अहिले संसारमै राम्रो गरेका देशहरु मध्ये नर्दिक देशहरु पर्दछन। जहा लोकतान्त्रिक समाजवादको अभ्यास गरिएको छ। म संसारैकै अस्तव्यस्तमा मस्त देसबाट संसारैकै उत्क्रिस्ट देस फिनल्याण्डमा अबसरको खोजि गर्दै आईपुगे। मेरो बिसयनै अर्थसंग सम्बन्धित हुदा निकै चासोको साथ यहाको काम गराई र प्रणालीको ब्यबस्थापन लाई निकै नजिकबाट बुज्ने कोसिस गर्दै छु। भूराजनीतिक हिसाबले एकातिर युरोप भित्रनै रहेको र अर्को तिर लामो सिमाना रसियासंग जोडिएको हुनाले यो देशलाई पनि नेपाललाई जस्तै समस्या छ, त्यसैले यो देस नेटोसंग आबद्द छैन। युरोपका नीतिनियम पनि पालना गर्नु पर्ने उता रसियालाई पनि चिड्याउन नहुने हामि जस्तै अफ्ठेरो अबस्थामा यो देस रहेको छ। करिब ४ महिना हिउनै पर्छ, कृषि १ बालि हुन्छ त्यो पनि केहि थोरै मात्रै प्रकारका खाद्यान्नहरु उत्पादन हुन्छन। यस्तो साधन र स्रोत सिमित भएको देस पनि आज हरेक क्षेत्रमा उत्क्रिस्ट हुदा अचम्म लाग्नेनै छ।
अमेरिकाका रास्ट्रपति डोनाल्ड ट्रम कम्युनिस्ट र समाजबाद भनेको अरुको लुटेर खाने ब्यबस्था हो भनेर यो व्यबस्थाको नामनै सुन्न चाहन्नन्। यसो सोचौ त संसारकै शक्तिशाली राष्ट्र त्यसको पनि प्रमुख केहि नबुजी त पक्कै बोलेनन्। त्यसैले मैले कम्युनिस्ट देशहरुलाई सम्झे जहा सबै साधन र स्रोतहरु सरकारको अधिनमा हुन्छ, जनतालाई काम र त्यो बापत समान किसिमले सुबिधा प्रधान गरिएको हुन्छ। यस प्रणालीमा कुनै पनि व्यक्ति चाहेर पनि अरु भन्दा बडी मेहनत गरेर माथि पुग्न सक्दैन, जति काम गरे पनि सुबिधा उत्तिनै हुने भए पछि त्यस्तो अबस्थामा मान्छे अल्छी भई काम प्रति आकर्सक नहुन सक्छ, अझै प्रणाली बलियो नभएको देसमा खराब नेताको प्रबेसले जनताको अवस्था झन दयनिय हुन सक्छ, त्यसैले ट्रंपले कम्युनिष्ट भनेको अरुलाई काममा लदाएर केहि सिमित नेताहरुले असिमित फाइदा लिने ब्यबस्था भने त्यो कुरा ठिक पनि हो। अब अर्को अहिलेको जल्दो बल्दो समाजबाद जहा मुख्य गरि शिक्षा र स्वास्थ्यलाई सबै जनताको समान पहुच पुगोस भन्ने मनसायले ब्यबस्था मिलाईएको हुन्छ। शिक्षा र स्वास्थमा निशुल्क गर्नको लागि धेरैनै खर्च गर्नु पर्ने हुन्छ त्यसको लागि सरकारले हरेक सामानमा महँगो कर, व्यक्तिको आम्दानीमा महँगो कर, हरेक व्यापारमा महँगो कर लगाएर त्यसबाट आएको पैसालेनै शिक्षा र स्वास्थ्यमा निशुल्क गराउने हो। अब यहाँ सोचौ कुनै व्यक्ति पढ्न पनि गएन, खासै बिरामी पनि भएन तर उसले त शिक्षा र स्वास्थ निशुल्क गराउनको निम्ति सरकारले बस्तुमा लगाएको, आफ्नो तलबमा लगाएको महँगो कर त तिर्नु पर्यो, सुबिधा लिने अरु भए, उसलाई त त्यो कर बोझ भयो, यदि उसलाई त्यो कर नलगाएको भए त उसले सस्तोमा सामान पाउथ्यो, तलबमा कम कर लाग्थ्यो र उसंग पैसा बाकि रहन्थ्यो, जब उसलाई स्वास्थ्य आबस्यकता पर्छ त्यो बेला त्यहि बचेको पैसाबाट सुबिधा लिन्छ। काम गर्न खोजेकोलाई काम पाइन्छ, आफुले सकेको काम गर्छ अनि आफ्नो खर्च आफै तिर्छ, किन सरकारले अनाबस्यक बडी हस्तक्षप गर्ने ट्रमको कुरानी निकै जायज र यथार्थ छ किनकि उनीहरुको देसमा काम गर्न खोजेकोलाई कामको ब्यबस्था छ, त्यसैले सानका साथ भन्न सक्छन कम्युनिष्ट र समाजबाद भनेको अरुको लुटेर खाने बाद हो भनेर।
