नेपालीको नयाँ बास्ताबिकबाद, भाग 1
संसारमा निकै बादबिबाद रहेको बिसय राजनीतिक अर्थव्यबस्थाको बादनै हो, कुनै पनि नयाँ वादको सृजना गर्नु भन्दा पहिले पुराना बादका बारेमा केहि चर्चा परिचर्चा गर्नु आवस्यक रहन्छ। संसारमा धेरै देशरुले लागु गरेको बाद हो पुजिबाद, हामीले देख्दै आएका जतिपनि बिकसित देशहरु छन्, ति देशरुमा प्राय पुजिबादलाईनै अङ्गीकार गर्दै आएका छन्। त्यसैले प्राय धेरै मानिसको मन र दिमागमा पुजिबादले डेरा जमाउन सफल हुन्छ र उनीहरुलाई कसै गरिकन पनि पुजिबाद ठिक होईन भनेर तर्क गरेर जित्न सकिदैन। किनकि पुजिबादबाटनै संसारका धेरै देसहरुले बिकास गरेको देख्दै आएका छौ।
पुजिबादको मूल मन्त्र भनेको हरेक व्यक्तिले आफ्नो सुबिधा बडाउन र आफ्नो बिकास गर्न आफै मेहनत गर्नु पर्छ भन्नेनै हो। सबैका लागि बजार खुल्ला छ, त्यो खुल्ला बजारमा गएर आफ्नो क्षमता बृदि गरि आफुलाई चाहिने सुबिधा प्राप्त गर्नको लागि कानुनले बन्देज नलगाएका जुनसुकै आर्थिक गतिविधिमा संलग्न हुन सक्ने व्यबस्थाको बादनै पुजीबाद हो। पुजिबादमा हरेक कुरा खुल्ला प्रतिस्पर्धाको बजारले नियन्त्रण गरेको हुन्छ, त्यसैले कुनै पनि बस्तुको उत्पादन र मूल्य निर्धारणमा सरकारले अनाबस्यक हस्तक्षप गरिरहनु पर्दैन भन्ने मान्यताबाट चलेको हुन्छ। जस्तै कुनै एउटा व्यापारीले जुत्ता उत्पादन गरेर अत्याधिक नाफा लिएको छ भने तत्कालै अन्य ब्यापारी पनि जुत्ता उत्पादन गर्न आईपुग्छन र एक आपसमा बडी बेच्ने प्रतिस्पर्धाले स्वतःनै जुत्ताको मूल्य न्युनतममा झर्छ र ग्राहकहरुले पनि आफुलाई मन परेको र उचित लागेको जुत्ता आफैले छानेर लिन सक्छ, त्यसैले पुजिबादमा ब्यापारी र ग्राहक स्वतन्त्र रहन्छन भन्ने मान्यता छ।
पुजिबादमा नाफाको लागि व्यक्तिले ब्यबसायमा लगानी गरेको हुन्छ, जब लगानी गरेर उत्पादन तथा वितरण कार्य गर्नु पर्ने हुन्छ, तब धेरै मानिसले रोजगार पाउछन, तिनै रोजगार पाएका मानिसले फेरी तिनै सामान बजारबाट खरिद गरि आफ्नो सुबिधा बडाउछन। अनि जब व्यवसायीले नाफा बृदि गर्छ तब थप लगानी बडाउछ, जसले गर्दा थप उत्पादन,रोजगार,र राजस्व पनि बृदि हुन्छ, साथै कामदारले पनि आफ्नो क्षेमता र योग्यता अनुसार स्वतन्त्र रुपले काम खोज्न र गर्न सक्छ, त्यसैले पुजिबादनै सबै भन्दा उपयुक्त बाद हो भन्ने बिस्वास धेरैले लिएका हुन्छन। पुजिबादको मान्यता अनुसार सरकारले जतिसक्दो थोरै भन्दा थोरै अति आबस्यक काम मात्रै जिम्मा लिने अरु सबै काम स्वतन्त्र बजारलाई छोडी दिदानै राम्रो हुने कुरा बिस्वास लिएका हुन्छ। सरसर्ती सुन्दा सबैलाई राम्रै राम्रो हुने जस्तै लाग्छ तर बास्तबमा पुजिबादमा केहि सिमित व्यक्तिले अत्याधिक नाफा आर्जन गर्न