Haरेक जनतामा आशुरी र भस्माशुरी बिचार पैदा हुनुनै देस नबन्नुको प्रमुख कारण


एउटा अस्पतालमा काम गर्ने क्रममा विभिन्न दुर्गम जिल्ला जस्तै अछाम, बजांग, दार्चुला लगायत करिब २५ जिल्लामा महिलाहरुको पाठेघर खसेको शल्यक्रिया गर्ने टोलीमा ब्यबस्थापकीय काम गर्ने गरि सहभागी भए। कार्यक्रम सारैनै उपयोगी थियो र धेरै महिलाहरुले पाठेघरको शल्यक्रिया निशुल्क गरि स्वास्थलाभ लिनु भयो। कार्यक्रमको दाता चाही बिदेसी थिए उनीहरुले नेपाल सरकारलाई त्यो कार्यक्रम दियो र नेपाल सरकारले विभिन्न Private अस्पताललाई दियो। 


त्यस्ता त्यस्ता दुर्गम जिल्लामा महिलाहरु बर्सौ देखि पाठेघर खसेर पैसाको अभाबमा दुख्ख झेल्दै आएको देखेर बिदेसिले कार्यक्रम दियो तर जब हामि काठमाडौँबाट करिब ३२ जनाको  टोलि ४ जना डाक्टरहरु सहित विभिन्न जिल्ला अस्पातालमा शल्यक्रिया गर्नको लागि पुगियो तर त्यहि जिल्ला अस्पतालमा काम गर्ने कर्मचारीबाट राम्रो सहयोग पाउन सकिएन, सबै कर्मचारी खराब त थिएनन् तर कोइ कोइ भने यिनीहरु बिदेसी डलर पचाउन आएका हुन् भन्दै काममा अबरोध पुर्याउथे, कहिले पानि काट्ने, कहिले बिजुली काट्ने जे गरेर अप्ठेरो पर्छ त्यो गर्ने, यसो सोचे यिनीहरुमा त्यस्तो भाब पैदा हुनुमा यिनीहरुko  गल्ति छैन, राजनीति गर्ने मान्छेनै घुसिया छन्, सरकारी काम गर्ने मान्छेनै घुसिया छन्, ब्यापारी त्यस्तै छन् त्यहि परिवेशमा यिनीहरुमा त्यो किसिमको आसुरी र भस्माशुरि भाब पैदा हुनु स्वाभाविकनै हो।  


मेरो आफ्नै घटना म त्रिभुवन बिस्व बिध्धालयबाट BA level को परिक्षा संचालन गर्नको  लागि सुपरिबेक्षक भएर चितवनको टांडी स्थिति सहिद Smridi  कलेजमा करिब २३ दिनकोलागि गएको थिए, नियम अनुसार मैले पुरा दिन उक्त कलेजमा सबै परिक्षाको शुपरिबेक्षण गर्नु पर्थ्यो तर करिब ३ वटा परिक्षा संचालन भए पछि काठमाडौँबाट साथिले भन्यो कहा पुरा दिन बस्ने होर  यसो कुरा मिलाएर अर्को सुबरिबेक्षकलाई तपाई हेर्नु सर मेरो काम पर्यो भनेर फर्की भन्यो, अनि उसले थप्यो देस जति नेता र भ्रस्टचरीले  लुटेर खाए अब बिधार्थिकालाई चिट चोर्न रोकेर देस बन्दैन, चोर्न नसके, नजाने यो देसमा पछि बाच्नै सक्दैन त्यसैले बडी इमान्दार हुन पर्दैन, म मेरा साथीहरु जहिले १,२ दिन  बसेर फर्किन्छ्म, ल आईजा भन्यो, यसो सोचे होत, देस जति लुटेर खाए मैले यी केटाकेटीलाई टाईट गरेर केनै हुने होर भन्ने आशुरी र भस्माशुरी भाब जागृत भयो त्यसैले म त्यहाबाट फर्के तर मैले त्रिभुभवन बिस्व बिध्धालयबाट त पुरा दिनको भत्ता लिए। अवसर नपाउदासम्म म आदर्सबादिका कुरा गर्ने मान्छे अबशर पाउदा म पनि उस्तै बने किन भने मेरो समाजनै त्यहि बाटोमा हिनेको छ र मलाई त्यतै हिनाउन बाद्य पारेको छ, यसको मूल कारण राजनीति हो जब राजनीति गर्ने मान्छेले सहि तरिकाले इमान्दारपुर्बक काम गरेको बिस्वास सबै जनतामा पर्न जान्छ, तब हरेक जनताको मन भित्र रहेको आशुरी र भस्माशुरि भाब आपसे आप हटेर जान्छ र देसले छोटो समयमै प्रगतिको बाटो समात्छ। 







Comments