पारेका पनि उदाहरण थुप्रै छन्। त्यसैले यिनीहरु पनि उत्क्रिस्ट आर्थिक नीति बनाई सभ्य सामाज निर्माण गर्न अझै सफल भएका छैनन्।
बास्तबिकबादले एकदम राम्रोसंग Clear Vision दिन्छ र हरेक मान्छे अर्थसास्त्रको गहिराईमा पुग्यो भने जो कोहिले बास्तबिकबादनै ठिक रहेछ भन्ने कुरा मनन गर्न आफै सक्छ। बास्तबमा मानिसलाई भौतिक रुपमा चाहिएको कुरा खाना, लुगा, घर, शिक्षा, स्वास्थ सुबिधा, चड्ने सवारी साधन, मनोरंजन हो। ति आबस्याक कुरा प्राप्त गर्न, तिनै मानिसहरुले काम गर्नु पर्छ। मानिसलाई दैनिक रुपले अनेक खाने कुरा चाहिन्छ, लगाउने कुरा ३,४ महिनामा १,२ पटक किने हुन्छ, सबारी साधन १०, २० बर्षको लागि एक पटक किने हुन्छ, एउटा राम्रो बस्ने घर जिबनमा एक पटक बनाए पुग्छ। यी माथि उल्लेखित आबस्यक कुरा देसै भरिका जनताले ४,५ बर्षमा प्राप्त गर्न सक्दैनन् किनकि त्यति छिटो सबैलाई पुग्ने गरि ति सामग्री बनाउन सकिदैन त्यसैले पहिला खाने कुरा सबैलाई पुग्ने गरि उत्पादन गर्नै पर्यो, लगाउने कुरा पनि सबैलाई पुग्ने गरि बनाउनै पर्यो अब चड्ने साधन र सुबिधा सम्पन्न घर एकै पटक बनाउन सकिदैन त्यसैले बिस्तारै बिस्तारै पहिला माथिल्लो तहमा बसेर काम गर्नेले किन्छ, त्यसपछि मद्द्यम तहमा बसेर काम गर्नेले किन्छ अनि केहि बर्षमा तल्लो तहमा काम गर्नेले पनि किन्न सक्ने अबस्था आउछ त्यो बेलासम्म तल्लो तहमा रहेर काम गर्नेले अल्लि अशुविधाको घरमा बस्नु पर्ने बद्यता हुन्छ किनकि त्यो अर्थतन्त्रको गतिनै त्यहि हो एक्कै पटकमा सबै जनतालाई पुग्ने गरि बनाउन सकिदैन।
यसो हेरौ त हाम्रो ओरिपरि मानिसको व्यस्तता के के मा छ र त्यो गरेर अन्तिममा मानिसलाई चाहिने त त्यहि हो, खाने, लगाउने, घर, सवारी शाधन र मनोरंजन आदि। ति चिज बनाउन र बनाएका चिज मान्छेले प्रयोग गर्ने स्थानसम्म पुर्याउन गर्नु पर्ने बास्तबिक कामको पहिचान र हरेक मान्छेलाई तिनै पहिचानयुक्त कामपट्टि लगाउनुनै बास्तबिकबाद हो। बाटोमा बसेर ६० बर्षको आमाले धुलो खादै दिनभर गर्मीमा मकै पोलेर बेच्नु हुन्छ, बेलुका त्यो आमालाई चाहिएको त्यहि अलिकति खाना, लगाउने कुरा अनि सानो बस्ने घर होईन र त्यो आमालाई ति चिज दिनको लागि के त्यस्तो बिधि दुख्ख काम गर्न बाद्य पार्न पर्छ र, अबस्य पर्दैन। हो मान्छेले पोलेको मकै खाना पाउनु पर्छ तर त्यो बाटोमा बसेर हॊईन कि राम्रो ठाउँ बनाएर ब्यबस्थित तरिकाले मकै पोलेर, मकै बेच्न सकिन्छ र ति बुडी आमालाई कामनै गर्न चाहनुहुन्छ भने फुलबारीमा गोडमेल गर्ने, पानि हाल्ने आदि काम लागाएर उहालाई चाहिने सामान दिन सकिन्छ। हरेक मान्छेलाई अन्तिममा चाहिएको माथि उल्लेखित सामग्री र सुबिधाहरु हुन् ति चिज प्राप्त गर्न मान्छेले काम गर्नु पर्छ तर मान्छे चाहिने भन्दा नचाहिने कामको पछि दकुरेर सबैलाई बडी दुख्ख भएको हो, त्यसैले यसलाई पहिले प्रस्टसंग बुझ्ने कोसिस गरौ।
अर्थतन्त्रमा ३ प्रकारका कामहरु हुने गर्छन एउटा चाहिएको सामान बनाएर बिक्रि वितरण गर्नको लागि गर्नै पर्ने कामहरु यस्तो कामलाई उत्पादनशील काम भनिन्छ, यी कामहरु जति बडी गरियो त्यति बडी हाम्रो सुबिधा तथा हामीलाई चाहिएको सामान प्राप्त गर्न सकिन्छ जस्तै कृषिमा काम गर्नु कपडा उधोगमा काम गर्नु, बिक्रि गर्न पसलमा काम गर्नु आदि। अब अर्को थरि काम हुन्छ सहयोगी काम, यी सहयोगी काम प्रत्यक्ष रुपले संलग्न हुदैनन् तर यिनीहरु पनि गर्नु पर्ने हुन्छ तर यस्ता सहयोगी काममा मानिस जति बडी ब्यस्त भए त्यति हाम्रो सामानको मुल्यमा बृदी हुन्छ। उत्पादनशील काममा जति बडी मान्छेहरु काम लागे