मेरो सरकार हो, मलाइपनि माया लाग्छ।


आज एक जना होटेल ब्यबसायी साथीले उधारो बन्द भन्दै स्टाटस हालेको थियो , केहि महिना अघि कुरा गर्दा उधारोमा ५ लाख फसेको छ यार भन्दै थियो, आफुले बैंकको किस्ता तिर्न नसकेर जरिबाना तिर्न परेको छ उधारो खानेलाई तिर्नको मतलब छैन सारै सताए उधारो खानेले भन्दै थिए । आज मात्रै उधारो दिन्न भन्दा झगडानै पर्यो रे मिल्ने साथिसंग। यो एउटा सानो उधारोको बिसय हो यस्ता लाखौ उधारोको समस्या हाम्रो समाजमा छन्। कसैलाई सापटी पैसा दियो फर्किन्न, त्यहि ठुलो झगडा पर्छ। शिक्षकनै बिध्धार्थीलाई कलेज भर्ना गरे बापत कमिसन खान्छ, डाक्टरनै बिरामीलाई ल्याब टेस्ट तथा अन्य टेस्ट लेखेबापत कमिसन खान्छ। पुलिसले चोरसंग मिलेर कमाउछ, ओकिल र न्यायधिसले पैसा खाएर मुद्दाको फैसला गर्छन, सरकारी कर्मचारी घुस नभै काम गर्दैनन्। ब्यापारीले खान नहुने कुरा मिसावट गरेर बेचेको हुन्छ, नेताले  सब ठिक पार्छु भन्दै गफ मात्रै गर्छ, पुलिसमा चोरीका लफडा, अदालतमा लेनदेनका मुद्दा मामिलाका लफडा कुनै पनि समाजमा  जति पनि समस्याहरु छन् ति धेरै समस्याहरुको मूल जड आर्थिक कारण हो र आर्थिक कारणको मूल जड राजनीतिक कारण हो र राजनीतिक कारणको मूल जड नेताको बैमानिता, अज्ञानता असफलताको मिश्रीत परिणाम हो। 


हरेक प्राणी बाच्नको लागि संघर्स गरेको हुन्छ, बाघले पनि आफ्नो आहारको लागि निकै मेहनतका साथ दाउ हेरेर लखटि लखटि मारेको हुन्छ। मानिसले  पनि त्यहि बाच्नको लागि जे पनि गर्नु पर्ने अबस्था हुन्छ। जब काम गरेर काम गरेको पैसाले सामान्य जिबनयापन गर्न पुग्दैन तब उसले बाद्द्य भएर बैमानी गर्नु पर्ने अबस्था आईपुग्छ, कोहि अपवादमा होलान पुग्दापुग्दै पनि बेइमानी गर्ने तर समग्रमा आम मानिसले पुगेसम्म बेइमानी गर्न खोज्दैन किनकि उसलाई समाजले त्यो काम राम्रो होईन, राम्रो मान्छेले गर्न हुदैन भनेर सिकाएको हुन्छ, त्यसैले सहज परिस्थितिमा कोहि जानाजान अरुलाई बेइमान गर्न खोज्दैन। मान्छेको चाहना हो कहिले काही बाहिर खान मन लाग्छ, उधारो खायो, तलब आएपछि तिर्छु भन्यो, तलब आउदा आउदै सकिन्छ, तिर्नै पुग्दैन त कहाबाट तिरोस बद्द्यता छ नतिर्नुमा। त्यस्तै पुलिसमा काम गर्यो तलबले जिबन धान्न सक्दैन, अनि चोरले कमिसन दिन्छ लिनै पर्यो किनकि नलिए पुग्दैन। हरेक मान्छेलाई समस्या त्यहि छ, काम गर्यो तलबले पुग्दैन बेइमानी गरेपछि मात्रै पुग्छ, त्यसैले समाजनै बेइमानीको बहुमतले घेरियो अनि जसले ठुलो बेइमानी गर्छ त्यहि ठुलो हुन्छ फेरी समाजमा।  अब यस्तो अबस्था देख्दै हुर्केको मान्छेको दिमागमा राम्रोसंग सेट हुन्छकी ठुलो मान्छे बन्न सबैभन्दा ठुलो बैमानी गर्न सक्नु पर्दो रहेछ बल्ल सफल भइने रहेछ। हाम्रो समाजले सिकाएको यहि होईन, सिकाउने यस्तो अनि यस्तो समाजबाट हुर्केको नेताबाट आश चाही राम्रो खोज्ने कहाँबाट होस् त्यो असम्भब। 