तर सबै कुरा व्यक्तिलाई र स्वतन्त्र बजारलाई छोड्दा बजार झन भद्रगोल हुने, केहि सिमित मान्छेले अशिमित धन संकलन गर्ने, धेरै मानिस सामान्य सुबिधा लिन पनि अथाह परिश्रम गर्नु पर्ने, जे मन लाग्यो त्यो उत्पादन गर्ने, अस्वस्थ प्रतिस्पर्धा, मान्छे नाफामुखी र पैसामुखी हुने अवस्था आईपुग्यो, जुन खुल्ला बजारको बेफाइदाहरु भए। अब यी तिनैवटा ब्यबस्था मद्द्य जुन ब्यबस्था लागु गरेता पनि, जनताको सुबिधा बडाउन र देस बिकास गर्नको लागि तिनै जनताले काम गर्नु पर्छ। ब्यबस्था परिबर्तन गर्दैमा जनताको सुबिधा बढ्ने र देस बिकास हुने होईन, उपयुक्त र आबस्यक क्षेत्रमा काम गर्नु एक मात्रै विकल्प हो। काम पनि उत्पादनशिल क्षेत्रमा हुनुपर्यो र सकेजति र भएसम्म देस भित्रकै साधन र स्रोत प्रयोग गर्नु पर्यो, आफ्नो देसमा फलाम खानी छ, भारतबाट सस्तो पर्ने भयो भनेर उतै बाट किनेर हुदैन, उनिहरुले प्रयोग गरेको प्रबिधि किनेर आफ्नै फलाम खानी उत्खनन गर्नु पर्छ, महँगो पर्ने भनेको आफ्नै जनतालाई बडी तलब दिएर हो, त्यो हुदा के बिग्रियो र आफ्नै जनता धनि भए, भारतबाट खरिद गर्दा बर्सेनी अरबौ पैसा बाहिरियो जुन ठुलो घाटा हो। अब भारतko फलामसंग प्रतिस्पर्धा गर्न सकिदैन भने उसको सामानलाई बडी भन्सार कर लगाउने, अझै सबै समानमा प्रतिस्पर्धा गर्न सकिदैन भने विनिमय दर परिबर्तन गरेर १६० बाट १७० लान पनि सक्ने बिकल्प छ। जसरि हुन्छ देस भित्रको साधन र स्रोतलाई प्रयोग गर्ने ब्यबस्था मिलाउनु पर्यो। दिनदिनै नाफा खाने हेतुले जग्गा खरिद बिक्रि, शेयर खरिद बिक्रि, दलाली काम गरेर हुदैन त्यस्ता कामले देस बन्दैन। यस्तो काम गर्नु पर्यो जुन कामले अर्थतन्त्रमा केहि आबस्यक कुरा बडी थपियोस जस्तै एउटा जुत्ता बनाउनु पनि अर्थतन्त्रमा केहि थप योगदान गर्नु हो।
अहिले हामीलाई के सुबिधा छ भने, हामीलाई आबस्यक पर्ने जति बिदेसी मुद्रा Remittance द्वारा भित्रिन्छ, अब यो पैसालाई प्रयोग गरेर, आफ्ना उपलब्ध साधन र स्रोत प्रयोग गर्दै उत्पादनमा जोड दिनु पर्यो अनि आफुलाई प्रयोग गरेर बडी भएको सामान भारत र चीन निर्यात गर्नु पर्यो। जब चीन र भारतबाट हामीले सामान ल्याउछौ भने हाम्रो सामान पनि त उनीहरुलाई बेच्नु पर्यो तब मात्रै हाम्रो अर्थतन्त्र बलियो हुन्छ। अरु त के कृषि उत्पादन गरेर आफ्नै देशलाई मात्रै पनि आत्मनिर्भर गराउन सकिदैन भने अरु आस गर्नुनै बेकार छ तैपनि गरे सकिन्छ। जंगलमा रुख ढलेर कुहिएर गएका छन् हामि चीनबाट ल्याउदा सस्तो पर्छ भन्दै, आफ्नो उत्पादनमा जोड दिदैनौ, हाम्रो गल्ति त्यहि छ, यी यावत गल्ति सच्चाउन कुनै बादले रोक्दैन। चुडामणि शर्माको मुद्दाबाटै थाहा हुन्छकी कसरि कानुनमा प्वाल पारेर नेपालमा ठुला ब्यबसाहिले मिलेमतमा कति कर छली गर्छन भन्ने कुरा। यही कोरानाको समयमा धेरै नेपालीको काम छुटेको छ, काम घटेको छ, यही बेला सबै भन्दा बडी Remittance आउछ भने आफै सोच्नोस नेपालबाट हुण्डीको प्रयोग हुदै कति पैसा बाहिरिने रहेछ भनेर। यी सबै कुरा नरोके सम्म जुनसुकै बाद आए पनि हुनी वाला केहि छैन, त्यसैले बादमा अल्झिने होईनकि , राजनीति