त्यति बडी हाम्रो सामान बन्ने सम्भाबना हुन्छ तर सहयोगी काममा जति बडी मान्छेहरु काममा लागे त्यति बडी हाम्रो सामानको मूल्य बृदी हुन्छ त्यसैले जति सक्दो सहयोगी कामलाई प्रबिधिको प्रयोग गरेर कम भन्दा कम मानिसहरुबाट त्यस्ता सहयोगी कामहरुलाई सम्पाधन गर्नु पर्ने हुन्छ , ति सहयोगी काम भनेको जस्तै बैंकको काम, बैंकको कामले त मानिसलाई अन्तिमा चाहिne कुरा प्राप्त त हुदैन यसको काम त त्यहि पैसाको ब्यबस्था मिलाउने मात्रै हो अनि Insurance यो काम पनि सहयोगी काम हो तर यसबाट पनि नया सामान त बन्ने होईन, त्यस्तै बिज्ञापन, यो पनि चाहिने सहयोगी काम त हो तर यसमा बडी मान्छेले काम गरे पैसा यसैमा बडी गयो भने उत्पादनका साधनहरु महँगो पर्न जान्छ, त्यसैले यी यस्ता किसिमका सहयोगी कामलाई जति सक्दो थोरै भन्दा थोरै मान्छेलाई लगाएर गर्नु पर्छ र उत्पादनशील काममा ब्यापक मान्छे लगाउनु पर्छ तब मात्रै उक्त देसका हरेक नागरिकलाई अन्तिममा फाइदा हुने हो।
अर्को छ अनुत्पादक काम, मान्छे मेसो नपाएर अलमलिएर यस्ता काममा ब्यस्त छन् जसले गर्दा आर्थिक बृदी धिमा गतिमा छ। मान्छेले सम्पति किने पछि कहिले कहिँ फेरी बेच्नु पर्ने अबस्था हुन्छ र बेच्नु पर्छ तर दिनदिनै नाफा कमाउने उधेस्य राखी अरुको सम्पति किन्ने र बेच्ने काम गरेर, केहि थप चाहिएको कुरा उत्पादन नहुने हुनाले यस्ता कामहरुमा जति बडी जनता लागे त्यति बडी देस गरिब हुदै जान्छ। जस्तै नेपालमा हुने जग्गाको अत्याधिक खरिद बिक्रि एउटै जग्गा महिनामा १५ पटक खरिद बिक्रि भएका छन्, अनि मानिस यस्ता काममा ब्यस्त छन् यस्तो कामबाट आएको नाफा र उठेको राजस्वको कुनै तुक हुदैन कुनै चाहिने नया चिज जस्तै ५०० किलो तरकारी बनाएर बिक्रि गरेर आएको नाफा पो नाफा र त्यसबाट उठेको राजस्व पो राजस्व त्यहि पुरानो जgga यता र उता गरेर उठेको राजस्वको कुनै काम हुदैन त्यसैले अर्थतन्त्रमा यस्ता कामलाई अनुत्पादक काम भनिन्छ। शेयरको खरिद बिक्रि, यो सम्बन्धिको पढाई, यसका पछि कुदेर ब्यस्त भएका मान्छेको काम पनि अनुत्पादक काम हो, अर्थतन्त्र राम्रो हुन कम्पनिले पहिले भन्दा बडी उत्पादन गरेर बिक्रि गर्यो भने राम्रो हुने हो। हावाको तालमा जुवा जस्तो कम्पनि बन्द भएको छ यता शेयरको मुल्यमा बृदी हुन्छ अनि लौ अर्थतन्त्र राम्रो भयो शेयरको मूल्य उकालो लाग्यो भन्दै कुर्लिन्छ, यो कुरा धेरै कमले bujekaa chhan शेयरको मूल्य बृदी हुने भनेko अर्थतन्त्र राम्रो भएको भन्ने होईन, यो त जुवा हो, जुवामा दाउ हाल्ने मान्छे बडी आए मूल्य बढ्छ, यसलाई राम्रोसंग बुजेर ब्यबस्थित गरेर यस्ता बेकाममा अल्झेका मानिसलाई उत्पादनशिल काममा लगाई हामिलाई आबस्यक परेका सामान छिटो छिटो उत्पादन गर्न सकिन्छ , घोकन्ते अर्थसास्त्रिका अनुसार हामि सिंगापुरको अबस्थामा पुग्न ३०० बर्ष लाग्छ भन्छन तर सारा मान्छे कतै नअल्झेर बास्तबमा हामीलाई अन्तिममा चाहिएको के हो त्यो चिजको उत्पादन र वितरणमा धेरै मान्छे लाग्ने र सहयोगी कामलाई जति सक्दो थोरै कामदार र खर्चमा गर्ने र अनुत्पादक कामलाई आबस्यक पर्दा मात्रै गर्ने ब्यबस्था मिलाईयो भने संसारकै उत्क्रिस्ट देस हुन २० वर्ष भन्दा बडी लाग्दैन। यो भाग सम्म आउदा अलि अलि केहि बुझाउन सकेकी जस्तो लागेको छ अब अर्को भागमा हामी जान सक्ने मोडेलको बारेमा चर्चा गरौला ताकी कसैले बाटोमा बसेर मकै पोल्न नपरोस, स्कुल जाने साना बच्चा स्कुल जान बाट बन्चित हुन नपरोस यी सबै कुरा मिलाउन खासै गार्हो छैन, लय बुजेर लय समातियो भने केहि बेर लाग्दैन।
Comments
Post a Comment