त्यसैले आउनोस मिलेर यसलाई जरैदेखि सदाका लागि फ्याकिदिउ ताकि कसैले सामान्य जिबनयापनको लागि कसैलाई बेइमानी गर्न नपर्ने समाजको निर्माण गरौ। यो गर्नकोलागि ठुलो कुरा छैन सामान्य सबैको प्रयासले सम्भब गराउन सकिन्छ। उपयुक्त नीतिनियम र गर्नुपर्ने कामहरुलाई ब्यबस्थित तरिकाले गर्न सकियो भने तत्कालै ठुलो परिबर्तन गर्न सकिन्छ, त्यो कुनै एकजनाको प्रयासले हुने होईन, असल र सक्षम नेता चाही हुनुपर्छ तर आम जनताले आफ्नो आफ्नो ठाउबाट आफुलाई परेको भूमिका इमान्दार पुर्बक निर्वाहा गर्नु चाही पर्छ। 


सामान्यता लाग्छ हामीलाई हाम्रो देसनै गरिब छ, त्यसैले हामीले काम गरेर पनि खासै केहि किन्न र सुबिदा लिन पाएनौ, त्यसैले जिबन सारै दुख्खसंग बित्यो भन्ने तर त्यो सरासर गलत हो, हाम्रै देसमा करौडौ पर्ने गाडी कुदेका छन्, लाखौ रुपियाका बिदेसी रक्सि भित्रिएका छन्, महिनामा एक पटक shopping गर्न नेपालबाटै सिंगापुर, Thailand , होंक कोङ्ग जान्छन कहाबाट आयो उनीहरुलाई त्यत्रो पैसा, यो गरिब देसमा। देस त गरिब छ  आम मान्छेलाई मरी मरी काम गर्दा खान पुग्दैन कसैलाई अरबौ छ, के उनीहरुलाई भगवानले आकासबाट फालिदिएका हुन् र, होईननि, ति सारा पैसा तपाइँहामिलाईनै केहि कानुनि रुपमा र केहि गैर कानुनि रुपमा सोसण गरेर लुटिएका पैसा हुन् , तिनीहरुकै बारम्बारको लुटाइबाट उनीहरु करोडौका गाडिमा हिन्ने भए, हामि चाही बाच्नको लागि कामनै गरेपनि बेइमानी हुनु पर्ने बाद्द्यता भयो। तपाइँ हामीले खाने नुनमा सरकारले कर लिएको छ, तपाईले लगाएको  हरेक कपडामा सरकारले कर लगाएको छ, तपाइँ कतै जादा तिरेको गाडी भाडामा सरकाको कर छ। यति भए पछि बुज्नोस तपाइँ आफै जागिर नखाए पनि तपाइले किनेका हरेका सामानमा यो राज्यलाई कर तिर्नु परेको छ। त्यसैले कर तिरे पछि त्यसको उचित प्रयोग भएको छ कि छैन भनेर खोज्ने, जान्ने अधिकार हरेक नागरिकलाई हुन्छ। अन्दभक्त भएर कुनै एउटा दलमा लाग्नु भन्दा पहिले सारा आर्थिक प्रणाली बुज्ने कोसिस गरौ जब आर्थिक प्रणाली खराब देखियो भने यसलाई जरैबाट उखलेर सदाका लागि फ्याकिदिउ, फ्याक्नको लागि हामीसंग दुईटा बाटोहरु छन एक चुनाब, अर्को आन्दोलन अब गुरिल्ला आन्दोलन गरेर सोझासिदा पुलिस र आर्मीलाई मारेर परिबर्तन हुँदैन, अबको आन्दोलन सिंहदरबार र बालुवाटारलाई सखाप पारेर नया नेता बाटोबाटै घोसणा गर्नु पर्ने हुनसक्छ त्यसकोलागि पहिला के हामि साच्चिनै सोषणमा परेका छौ त भनेर आफै बुझ्नु पर्छ , कसैको बहकाब र लहै लहैमा  गरिएका आन्दोलनको परिबर्तनले फेरी पहिला जस्तै सिमित व्यक्तिको जिबन मात्रै परिबर्तन हुन्छ, आम नेपालीको अबस्था फेरी पनि उस्तै हुन्छ त्यसैले त्यो अबस्था आउन नदिनको लागि सबै कुरा आफै बुज्नु पर्ने हुन्छ। 


