किन हाम्रो पैसा IC १०० बराबर NC १६० हुन्छ

 


सामान्यतया हामीलाई लाग्ने गर्छ किन हामी सानो हुने IC १०० बराबर १०० NC गराए हुन्थ्यो नि , हो गराउन सकिन्छ तर त्यसको लागि हामीले हाम्रो पैसालाई बलियो पार्नु पर्दछ अन्यथा फेरी हामी १६० बनाउननै बाध्य हुनुपर्छ। धेरै जसो देसहरुको पैसाको विनिमय दर परिबर्तन हुने गर्दछ , त्यो परिबर्तनको आधार सबैले डलरलाई मानेको हुन्छ त्यसैले कसैले अमेरिकाबाट जापान पैसा पठाएर अनि Nepal पठाउदा पनि उत्तिनै पैसा आउछ जति सिधै नेपाल पठाउदा आउछ। कुनै एउटालाई आधार नमान्ने  हो भने संसारको पैसाको विनिमय कारोबार  भद्रगोल हुन्छ र मान्छे जति काम गर्न छोडेर पैसामात्रै साटेर नाफाको पछाडी लाग्न थाल्छन। त्यसैले  कुनै पनि समयमा तत्कालै एउटा देसको पैसासंग साटेर अर्को देसकोसंग साड्दा फाइदा हुदैन। डलरलाई युरोमा साटेर फेरी नेपालीमा साट्नु र सीदै डलरलाइ नेपालीमा साट्नु एउटै हुन्छ तर केहि समयको अन्तरालमा चाही फरक पर्न सक्छ र नाफा घाटा हुन सक्छ। 


त्यसैले यस्तो पैसाको सट्टापट्टामा संसारका ठुला ठुला धनाड्यहरुले धेरै पैसा हालेर कुनै पनि देसको पैसाको माग र आपुर्तिलाईनै गडबड पारेर केहि नाफा निकालेका हुन्छन। तर हरेक पैसाको विनिमय दर तोक्ने अधिकार सम्बन्धित देसको केन्द्रिय बैंकलाई हुने गर्छ। त्यसैले जहिले पनि forex को दर र  केन्द्रिय बैंकको दर समान नजिककै हुने गर्छ , मान्छेलाई लाग्न सक्छ कुनै पनि पैसाको दर खुल्ला अन्तरास्ट्रिय बजारले तय गर्छ भनेर त्यो होईन, हरेक देसको केन्द्रिय बैंकनै आधिकारिक सस्था हो आफ्नो पैसाको विनिमय दर तोक्ने , कहिले काही केन्द्रिय बैंकलाई पनि खुल्ला बजारको दरले प्रभाव पार्न सक्छ तर बास्तबिक दर चाही केन्द्रिय बैंककै हातमा हुन्छ। दर दुइ प्रकारका हुन्छन एउटा निश्चित र अर्को परिबर्तनशिल  कुनै देसले डलरसंग निश्चित दर तोकेका छन् जस्तै China तर धेरै जसो देसहरुको विनिमय दर चाही परिबर्तनसिल छ, जस्तै जापान, कोरिया, भारत आदि। नेपाल र भारत बीच दैनिक रुपमा ठुलो कारोबार हुने हुदा दुवै देसको आपसी सहमतिमा विनिमय दर निश्चित गर्ने सहमति भएको छ त्यसैले डलरलाई आधार मानेर भारतले दर प्रकासित गर्छ नेपालले भारतको पैसालाई आधार मानेर सबैको दर तय गर्छ। यसरि हामीले भारतको १०० बराबर १६० हाम्रो निश्चित गरेका छौ।  भारतको १०० को हाम्रो १६० नै हुन्छ किन त प्रस्न सबैको मनमा आउछ उत्तर खोज्यो, अर्थशास्त्र पढेकोलाई सोध्यो  कसैले बुझेको जसरि ठ्याकै उत्तर दिदैनन कतै पढ्न खोज्यो सामाग्री भेटिदैन तनाब लाग्छ, बल्ल बल्ल अलि अलि बुझे पढ्नोस। 


