बास्तबिकबाद भाग २

 बास्तबिकबाद भाग २ 


नेपालमा तत्कालनै गर्नु पर्ने कुरा तेलको भन्सार कर पुरै हटाउनु पर्छ, जसले गर्दा हाम्रा उत्पादनका कच्चा पदार्थ र तयारी बस्तु ढुवानी गर्दा सस्तो पर्न जान्छ र भारतीय बस्तुसंग प्रतिस्पर्धा गर्न सक्छन। 


बैंकको ब्याज कृषिमा १ % ब्याजमा ऋण, घर कर्जा १ व्यक्तिलाई १ घर बनाउनको लागि ५० लाखसम्मको ब्याज ३% अनि फूड्स सम्बन्धि उधोग, कपडा, जुत्ता अनि घरका सामाग्री निर्माण गर्ने उधोगलाई ५% ब्याजमा ऋण प्रदान  गरि नेपाली उधोग र सामानलाई बजारमा ल्याउन सकिन्छ। अनि यस्ता अति आबस्यक बस्तु उत्पादन गर्ने उधोगलाई प्रोफिट Tax पनि कम दर लगाउदा राम्रो हुन्छ , यति गर्दा धेरै आर्थिक गतिबिधि बढ्छ र रोजगार सृजना हुन्छ। बैंकमा धेरै पैसा भ्रस्टचारीको, पैत्रिक सम्पति बडी हुनेको, अनि दुई नम्बरी काम गरेर कमाउनेको हुन्छ, जब ब्याज महँगो हुन्छ तब फाइदा उनिहरुलाई र केहि बैंकका मालिकलाई हुने गर्छ तर त्यसको असर सारा बस्तुहरुको मूल्यमा पर्न गई तल्लो स्तरको कामदारले काम गरेता पनि सामान किन्न नसक्ने अबस्था आईपुग्छ, यहि कुरा बुजेर अधिकांस बिकसित देशहरुमा बैंकको ब्याज सस्तो छ तर गरिब देसहरुमा केहि मुट्ठीभर मान्छेको फाइदाको लागि Inflation को हाउगुजी देखाएर,  interest rate बजारले निर्धारण गर्ने हो भन्ने भ्रम छरेर अनि Interest rate  कम भयो भने पुजी बाहिरिन्छ भन्ने डर देखाएर सधै भरि देसको बिकासमा हलो अट्काएर गोरु चुटे, यो Setting नभत्काई देसमा आफ्नो उत्पादन हुदैन जब उत्पादननै हुदैन तब बिकास असम्भब। 


करिब ६० लाख युवाले बिदेसबाट Remittance पठाएका छौ, त्यो पैसा हाम्रो परिवारले सामान किनेर खाने हो त्यो किनेको सामान नेपाल भित्रनै बनेको भए अर्को नेपालीले रोजगार पाउथ्यो र त्यो रोजगार पाएको नेपालीले फेरी सामान नेपालमै बनेको किन्दा अर्को नेपालीले रोजगार पाउथ्यो यसरि सामान बन्दै जाने र रोजगार सृजना हुदै गई देस बिकास हुने हो, तर हाम्रोमा हामीले यहाँबाट हाम्रा परिवारलाई पैसा पठाएका छौ, तर त्यो सामान भारतबाट आउदा भारतको मान्छेहरुले रोजगार पाए, यसरि देस जस्ताको तस्तै भयो अलि अलि त जहाँ पनि बिकास भएको छ तर जुन स्पीड लिनु पर्ने हो त्यो केहि आर्थिक नीति नियम किचलो हुदा अट्किएर बस्यो। 


बैंकमा पैसा थुप्रिएको छ, आबस्यक साधन र स्रोत देस भित्रैनै  प्रयोग बिहिन भएका छन्, मानिस बेरोजगार र गरिबीमा पिल्सिएका छन्, यस्तो अबस्था हुनै सक्दैन, राजनीतिक किचलो त्यस्तै हो तर आर्थिक नीति नियम र प्रणाली बलियो गराइयो भने आर्थिक गतिबिधि सरासर अघि बढ्छ, त्यसको लागि उत्पादन देसभित्र हुनु पर्यो र तल्लो स्तरमा रहेर काम गर्ने मान्छेले सामन्य जिबन जिउनको लागि सामान खरिद गर्न सक्ने हुनु पर्यो त्यसको लागि ब्याज कम हुनु पर्ने नितान्त आबस्यक छ। 


अनि अर्को कुरा नेपाल र भारतको Exchange rate १ IC बराबर १,६  NC  हुदा हामीले प्रतिस्पर्धा गर्न सकेनौ किनकि भारतमा भन्दा नेपालमा महंगी धेरै बढ्यो जसले गर्दा हाम्रा सामान महंगा भए र हाम्रो समग्र बजारको मूल्यस्तर भारतको भन्दा बडी भयो यसलाई राष्ट्र बैंकले तत्काल निरिक्षण गरेर Exchange rate १ IC बराबर १,७  NC गराएर नेपालि बजारलाई सुरक्षित गर्न सक्छ, यो गर्दा भारतीय बस्तु अहिले जस्तो सजिल्यै हाम्रो बस्तुसंग प्रतिस्पर्धा गर्न सक्दैनन् र नेपालि सामानको उत्पादन सरासर हुन्छ। 


बास्तबिकवादको बिशेस चिरफार आउदै गर्ने छ यो त केवल तत्कालको लागि केहि साना उपाएharu   maatra.





Comments