एउटा कम्पनि बनाएर उक्त कम्पनि संचालन गरि बजारमा बस्तु बिक्रि गर्दा सम्म धेरैनै लगानी गरिएको हुन्छ, सुरु गर्दा देखि संचालन गरिरहदासम्म कम्पनीमा धेरै कामदारहरुले काम पाईरहेका हुन्छन। जब कामदारहरुले काम पाएका हुन्छन तब उनीहरुले आफुलाई चाहिने सामान खरिद गर्न सक्छन। सरकारको चाहनापनि जतिसक्यो आफ्ना जनताहरुले आफुलाई चाहिने समान किनेर आफ्नो जिबन सम्पन्नशालि बनाउन सकुन भन्नेनै उधेस्य राखेको हुन्छ। यसरि कम्पनि चलिरहेता पनि कहिले काही बजारमा प्रतिस्पर्धाको कारणले मुल्यमा कमि आएर वा कर्मचारीको तलब बढाउनु पर्ने बाद्यता भएर वा आबस्यक कच्चा पदार्थको मुल्यमा बृदी भएर वा प्राबिधिक कारण वा अन्य प्राकृतिक कारणले संचालनमा अबरोध भई कहिलेकाही कम्पनि टाट पल्टिन सक्छ। अब सोचौ आफ्नो देस भित्र बार्षिक १० खर्बको कार बनाउने कम्पनि थियो, जसमा प्रत्यक्ष ५००० जानाले रोजगार पाएका थिए एकाएक कर्मचारीको आन्दोलन भएर केहि समय कम्पनि बन्द भयो र अब कर्मचारीको तलब बृदी गर्दा कम्पनीले घाटा खायर टाट पल्टियो अब केहि समय सरकारले अनुदान नदिएको खण्डमा कम्पनि बन्द हुने अबस्थामा पुग्यो।
अब माथिको अबस्थामा बिस्लेसण गर्दा यदि यो कम्पनि बन्द भयो भने बार्षिक १० खर्बको कार उत्पादन गरेर बेचेको कम्पनि बन्द हुदा त्यतिनै रकमको कार अब बाहिरबाट आयात हुन सक्छ जुन देसको लागि ठुलो घाटा हो। अर्को पट्टि ५००० कर्मचारी बेरोजगार हुदा बजारमा अन्य सामानको मागमा पनि कमि आउछ जसले गर्दा अर्थतन्त्रमा गिरावोट आउछ, ति ५००० बेरोजगार कामदारलाई बेरोजगार भत्ता दिदा ठुलो रकम सित्तैमा जान्छ, यसरि चलिरहेको कम्पनि केहि कारणबस बन्द हुदा अर्थतन्त्रलाई ठुलो नोक्सानी हुने कुरा मुल्याकन गरि त्यो भन्दा राम्रो अनुदान दिएर चलाउदा सबैलाई फाइदा हुने निस्कर्ष निकालेपछि सरकारले यस्ता ठुला टाट पल्टेका कम्पनीहरुलाई अनुदान दिएर फेरी चलाउने गर्दछन।
अब कम्पनि नाफा भए ब्यबशायिले नाफा राख्न पाउने र टाट पल्टिदा सरकारले अनुदाने दिने हो भनेत सबैले ब्यबशाय गर्छन, जब सबैले ब्यबशाय गर्छन तब काम गर्ने कर्मचारी कोहि पाइदैन त्यसैले फेरी भद्रगोल हुन्छ त्यसैले कस्तो अबस्थामा कस्ता कम्पनि टाट पल्टे भने सरकारले अनुदान दिएर उनीहरुलाई पुर्ण संचालनमा ल्याउने भन्ने एउटा आर्थिक नीति नियम बनाएका हुन्छन त्यसैको आधारमा रहेर टाट पल्टेका कम्पनिहरुलाई फेरी अनुदान दिई संचालनमा ल्याउछन। यो गर्नको लागि सरकार धनि हुनु पर्दैन, Nepal सरकारले पनि आबस्यक नीतिनियम बनाई टाट पल्टेका कम्पनिलाई पूर्ण संचालनमा ल्याई रोजगार बृदी, राजस्व बृदी र आयातमा कमि गराई देसलाई आत्मनिर्भर गराउन सक्छ।
Comments
Post a Comment