मान्छे जन्मे देखि खान, लगाउन, बस्न, घुम्न, मनोरंजन गर्न पर्छ, ति कुरा प्राप्त गर्न  सानो हुदा बुवा आमाले र ठुलो भए पछि आफैले केहि न केहि काम गर्नु पर्छ, अब हाम्रो जस्तो अब्यबस्थित देसमा जन्मेको  दिनदेखि अझै गर्बबाटनै  विभेद सुरु हुन्छ, सम्पन्नसाली परिवारको गर्बमा भएकोले पाउने सुबिदा र एउटा गिट्टी कुटेर जिबनयापन गर्नेको गर्बमा रहेको बच्चाले पाउने सुबिदा आकास जमिनको फरक छ त्यो फरक देस गरिब भएको कारणले कदापि होईन त्यो फरक अब्यबस्थित प्रणालीको कारणले हो। अब त्यो विभेदकारी प्रणालि भत्काउने र सदाको लागि अन्त्य गर्ने जिम्मा तपाइँ हाम्रो कादमा आएको छ। अब बच्चा ठुलो हुन्छ, उसका बाउ आमाले काम गर्न नसक्ने हुन्छन र अब उसले काम गरेर आफु लगाएत परिवारलाई पाल्नु पर्ने जिम्मा हुन्छ। जतिपनि मानिसका आबस्यकताहरु छन् ति आबस्यकता पुरा गर्न काम गर्नु पर्ने हुन्छ। मलाई मकै खान मन लाग्यो भने मैले पहिला मकै रोप्नु पर्छ। मलाइ जुत्ता चाइयो भने मैले जुत्ता बनाउन के के सामग्री चाहिन्छ ति खोजेर, त्यो बनाउन सिकेर बल्ल जुत्ता लगाउन पाउछु। यसरि एक जना मान्छेलाई जे जे चहियो, त्यो त्यो बनाउन आफै लाग्ने हो भने त जिबनमा झन् धेरै दुख्ख पाइन्छ र राम्रोसंग खान लगाउन र बस्न पनि पाइदैन, त्यसैले मान्छेहरुले आफुले जे जानेको छ त्यो टन्नै बनाउने जस्तै मैले जुत्ता टन्नै बनाउने र त्यो जुत्ता अरुलाई दिएर अरुबाट आफुलाई के के चाहिएको छ त्यो त्यो आफुले लिने। खासमा कुरा यत्ति हो तर कति जुत्तासंग कति मकै साट्ने, कति जुत्तासंग कतिवटा कमिज साट्ने यो मिलाउन त तनाबको बिसय भयो, त्यसैले यो मिलाउन पहिला ढुंगा, तामा, सिपि आदिको को प्रयोग गरिन्थो पछि सुन, चादी, सिक्का र नोठको प्रयोग हुदै आयो त्यसलाईनै हामि पैसा भन्ने गर्छौ। 

जब पैसाको प्रयोग भयो तब कारोबारमा निकै सहज भयो मैले टन्नै जुत्ता कसैलाई बेचेर पैसा राख्न पाए र आफुलाई चाहिएको कुरा जहिले पनि किन्न मिल्ने भयो किनकि पैसालाई समाजमा सबैले स्वीकारे। 


