आयात कि उत्पादन के गर्दा फाईदा ?



यो बिसय अर्थसास्त्री बीच निकैनै बिबादित बिसय हो किनकी यो अलिकति झुक्काउने किसिमकोनै छ त्यसैले सबैले यसको गहिराईमा गएर बुज्न सक्दैन  त्यसैले यो बिबादित बिसय बन्न पुग्यो। अर्को कुरा फेरी संसारभरिनै सानै देखि राम्रो पढ्नमा बुद्दि भएको मान्छेले बिज्ञान पढ्छ बैज्ञानिक हुन्छ, मेडिसिन पढ्छ डाक्टर हुन्छ, engineering पढ्छ engineer बन्छ ति मान्छेहरु आफ्नो क्षेत्रमा निकैनै राम्रो गरेका छन् त्यसैले ति क्षेत्रका कुरा त्यति बिबादिद छैनन् , जो जो पढ्नमा कमजोर छ, जति पढेपनि केहि नबुज्ने लम्पटहरु छन  ति मान्छेहरु सबै राजनीति र अर्थसास्त्रमा लागेका छन, त्यसैले सबैभन्दा सहजै बुज्न सकिने राजनीति र अर्थसास्त्रलाई यिनै संसारभरका लम्पटहरुले जबर्जस्ति जटिल बनाएर आफ्नो पेशा शुरक्षित गरेर संसारलाई जनाबार भन्दा पनि तुच्छ स्तरको जिबन बिताउन बाद्य पारे। यो मैले यसै भनेको होईन, र जिस्केर भनेको पनि होईन यो बास्तबिकता हो, अपवादमा कोहि कोहि अल्लि बुद्दि भएका मान्छे पनि राजनीति र अर्थसास्त्रमा होलान तर उनीहरुपनि त्यही लम्पटको अलमलमा परे र बास्तबिकता जान्नै सकेनन वा जानेता पनि आफ्नो फाईदाको लागि उनीहरुपनि लम्पटहरुसंगनै लागेर संसारलाई दरिद्र बानाए, अब जाउ आयात कि उत्पादन। 


यो बिसय यति सहज छ कि बिबाद गर्नु पर्ने कुरै छैन तर यसैमा अल्झेर बसेका छन सानो उदाहरणबाट प्रस्ट हुन्छ। जस्तै मानौ नेपालमा १ जना मान्छे छ उसको छोरा कतारमा काम गर्छ अर्को बंगलादेस छ उसको छोरा पनि कतार बस्छ दुबैले आफ्नो बुवालाई ५०००० रुपिया पठाए। दुवै देसमा स्रोत र साधन छन् र मान्छेको ज्याला पनि उस्तै छ।  यो अबस्थामा अब दुबैका बुवालाई एउटा पलंग चाहिएको छ, मानौ दुवै देसमा ति मान्छे बेरोजगारमा छन्। अनि त्यो पलंग बनाउन एकजना मान्छेलाई त्यो जंगलबाट काठ ल्याएर सम्पूर्ण तयार गर्दा सम्म ५५  दिन काम गर्नु पर्छ , त्यहाको दैनिकी ज्याला १००० छ अब नेपालको मान्छेले के सोच्यो भने ५५ दिन काम गरेर त्यो पलंग गराउदा त मेरो ज्याला ५५००० हुन्छ त्यो भन्दा त मैले छोराले पठाएको ५० हजारबाट भारतबाट किनेर ल्याउछु भन्यो र किनेर ल्यायो अब यहा हेर्नोस नेपालसंग अब जम्मा ५० हजारको पलंग छ तर बंगलादेसको  मान्छेले के सोच्यो भने यो पलंग बनाउने सबै कुरा छदै छ मैले बनाउन पनि जानेको छु त्यसैले आफै बनाउछु भनेर बनायो र त्यो छोराले पठाएको ५० हजारबाट भारतमा गएर जुत्ता, कपडा, खाने कुरा, ग्यास, तेल किनेर ल्यायो जुन कुरा उसको देसमा बनाउन सक्दैनथ्यो। अब तुलना गरौ नेपालमा ५० हजारको पलंग मात्रै भयो बंगलादेशमा पलंग पनि भयो साथै अरु सामान पनि भए भने पछि बंगलादेस करिब दुइ गुणाले बडी धनि भयो। 


