Marx ले सुझाएको हतियारको बाटो भन्दा कलमको बाटो अपनाउनोस।


पैसाको उत्पति वितरणमा सहज गराउनको लागि भएको हो तर त्यहि वितरणमा सहज बनाउन प्रयोग भएको पैसालाई राम्रोसंग बुज्न नसक्दा संसारनै गरिबीमा रुमलिन बाद्द्य भयो। हामीलाई लाग्छ अमेरिका, युरोप यत्रो बिकसित भए यिनीहरुले बुजेका होलाननि तर त्यो सत्य होईन यिनीहरुकानि समस्या छन। यिनीहरुले चाहिने संरचना त बनाउन सफल भए तर मान्छेलाई अझै पनि मरी मरी काम गर्नु पर्ने बाद्द्यताबाट माथि निकाल्न नसकेको देख्दा यिनीहरु पनि स्पस्ट रुपले अलमलमा परे भन्न सकिन्छ। सानो उदाहरण अमेरिकामा १% ले कृषिमा काम गर्छन त्यो बाहेक करिब 69 % मान्छेले अरु क्षेत्रमा काम गर्छन, त्यो भनेको मान्छेलाई नचाहिने बडी काम सिर्जना गरेर त्यसैमा रुमलिय त्यसलाई ३५% कामदारबाट सबै काम गराउन सकिन्थ्यो र दिनमा ४, ४ घन्टाको सिफ्ट बनाएर एक जना मान्छेले दिनमा ४ घण्टा काम गरेर अहिले पाउने सुबिदा पाउन सक्थे तर यिनीहरु  फ्री मार्केट कन्सेप्ट यस्तो अन्दभक्त छन् कि त्यही अन्दभक्तको कारणले अलमलमा परेर मान्छेलाई सामान्य जिबनयापन गर्न पनि लामो लामो सिफ्टको काम गर्न बाद्द्य भए। 


अब फेरी कुरा गरौ पैसाको मानौ एउटा देसमा २०० जना मान्छे थिए, ति सबै जनाले मिलेर खेतीपाती लगाउथे, मिलेर आफुलाई चाहिएको घर, बाटो, पानीको सुबिदा आदि आदि बनाउदै गए एक आफसमा सुबिदा बाडेर लिदै गए, स्कुल बनाए, कलेज बनाए, जे जे चाहिन्छ मिलेर बनाउदै गए सबैले सुबिदा लिदै गए अब सोच्नोस यहाँ यिनीहरुलाई कुनै पैसा चाहिएको छ त छैननी किनकि त्यो देसमा सबै जनता मिलेर काम गरे मिलेर सुबिदा लिए र देस भित्र आबस्यक साधन र स्रोत थिए बिस्तारै  जनसंख्या बढ्दै गयो मान्छेहरु बीच काम ठग्ने अरुले गरेको कामलाइ दोस लगाउने हुन् थाल्यो र सामुहिक कामबाट उत्पादन भएका सामान वितरणमा किचकिच हुन थाल्यो मान्छेहरु भन्न लागे मैले धेरै समय काम गरेको फेरी मैले पढेर काम गरेको त्यसैले सामान मैले बडी पाउन पर्छ भनेर समस्या आउन लाग्यो हो त्यो समस्या सुल्झाउन पहिले ढुङ्गा, तामा, चादी, सुन, सिक्का प्रयोग गरेर बडी काम गरेकोलाइ बडी दिने र थोरै काम गरेको लाई थोरै दिनको लागि प्रयोग गरियो। आजको पैसाको प्रयोग पनि पढेर, तालिम लिएर काम गर्नेलाई अल्लि बडी समान दिन तथा नपढी र तालिम नलिकिन गरिने कामलाई थोरै सामान दिनको लागि पैसाको प्रयोग भएको हो। खासमा कुरा उत्पादित सामानहरुलाई राम्रोसंग वितरण गर्नको लागि पैसा बनाईएको हो तर पैसा बनि सके पछि यस्तो अबस्था आईदियो कि कसैले यो बुज्नै सकेनन, पैसानै सबै थोक हो पैसा भए पछि सबै हुन्छ भन्ने मानसिकतामा सबै पुगे त्यो समस्या हाम्रो देसमा झन् बडी भयो। उत्पादन गर्न जग्गा छ, काम गर्न मान्छे छ अरु आबस्यक साधन र स्रोत प्रसस्त छ जस्तै जंगल, जल , जमिन, जडीबुटी तिनलाई प्रयोग गरेर तिनै मानिसले काम गरेर तिनै मानिसका बीच वितरण गर्नको लागि अब हामीलाई बिदेसी पैसा चाहिने भयो। यो किन भयो भन्दा अर्थसास्त्र नबुजेर भयो, पैसा छाप्न त हाम्रो केन्द्रिय बैंक छदै छ किन चाहियो बिदेसी डलर। 


