हरेक मान्छेले पैसाको बारेमा धेरै भन्दा धेरै कुराहरु जान्न खोजेको हुन्छ म पनि त्यहि मध्येको एक परे त्यसैले अलिकति केहि भेटेको छु पढ्नोस । पैसा छाप्नकोलागि केन्द्रिय बैंकमा सुन, चादी, बिदेसी पैसा हुनु पर्दछ, सुन चादी बिदेसी पैसा दिनदिनै आउने जाने क्रम चलिरहेको हुन्छ त्यसो भय कुन बेला छाप्छ त नयाँ पैसा स्वभाबिक प्रस्न आउछ। हामीले हाम्रो पैसा प्रयोग गर्दै जादा थोत्रो हुदै जान्छ यसरि थोत्रो भएको पैसा बैंक मार्फत केन्द्रिय बैंकमा पुग्छ र ति थोत्रा पैसाहरु जलाइन्छ र त्यतिनै बराबर नयाँ पैसा छापिन्छ यो एउटा कारण भयो , अब अर्को कारण बस्तुहरुको मूल्य बृदी हुदा सबै कुराको मूल्य बृदी हुन जान्छ, कामदारको तलब बृदी हुन्छ, जे जे सामान बजारमा पाइन्छन सबैको मूल्य बृदी भयो भने पैला जति पैसाले पुग्दैन अनि त्यस्तो बेलामा पनि नयाँ पैसा छाप्नु पर्ने हुन्छ। यसलाई अझै प्रस्ट बुझौ, जब सबै सामानको मूल्य बृदी हुन्छ तब बिदेसी सामान पहिले भन्दा बडी आउन थाल्दछ, जब बिदेसी सामान बडी आउछ केन्द्रिय बैंकलाई बिदेसी पैसाको मागले अत्याउछ, त्यसपछि केन्द्रिय बैंकले त्यो माग बराबर बिदेसी पैसा दिन नसकेपछि उसले बाद्य भएर आफ्नो पैसालाई कमजोर बनाउछ जस्तै IC १०० बराबर नेपालि १६० बाट १७० बनाउछ, अब यसरि विनिमय दर बडाएपछि बिदेसबाट आउने Remittance को पनि दर बढ्छ त्यस पछि बढेको दरमा नेपालि पैसा दिन पुग्दैन र बाद्य भएर नयाँ पैसा छाप्नु पर्दछ। यो त भयो पुराना पैसा नस्ट गरेर नयाँ छाप्ने र मूल्य बृदी हुदा नयाँ पैसा छाप्ने अबस्था।
अब चर्चा गरौ आर्थिक बृदी वा जी डी पी ठुलो हुदा छाप्नु पर्ने अबस्था। केंद्रीय बैंकमा दिनदिनै बिदेसी पैसा दिएर नेपालि पैसा लिने र नेपालि पैसा दिएर बिदेसी पैसा लिने काम भैराखेको हुन्छ। यस्तो अबस्थामा जब हाम्रो जी डि पी बढ्छ, यो भनेको हामीलाई चाहिने सामान हाम्रै देसमा उत्पादन गरेको अबस्था हो , तब हाम्रो आयात कम हुन्छ तथा निर्यात बढ्छ, आयात कम हुदा नेपालि पैसा केन्द्रिय बैंकलाई दिएर बिदेसी पैसा लिने ब्यापारी घट्छ्न साथै निर्यात बडी हुदा बिदेसी पैसा केन्द्रिय बैंकलाई दिएर नेपालि पैसा माग्ने ब्यापारी बडी हुन्छन यसको मतलब अब केन्द्रिय बैंकसंग बिदेसी पैसा धेरै हुन्छ तर नेपालि पैसा मागे जति दिन सक्दैन त्यस्तो अबस्थामा फेरी नयाँ पैसा छाप्नु पर्ने हुन्छ। अझै मानौ जी डी पी बढ्यो, तर आयात निर्यात पहिले जस्तै छ तर Remittance बढ्यो भने पनि केन्द्रिय बैंकमा बेदेसी पैसा बढ्छ, तर नेपालीलाई त नेपालि पैसा दिनु पर्छ जब remittance बडेर केन्द्रिय बैंकले पुरानो stock बाट नेपालि पैसा दिन सक्दैन त्यस्तो अबस्थामा फेरी नयाँ पैसा छाप्नै पर्यो।
अब अर्को संकटकालिन अबस्था, जस्तै अहिले कोरोनाले आर्थिक अबस्था बेहाल छ, ब्यबसाहिले कर तिर्न सक्दैनन् तर सरकारले त आफ्नो खर्च गर्नु पर्ने हुन्छ यस्तो अबस्थामा सरकारले केन्द्रिय बैंकसंग लोन माग्छ अब केन्द्रिय बैंकले आफुसंग भएकोले पुगे त ठिकै छ नपुगेमा नयाँ पैसा छापेर पनि यो संकट बाट बाहिर निकाल्न सहयोग गर्नु पर्छ। अमेरिकाको केन्द्रिय बैंकले यो बेलामा त्यसरीनै छापेर अमेरिकन सरकारलाई दिएको हो र युरोपिएन केन्द्रिय बैंकले पनि नयाँ पैसा छापेर उसका सदस्य देसहरुलाई दिएको छ। त्यो पैसा लोनको रुपमा लिन्छन र भबिस्यमा सरकारले किस्ता किस्ता गर्दै केन्द्रिय बैंकलाई फिर्ता गर्छन , यहि कोरोनको संकट टार्न Finland ले पनि युरोपियन केन्द्रिय बैंकसंग निकै धेरै लोन लिएको छ त्यो लोन २०५६ सम्ममा तिर्ने सर्त छ यसरि संकटको अबस्थामा नयाँ पैसा छापेर सरकारलाई लोन दिएर संकटबाट निस्किन यी गोरेका देसहरुले जानेका छन् हाम्रो म त भाडभैलो छ। यिनीहरुले सुइ सुइ ति पैसा छापेर मिलाए ति पैसा जति सबै नेपाल, भारत, बंगलादेस, आदि गरिब मुलुक तिर गयर थुप्रिय, मान्छे खान नपाएर मरिरहेका छन् हामी केन्द्रिय बैंकमा बिदेसी पैसा टन्न छ हाम्रो आर्थिक अवस्था राम्रो छ भन्दै भासन गर्न पाएकै छौ। क्या मजासंग मुर्गा बनाएका छन् अचम्म लाग्छ।
Comments
Post a Comment