हरेकका बुवा आमाले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन चाहनुहुन्छ, किनकि शिक्षित मान्छेले उच्च तहको काम पाउछ र उच्च तहमा काम गरे बापत उसले राम्रो तलब पाउछ जसले गर्दा उसको जिबन आर्थिक रुपमा सहज हुने गर्दछ। कुनै पनि कुरा उत्पादन देखि वितरणसम्म पुग्दा विभिन्न कामगरु सम्पादन गर्नु पर्दछ जस्तै उच्च तहमा रहेर गरिने ब्यबस्थापकीय काम देखि तल्लो तहमा रहेर गरिने शारीरिक काम। यसरि कामको बिभाजन गरिसके पछी पढेकोलाई ब्यबस्थापकीय तथा अफिसमा बसेर गरिने काम र नपढेकोलाई शारीरिक काम दीएको हुन्छ र तलबको अन्तर पनि अध्याधिक फरक पारिएको हुन्छ जसले गर्दा सामान्य मानिसलाई स्वभाबिकनै लाग्छ कि देस गरिब हुनुमा शिक्षाको अभाव हुनु हो भनेर। किनकि पढेकोले त राम्रो आम्दानि गरेको देखेकै हुन्छौ तर त्यो भ्रम हो। शिक्षाले मानिसलाई केहि नया जानकारी पक्कै पनि दिएको हुन्छ, सृजनसिलताको बिकास गरेको हुन्छ, शिक्षित मान्छे सव्य हुने सम्भावना बडी हुन्छ तर शिक्षानै सम्पूर्ण समस्याको समाधान भने होईन। एउटा घरको बुवा आमाले आफ्नो छोराछोरीलाई राम्रो काम गरोस, राम्रो तलब सुबिदा पाओस भनेर पढाउनु स्वभाबिकनै हो र कुनै पनि एक घर गरिब हुनुमा शिक्षित नहुनुले हुन सक्छ तर देस गरिब हुनुमा शिक्षित जनाशंख्याको कमीले चाही होईन त्यो आर्थिक प्रणालीको कमजोरीले हो। शिक्षित मान्छेले राम्रो जागिर पाएको कमाएको देखेर, साधारण मानिसले शिक्षा सबैले पाउने भने त सबैले राम्रो काम पाउथे कमाउथे भनेर सोच्नु स्वभाबिकनै हो तर देस चलाउने नेताले चाही सोच्नु हुदैनकि अशिक्षानै गरिबीको मूल कारण हो भनेर, यसको मतलब यो होईनकि शिक्षा आबस्यक छैन भनेर। आबस्यक छ तर देस गरिब हुनुको कारण अशिक्षा हो त्यसैले यो अन्त्य नगरेसम्म देस बिकास गर्न सकिदैन भन्नु चाही झुटको खेति गरेर आफ्नो दुनो सोझाउनु मात्रै हो।
यहाँ कल्पना गरौ ल नेपालमा सबैले विभिन्न बिसयमा डिग्री पास गरेरे, अब सरसफाईको काम पनि डिग्री पासले गर्नु पर्यो, गाडी चलाउने काम पनि डिग्री पासले गर्नु पर्यो, मिस्त्रीको काम, लेबर काम जे जति कामहरु छन् सबैमा डिग्री पास भएकाले गर्ने भए अब यो हुदैमा ब्यबस्थापकीय काम गर्ने र लेबर काम गर्नेले बराबर तलब पाउला त अबस्य पाउदैन फेरी पनि तलबको भिन्नता उस्तै हुन्छ, समस्या जस्ताको तस्तै सबैले डिग्री पास गरेका छन् काम गर्छन तलबले खान पुग्दैन अहिले जस्तै हामीले सजिल्यै भन्न सक्छौकि समस्या शिक्षाको होईन समस्या आर्थिक व्यबस्थाको हो। जब आर्थिक ब्यबस्थालाई उपयुक्त गराइदैन तबसम्म गरिबीको समस्या जस्ताको तस्तै हुन्छ चाय सबै जनताले डिग्रीनै किन पास नगरुन।
फेरी यहा सोचौ त, के नेपालमा घर, बाटो, पुल, जति पनि निमार्ण गर्नु पर्ने छ ति बनाउने Engineer हरुको को कमि छ त, अबस्य छैन, के नेपालमा कृषि विज्ञको कमि छ त, त्यो पनि छैन, के नेपालमा पढाउने शिक्षकको कमि छ त, त्यो पनि छैन, के नेपालमा डाक्टर र नर्सको कमि छ त, त्यो पनि छैन, उसो भए किन नेपालिले घर बनाउन सकेका छैनन्, किन कृषि उत्पादन गर्न सकेका छैनन्, किन राम्रो शिक्षा र स्वास्थ्यको सुबिधा पाउन सकेका छैनन् यो सबैको मूल कारण आर्थिक मोडेलको हो र यस प्रणालीको ठुलो चुहावट मुख्य समस्या हो। त्यसैले भन्न सकिन्छ सबै मान्छे शिक्षित भएता पनि आर्थिक मोडेल खराब र चुहावट भयो भने समस्या उस्तै हुन्छ, जस्तो अहिले छ। जिबन भरि मरी मरी काम गरेता पनि राम्रोसंग खान लाउन पाउन नसक्ने अबस्था हुनु आर्थिक मोडेलको खराबी र चुहावट मुख्य कारण हो, यसलाई शिक्षाले हटाउन सकिदैन प्रणालीनै चिरफार गर्नुनै सबै भन्दा उपयुक्त समाधान हो।
शिक्षालेनै गरिबीको अन्त्य गर्ने भए अमेरिका जस्तो धनाड्य देसले किन University फी त्यस्तो महँगो बनाउथ्यो होला र अबस्य फ्री गर्ने थियो तर उसलाई राम्रोसंग थाहा छ कि १२ सम्म पढे पछि आम मानिस सामान्य शुजबुजले जिबन चलाउन सक्छ त्यो भन्दा माथि अल्लि जान्नेले मात्रै पढे पुग्छ भनेर फी महँगो गराइदिएको छ। यो गरि सके पछि कि जान्नेले फ्रीमा पढ्छ कि धन हुनेले महँगो फी तिरेर पढ्छ। देसमा त सरसफाइका काम देखि लिएर धेरै शारीरिक कामहरु गर्न पढाईको आबस्यकता पर्दैन, जब आबस्यकतानै पर्दैन तब फेरी किन उनीहरुलाई राज्यले फ्रीमा पढाएर खर्च गर्नु त्यो राज्यको लागि ठुलो बोझ हुन जान्छ यसरि यिनीहरुले हरेक कुरालाई अति मिहिन तरिकाले अध्धयन गरेर उपयुक्त नीति ल्याउन सक्छन र पो अमेरिका संसारकै उत्क्रिस्ट देस भएको छ। हामि त छोटो सोच्छौ, कुनै एउटाले पढेर राम्रो जागिर खाएको देखियो भने, सबै नेपालीले त्यसरी पढे त सबै धनि भै हालियो नि नपढेर पो हैछ भन्ने निस्कर्षमा पुग्छौ। त्यसैले भन्न सकिन्छ शिक्षा आबस्यकता हो तर गरिबीको समाधान होईन, गरिबीको समाधान उपयुक्त आर्थिक मोडल र उपयुक्त आर्थिक नीति र यसको चुस्त कार्यानवनबाट मात्रै गर्न सकिन्छ।
Comments
Post a Comment