पहिला मानिसहरु जता मन लाग्यो त्यतै बस्थे न कुनै देस थियो न कुनै सिमाना संसारभरी जता गए पनि फ्री थियो जनाबार र चरा जस्तै तर मान्छे हो अरु जस्तो यत्तिकै बस्न किन मान्थ्यो र लड्न भिड्न अधिकार जमाउन खोजे र सिमाना छुट्टाउदै यो मेरो देस हो, म यो देसको राजा हु मैले भनेको सबले मान्नु पर्छ भन्दै ठाउँ ठाउँमा बलिया बलिया मान्छेले सिमाना छुट्टाएर सासन गर्न थाले र लढ्नको लागि सेना पनि तयार गर्दै गए, अब राजा, सेनाहरुले त आफुले खेतीपाती गर्ने , चाहिने कुरा बनाउन गर्न त भएन त्यसपछि सबै जनतालाई ल तिमीहरुले के के बनाएका छौ त्यो त्यो कुरा अलि अलि हामीलाई पनि दिनै पर्छ, हामी त काम गर्न जान मिल्दैन देसमा हमला हुन्छ लड्न पर्छ त्यसैले तिमीहरुले बनाएको कुराबाट अलि अलि हामीलाई दिनु अनि कसैलाई केहि समस्या परे भन्नु हामि तिमीहरुको समस्या समाधान गर्छौ भन्थे। त्यसरी त्यो बेला जनताले जे जे उत्पादन गर्यो त्यो त्यो अलि अलि राजालाई  दिने चलनको बिकसित रुपनै अहिले कर हो। 


फेरी फर्कौ पैसामा, पहिले सुन चादी प्रयोग हुन्थ्यो अब त्यो सुन चादी बैंकमा राखेर त्यो सुन चादी बराबरको पैसा छापेर दिन थालियो, त्यसपछि मान्छेले आफुसंग भएको सुन चादी दिदै पैसा लिदै गर्न थाले, अब त्यो पैसालाई सबैले स्विकार्ने हुदा सामान किन्न र बेच्न सजिलै प्रयोग भयो। बिस्तारै समान बनाउने मेसिनहरुको बिकसित भयो मेसिनबाट सामान बनाउने मान्छेले धेरै पैसा जम्मा गर्न लागे, त्यो पैसा चोरी हुने डर, मारेर लाने डर पनि हुन थाल्यो त्यसले गर्दा ठाउँ ठाउमा बैंकको स्थापना हुन थाल्यो, जब बैंकहरु बने मान्छेले पैसा जम्मा गर्न लागे र त्यहि जम्मा भएको पैसा फेरी कोहि कोहिले ऋण लिएर सामान उत्पादन गर्न लागे जो जो ले बैंकबाट ऋण लिएर सामान उत्पादन गर्न थाले ति ति मान्छेहरुले धेरै पैसा जम्मा गर्न थाले। 

यसरि पहिलेदेखिने मेसिन प्रयोग गरेर उत्पादन गर्ने मानिसहरु निकै धनि र उनिहरुकोमा काम गर्ने मान्छे चाही गरिब बन्नु पर्ने अबस्था सृजना भयो। किनकि  जसले उत्पादन गरेको हो उसले काम गर्ने लाई थोरै तलब दिएर आफुले धेरै प्रोफिट राख्ने गर्दा त्यस्तो समस्या उत्पन्न भयो। कुनै पनि कम्पनीमा गर्नु पर्ने धेरै कामहरु हुन्छन, जुन Manager देखि लिएर लेबरसम्म विभिन्न कामहरुको बर्गिकरण गरिएको हुन्छ, यसमा पनि तलबको फरक निकै ठुलो पारिएको हुनाले धेरै मानिस तल्लो लेबरमा रहेर काम गर्नु पर्ने हुनाले, गरिबीको संख्या पनि धेरैनै हुन पुग्यो यो समस्या संसार भरिनै छ, यो समस्याको मूल जड नै यहि संरचनात्मक कमजोरी  हो। जसले पैसा कमाउदै गयो उसले जमिन, जल, जंगल, बैंक,  जे जे उत्पादनका साधन र स्रोतहरु छन् उनीहरुले कब्जाका गर्दै गए र धनि झन् झन् धनि साथै गरिब झन् झन् गरिब हुने अबस्था संसार भरि फैलियो। अब यो अबस्थाको समस्यालाई न्यूनीकरण गर्ने भन्दै विभिन्न राजनीतिक दल र नेता आए राजनीति गरे, देस चलाए तर उनीहरु पनि फेरी यिनै पैसावालसंग बिके र केहि गर्न सकेनन र जान्न पनि जानेनन। 


