शेयर मार्केटको नालीबेली।
कुनै पनि व्यवसायमा पुजी लगानी गर्ने माद्यम विभिन्न किसिमले अपनाउन सकिन्छ, संसारमा धेरै किसिमले पुजी लगानी गर्ने प्रचलन छ। जस्तै एकजनाले मात्रै पुजी लगानी गरेर गरिने ब्यबसाय, दुइ वा दुइ भन्दा बडी मिलेर पुजी लगानी गरि गरिने ब्यबसाय, पुरै सरकारी लगानीमा गरिने ब्यबसाय, नाफाको उधेस्य नराखी गरिने ब्यबसाय, अलिकति सरकारी अलिकति जनताको शेयर राखेर गरिने लगानी, सहकारीको माद्यमबाट गरिने लगानी, बिदेसी कम्पनिले गर्ने लगानी, बहुरास्ट्रीय कम्पनीको लगानी र सयुक्त पुजी लगानी आदि अनेक प्रकारले व्यवसायमा लगानी गर्ने प्रचलन छ।
एक्लैले लगानी गरेर ब्यबसाय गर्दा ठुलो पुजी जुटाउन सक्दैन त्यसैले, धेरै जना मिसिएर गर्ने प्रचलन चल्यो जसलाई साझेदारी ब्यबसाय भनिन्छ। अब यो एक्लैले गर्ने ब्यबसाय र साझेधारी व्यवसायमा लगानी गरेर ब्यापार चालु भैसकेपछि अब उक्त व्यक्तिलाई ब्यबसाय बिक्रि गर्न मन लाग्यो भने बेच्ने मान्छे र किन्ने मान्छे बिचको मोलमोलाईले मूल्य तय हुने गर्दछ। जस्तै एकजना व्यापारीले १ करोड लगानी गरेर १ बर्समा १० लाख खुद नाफा गर्यो अब एक वर्षमा उसको पुजी १ करोड १० लाख भयो, अब उसले आफ्नो ब्यबसाय मैले १ करोड २५ लाखमा कोहि किन्न आएमा बिक्रि गर्छु भन्न पाउछ र त्यो नै चलि आएको छ। अब त्यस्ता एकलौटी ब्यबसाय र साझेधारी ब्यबसायमा पनि ठुलो मात्रामा पुजी संकलन गर्न नसकेपछि संयुक्त पुजी कम्पनिको अबधारणा १३ औ सताब्धिमा China र फ्रान्सबाट सुरु भएको अभिलेख भेटिन्छ र अहिलेको पछिल्लो पटकको संयुक्त पुजी कम्पनि चाही सन् १६१२ मा East India कम्पनीले शेयर जारि गरेकोलाई मानिन्छ। यसरि सानासाना शेयर जारि गरेर आम मानिसबाट पुजी संकलन गरि ठुलो पुजी निर्माण गर्ने चलन संसारभर फैलियो, ठुलो पुजी संकलन गरेर ब्यबसाय गर्दा पक्कै पनि धेरै कम्पनीले राम्रो गर्न सके। यसको साथसाथै ति सानासाना शेयर किन्ने व्यक्तिलाई नाफाबाट लाभाम्स दिने गरिन्छ र अब ति शेयरवालाले शेयरको बिक्रि गर्नु पर्दा खुला बजारमा बेच्ने चलन भयो जसलाई ब्यबस्थित गर्न हरेक देसमा एउटा एउटा खरिद बिक्रि केन्द्र खोलियो, र त्यसको हिसाबकिताब गर्न केहि मान्छेलाई जिम्मा दिईयो, जस बापत उनीहरुलाई हरेक कारोबारबाट कमिसन आउने ब्यबस्था मिलाईयो। आज संसारका धेरै शेयर ब्रोकरहरुले ठुलो धन रासी जम्मा गरेका छन् नेपालमा पनि करिब ५० जना ब्रोकर छन् उनीहरुको कमाई अथाहा छ, जुन राज्यद्वारा कानुनि रुपमा जनतालाई जुवामा खेलाएर पैसा उठाएको जस्तै हो। गाउघरतिर घरमा तास खेल्न दिईन्छ, sathai तास र खेल्ने ठाउको ब्यबस्था मिलाइदिए बापत बाजी जित्नेले अलिकति पैसा तासको मालिकलाई दिएको जस्तै यो शेयर बजारको खरिद बिक्रीको अभिलेख राखे बापत ब्रोकेरलाई दिने चलन उस्तै हो र सरकारले यसबाट उठाउने कर पनि उस्तै हो।
