हुण्डी रोकौ देसलाई गरिबीबाट मुक्त गरौ।

 हुण्डी रोकौ देसलाई गरिबीबाट मुक्त गरौ। 


हुण्डीको पहिलो पटक प्रयोग सन् १५८६  मा इन्डियामा भएको थियो जसमा बाउले छोरालाई ब्यापार गर्नको लागि हुण्डीद्वारा २०० रुपिया पठाएको इतिहास छ। अहिलेको बिकसित Remittance इतिहासको हुण्डीकै स्वरूप हो। हुण्डीमा पनि एक ठाउमा पैसा बुजाएर अर्को ठाउमा पैसा लिनेनै हो। Remiittance , बैंक आदिले दिने सेवा पनि हुण्डीले दिने सेवा जस्तै हुन्। यसलाई सामान्य तरिकाले अझै यसरि बुज्न सकिन्छ, म काठमाडौँमा बसेको छु, मलाई मेरो बुवाले चितवनमा आफ्नो साथीलाई रु १०००० दिएर, मैले बुवाको साथीको छोरासंग जो काठमाडौँ बसिरहेको छ उसंग काठमाडौँमै  रु १०००० पाउन सक्छु भने यो तरिकालाईनै हुण्डी भनिन्छ। सरासर हेर्दा एकठाउँमा पैसा दिएर अर्को ठाउमा लिनुनै हुण्डी हो, त्यसैले खासै अर्थतन्त्रलाई केनै असर गरेको हुन्छ र भन्ने लाग्छ। हो आन्तरिक हुण्डीले त्यस्तो खासै असर गरेको हुदैन, तर अन्तरास्ट्रिय हुण्डीले देस कंगाल पारेको हुन्छ। 


नेपालका धेरै कामदार बिदेसमा कार्यरत छन्, ति मद्द्य कतिपयले हुण्डीद्वारा नेपालमा  आफ्नो पैसा पठाएको जानकारी हामि सबैलाई थाहै  छ। हुण्डीमा संलग्नहरुले बैधानिक Remittance वा बैंक भन्दा धेरै विनिमय दर दिने र पठाउने शुल्क पनि नलिने हुँदा नेपाल पैसा पठाउने व्यक्तिले  हुण्डीबाटै पठाउन चाहनु स्वभाबिकनै हो तर यसले अन्त्यमा पठाउने व्यक्तिलाईनै असर गरेको हुन्छ भन्ने कुराको जानकारी नहुँदा नेपालमा हुण्डी पेशा  मौलाएको छ। यसलाई सारा बिदेसमा बसेका नेपालीहरुले एकमत भएर अबदेखि हुण्डीबाट पैसा नपठाउ यो देशलाई ठुलो घाटा हो भन्ने कुरालाई बुज्न र  आत्मसाथ गर्न सकियो भने  तब मात्रै देशलाई हुण्डी मुक्त गर्न सकिन्छ र देसलाई भएको ठुलो घाटालाई बचाउन सकिन्छ। 


अब चर्चा गरौ हुण्डी किन गर्छन र यसले कसरि अर्थतन्त्रलाई असर गर्छ त। नेपालबाट आफ्नो पैसा बिना खास उधेस्य बिदेसमा लैजान छुट छैन, स्पस्ट उधेस्य खुलाई बैधानिक उधेस्यकोलागी बैधानिक माद्यमद्वारनै पैसा बिदेस लान पाईन्छ जस्तै बिदेसबाट सामान खरिद गर्नको लागि LC जसलाई Letter of Credit भनिन्छ, बनाएर मात्रै बिदेसी कम्पनीलाई भुक्तान गर्न सकिन्छ। जसमा जति पैसाको LC तयार गरिन्छ त्यतिनै  पैसा बराबरको सामानको विल हुनु पर्दछ र त्यहि बिलको आधारमानै भन्सारमा भन्सार शुल्क तिरेर सामान नेपाल ल्याउने हो। यस अबस्थामा बिदेसबाट सामान खरिद गर्दा कम भन्सार  शुल्क तिर्ने प्रयोजनकोलागि व्यापारीहरुले बिदेसमा अन्तरास्ट्रिय Agent लाई प्रयोग गरि बिदेसबाटै बिदेसी मुद्रा लिने गर्दछन, र ति अन्तरास्ट्रिय Agent ले ब्यापारीलाई दिने बिदेसी मुद्रा, नेपाली कामदारबाट लिने गर्दछ, र ति नेपालीले बिदेसी  Agent लाई दिएको पैसा अब त्यो नेपालि व्यापारीले  नेपालमा तिर्दिन्छ।  यो प्रक्रियाबाट एउटा कर छली गरेको ब्यापारीको पैसा सजिलै बिदेसमा पुग्छ। अब बिदेसमा आफ्नो पैसा पुगे पछि उक्त व्यापारीले सामान खरिद गर्दा धेरै पैसा त्यहि हुण्डीबाट पुगेको पैसा प्रयोग गर्छ र थोरै पैसाको  मात्रै LC बनाई सामानको बिल LC बराबर बनाउन भन्छ र भन्सार कर पनि थोरै तिर्छ। 


