मेरा धेरै लेखबाट थाहा पाईसक्नु भएको होला पैसा भनेको केवल सबैले मानेको एउटा चिज हो भनेर, गर्दा गर्दा त्यो मान्ने चिज पहिले ढुंगा, सिपि, तामा, सुन, चादी, सिक्का, नोठ, हुदै अहिले कम्प्युटरको Digit लाई पैसा मानेका छौ। कुनै एउटा चिज जसलाई सबैले मान्यता दिनु पनि पर्यो, त्यो चिज लाई सजिल्यै आफुले चाहेको ठाउमा लान पनि पाउनु पर्यो र भबिस्यको लागि संचय गर्न पनि मिल्न पर्यो, त्यो चिजलाईनै पैसाको रुपमा प्रयोग गर्न सकिन्छ र सजिल्यै अरुले नक्कली बनाउन नसकुन भन्ने कुरालाई पनि बिशेस ध्यान दिनु पर्यो तब पैसाले समाजमा काम गर्छ, कुरा यत्ति हो। अब हामीले यस्तो तरिकाले पैसालाई प्रयोग गर्नु पर्यो कि कसैले कर छल्न पनि नसकोस र भ्रस्टाचार गर्न पनि नसकोस त्यो दुइ कुरालाई बिशेस जोड दिदै नया तरिकाले पैसालाई प्रयोग गर्दै आर्थिक गतिबिधि संचालन गर्न सकिन्छ।
अहिले हाम्रो देसमा जताततै निरासनै निरास छ, अब जनता जगाउन केहि नया नगरी जनतामा उर्जा भर्न सकिदैन, र कुनै राजनीतिक बाद आएर बिकास हुने पनि होईन त्यसैले बाद भन्दा पनि आर्थिक मोडेलमा बिशेस तरिकाले जानु र विचार बिमर्स गर्नु उपयुक्त हुन्छ। सरकारले जनताबाट औसतमा त्यहि २० % कर लिने हो, ८० % त जनतालेनै आफै राख्ने हुदा, जनता धनि हुनको लागि आफैले काम गर्नु पर्छ तर जनतालाई काम गर्न र काम गरिसकेपछि सुबिधा पाउने गराउन सरकारले उपयुक्त नीति नियम बनाएर सहयोग गर्न सक्छ।
एउटा कुरा मझैसंग बुज्नु पर्छकी बिकास गर्नलाई बैंकको ब्याज सारै सस्तो हुनु पर्छ , बैंकको ब्याज सस्तो गराउन बैंकको खर्च सस्तो पार्नु पर्छ र केन्द्रिय बैंकमा बिदेसी मुद्राको संचिति आबस्यक मात्रामा पुग्ने हुनु पर्छ। अब यो बैंकको झमेलामा नपरेर, संसारलाईनै चकित पार्ने तरिकाले सारा बैंकलाई Cooperative मोडेलमा लान सकिन्छ। अब सातै वटा प्रदेशमा ७ वटा ठुला ठुला Cooperative निर्माण गर्ने अब उक्त Cooperative मा सबै सम्बन्धित क्षेत्रका मान्छेसंग भएको नेपालि पैसा जम्मा गर्ने र सबैले १००००,१०००० शेयर पनि हाल्ने। अब उक्त क्षेत्रका मान्छेलाई नेपाली पैसा जम्मा गर्न लगाएर उनीहरुलाई नया Digital पैसा दिने त्यो भनेको उसको mobile बाट वा कम्प्युटरबाट वा visa कार्ड जस्तै बनाएर उक्त प्रदेसभित्र मात्रै चल्ने गराउने, अब जतिपनि आर्थिक गतिबिधि हुन्छ Cooperative मार्फत गर्ने, मान्छेले काम गर्छ तलब त्यहि प्रदेसकै Digital पैसाबाट भुक्तानी हुन्छ, सामान त्यहि पैसाले किन्न सक्छ, अब त्यस प्रदेशको मान्छे