हो हामीलाई थाहा छ देस भित्रको आफ्नो पैसालाई मुल्याबान बनाउन केन्द्रिय बैंकमा बिदेसी पैसा चाहिन्छ अन्यथा हाम्रो पैसाको मूल्य हुदैन र बजारमा सामान किन्न सकिदैन तर प्रत्येक वर्ष करिब ८ खर्ब बिदेसी Remittance आउदा पनि अझै हामीलाई बिदेसिसंग हात थाप्नु पर्ने बाद्द्यता चाही केहि भ्रस्ट नेता, केहि हाम्रा प्रणालीका कमजोरी केहि हाम्रो अर्थसास्त्रको बुझाइको कमजोरीको संयोजनको प्रतिफल हो। त्यसैले एउटा गतिलो अर्थशास्त्र बुजेको नेता पायो भने देस गरिबीबाट मुक्त हुन कत्तिपनि समय लाग्दैन हो यसो भनिरहदा हाम्रो देस मरुभूमि भएको भए म गलत हुन्थे तर हामीलाई चाहिने जति जे जे छ त्यो प्रकृतिले दिएको छ त्यो प्रयोग गर्न नजानेर, बिदेसबाट आएको Remittance बिदेसी सामाननै किन्दै खादा हामी सधै गरिबीमा बस्नु पर्ने बाद्यता भयो। 


मैले अघि पनि उल्लेख गरेकी पैसा बितरणलाई सहज बनाउनको लागि प्रयोगमा ल्याइएको हो मान्छेको जिबनस्तर सुबिधा बडाएर हुनी हो नकि पैसाको थुप्रो। त्यसैले जुन जुन काम गर्दा सुबिधा बढ्छ ति ति कामलाइ बढावा दिने जुन जुन कामले सुबिधा नबडि पैसाको थुप्रो मात्रै बढ्छ त्यस्ता कामलाई निरुत्साहित गर्ने नीति सरकारबाट ल्याउन सकियो भने हामि केहि समयमानै बिकासको लय समात्न सक्छौ। 


अब बिकासको कल्पना गरौ, बस्नलाई सुबिधा सम्मपन्न घर छ, हिन्नालाई बाटो बाटोमा जसले चलाएपनि हुनी बिजुलीबाट चल्ने गाडीहरु पार्किंगमा छन् , हिन्ने बाटो सारै फराकिलो र अतिनै राम्रो छ , खेतबारीमा गर्नु पर्ने काम रोबोट र मेसिनले गरेका छन्, लामो यात्राको लागि रेल छ, पढ्नको लागि सुबिदा सम्पन्न स्कुल, कलेज छ जहाँ बिना फि पढ्न पाइन्छ, अस्पताल पनि अतिनै सुबिदा सम्पन्न छ, पुलिस पनि घटना स्थलमा ५ मिनेट पुग्ने गरि ठाउँ ठाउँमा राखिएको छ।  मैले माथि जति पनि कल्पना गरेका कुराहरु छन् के ति सम्भव नहुने छन् र पक्कै पनि छैनन् सम्भब छन् तर त्यो पुरा गर्न सबैले मिलेर काम नगरी हुदै हुदैन, ति सबै कुरा पैसाले होइन, काम गरेर प्राप्त हुने हुन्।  अब काम गर्नको लागि संसारमा दुइ थरि मोडेलको चर्चा हुन्छ एउटा मोडेल सबै साधन र स्रोतको अधिकार  सरकाले लिने जनतालाई काम लगाउने र सुबिधा सम्मपन्न गराउने अर्को मोडेल सबै कुरा फ्री मार्केटलाईनै छोडी दिने फ्री मार्केटलेनै सबै सुबिधा बडाउदै लान्छ भन्छन। चाय जुनसुकै मोडेलबाट जाउ त्यो गन्तव्यमा पुग्न काम गर्नै पर्छ अब सोचौ सबै अधिकार सरकारलाई दिउ सरकारमा गतिलो मान्छे जादैन र सबै भद्रगोल पार्छ, अनि सोझासिदा जनतालाई ठुला गफ दिने आफुहरुले सबै सुबिधा लिने र अरुलाई काम गरेपनि खान बस्न नपुग्ने अबस्थामा पुर्याउने अबस्था आईपुग्छ। अर्को फ्री मार्केटलाई छोड्यो भने पैसा र प्रोफिटको लागि जसले जे पनि गरेको छ, खान हुनी पनि बेचेको नहुनी पनि बेचेको छ, अनाबस्य प्रतिस्पर्धा र तनाब छ, Unproductive क्षेत्रमा बडी काम गरेको छ जस्तै जग्गाको अत्यधिक किनबेच, शेयरको किनबेच, बिचमा बसेर दलालगरि खान बडी ध्यान दिने, कर छली गर्ने,यस्ता यस्ता काममा बडी अल्झे पछि अघि माथि कल्पना गरेको बिकासमा त पुगिन्न, त्यसैले यी दुवै मोडेल गलत छन्। यी दुवै मोडेलमा खराब मान्छेको प्रबेसले गन्तब्यमा पुग्न सकिदैन। त्यसैले नया Economy मोडेल Realism नेपालीमा बास्तबिकबाद लागु गरियो भने छिटो गन्तव्यमा पुग्न सकिन्छ। 