सक्ने हुदा संसारकै धन केहि सिमित व्यक्तिको हातमा पुग्न गयो, तिनै सिमित व्यक्तिले बैंक, राजनीतिक दल सबै आफुले चाएको अनुसार प्रयोग गर्न सक्ने भए, जसले गर्दा आम मानिस जति संघर्स गरेता पनि जिबन कठिन अबस्थाबाट गुज्रिने अबस्था आयो। पुजिबादले आम मानिसलाई जिबनको सबै थोकनै पैसा र नाफा हो, त्यसैले जसरि हुन्छ पैसा थुपार्नुनै सफलताको प्रतिक हो भन्ने मान्यतालाई समाजमा स्थापित गरायो, जुन कुराले मिलेर बसेको सभ्य समाजलाई भताभुङ्ग पारिदियो। पैसा र फाईदाको लागि मानिस जे गर्न पनि थाल्यो, आफ्नै परिबार, समाज भित्र पनि थोरै पैसाको लागि पनि ठुला ठुला जघन्य अपराध हुन थाल्यो, मानिसहरुमा माया, ममता, दया, साहनुभूति, सहयोगीपन र प्राकृतिक जिबनशैली मेटिदै गयो र मानिस झन् झन् मेसिन जस्तो बन्दै गयो। जसले गर्दा हरेक मानिसको जिबन झन् झन् दुखि, निरास र कठिन हुदै गयो। जिन्दगिभरि अनाबस्यक संघर्सनै हरेक मानिसको दैनिकी बन्न पुग्यो। बिल गेट्सपनि पैसाकै कारणले दुखि छ, उसको सबै भन्दातल्लो स्तरको सरसफाईमा काम गर्ने कर्मचारीपनि पैसाकै कारणले दुखि छ, यो परिस्थिति आउनुमा पुजिबादनै मुख्य कारण हो। एउटै सहरमा दिनानु दिन हजारौ Kg खानेकुरा Expired भएर फाल्नु परेको छ, त्यहि सहरमा खाना किन्न नसकेर भोकभोकै बस्नु परेको अबस्था छ यसको मूल कारण पनि पुजिबादनै हो। पैसा र नाफाको लागि प्रकृतिको अत्याधिक दोहन गरेर दिनानुदिन बस्न नहुने गरि वाताबरणलाई बिगार्ने काम पनि पुजिबादबाटनै भएको छ।
पैसाको लागि जे काम पनि गरेको छ जस्तै नाफा र पैसाको लागि खाने कुरामा खान नहुने कुरा पनि मिसाएर बेचेको छ, झुटको खेति गरिएको छ, जसले धेरै झुट बोलेर,बडी अनाबस्यक आकर्सित गरेर अनि बडी नाफा गरेर बस्तु बिक्रि गर्छ त्यो व्यक्तिलाईनै सफल व्यक्ति मानिएको छ र University मा पनि त्यहि कुरा सिकाइएको छ। पैसाको कारणले बिरामी डाक्टरबाट ठगिएको छ, बिद्यार्थी शिक्षकद्वारा ठगिएको छ, समाजमा जतिपनि धेरै भन्दा धेरै झैँझगडा, मुद्दा मामिला, हत्या हिँसा भएका छन् तिनको मुख्यकारण पैसा बनेको छ, जसको मूल कारण पुजिबाद बनेको छ। धनीको घरमा जन्म लिएको बच्चा स्वतः धनि हुन पाउने तर गरिबको घरमा जन्म लिएको बच्चा जिन्दगि भरिदुख्ख गर्दा पनि सामान्य जिबन जिउन नसक्ने अबस्था आउनु पनि पुजिबादको अर्को नराम्रो पक्ष हो। प्रतिस्पर्धाले मूल्य कम भई आम जनताले सस्तो मूल्यमा सामान खरिदगर्न पाउछन भन्ने कुरा अब कुरामा मात्रै र University मा पढाउनको लागि मात्रै सिमित छ, बास्तबमा प्रतिपर्धा बिज्ञापन हुन गई, बस्तु अत्याधिक महँगो भएको छ र आममानिसलाई खरिद गर्न गार्हो परिरहेको छ साथै विज्ञापनमा भएको प्रतिस्पर्धाले ठुलो रकम