शेयर किने पछि बेच्न खोज्दा बेच्न पाउनु पर्छ तर ति साना साना रकमका शेयरलाई यसरि ठुलो ब्यबसायको मोलमोलाई जस्तै गरेर खरिद बिक्रि गर्ने चलन जुन चल्यो त्योनै, सबै भन्दा ठुलो गल्ति शेयरको खरिद बिक्रि प्रक्रियामा हुन पुग्यो। एउटा देसले जस्तो गर्यो संसारभर त्यस्तै गरि फैलियो। धेरै मानिसबाट पुजी संकलन गरेर केहि सिमित मान्छेले अलिकति बडी शेयर लिएर सबै ब्यबस्थापकीय निर्णय आफुलाई फाइदा हुने गरि गर्ने चलन संसार भरि चलेकै छ। अनि सरकारपनि जनतालाई जुवामा हुलेर तमासा हेरेकै छ शेयर बजारको उतारचडाबले धेरै मानिसको आर्थिक अवस्था बर्बाद भएको छ तैपनि यसलाई सुधार्न पट्टि कसैको ध्यान छैन।
केहि सिमित मान्छेले बैंकबाट ठुलो ऋण लिई ठुलो मात्रामा शेयर खरिद गरि शेयरको मुल्यमा अस्वभाविक बृदि गराउने र त्यहि समयमा बेच्ने त्यस्तै गरि केहि शेयर सस्तोमा दिने र मूल्य घटाउने त्यहि घटेको समयमा धेरै शेयर खरिद गरि फेरी शेयर मूल्य बडाउने, यो काम बैंकसंग अथाह ऋण लिने र कम्पनीका ब्यस्थापकीय मान्छेसंग मिलेर गर्ने चलन छ। आम मान्छे यसरि शेयर भन्दै शेयरकै पछाडी कुदेर बर्बाद भएका धेरै छन्, यो एउटा जुवानै हो किनकि कम्पनीको उत्पादनको अबस्था र नाफा पनि एकनास हुदा पनि यता शेयरको मूल्य चाही आज बडेको छ भोलि घटेको छ, जे पनि हुनसक्ने अबस्था आउनु भनेको त्यो जुवामा मात्रै हुन्छ। त्यसैले जति सक्दो छिटो शेयरको खरिद बिक्रि प्रक्रियालाई यसरि गर्न सुझाब दिन्छु।
शेयर खरिद गरे पछि शेयर खरिदकर्ताले Dividend पाउछ तर त्यसको लागि कम्पनीले नाफा गरेको हुनुपर्छ अनि मात्रै उसले Dividend पाउne हो। अब शेयर खरिद गरेको २ बर्षमा बेच्न मन लाग्ला रे त्यस्तो अबस्थामा कम्पनीले ३, ३ महिनामा आफ्नो आर्थिक अबस्थाको विवरण सार्बजनिक गरि कम्पनीलेनै कुल सम्पतिबाट कुल दायित्व घटाई त्यसलाई कुल शेयर संख्याले भाग गरि शेयरको मूल्य तोक्न सक्छ अब यो गरे पछि कसैले बेच्न खोजेको शेयरलाई बेच्ने लिस्टमा राखिदिने र किन्न खोजेको मानिसलाई पनि लिस्टमा राखिदिने यसरि पहिला बेच्न खोजेको शेयर लाई पहिलो किन्न खोजेको मान्छेलाई बेच्दै जाने जसलाई FIFO Method भनिन्छ यसरि यो संसारको जुवालाई नेपालबाट ब्यबस्थित तरिकाले खरिद बिक्रि गरि संसारलाई नया उपाए सिकाउन सकिन्छ। होईन भने सेयरको कारणले समाजमा ठुलो ठुलो हानि बेला बेलामा भोगी रहनु पर्छ।