के हो त यो Realism प्रस्न आउछ यसको उत्तर जे Real हो त्यो Realism हो Reality सधै एउटै हुन्छ र त्यहाँ पुग्ने बाटा अनेक हुन्छन तर उपयुक्त बाटो एउटै हुन्छ त्यहि एउटै निर्बिकल्प बाटोनै Realism Economy मोडेल हो। जस्तै नारायणघाटबाट काठमाडौँ जान हामी मुग्लिङ्गको बाटो पनि जना सक्छौ उता हेटौडा हुदै पनि जान सक्छौ तर दुवै बाटा बटारिदै गएका छन् त्यसैले सधै भरि सबैले दुख्ख पाइयो राम्रो त सिधा नारायणघाटबाट काठमाडौँ स्केलले ताnne  अनि सिधा गराउने पहाड आउदा सुरुङ्ग खन्ने, खोल्सा आउदा पुल हाल्ने त्यो बाटोनै बेस्ट बाटो हुन्थ्यो।  हामी बेस्ट बाटो खन्न तिर लाग्दैनौ तर अन्दभक्त भएर एउटाले  हेटौडाको बाटो ठिक छ भन्दै कुर्लिञ्छौ अर्को मुग्लिङ्गको  बाटो ठिक छ भन्दै कुर्लिञ्छौ हो हाम्रो समस्या यहि हो। बेस्टबाटो स्केल लगाउ खनौ विवाद गर्नै पर्दैन किनकि सत्य त स्केल हो किनकि स्केल सिधा छ। 


सबै अधिकार सरकारलाई दिदा सरकारमा खराब मान्छेको प्रबेसले जनताको झन् बिचल्ली हुन्छ र मान्छेले  आफ्नो सम्पति राख्न पाउने अधिकार पाएन भने काम गर्न रुचि राख्दैन जब कामनै गर्दैन तब केहि हुदै हुदैन त्यसको ठिक बिपरित जब सबै कुरा फ्री बजारमा छोडिन्छ तब मान्छे फेरी अहिलेको अवस्था जस्तो पैसा बाहेक जिबनको अरु मूल्यनै बिर्सिन पुग्छ, सबै मानिस पैसाकै पछि पछि कुद्दाकुद्दै सकिन्छ तर जिबन सहज भन्दा झन् जटिल हुन् पुग्छ त्यसैले यी दुवै मोडेल मानवताका घाती मोडेलहरु हुन्। यी मोडेलबाट मानिसको जिबनको उद्दार असम्भब छ त्यसैले यसको पछि नलागौ। हामि जे सत्य हो त्यसलाई प्रविधिको भरपुर प्रयोग गरेर लागौ।  


अलिकति अर्थशास्त्र बुझौ अहिले मानिसहरुले कसैले गाडी चलाएका छन् , कोहि पढाएका छन् , कसैले मिस्त्रीको काम गरेका छन् , कसैले खेतीपातीको काम गरेका छन् ,कोहि सरसफाइको काम गरेका छन् कोहि कुल्लीको काम गरेका छन् कोहि अस्पतालमा काम गरेका छन् कसैले ब्यबसाय गरेका छन् केहिन केहि त काम गरेका छन् जुन काम को प्रयोग भएको छ, कोहि यत्तिकै बगरमा गएर दिन भरि बालुवा गनेर बसेको त छैननी समाजलाई चाहिएको काम गरेको छ, जब चाहिएको काम गरेको छ भने उसले त्यही समाजबाट उसलाई आबस्यक पर्ने सामान किन्न र सुबिधा लिन फेरी किन सक्दैन त छ कोहि नेपालमा yatti kura bujeko .  Nepal maa सरसफाई गर्ने मान्छे, गाडी चलाउने मान्छेले अमेरिकामा बनेको सामान किन्न नसक्ला, त्यहाको अस्पातालको उपचार लिन नसक्ला तर जुन देस भित्र काम गरेको छ त्यहि देसभित्रको सामान र सुबिधा किन्न नसक्ने अवस्था किन भयो ? अहिलेसम्म अर्थसास्त्रमा राम्रै बिस्व बिध्ध्यलयबाट पी एच डि गरेर आएका मानिसहरुले देस चलाए नीति बनाए तर के तिनीहरुको दिमागले काम गर्यो जुन समाजमा  काम गरेर उसको काम बिकेको छ तर त्यही समाजको समान र सुबिधा किन्न नसक्ने हुन्छ ? यस्तो पनि कहिँ हुन्छ, हो सामान र सुबिधामा quality नहुन सक्छ तर काम बिकी सके पछि उसले पाएको तलबले उसलाई चाहिने आबस्यक सामग्री किन्न सक्ने हुन्छ त्यो अर्थसास्त्रको नियम हो। 