केहि बिज्ञापन ब्यबसायी जस्तै Facebook र Twitter का मालिकले जम्मा गर्नसफल भएका छन। जुन पुजिबादमा सारै राम्रो पक्ष भनेको प्रतिस्पर्धाले बस्तुको मुल्यमा कमि हुन्छ र आम मानिसले सस्तोमा उपयोग गर्न पाउछन भन्ने मान्यता राखिएको थियो, त्यसको ठिक बिपरित प्रतिस्पर्धा बिज्ञापन भई, ठुलो रकम सिमित व्यक्तिको हातमा पुग्यो र बस्तुको मूल्य आकासियो जसले गर्दा तल्लो बर्गको मानिसले जति काम गरेता पनि सहज जिबन जिउन नसक्ने अबस्था आईपुग्यो, जुन समस्या पुजिबादको नेतृत्त्व गरिरहेको अमेरिकाले पनि भोगिरहेको छ। पुजिबादमा प्राय काम गर्ने कर्मचारी एकप्रकारले दमित र शोसित हुन बाद्य परिरहेको हुन्छ। कर्मचारीहरुले आफ्नो हकहितको लागि आबाज उठाउदा कामबाट निस्कासित हुनुपरिरहेको छ। अनेकौ समस्याहरुमा जेलिएको पुजिबादले आम मानिसलाई उचित मार्गनिर्देस गर्न सकिरहेको छैन भन्ने कुरा सजिल्यै बुज्न सकिन्छ।
अब कुरा गरौ मार्क्सबाद, लेलिनबाद, माओबाद र कम्युनिस्टबादीहरुको। कम्युनिस्ट भनेको कम्युनमा मिलेर बस्ने, मिलेर काम गर्ने र सुबिधपनी मिलेरै लिने भन्नेनै हो जसमा सामुहिक सम्पतिको अबधारणालाई स्वीकार गरिएको हुन्छ। मानबजातिको सुरुवाती चरणमा यहि प्रचलन थियो जस्तै अहिले हामीले त्यो प्रचलन हाम्रै राउटे जातिमा देख्न पाइन्छ। पछिका दिनमा प्लेटोको समयमा पनि केहि कम्युनको अभ्यास भएको थियो त्यसतै जिसस र बुद्धका पनि केहि कम्युनहरु प्रचलनमा थिए। पछि आएर कार्लमार्क्सले पुजिबादका बिरुद्धमा किताब लेखेर कसरि तल्लो बर्गका मानिसहरुलाई पैसाको प्रयोग गरि दास हुन बाद्य पारिएको छ भन्ने कुरा आम मानिसलाई जानकारी गराएपछि, संसारका धेरै देशहरुमा ठुला ठुला आन्दोलन भए। कार्ल मार्क्सले वर्ग बिहिन, राज्य बिहिन र पैसा बिहिन समाजको कल्पना गरे जुन कुराले झन् भताभुङ्ग पार्ने अबस्था सृजना पैदा भयो। पछि लेनिन र माओले राज्य र पार्टि चाही चाहिन्छ तर मार्क्सले कल्पना गरेको वर्ग बिहिन समाज जहाँ सबै मान्छे उत्तिकै सम्मानित हुन सकोस र सबैले बराबरी काम गरेर सुबिधा पनि बराबरी लिन सकोस भन्ने सोच चाही पुरा गर्न सकिन्छ भन्ने हेतुले ठुलो आन्दोलन भयो र प्रयास पनि गरे तर अन्तत त्यो सफल हुन सकेन। समुहमा मिलेर काम गर्ने र मिलेर सुबिधा लिने नियममा मानिसहरुले सकेसम्म कम काम गर्न खोज्ने र मिलेसम्म बडी सुबिधा लिन खोज्ने मान्छेको यहि स्वभावले गर्दानै कम्युनिस्ट सरकारले राम्रो प्रगति गर्न सकेन। र कम्युनिस्ट सासन लागु गरिएको देसमा सबै सम्पति, साधन र स्रोत राज्यको हुने, व्यक्तिले केवल काम गरे बापत पारिश्रमिक मात्रै पाउने व्यवस्थाले व्यक्ति काम प्रति त्यति आकर्सित नहुने अबस्था सृजना भयो र कम्युनिस्ट देसहरुले राम्रो गर्न सकेनन। अनि अर्को कुरा कम्युनिस्ट देसमा सबै अधिकार राज्यको हुने हुदा केहि खराब मान्छेहरु नेतृत्त्वमा पुग्दा, आम मानिस झन् निरिह र कठिन जिबन व्यतित गर्नु पर्ने बाद्यता आईपर्यो।