छोडेर नीति र प्रणाली बलियो बनाउनु पर्छ तब मात्रै देसको बिकास हुन्छ। कम्युनिष्ट सरकार भएको देस क्युबा अमेरिकाको त्यत्रो नाकाबन्दी, दबाबका बीच पनि राम्रो छ, खुल्ला अर्थतन्त्र भएका धेरै देशहरु राम्रा छन्, समाजबादी देसहरु पनि राम्रा छ, राजाले शासन गरेका देसहरुपनि राम्रा छन्, ति सबै राम्रा देशरुमा प्रणाली बलियो छ, र सकेसम्म आफ्ना साधन र स्रोत प्रयोग गरेका छन्, त्यसैले सजिल्यै भन्न सकिन्छ, जुनसुकै बाद आOs प्रणाली बलियो, आफ्ना साधन र स्रोतको अधिकतम प्रयोग गरि काम गर्नुनै बिकासको एक मात्र विकल्प हो।
कमजोर प्रणालीमा समाजबाद ल्याइयो भने अहिले भन्दा झन बिजोग अबस्था आउनेछ। किनकि अहिले त शिक्षा र स्वास्थ्य निजिले पनि चलाएको छ, उनीहरुलाई आफ्नो ब्रान्डको लागि राम्रो गर्नु पर्ने बाद्यता छ र अलि अलि गुणस्तर दिएको छ तर त्यो सबै सरकारले लिन त सक्छ तर सरकारको अहिलेको जस्तै फितलो प्रणाली भयो भने त सरकारका मान्छेले राम्रोसंग काम नगरेर गुणस्तर अहिलेको भन्दा पनि नाजुक हुन सक्छ। अर्कोतिर शिक्षा र स्वास्थलाई निशुल्क गराउन कर बढाउनु पर्छ तर कर चुहावट रोक्न सकिएन भने देसनै टाट पल्टिन सक्ने अबस्था आउछ त्यसैले समाजबादमा जानको लागि अनिबार्य सर्त प्रणाली बलियो हुनु पर्छ ताकि कसैले कर छल्न र भ्रस्टचार गर्न नसकोस तब मात्रै समाजबाद सफल हुने हो। लौ नर्डिक देशरुले समाजवादले राम्रो गरे हामी पनि त्यहि गरौ भनेर कुर्लेर हुदैन जे सुकै गरे पनि अन्तिममा भनेको तिनै मानिसले काम गरेर तिनै मानिसले आफ्नो सुबिधा बडाउने हो, त्यसकोलागि आफ्ना साधन र स्रोत को अधिकतम प्रयोग गरि प्रणाली बलियो बनाई काम गर्नु हो। अहिले China le गरेको पनि त्यहि हो, प्रणालि बलियो बनायो अनि आफ्ना साधन र स्रोतको परिचालन गर्यो अब जे जे आबस्यक छ त्यो त्यो बनाउदै गएको छ। हामि त गफ ठुला गर्नी खेत बारी बाझै राखेर भारतबाट तरकारी किन्ने अनि कुरा चाही राता किताबका। अनि कहाबाट होस्।
फिनल्याण्डलाई पनि आफ्ना सामान बिक्रि गर्न निकै गारो छ किनकि यहाँ सबै सामान महँगो हुने हुदा अरु देसका सामानहरु सस्तोमा आउछन तRa फिनल्याण्डle आफ्नो सामानलाई महँगो ब्राण्ड बनायो, हरेक सामान quality को बनाउने र अन्य देसको भन्दा डबल त्रिबल मुल्यमा बेच्ने, अब मान्छेको दिमागमानै पर्न गयो कि Finish ब्रान्ड राम्रो हुन्छ भनेर, यसरि आफ्नो उत्पादनलाई महँगो ब्राण्डका रुपमा बजारमा ल्यायो। अनि जंगलका रुखहरु कटान गर्दै निर्यात गर्छ र त्यो ठाउमा नया बिरुवा लगाउछ यसरि जंगलबाट पनि फाइदा लियो। अनि इलेक्ट्रोनिक्सका सामानहरुको उत्पादनमा बिशेस जोड दियो त्यस्तै ठुला ठुला मेशिनरी सामान उत्पादन गर्यो, IT को त युरोपको HUB नै बनायो। यसरि आफ्ना साधन र स्रोतलाई अति मिहिन तरिकाले प्रयोग गरि सबैलाई देस भित्रनै रोजगार दिन सक्यो अनि प्रणालि यति बलियो छ कि कसैले १ युरो पनि कर छली गर्न सक्दिन र भ्रस्टाचार पनि तब बल्ल मात्रै समाजबादले काम गरेको छ। हावाको तालमा समाजबाद भन्दैमा आकासबाट पैसा आएर बिकास हुने होईन प्रणाली बलियो, आफ्ना साधन र स्रोतको अधिकतम प्रयोगनै सबै वादको मूल मात्र हो।
Comments
Post a Comment