माथिको सानो उदाहरणबाट धेरै कुरा बुज्न सकिन्छ मानौ नेपालमा त्यो मान्छेले पलंग नबनाएता पनि उसले ५५ दिनसम्म अन्य काम गरेर त्यो पलंगको मूल्य जतिको अन्य सामान बनाउन सकेको भए पनि उसलाई घाटा हुने थिएन तर उसले अरु गर्ने काम पनि छैन र पलंग बनाउन सक्ने हुदा पनि छोराले बिदेसबाट पठाएको पैसा सस्तो पर्ने भयो भनेर भारतबाट खरिद गर्दा उ आफै बंगलादेको मान्छे भन्दा गरिब हुन पर्यो। नेपालमा बार्षिक १२ खर्बको आयात हुन्छ जसमा आयात नगरी नहुने जस्तै ग्यास, इन्धन कोहि कोहि कच्चा सामग्रीहरु होलान जसको मूल्य करिब ४ खर्ब होला अब अहिलेको आयात गरेको सामानलाई हेर्दा  बाकि ८ खर्बको आयात गर्ने सामान त नेपालमानै बन्छ, भनेपछि नेपालले ८ खर्ब बचत गर्छ, जुन त्यो बचत ८ खर्ब फेरी त्यस पैसाबाट जुन नेपालमा बनाउन सम्भब छैन त्यो Technology खरिद गर्न सकिन्थ्यो जसले गर्दा नेपालसंग तत्कालै २० खर्बको सामान हुने थियो। अघि सबै भारतबाट खरिद गर्दा नेपालसंग जम्मा १२ खर्बको सामान थियो अब ८ खर्बको सामान आफ्नै देसको साधन र स्रोत प्रयोग गरेर उत्पादन गर्दा त्यो बचत ८ खर्ब बाट China बाट Technology किनेर ल्याउदा अब नेपालसंग जम्मा २० खर्बको सामान भयो। फेरी हिसाब बुज्दैनन लम्पटहरुले बुज्नोस भारतबाट नल्याई नहुने सामान ४ खर्ब, नेपालकै साधन र स्रोत प्रयोग गरि उत्पादन गरेको सामान ८ खर्ब र China बाट खरिद गरेको Technology ८ खर्ब गर्दा हामीले २० खर्बको सामान प्रयोग गर्न पाईयो। अब बिकास हुने भनेको, धनि हुने भनेको जुन मान्छे वा देससंग धेरै सामान र सुबिधा छन् त्यो मान्छे र देस्नै  हुने हो। 


मान्छे काम नपाएर ६९ % मान्छे कृषिमा अल्झेका छन् त्यो कृषिलाई आधुनिकीकरण गरेर ५ % मान्छेले गरे पुग्ने हुन्छ अब बाकि मान्छेलाई जे जे चाहिएको हो त्यो नेपाल भित्रनै बनाउने अभियान तत्काल सुरु गर्ने हो भने नेपाल १० वर्षमा नेपालनै हुन्छ तर संसारनै चकित पर्ने हुन्छ। युरोपमा काठको मात्रै प्रयोग गरेर कति राम्रो र बस्नलाई सुबिधा सम्मपन्न घर बनाएका छन् अचम्मित पर्छु। नेपालमा त्यति धेरै जंगल छ काठ सडेर गएको छ अब त्यो काठलाई निकालेर नेपालका गाउ गाउमा काठको घर बनाउने अभियान सुरु गर्ने हो भने कति धेरै गरिबले घर बनाउन सक्थे होला अझै यो अभियानमा काठको घर बनाउनेलाई ५% ब्याजमा ऋण उपलब्ध गराइदिने हो भने १० बर्समा सबै नेपालीको आफ्नो आफ्नो घर हुने थियो। त्यो घर बनाउने अभियानले लाखौ रोजगार सिर्जना गर्ने थियो स्वाभाविक रुपले अन्य आर्थिक गतिबिधि पनि बढ्ने थियो। अलि अलि नेताले भ्रस्टाचार गरेर, व्यापारीले कर छलेर पनि नेपाल गरिब हुने अबस्था आउने थिएन यहा त नेता त उस्तै भैहाले यिनलाई आर्थिक बिकासका कुरा बुजाउने अर्थसास्त्री पनि लम्पट भएर नेपाल गरिब हुन बाद्य भयो। 


अहिले तत्काल्यै निर्यातमा जोड दिनु भन्दा पहिले आफ्नो उत्पादन गरेर अनाबस्यक आयात घटाउन सकिन्छ जब आयात घट्छ तब बचत पैसाबाट आधुनिक Technolog खरिद गरि उत्पादन लागत घटाउन सकिन्छ, जब उत्पादित लागत सस्तो पर्छ तब ब्यापारी भारत, चीन बंगलादेस लगायत अन्य देसबाट तेरो सामान हामीलाई किन्न दे भन्न आफै आउने छन् , जब उत्पादन आफनै देस भित्र सुरु हुन्छ तब लाखौ रोजगार सृजना हुन्छ तब लाखौ बिदेसिएका नेपालि देस फर्किन थाल्छन यसरि स्वाभाविक रुपमा सबै काम अगाडी बढ्छ यसको लागि Vision भएको र बुजेको नेता चाहिन्छ।। उत्पादन केहि छैन त्यस्तो बेलामा भारतबाट पानि जाहाज  आयोस कि चीनबाट रेल आओस, गरिबी झन् झन् बढ्छ किनकि उत्पादन भन्दा आयातनै बढ्छ, पानीजहाज र रेल प्रयोग गरेर निर्यात गर्न सके पो देसलाई फाईदा आयातनै बढ्ने भए पछि खासै आर्थिक फड्को मार्न सकिदैन। झनै धेरै नेपालि बिदेसिन बाद्द्य हुन्छन र त्यहि पैसाले भारत र चीनबाट आयात गर्ने खाने चलन बलियो हुदै जान्छ। 

Comments