त्यसैले निष्कर्षमा भन्न सकिन्छ, कम्युनिस्ट मान्छेको स्वभावले कहिल्यै सफल हुन सक्दैन र पुजिबाद पैसाको स्वभावले कहिल्यै सफल हुन सक्दैन। यी दुवै बादहरुमा केहि राम्रा पक्ष भएता पनि अन्तत आम मानिसको लागि हितकर छैनन् त्यसैले नयाँ बास्तबिकवादको बिकासनै अबको निर्बिकल्प निकास हुने कुरा ठोकुवा गर्न सकिन्छ।
के हो त यो बास्तबिकबाद भनेको सबैको मनमा प्रस्न आउनु स्वाभाविकनै हो। यो अति सरल र सहज तरिकाले बुजिने बाद हो, जसमा बास्तबमा मानिसको जिबन सहज बनाउन चाहिने आबस्यक चिजहरु जस्तै गास, बास, कपास लगायत अन्य सुबिधाहरु मद्द्य केहि कुरा जस्तै शुरक्षा, स्वास्थ्य, शिक्षा र पैसाको परिचालन राज्यद्वारा गर्ने रअन्य आर्थिक क्रियाकलाप चाही आम जनताले मिलेर गर्ने ब्यबस्थानै बास्तबिकवादको ब्यबस्था हो। अनि अर्को कुरा बास्तबमा मानिसलाई के चाहिएको हो, त्यो प्राप्तिकोलागि गर्नु पर्ने आबस्यक कामतिर मानिसलाई लगाउनुनै बास्तबिकबाद हो। अहिलेको अबस्थामा संसारभर हेर्दा मानिसहरु अनेकौ नचाहिने काममा अल्झेर बसेका हुनाले चाहिने काम गर्ने मानिस थोरै छन्, जसले गर्दा हामीलाई चाहिएको सुबिधा कम प्राप्त भएको छ। त्यस्तै विज्ञानले धेरै आबिस्कार गरि सक्यो जसको प्रयोगले मानिसले गर्नुपर्ने कामहरु घट्दै छन् जस्तै हालसालै Amazon Store मा अहिले करिब २ लाख रोबोटले काम गर्दै आएका छन्।अब सामानको Delivery मा पनि ड्रोन प्रयोग गर्ने कुरा चलिरहेको छ र Taxi पनि बिना Driver चल्न थालिसके जसले गर्दा धेरै मानिसले रोजगार बिहिन हुनु पर्ने अबस्था आईपुग्छ। जब धेरै मानिसले रोजगार पाउदैनन तब फेरीति समान बिक्रि हुन रोकिन्छ र अर्थतन्त्रनै एउटा अफ्ठेरोमा पर्न जान्छ, मान्छेलाई काम लगायो भने उता रोबट र मेसिनमा लगानी भैसकेको हुन्छ, मान्छेलाई काममा नलगाए बजारमा सामान बिक्रि हुदैन, फेरी मेसिन र रोबोटले काम गर्छ भने मान्छेले किन धेरै काम गरिरहनु पर्यो र, यहि भबिस्यमा आईपुग्ने अन्योललाई समयमै चिनेर, बास्तबमा मानिसलाई के चाहिएको हो, त्यो सामुहिक लगानी जस्तै Cooperative मोडेलबाट गरि आबस्यक सामानको उत्पादन र वितरण गर्ने ब्यबस्थानै बास्तबिकवादको ब्यबस्थाहो। जुन ब्यबस्थामा पैसाको थुप्रो र नाफाको होडबाजी भन्दा पनि सामुहिक रुपमा मिलेर प्रविधिको अत्याधिक प्रयोग गरि काम गरेर, मिलेर सुबिधा लिने ब्यबस्थानै बास्तबिकबाद हो। पहिले सामुहिक रुपमा मिलेर काम गर्दा केहि उच्च तहमा रहेर काम गर्नेले अनुचित फाइदा लिने गर्नाले Cooperative मोडेलबाट गरिएको काम त्यति सफल हुन सकेन तर अब हामीसंग अब प्रविधिको साथ छ जसको प्रयोगले कसैले पनि अनुचित फाइदा लिन नसक्ने गराउन सकिन्छ त्यसैले अबको निकास बास्तबिकवादको बिकास भन्ने