भ्रम नरहोस् शेयरको मूल्य बृदि हुने भनेको Economy राम्रो हुने होईन, Economy राम्रो हुन कम्पनीले आफ्नो उत्पादन बडाएर बजारमा बेच्बू पर्छ। कम्पनि नचलेर बन्द भएको अबस्था छ भने पनि यता शेयरको मूल्य बढेको हुन्छ त्यसैले यो हावादारी जुवा संसारभर हावामै फैलियो। Economy Growth हुन, थप नया उत्पादन हुनु पर्छ जस्तै १ बर्समा १०० वटा नया घर बने भने त्यो Economy Growth हो, पुरानो घरको मूल्य बढ्ने भनेको Economy राम्रो हुनु होईन त्यस्तै जस्तो शेयरको मूल्य बढ्नु भनेको Economy Growth हुनु होईन यसलाई एउटा उदाहरणबाट प्रस्ट पार्न चाहन्छु।
नेपालमा १०० जना मान्छे छन् जसले बराबर लगानी गरेर एउटा जुत्ता कम्पनि खोले उक्त कम्पनीमा ५० जनाले काम गरे, अन्य ५० जना कृषि उत्पादनमा लागे अब एक बर्समा उक्त कम्पनीबाट ५ करोडको जुत्ता उत्पादन भयो र ५० जनाले कृषिबाट ४ करोडको कृषि उत्पादन गर्न सके। अब त्यस्तै गरि भारतमा पनि एउटा जुत्ता कम्पनि खोले अनि त्यहा पनि ५० जनाले काम गरे त्यो कम्पनीले पनि ५ करोडको जुत्ता बनायो तर त्यहाँ रहेका अन्य ५० जनाले चाही त्यहि कम्पनीको शेयर किन बेच गर्ने त्यहि सेयर सम्बन्धि पढ्ने पढाउने काम गरेर बिताए अब आफै सोच्नोस शेयरको खरिद बिक्रि मूल्य बढ्नु घट्नुले कम्पनीको उत्पादनमा कुनै असर गर्दैन दुवै कम्पनीले बराबर उत्पादन गरेका छन् तर नेपालमा बाकि मान्छे सरासर काम गरेर आफुलाई चाहिएको कृषि सामाग्री उत्पादन गरे भारतमा चाही त्यहि शेयर किनबेच गरेर अलमलिए जसले गर्दा नेपालका जनता धनि भए र सरकारले पनि धेरै राजस्व उठाउन सक्यो तर इंडियामा जनता पनि गरिब भए, शेयरको खरिद बिक्रिबाट उठेको राजस्वले पनि खासै उपलब्धि हुदैन किनकि नेपालमा भंद्दा त्यहा कम सामान भए पछि त्यहाँ saman ko मूल्य नेपालको भन्दा बडी पर्छ, जब सामानको मूल्य बडी पर्छ तब त्यस्तो अबस्थामा बडी उठेको राजस्वको कुनै तुक हुदैन।
त्यसैले यो haaवादारिमा संसारभरी फैलिएको जुवालाई समयमानै नेपालबाट सुधार गरि संसारलाई नया बाटो देखाईदिउ , २६०० वर्ष अघि बुद्धले संसारलाई शान्तिको बाटो देखाउन सके भने हामि अहिले यिनले जे जे गर्यो त्यो त्यो किन गर्नु पर्यो, हामीले हाम्रै तरिकाले ब्यबसायको मोडेल बिकास गर्न सकिन्छ त्यसको लागि यिनीहरुkaa किताब पढेर होईनकि बास्तबिकता बुझेर अनि आफै चिन्तन मनन गरेर नया आर्थिक मोडेल निकाल्न सकिन्छ।
Please read this book to know innovative ideas https://t.co/hytgiTcbyg
Comments
Post a Comment