यसरि हुण्डीको प्रयोग एउटा व्यापारीले भन्सार शुल्क कम तिर्नको लागि मात्रै प्रयोजन गर्ने होईनकि, राजनीतिक तह, उच्च तहका सरकारी कर्मचारी, कर छली बाट भएको आत्यधिक नाफा बिदेसी बैंकमा पुराउनको लागि पनि हुण्डीको प्रयोग गरिएको हुन्छ। त्यसैले यस्तो गैर कानुनि तबरबाट आर्जित रकम देस भित्र राख्दा कुनै दिन छानबिनबाट खुलासा हुने डरले, छिटो भन्दा छिटो बिदेसी बैंकमा पैसा पुर्याउन हुण्डीको प्रयोग गरिएको हुन्छ। लुटेको पैसा बिदेस पुराउने उधेस्य हुने हुदा यिनीहरुले बिदेसबाट पैसा पठाउनेहरुलाई बैधानिक विनिमय दर भन्दा निकै राम्रो विनिमय दर  दिएर हुण्डीबाट पठाउन नेपालि कामदारलाई आकर्षित गरेका हुन्छन। हुण्डीमा अन्तरास्ट्रिय ठुलो गिरोहनै लागेको हुन्छ र यसको मुख्य केन्द्र Hong Kong हो। 


यसरि गरिब देसहरु जाहा राम्रो सिस्टम बिकसित गर्न सकेका छैनन् त्यस्तो देसबाट केहि सिमित व्यक्तिहरुले देशबाट लुटेर ठुलो रास्ट्रिय धन बिदेसी बैंकमा राख्ने हुँदा ति गरिब देसहरुलाई बिदेसी मुद्राको सधै अभाब पर्न जान्छ र त्यो अभाबलाई भरथेग गर्न  केन्द्रिय बैंकले ब्याजदर उच्च बनाउने मौद्रिक नीति अबलम्बन गर्न बाद्य हुन्छ। जब ब्याजदर उच्च हुन्छ तब मानिसहरु काम गरे पनि आबस्यक सामान किन्न नसक्ने गरि महँगो हुने गर्दछ। जब ब्याजदर उच्च हुन्छ बैंकमा जम्मा गर्ने व्यक्तिहरुपनि तिनै लुटेराहरुनै हुदा यताबाट पनि फाइदा फेरी उनीहरुलाईनै गएको हुन्छ। ब्याजदरको चक्र नबुज्नेलाई सामान्य लाग्न सक्छ तर यसको असर ठुलो छ। यसलाई उदाहरणबाट प्रस्ट पारौ मानौ मैले नेपालि बैंकबाट घर बनाउन रु ५० लाख १३% ब्याजदरमा २० बर्षको लागि लिए भने मैले मासिक किस्ता बापत रु ५८५७८ तिर्नु पर्छ। तर फिनल्याण्डमा मैले त्यतिनै पैसा त्यतिनै बर्षमा तिर्ने गरि १% मा लिन पाउछु। जस बापत मैले जम्मा मासिक किस्ता  रुपिया २२९९४ तिरे पुग्छ। अब आफै सोच्नोस यो एउटा सानो घर बनाउने लोनको उदाहरण मात्रै हो यस्ता लाखौ हाम्रा ब्यबसायिक लोनहरुले महँगो किस्ता तिर्नुको कारणले हाम्रा उत्पादनका बस्तु र सेवाहरु अत्याधिक महँगो पर्न गयो र मरी मरी काम गर्दा पनि सामान्य जिबनयापन गर्न कठिनाई उत्पन्न भयो।  गरिबीको मूल समस्या यहि हो तर हामि अनेकौ कुरामा अल्झिरहेका छौ।  


कृपया सबै बिदेसमा बस्ने नेपालीलाई मेरो सानो अनुरोध हुण्डी रोकौ देशलाई गरिब हुन बाट बचाऊ। 




Comments