बास्तबिकबाद भाग ३

 बास्तबिकबाद भाग ३ 


आर्थिक नीति बनाउदा तल्लो बर्गमा रहेर काम गर्ने मान्छेले कसरि बडी bhandaa बडि सामान खरिद गर्न सक्छna  भन्ने कुरालाई ख्याल गरि त्यहि अनुरुप आर्थिक नीति बनाईयो भने त्यो देसले छिटो बिकास गर्न सक्छ। जब तल्लो तहमा बसेर काम गर्नेले धेरै सुबिधा लिन सक्ने हुन्छ तब स्वतः नै मध्यम तथा माथिल्लो तहमा बसेर काम गर्नेलाई फाईदा हुनेनै भयो, जब यी कामदार बर्गले काम गरेर धेरै सामान र सुबिधा किन्न सक्ने अबस्था सिर्जना हुन्छ तब फेरी स्वतः लगानीकर्तालाई बडी उत्पादन गर्नु पर्ने हुन्छ र जसले गर्दा थप रोजगार बृदी, नाफा र राजस्व बृदी भई देस छिटो छिटो बिकास हुन्छ। 


अब कुरा गरौ तल्लो तहमा बसेर काम गर्ने मानिसले कसरि बडी भन्दा बडी सामान किन्न सक्ने गराउन सकिएला त, एक बैंकको ब्याज सस्तो हुनुपर्छ जसले गर्दा उत्पादन लागतमा कमि आउछ, अर्को बिज्ञापन खर्चमा कमि गर्नु पर्छ, Media चल्नु पर्छ तर अत्याधिक बिज्ञापनमा प्रतिस्पर्धा गर्दा ठुलो रकम थोरै बिज्ञापन मालिकको हातमा जान पुग्यो र आम तल्लो वर्गका मानिसलाई सामान किन्न गाह्रो परेको अबस्था आयो, जसले गर्दा थप उत्पादन गर्नु पर्ने अबस्था सिर्जना भएन र बिकासको गतिनै धिमा गतिमा भयो। त्यसैले सरकारले हरेक ब्यबसायिक घरानालाई बिज्ञापन खर्चको सीमालाई लगाम लगाउने आर्थिक नीति बनाई यो कार्यलाई रोक्न सक्छ। 


सबैले एक्कै पटकमा धेरै कमाउन खोज्दा उत्पादित बस्तुको मूल्य महँगो पर्न गयो जसले गर्दा तल्लो बर्गको मान्छेले बडी सामान किन्न सकेन, जब सामान किन्न सक्दैन तब आर्थिक गतिबिधि अगाडी बडेन त्यसैले सरकारले VAT को दरलाई कम गर्न सक्छ, व्यापारीकोको अध्याधिक नाफालाई लगाम लगाउन सक्छ, कर छली र हुण्डीलाई रोक्न सक्छ, त्यो गर्दा सामानको मूल्य कम हुन्छ र सबै तल्लो वर्गका मानिसले सामान सरासर किन्न सक्ने अबस्था भए पछि त्यो भन्दा माथिका र लगानीकर्ताको चिन्तानै लिनु पर्दैन किनकि स्वतःनै तल्लो वर्गका मानिसले सामान बडी खरिद गर्दा लगानीकर्ता, बैंक र सरकारलाई फाइदा हुन्छ। 


आर्थिक नीति बनाउदा कुन देसले के गरेको छ भनेर Copy नगर्दा हुन्छ, कसैको गतिलो छैन, सबै कुरा राम्रोसंग बुजेर आफै मनन गरेर संसारकै उत्क्रिस्ट आर्थिक तिनी गराउन सकिन्छ। सरकारले जहाँ पायो त्यहि झ्याप झ्याप कर र भन्सार लगाउदा बस्तुको मूल्यमा बृदी हुन्छ, जब बस्तुको मुल्यमा bridi  हुन्छ त्यस्तो अबस्थामा बडी उठेको करले कुनै थप फाइदा गर्दैन। त्यहि जे मन लाग्यो त्यहि गरेर बर्षेनी महंगी अत्याधिक भई, भारतीय बस्तुसंग प्रतिस्पर्दा गर्न नसकी नेपालि उधोगले राम्रो गर्न सकेनन। 


ब्यापारी, नेताले एक्कै पटकमा धेरै कमाउन खोज्दा सामानको मूल्य बडी भई आम मानिसले किन्न सकेनन र देसभित्र आफ्ना उधोगधन्दा चल्न सकेनन जसले गर्दा तिनै नेता र व्यापारीका आफ्नै छोराछोरी पनि नेपालमा भबिस्य नदेखी बिदेसिन बाद्द्य छन्, यदि बुडेसकालमा आफ्ना छोराछोरीको साहारा चाहिन्छ भने बेलैमा तल्लो तहको मान्छेले काम गरेर उसलाई आबस्यक पर्ने सामान किन्ने सक्ने अबस्था गराउ त्यसपछी सबैलाई अहिले भन्दा धेरै गुणा राम्रो हुन्छ। 


माग बढेर मूल्य बढ्छ, तर देस भित्रनै उत्पादन छ भने तुरुन्तै आपूर्ति बडेर मूल्य घट्छ त्यसैले मूल्य नियन्त्रण गर्ने बहानामा बैंकको ब्याज महँगो पर्दा नेपालि उधोगी, व्यापारीले भारतीय बस्तुहरुसंग प्रतिस्पर्धा गर्न सकेनन, यो घटाउन पर्छ। क्षेत्रगत आधारामा अति आबस्यक जस्तै कृषि उत्पादन घरको निर्माण, लुगा, जुत्ता आदि उधोगलाई प्राथमिकतामा राखी सरकारले न्युन कर र बैंकले न्युन ब्याज दर अबिलंबन गर्दा अन्तमा तिनै बैंक र सरकारलाई फाइदा पुग्न जान्छ। 


बास्तबिकवादको अझै गहकिलो बिश्लेसण आगामी दिनमा लेख्ने छु अहिलेलाई केहि सानो सानो Ideas मात्रै। 

Comments