चाइनाले गरेको छोटो समयको चमत्कारिक विकासले संसारनै चकित छ, हुन पनि चकितनै पार्ने किसिमको छ अमेरिकाले १०० बर्षमा प्रयोग गरेको सिमेन्ट चाइनाले ३ बर्षमा प्रयोग गर्यो भने पछि आफै सोच्नोस कति नया निर्माण गरेको होला। कोरोना आउनु भन्दा अगाडी संसारका प्राय देसको Tourist को विवरण हेर्यो भने सबै भन्दा बडी Tourist चाइनिजनै थिए। किनकि मानिस अलिकति धन कमाएपछि पहिला घर किन्छ, त्यसपछि गाडी किन्छ अनि संसार घुम्न हिन्छ। यो आम मानिसको आर्थिक मोडेल हो, चाइनामा जति जनसंख्या भारतमा पनि छन् तर भारतीयको त्यो स्तरको विकास भएको छैन त्यसैले उनीहरु घुम्न निस्किन सक्दैनन्।
संसार ५०० बर्ष अघिसम्म क्रेडिट सुबिधाको Trapped परेर बिकास गर्न सकेको थिएन, जब बैंकबाट क्रेडिट सुबिदालाई सहज र सस्तो पारियो तब बल्ल मात्रै अहिलेको चमत्कारिक बिकास सम्भब भएको हो। त्यो बेलाका मानिहरुलाई कुनै लगानी गरेर त्यसबाट भबिस्यमा राम्रो आम्दानि हुन्छ र त्यो आमदानीबाटनै ऋण चुक्ता हुन्छ भन्ने कुरा राम्रोसंग बिस्वास थिएन त्यसैले बिकास सारै सुस्त गतिमा थियो। अब त्यो क्रेडिटको trapped धेरैले बुजे र credit लाई सस्तो र शुलभ जुन देसले गराउन सके ति देसहरु चरम बिकशित भए। तर Nepal जस्तो देस त्यहि ५०० अघिको trapped मा अल्झेको छ त्यसैले सबै नागरिकको अबस्था नाजुक छ।
बिकशित देसहरुले क्रेडिटको trapped बुजे र यसबाट निस्किन सके तर फेरी अर्को trapped प्रोफिट र लसको चक्करमा परेका छन्। यिनीहरुले प्रोफिट के हो बडी प्रोफिट राख्दा कस्तो असर गर्छ भन्ने कुरा बुज्न आझै सकेका छैनन र त्यहि trapped मा परेर रुमलिएका छन्। सोचौ बिज्ञानले धेरै कुरा बनाईसक्यो तर यिनीहरु नाफा र घाटाको चक्रब्युमा फसेर विज्ञानले निर्माण गरेका कुरा पनि प्रयोगमा ल्याउन सकेका छैनन्। जस्तै विज्ञानले आधुनिक मान्छे उड्न मिल्ने ड्रोन बनाई सक्यो तर त्यो प्रयोगमा ल्याउन नाफा घाटाकै चक्करमा अल्झिएका छन्। सामान्य तरिकाले सोचौ त्यो बनाउन ५०० कामदार लागेका छन् १ बर्षमा तिनीहरुले ८०० ड्रोन बनाए त्यस मद्द्य १०० ड्रोन सरकारलाई कर तिर्नु पर्छ, १०० ड्रोन ब्याज बराबर तिर्नु पर्छ ५०० ड्रोन कामदारलाई दिनु पर्छ र बाकि १०० ड्रोन नाफा हुन्छ कुरा यत्ति होईन, यहि कुरालाइ मिलाउन पैसाको प्रयोग गरिएको त होनी, तर जब पैसाको प्रयोग गरिन्छ तब सबै trapped मा परेर कामनै अड्कियो। अब यो अबस्थामा जब लगानीकर्ताले नाफाको रुपमा ३०० ड्रोन राख्छ, तब मार्केटमा गएको ड्रोन त अब ५०० जना कामदारले किन्न सक्दैनन् किनकि अब ड्रोन उनीहरुले पाएको तलब bhandaa महँगो भयो किनकि पहिला नाफाको लागि १०० राखेर मार्केटमा ५०० पठाएको थियो र पो सबै कामदारले आफ्नो तलबले किन्न सके अब त मार्केटमा ३०० मात्रै ड्रोन छन् जसको मूल्य कामदारले पाएको तलब भन्दा बडी मूल्यका छन् त्यसैले ति सामान अब बिक्रि हुन सक्दैनन् जसको कारणले आर्थिक मन्दी आउछ। हरेक आर्थिक मन्दीको सुरुवात अत्याधिक नाफा राख्नु र माग भन्दा बडी उत्पादन गर्नु हुन्छ। २००७ आएको आर्थिक मन्दी आबस्यकता भन्दा बडी घर निर्माण त्यो पनि बडी नाफा राख्नुको कारणले भएको हो। यो कुरा अझै राम्रोसंग बुज्न सकेका छैनन् र यहि नाफाको चक्रब्युमा परेर अर्थतन्त्र अड्काएर बसेका छन्।
अहिले नेपालमा कुनै कृषि उत्पादन गर्यो घाटा हुन्छ, सामान त उत्पादन भयो तर बजारको प्रतिस्पर्धाको मुल्यले गर्दा घाटा भयो, त्यसैले कसैले गर्न खोज्दैन यस्तो समस्यालाई निराकरण गर्न सामुहिक लागनी गरि सामुहिक वितरण गरियो भने नाफा घाटाको चक्रब्युबाट निस्किन सकिन्छ। हो सbai लगानी गरेर खेति सबै असिनाले नास गर्यो भने त्यो बेला बास्तबिक घाटा हुन्छ तर जब खेति राम्रो भएर बजारमा सामान आयो भने त्यो घाटा होईन। बेच्नेलाई घाटा लाग्यो भने किन्नेलाई त नाफा भयो नि त यस्तो बेला राज्यले बिचमा बसेर घाटा नाफा मिलान गराउन सक्छ वा सामुहिक लगानीमा गरियो भने आफ से आफ समस्या हटेर जान्छ।
मैले यो सन्दर्भ किन राख्न खोजेको हो भने पहिला मानिसहरु क्रेडिट शुबिधा नपाउनले जुन trapped परेका थिए अहिले सबै जसो देसहरु नाफा घाटाको चक्रब्युमा फसेका छन् तर चाइना यी दुवै चक्रब्युबाट माथि आउदै छ, क्रेडिट सुबिधा त सस्तो र शुलभ पहिलानै थियो अब नाफाको चक्करबाट पनि आफुलाई बाहिर निकाल्दै छ। अमेरिकार र Europe नाफाकै चक्करमा छन्, उनीहरुले commercial बैंकको नाफालाई ठुलो महत्तो दिन्छन, तर चाइनाले नया digital currency चालु गर्दै छ, जसको मद्तले सजिल्यै commercial बैंकलाई हटाउन सकिन्छ। जसले गर्दा अनुत्पादक कामहरुको अन्त्य हुन्छ र सामानहरु सस्तो मा उपलब्ध हुन्छ। यही कुरा मैले ५ महिना अघि New Economy मोडेल Realism मा निक्कै राम्रोसंग लेखेको छु यो यसै ब्लगमा पढ्न सक्नुहुन्छ। चाइनाले अब यो लागु गरे पछि ठुलो फड्को मार्छ। यसबाट सजिल्यै भन्न सकिन्छ कि युरोप र अमेरिका नाफाको चक्करमा फसेर अनेक अनाबस्यक काममा अल्झेर बस्ने छन् तर चाइना जे जे आबस्यक काम हो त्यो त्यो गरेर थोरै काम गरेर पनि आबस्यक सामान पाउने अबस्था तिर उन्मुख छ त्यसैले भन्न सकिन्छ कि अबको ३० बर्ष पछि चाइनामा मान्छे दिनमा ४ घण्टा काम गर्छन युरोप र अमेरिकामा ८ घण्टा।
New digital currency in China which I have described 5 months ago in new economy model Realism.
Comments
Post a Comment