अर्को प्रदेशमा गएर किन्न पर्यो भने mobile बाटनै उसले अर्को प्रदेसको पैसा Exchange गर्न मिल्ने गराउने, यो गराउनको मतलब अब उसले एउटा प्रदेशमा जतिशुकै पैसा लुकाओस त्यो अर्को प्रदेशमा लान सक्दैन किनकि चल्दैन, अर्को प्रदेशमा लान exchange गर्नु पर्छ exchange गर्दा त्यो रिपोर्ट सबै सदस्यले पाउने हुदा, यदि उसले आफुले कमाएको भन्दा बडी पैसा लगेको रहेछ भने तत्काल पत्ता लाग्छ, अब सबैले Mobile चलाउन त सक्दैनन , त्यसको लागि प्रदेशमा छुट्टै ५ देखि १०० सम्मको नोठ प्रचनमा ल्याउदा अल्लि उमेर बडी भएकालाई काम चल्छ। अब जतिपनि त्यो प्रदेशमा चाहिने सामनहरु छन् सम्भब भएसम्म Cooperative le बनाउछ, नभए अर्को प्रदेसबाट ल्याउछ अझै नभए बल्ल बिदेसबाट ल्याउछ। अनि उत्पादन गरेका सामान आफ्नो प्रदेशमा बडी भए अर्कोमा बेच्छ, अझै बडी भए बिदेसमा बेच्छ।
अब यस्तो गरेपछि हरेक व्यक्तिको नेपालि पैसा Cooperative हुन्छ, प्रदेसको पैसा आफ्नो Account मा हुन्छ, अब Cooperative संचालकले पनि कसै गरि ठगि गर्न सक्दैनन्, अर्को Cooperative सामान बेच्दा, उसले जति तिरेको उता देखाउछ, त्यतिनै Amount यता देखाउन पर्छ त्यहा पनि छल्न सकेनन, र बिदेसबाट सामान किन्दा पनि सामानको मूल्य बराबर मात्रै भुक्तानी गर्न पाउने हुदा त्यो पनि सम्भब भएन अब सामानको बिल बडी बNaaera बिदेसमा बडी भुक्तान गरेर त्यो पैसा गलत तरिकाले नेपाल ल्याउन सक्दैनन् किनकि हरेक प्रदेशमा अब प्रदेशको पैसा हुन्छ र अझै त्यस्तो बाहिरको पैसा ल्याउदा स्रोत खुलाउन पर्ने हुदा, स्रोत नखुलेको पैसा सोतह जफत हुने हुदा अब त्यसरी बिदेसमा बिल बडाएर, कमिसन खाने चक्कर पनि रोक्न सकिन्छ।
प्रदेस भित्र प्रदेशको पैसा मात्रै चल्ने भए पछि अब नेपालमा हुण्डी गरेर कोहि नेता वा व्यापारीले अब पैसा बिदेस लान सक्दैनन्। अनि Cooperative का सबै कारोबार Digital माद्यमबाट हुने हुदा अब कर छलीको सम्भाबना पनि सधैका लागि सकिन्छ। प्रदेशका सबै मान्छेको पैसा अब Cooperative ma हुने हुदा आफ्नो क्षेत्रमा जे जे चाहिन्छ र बनाउन सकिन्छ त्यो त्यो बनाउदै जान्छ। काम पुगेसम्म सबैलाई काम दिन्छ काम नपुगे, सरकारले बेरोजगार भtta दिन्छ, उत्पादन देखि बिक्रि वितरण सबै आफै संचालन गर्छ, अर्को प्रदेशमा बिक्रि चाही सिधै उक्त प्रदेशको Cooperative laaii गर्छ।