सबै मान्छेलाई काममा मिलाउन पढेकोलाई अल्लि स्किलको काम दिएर अल्लि बडी सुबिधा दिने नपढेकोलाई Unskilled को काम दिएर कम सुबिधा दिने ब्यबस्था गर्नै पर्छ नभए मान्छेले पढ्नै छोड्छ र नया नया आबिस्कार र सृजना हुन छोड्छ तर जब काम गरे पछि उसको समाजमा भएको न्यूनतम सुबिधा त पाउनु पर्यो नि यस्तो अत्याचार गरेर जनतालाई गरिबीमा पिल्सिन बाद्द्य पार्ने अनि फेरी ठुला कुरा उनीहरुकै छन् । किन हुन्छ त यस्तो पहिलो कारण भ्रस्टचार हो, अर्को कर छली, अर्को हुण्डी, अर्को अनुत्पादक क्षेत्रमा बडी कारोबार जस्तै जग्गाको किनबेच, अत्याधिक आयात। यी कारणle  गर्दा रास्ट्रिय सम्पति बाहिरियो जसले गर्दा स्वदेशमा ब्याज महँगो भयो महँगो ब्याजका कारणले स्वदेसी उत्पादन राम्रो हुन सकेन र Remittance जति आयातमा गयो, आयात गरिएका सामान नेपालका तल्लो बर्गमा रहेर काम गर्ने मान्छेले किन्न सकेनन। यदि कर छली, भ्रस्टाचार,र  हुण्डी मात्रै रोक्ने हो भने त्यो पैसाले क्षिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिन्छ र बैंकको ब्याजलाई सस्तोमा झार्न सकिन्छ र Remittance उत्पादनमा लगाएर सबै कामदारले तिनै उत्पादित सामान किन्न सक्ने बनाउन सकिन्छ त्यसको लागि प्रणालि बलियो बनाउन पर्छ। यति गर्दा मान्छे बेरोजगार भए भने मान्छेलाई बेरोजगार भत्ता दिन पैसा पुग्छ, त्यहि बेरोजगार पैसाले माग बडाउछ, जब माग बडाउछ उत्पादन बडाउन तिनै बेरोजगार मान्छेले फेरी काम पाउछन , साधन र स्रोत भएको देसमा कि मान्छेले बेरोजगार भत्ता पाउछ कि काम पाउछ दुवै छैन भने मान्नोस त्यहा प्रणालीमा चुहावोट छ। समस्या नितान्त प्रणालिको चुहावटमा छ तर हामी बादमा रुमलिएका छौ। 

युबराज खतिवडाले चुहावट रोक्न केहि सिन्को भाच्नु भएन उहाले यत्ति गर्नु भयो कि बैंकको ब्याज महँगो गराउने मौद्रिक नीति लागाउनु भयो त्यो भएपछि आर्थिक गतिबिधि कमि भए, आर्थिक गतिबिधि कम भए पछि, मान्छेसंग पैसा भएन, पैसा नभए पछि किनेर खान सकेन किन्न नसकेपछि आयातमा कमी भयो आयात कमि भए पछि केन्द्रिय बैंकमा बिदेसी पैसा थुप्रियो, तिनै बिदेसी पैसा केन्द्रिय बैंकमा थुप्रिनुनै र जनताले आबस्यक सामान किन्न नसक्नु र गरिबीमा रुमलिनुनै उहाको सफलता भयो। यस्तो पनि देख्न सुन्न पर्ने न हतियार उठाएर सबलाई सखाफ पार्न सक्छु न अत्याचार सहन सक्छु त्यसैले मेरो हतियारनै अहिलेलाई यी अक्षरहरु बनेका छन् मलाई नेपालको मात्रै गरिबी होईन संसारकै गरिबीले पिरोल्छ त्यसलाई हटाउन Marx  ले  सुझाएको हतियारको बाटो भन्दा कलमको हतियारलाई जोड दिएको छु हेरौ कहाँसम्म पुग्न सक्छु त्यो भबिस्यले बताउला। 

Realism मोडेलको बारेमा मैले यहा चर्चा गरिन त्यो मोडेल पढ्न मन भए मेरो ब्लगमा छ पढ्नु होला। 


Comments