अभियान चलाइयो भने देसले केहि बर्षमानै बिकासमा ठुलो फड्को मार्न सक्छ।
नेपाल धेरै प्राकृतिक साधन र स्रोत सम्पन्न देस हो तर अर्थब्यबस्था त्यो अनुसारको नहुदा अलमलमा परेर साधन र स्रोत प्रयोग बिहिन भए, जनता बिदेसिन बाद्य भए, ररेमिटान्सको पैसाले किनेर खाएर देस जस्ताको तस्तै भयो। बैंकमा पैसा छ, आबस्यक स्रोत र साधन पनि छ अनि काम चाहिएक बेरोजगार मानिस पनि छन् यो सबै हुदासरासर काम हुनु पर्ने तर रोकियो। त्यसैले हामीले अङ्गीकार गरेको अर्थब्यबस्थानै बाधक बन्न पुग्यो र सारा जनता अलमलिन बाद्य भए।
बास्तिबिकबादमा व्यक्तिलाई आफ्नो व्यक्तिगत सम्पति राख्न र भोग चलन गर्न र निजि ब्यबसाय गर्न छुट हुने छ तर त्यसको साथसाथै ठुला ठुला उधोग, कलकारखाना, बैंक, बिमा, बिज्ञापन, remittance सम्बन्धि सम्पूर्ण काम Cooperative माद्यमबाट गरिने हुदा, गर्नु पर्ने बास्तबिक कामहरुमा कमि आई मानिसले दिनमा ४ घण्टा कामगरे पनि उच्च स्तरको जिबन जिउन सक्ने अवस्थाको सृजना गर्न सकिन्छ।
त्यो अलमलबाट बाहिर निकाली सरासर जे चाहिएको त्यो बनाउन अब बास्तबिकबादले मार्गनिर्देस गर्ने छ, बास्तबिकबाद अरु बाद भन्दा के कति कारणले उपयुक्त हुन्छभन्ने कुरा उदाहरण सहित आगामी भागमा लेख्ने जमर्को गर्ने छु। हामि मात्रै होईन संसारनै अर्थसास्त्रको अर्थ नबुज्नाले कति सम्म दुख्ख पाएका छन् भन्ने कुरा पनि प्रस्ट पार्नेछु, हामीले बिकसित भन्ने गरेका मुलुकहरु पनि अलमलमा परेर आफ्ना जनता सुद्द काम गर्दा नपुगेर बाहिरी मुलुकबाट कामदार लगीरहेका छन्, जुन कुरा अलिकति ब्यबस्थामिलाउन सकियो भने आफ्नै जनताले मात्रै काम गर्दा पुगेर अझै काम गर्ने समय पनि छोट्याउन सकिन्थ्यो तर त्यो गर्न बिकसित भनिएका देशहरुले पनि नसकेको अबस्था छ।
बाटो छेउछाउमा साना साना पसल खोलि धुलो खादै बिहान देखि बेलुकासम्म पट्यारलाग्दो कामबाट आम मानिसलाई मुक्ति दिलाउन सकिन्छ र ठुला ठुला Shopping सेन्टर भित्रका पसलमा शेयर सहित उनीहरुलाई रोजगार दिलाउन सकिन्छ। आम मानिसको लगानी Cooperative मोडेलबाट गरि सबै मान्छेलाई बास्तबिक काममालगाई, चाहिएको सामान सस्तो मुल्यमा प्राप्त गर्न कसरि सकिन्छ र सबै भन्दा तल्लो स्तरमा रहेर काम गर्ने मान्छेले पनि सुबिधाजनक जिबन जिउन कसरि सम्भब हुन्छ भन्नेकुरा आगामी भागमा लेख्ने कोसिस गर्ने छु, सुझाब र सल्लाहको लागि सधैभ आभार ब्यक्त गर्न चाहन्छु।
Comments
Post a Comment