यस मोडेलमा व्यक्तिले आफ्नो सम्पति राख्न पाउछ, आफुले पनि ब्यबशाय गर्न पाउछ तर उसले नेपालि पैसा Cooperative maa राखी उक्त प्रदेशको पैसा लिनु पर्ने हुन्छ अब त्यति गरे पछि उसले पनि कर छली गर्न सक्दैन। सबै जसो उत्पादन र बिक्रि वितरण Cooperative मोडेलबाटनै हुने हुदा, व्यक्तिले एक्लै गरेर झमेला झेल्नु पर्दैन तैपनि कोहि कोहि नेपरिएका मान्छे हुन्छन त्यस्ताले गर्न खोज्दा रोक्नु हुदैन तर अब ऋण लिन चाही बैंक हुदैन त्यहि Cooperative बाटनै लिनु पर्ने हुन्छ। यसरि ७ वटै प्रदेशमा आफ्नो आफ्नो पैसा र उक्त पैसा को विनिमय दर नेपालि पैसा बराबरनै गरेर अनि नेपालि पैसा केन्द्रिय बैंक र Cooperative मा मात्रै राख्ने, चलन चल्ती र प्रयोगलागि आफ्नो आफ्नो प्रदेशको पैसा प्रयोग गर्ने गरेमा कसैले पनि कर छली र भ्रस्टचार गर्न नसक्ने हुन्छ, अनि बिदेसबाट पनि आबस्यक सामान मात्रै Cooperative ले आयात गर्ने हुने हुदा हाम्रा बस्तु हाम्रो बजारमा बिक्रि गर्नको लागि कुनै समस्या पर्दैन।
अब कोहि कोहीलाई बिदेसी ब्रान्ड किन्न मन लाग्ला रे त्यो पनि Cooperative मार्फतनै खरिद हुन्छ। अब हामीले उत्पादन गरेका सामान महँगो भए, हामी आफैलाई महँगो हुने हो, सामान महँगो हुने भनेको हामीले हाम्रो तलब धेरै राखेर हुने हो, अब तलब धेरै राखे पछि महँगो सामान किन्न सजिल्यै सकिन्छ। अब तलब थोरै राखियो भने सामान सस्तो पर्छ, त्यो पनि केहि फरक परेन। अब सामान महँगोमा बेचेर तलब चाही थोरै दिईयो bhane Cooperative laaii नाफा बडी हुने हुदा फेरी नाफाको पैसा सबैलाई जान्छ त्यताबाट पनि केहि फरक परेन। अब हामीले उत्पादन गरेको सामान भारत र चिनमा बेच्नलाई मूल्य बडी भएर सकिएन भने हाम्रो विनिमय दरलाई १६० बाट १७० वा १८० बनाएपछि हाम्रा सामान भारतलाई सस्तो पर्न जान्छ र सजिल्यै बिक्रि गर्न सकिन्छ। तर तत्काललाइ हामीले बाहिरबाट सामान खरिद गर्न जतिपनि Remittance आउने हुदा विनिमय दर परिबर्तन गरि सस्तोमा हाम्रो सामान बेच्न पर्ने अवस्था छैन।
यसरि पैसा के हो, आर्थिक क्रियाकलाप र बिकास के हो, मान्छेले के चाहना राखेको हुन्छ यी सबै कुरालाई गहिरोसंग बुज्न सकियो भने मात्रै उपुक्त आर्थिक नीति ल्याई बिस्वनै तरंगित पार्ने किसिमले काम गर्न सकिन्छ, नभए World बैंक, IMF WTO र UN ले फनफनी रिगाएर जस्ताको तस्तै पार्दिन्छ , त्यसैले उनीहरुलाईनै आस्चर्य पार्ने गरि यो तरिकाबाट गईयो भने अब हाम्रो मोडेलमा उनीहरु फनफनी घुम्छन, र सोच्न थाल्छन के आस्चर्य गर्यो नेपालले भनेर न कतै लेखेको न कतै प्रयोग गरिएको छ, नेपालले के चमत्कार गर्यो भनेर हेर्न आउने अर्थसास्त्रिको भिड हुन्छ।
Comments
Post a Comment