दैनिक जसो धेरै कारोबार हुने देसबीच विनिमय दर परिबर्तन हुदा कारोबार गर्ने व्यापारीलाई चर्को नाफा घाटा जोखिम हुने गर्छ र ब्यबसायनै डुब्न सक्ने अबस्था आउन सक्छ, र हरेक कारोबारका सम्झौताहरुमा समस्या आउन सक्छ त्यसैले दर निश्चित गर्न दुवै देस मन्जुर भएका हुन्। मैले फेला पारे सम्म सन् १९६० मा IC १०० बराबर NC १६० रहिछ , अनि फेरी सन् १९६६ IC १०० बराबर NC १०१ रहिछ सन् १९८५ मा IC १०० बराबर NC १७० सम्म पुगेको रहेछ र सन् १९९३ मा IC १०० बराबर NC १६० भएको रहेछ त्यो अहिलेसम्म कायम छ। यो दर भनेको कुनै पनि देसको बस्तुहरुको मुल्यस्थरले तय हुने गर्दछ। जस्तै हामीले ल अब १०० IC बराबर १०० NC गरौ भनियो भने, नेपालि ब्यापारीले १०० नेपालि दिएर १०० IC पाउछन भने धेरै पैसा लोन लिएर भारतबाट सामान खरिद गर्छन किनकी त्यहाँ नेपालमा भन्दा सस्तो सामान पाइन्छ साथै भारतीय ब्यापारीले पनि नेपालमै सामान बेच्न खोज्छन किनकि भारतमा भन्दा नेपालको बजारमा उनीहरुले बडी नाफा कमाउछन त्यसैले आयातमा बृदि हुन जान्छ जसले गर्दा केन्द्रिय बैंकले माग गरे जति IC पैसा दिन सक्दैन र बाद्ध्य भएर फेरी १६० नै बनाउछ। र अर्को कुरा IC  १०० बराबर १०० NC गराउदा सबै सामान भारतबाट आयात हुने हुदा नेपालि उधोग बन्द हुन सक्छन त्यसैले पनि फेरी १६० गराउनु पर्ने हुन्छ। अब मानौ IC १०० बराबर NC २०० गराउदा के होला, यस्तो अबस्थामा भरातबाट समान खरिद गरेर ल्याउनको लागि ब्यापारीले IC किन्न पहिले भन्दा बडी पैसा तिर्नु पर्ने हुन्छ जसले गर्दा सबै आयात गरेर ल्याउने सामानको मूल्य बृदि हुन जान्छ साथै भारतीय ब्यापारीले पनि नेपालमा सामान बेच्दा विनिमय दर परिबर्तनको कारणले  पहिलेको तुलनामा नाफा नहुने हुदा बेच्न चाहदैनन् जसले गर्दा बजारमा बस्तुको अभाब हुन्छ र मूल्य बृदि हुन्छ।  केन्द्रिय बैंकको मुख्य उधेस्यनै मुल्यमा स्थिरता कायम गर्नु हो , त्यसैले त्यो कायम गर्नको लागि फेरी केन्द्रिय बैंकले IC १०० बराबर NC १६० नै गराउने सहमति गर्छ। यसरि कुनै पनि दुइ देस बिचको विनिमय दर बस्तुहरुको मूल्यस्तरले कायम गरेको हुन्छ तर लाग्छ १५०, १८० जतिपनि हुन सक्छ तर कसरि १६० त भन्ने लाग्छ त्यसको लागि दुवै देसले एउटा बिधि तय गरेका हुन्छन। 


जस्तै नेपालको बजारमा गएर विभिन्न करिब ५० वटा फरक फरक  सामानको मूल्य जोडिन्छ मानौ सबै सामानको मूल्य NC १६०००० भयो, त्यहि सामानहरुको मूल्य भारतको बजारमा पनि निकालेर जोडिन्छ अब मानौ त्यहाको सबै सामानको मूल्य IC १००००० आयो अब यसलाईनै आधार मानेर दुइ देस बिचको दर कायम हुने हो। यो अबस्थामा IC १ बराबर नेपाली १,६० भयो। यो अबस्थामा नेपालमा कर्मचारीको तलब बडाइयो तर भारतमा बढेन  भने नेपालि बजारमा सामानको मूल्य बृदि हुन्छ, तर विनिमय दर त उत्तिनै छ, त्यसैले त्यस्तो अबस्थामा भारतीय सामानको आयात निकै बढ्न जान्छ, किनकि सामानको मूल्य बृदि हुदा भारतीय ब्यापारीलाई बडी नाफा हुने गर्दछ  र नेपाली उधोगलाई प्रतिस्पर्धा गर्न कठिनाई हुन्छ। 


त्यसैले भारतीय सामानले जातिबित्ति हाम्रो बजारमा पेल्यो भने हामीले फेरी विनिमय दरलाई दुवै देसको सहमतिमा IC १०० बराबर NC १८० बNayara त्यो आयातलाई रोक्न सकिन्छ। तर आयात रोक्नको लागि आफुले चाही उत्पादन गरेको हुनुपर्छ। आफुले जग्गाको कारोबार र शेयरको कारोबार गरेर बस्ने फेरी आयात पनि रोक्दा झन् भोकै मर्ने सम्भाबना रहन्छ। यसरि कुनै पनि नजिकका दुई देसबीच विनिमय दर कायम हुने गर्दछ। 





Comments