By Using Technology, सामुहिक निर्णयमा यसरि सहकारी चलाउन सकिन्छ


एउटा सानो गाउमा हेर्ने हो भने पनि, त्यो ठाउका मानिसहरु विभिन्न देशरुमा पुगेका छन। त्यस्तै हाम्रो गाउमा पनि धेरै साथीहरु संसारका विभिन्न देशरुमा बस्दै र काम गर्दै आएका छौ। यस्तो अबस्थामा आफ्नो आफ्नो कामको व्यस्तताले गर्दा धेरै नजिकका साथीभाईहरुसंग पनि खासै निरन्तर कुराकानी हुदैन । जसले सम्बन्धहरु टाडिदै जाने र अप्ठेरो पर्दापनि सहयोग माग्न वा गर्न गाह्रो महसुस हुने हुन्छ र कहिले कहिँ सानो सानो पैसा जस्तै १, २ लाखले पनि काम अड्किन्छ र त्यो पैसा सहकारी वा बैंकबाट निकाल्न खोज्दा सारैनै झन्झट हुने देखेर हामीले एउटा नया तरिकाको सहकारीको अबधारणा ल्याईयो। 

जसमा सानो गाउ भित्रका  देस तथा बिदेसमा रहेका साथीभाईहरु मिलेर मासिक रु ५००० जम्मा गर्ने, र आबस्यक परेकोले ऋण लिने र जम्मा रकम बढ्दै गएपछि सानो सानो ब्यापार पनि सुरु गर्ने भनेर Facebook मा ग्रुप बनाईयो। 


यसरि बिदेस तथा स्वदेशमा छरिएर रहेको सानो सानो रकमलाई एकत्रित गरि आबस्यक परेको सदस्यलाई बिना झन्झट तुरन्तै उपलब्ध गराउने उधेस्यका साथ संचालन गर्ने तयारि गरियो तर नेपाल सरकारले नया Cooperative रजिस्टर गर्न बन्देज लगाएको रहेछ, तर हाम्रो मनको चाहना रोक्न सकिएन किनकि नेपाल बस्दा अति खाचो पर्दापनि २, ३ लाख रुपिया चाहिदा पनि ३६% ब्याज तिरेका हामि धेरै सदस्यहरुको अनुभब थियो , त्यसैले अबको हाम्रो पुस्ताले यस्तो समस्या झेल्न नपरोस भन्ने मनसायले गाउमै सबैले सानोसानो पैसा जम्मा गर्ने र त्यो पनि अतिनै न्युनतम खर्चमा संचालन खर्च गरेर अरु सदस्यलाईनै नाफा होस् भन्ने मनसाय थियो। 


नेपाल सरकारले नया Cooperative दर्ता रोकेतापनि हाम्रो चाहना रोकिएन र Facebook बाटै कुरा गरि करिब २ वर्ष अघि मासिक रु  ५००० उठाउने गर्न थालियो। करिब २० जनाबाट शुरु गरिएको अहिले करिब ४० जना पुगियो यो संख्या निकैनै बढ्ने थियो तर हाम्रो सस्था दर्ता नभएकोले थप सदस्य संख्या थप्न उचित लागेन र थप नया सदस्य बनाउन रोकियो  र  अहिलेसम्म जम्मा रकम पनि करिब रु ५० लाख जति पुगेको छ, दर्ता नहुदा त्यो पनि समस्या आउन सक्ने देखेर अहिले मासिक बचतलाई घटाई रु ३००० मा झारिएको छ। 


हाम्रो समुहमा बचत गर्नेले ८% ब्याज पाउछ र ऋण लिनेले १२ % मा ऋण पाउछ, Service फी फ्री हो। यसमा एक जनाले माषिक पैसा संकलन गर्ने र आबस्यक परेकोलाई ऋण दिने काम हुन्छ जसलाई मासिक रु ५०० भत्ता दिने गरिएको छ, मासिक रुपमा कति नाफा भयो भनेर सबै सदस्यले बुझ्ने गरि हिसाब फचेबूकको ग्रुपमा हालिन्छ। यस समुहमा कोहि ठुलो, सानो भन्ने छैन, कसैलाई कुनै अधिकार दिएको छैन सबै अधिकार सबैसंग छ। कुनै नया केहि कुरा कुनै सदस्यलाई लाग्यो भने उसले Facebook ग्रुपमा प्रस्ताब राख्न सक्छ र त्यो प्रसताबको पक्ष र बिपक्षमा कुराहरु हुन्छन र अन्तमा Voting  हुन्छ अनि जुन पक्षमा Vote बडी हुन्छ त्योनै सबैले स्वीकार गर्नु पर्छ। जस्तै कसैले ऋणमा ब्याजदर घटाउने प्रस्ताब गर्यो भने अब उसको प्रस्ताबमा Voting हुन्छ र यदी बहुमत Vote घटाउनेमा पर्यो भने अब ऋणमा ब्याजदर घट्छ। 


हालसालै हिसाबकिताब गर्ने सदस्यले मासिक रु ५०० बाट रु १००० बनाउन प्रस्ताब ल्याउनु भयो, निकै छलफल र बादबिबाद भए तर अन्त्यमा Voting गरियो र Voting को  धेरै मत संख्या नबडाउनेमा पर्यो र अहिलेलाई रु ५०० नै यथाबत कायम भयो। यसरि हरेक कुरालाई सम्पूर्ण सदस्यहरुले भोट गरेर निर्णय गर्ने हुदा सबैलाई स्विकार्न सहज हुने कुरा देखियो। यदि हाम्रो यो समूह सहकारीको रुपमा दर्ता गराउन पाईयो भने यसमा धेरै सदस्यलाई सहभागी गराई धेरै व्यवशायिक क्रियाकलाप गर्न सकिन्थ्यो र सबै हिसाबकिताब र voting सिस्टम mobile app बनाएर गर्न सकिन्थ्यो तर दर्ता हुन नपाउदा समाजलाईनै घाटा भएको छ। 


सामान्यता हामीले बैंकमा बचतमा पैसा राख्दा त्यहि ३% हाराहारी ब्याज पाउछौ तर आफुलाई चाहिदा अनेक झन्झटका साथ service charge र ब्याजपनि गरिब १३, १४% हुन्छ त्यो बिचको फरक सबै बैंकको खर्चमा जान्छ तर हाम्रो अबधरणामा ब्याजको फरक जम्मा ४% छ त्यो पनि संचालन खर्च जम्मा मासिक रु ५०० मात्रै हुने हुदा सबै नाफा फेरी सबै सदस्यहरुलाईनै जाने हुदा गाउको पैसा गाउमानै रहने गर्दछ। यसरि हरेक गाउ गाउमा यो तरिकाले Cooperative संचालन गरियो भने आर्थिक गतिबिधि बडाएर बिकास गर्न सकिन्छ। त्यसको लागि सरकारले उचित नियम र कानुन निर्माण गरेर सहकारीलाई प्रोत्साहन गर्नु पर्दछ। 


यसरि बिना दर्ता पनि हामीले सानो सानो छरिएर रहेको संसारभरको  पैसालाई जम्मा गरि कोहि सदस्यले कुखुरा पालन, कसैले बाख्रा पालन, कसैले घर बनाउन,साथै विभिन्न प्रयोजनकोलागी प्रयोग गर्न पाइएको छ।  यदि सरकारले नया Cooperative दर्ता खुल्ला गरिदियो भने हामीले यसलाई निकै ठुलो र प्रभावकारी गराउन सकिन्थ्यो भन्ने बिस्वास छ। 



Comments