बिस्व गरिबी निवारण दिबसको दिन गरिबीको अन्त्य कसरि गर्न सकिन्छ भन्ने सानो विचार

 


गरिब हुनु भनेको आबस्यक परेको सामान र सुबिधा नपाउने अबस्था हो, काम नगरे त सामान र सुबिधा नपाउनु स्वभाविकनै हो तर काम गरेर पनि आबस्यक सामान र सुबिधा नपाउनु चाही आर्थिक मोडेलको कमजोरी हो। करिब ५०० वर्ष अघि संसारमा बैंक त थिए तर सितिमिति ठुलो ऋण दिनलाई डराउथे, डुब्न सक्छ भनेर ऋण सकेसम्म थोरै थोरै मात्रै दिने गर्थे जब ऋणनै नपाए पछि ठुला ठुला कलकारखाना कसरि खोल्नु किनकि उनीहरुले भबिस्यमा त्यति बिस्वास गर्न सक्दैनथे। एउटा मान्छेले कपडा उधोग खोल्न खोज्यो भने बैंक ऋण दिन मान्थेन, जब ऋण पाइदैन तब कामनै सुरु हुदैन, कामनै सुरु नभए पछि कपडानै बन्दैन, कपडा नपाउनुनै गरिबी हो।  यो एउटा कपडा उधोगको उदाहरण हो, यो उदाहरण सबै क्षेत्रमा लागु हुन्छ यसरि बैंकबाट ऋण ब्यबस्था गर्न नसक्नाको कारणले वैज्ञानिकले मेशिनहरु बनाएपनि ब्यबसायीले त्यसलाई प्रयोग गर्न नसकेर अड्केर बसेको अबस्था थियो। 


जब उनीहरुले मुख्य कुरा बुजे, कुनै पनि कुरा उत्पादन गर्न ऋण आबस्यक पर्छ भनेर तब ऋणलाई सहज बनाउने नीति बनाए, अब ऋण लिएर कपडा उधोग खोल्यो, कपडा उधोगमा काम गर्ने मान्छेलाई तलब दियो, अनि कपडा बिक्रीको लागि बजारमा जान्छ फेरी तिनै कामदारले त्यहि कपडा उधोगमा काम गरेको तलबलेनै उक्त कपडा किन्न सक्छ, जब कपडा बिक्रि हुन्छ तब उधोगले त्यही पैसा फेरी बैंकलाई तिर्दै जान्छ, बैंकले फेरी त्यो पैसा अर्को उधोगलाई दिन्छ यसरि कुनै पनि कुरा उत्पादन गर्न पहिला ऋण आबस्यक पर्छ र पछि त्यसैबाट उत्पादन गरेको सामान बेचेपछि ऋण चुक्ता गर्न सकिन्छ भन्ने कुरा बुजे पछि बिगत ५०० बर्षको ठुलो बिकास बैंकको ऋण परिचालनले भएको हो। हामीले अहिले पनि देख्न सक्छौ कि बिकसित देसमा हरेक मान्छेको बैंकमा ऋण हुन्छ तर उनीहरुसंग सामान र सुबिधा पनि हुन्छ अनि तिनै सामान र सुबिधा उत्पादन गर्दा उनीहरुले काम पाउछन र त्यो काम बाट आएको तलबले बैंकको ऋण तिर्दै जान्छन। तर जतिपनि गरिब देसहरु छन् त्यहाँ बैंकको ऋण महँगो र झन्झटिलो छ, यिनीहरु अझै त्यहि ५०० बर्ष अघि  जसरि मान्छेहरु बैंकको ऋण नपाएर अड्किएर बसेका थिए अहिलेको हालत पनि उस्तै छ। 

Comments