अब आफै सोच्नोस एउटा कर्णालीमा जन्मेको गरिबको छोरोले स्कुल जान पाउदैन, १० वर्ष नपुग्दै लेबर काम गर्न थाल्छ, अब उसले जिन्दगीभर जति शंघर्ष गरोस चाय हरेक दिन  १८ घण्टाका दरले  लेबर काम गरोस उसले कहिल्यै आफ्नो गरिबीबाट उन्मुक्ति पाउदैन। आफ्नै खेति गर्न जग्गा किन्न सक्दैन, ब्यबशाय गर्न बैंकले ऋण दिदैन, काम गर्यो खान नपुग्ने तलब हुन्छ पढ्न अवसर पाएन माथिल्लो काम गर्ने पदमा पुग्न सक्दैन यसरि मानिसलाई अक्करमा पारेर गरिब हुन जिबन भरि बाद्द्य पारिएको छ। यो सामान्य कुरा होईन आम मानिस माथिको बैधानिक रुपले गरिएको ठुलो अपराध, र शोषण  हो। भन्ने त गर्छन नेता, अर्थसास्त्रिहरुले हरेक मानिस स्वतन्त्र छ स्वबिबेकले काम गर्न पाउछ, आफ्नो खुसीले काम गर्ने हो भन्छन, कहा भने जस्तो स्वबिबेक प्रयोग गर्न पाउछ अब त्यो लेबरले, एउटामा छोड्छ अर्कोमा जान्छ तर जहाँ जहाँ जान्छ त्यहाँ त्यहा उस्तै संरचना छ लेबरलाई सारै न्युन तलबको ब्यबस्था गरिएको छ अनि कसरि यो स्वतन्त्रता भयो, जग्गा पहिलेनै कब्जा छ, बैंकले ऋण दिदैन, काम नगरी खान पुग्दैन अनि यस्तो बाद्यकारी अबस्थालाई स्वतन्त्रता भन्दै कुर्लिनछन् एकथर मानिसहरु, घिन लागेर आउछ तिनीहरु दिमाग देखेर  त्यसैले गरिब बड्नुमा संरचनानै खराब छ। अझै त्यसमाथि बैंकनै केहि सिमित मानिसहरुको हातमा छ उनीहरुलेनै आफुलाई आबस्यक पर्ने ठाउमा लगानी गर्छन र केहि सिमित मान्छेले ठुलो प्रोफिट राख्ने हुदा आम मानिस गरिब हुन बाद्द्य छ। 


कलकारखाना, उधोग धन्दा आबस्यक छन् तिनिहरुबाटनै उत्पादन भएर आम मानिसको लागि बजारमा आबस्यक सामानहरु आउने हो, अनि पैसालाई शुरक्षित राख्नका साथै एकत्रित गरेर उत्पादनशिल क्षेत्रमा लगाउन बैंक नभै हुदैन तर बैंकमा केहि सिमित मान्छेको लगानी, ठुलो नाफा र केहि सिमित मानिसलाई अथाहा तलब दिनु चाही आम मानिस माथिको बैधानिक अपराध हो। बैंकको काम पैसा जम्मा गर्ने र लगानी गर्ने त्यत्ति पैसाको ब्यबस्थापन गर्ने काम हो त्यसैले यो कम जतिसक्दो सस्तोमा गर्नुनै राम्रो हुन्छ, यो कुनै उत्पादनशील क्षेत्र होईन त्यसैले यस कामलाई महँगो बनाउदा आम मान्छेलाई मार पर्न जान्छ जस्तै फिनल्याण्डमा  घरको ऋण ५० लाख 1 % ma २० बर्षको लागि लिदा मासिक रु २२९९४ बुजाउनु पर्छ भने नेपालमा त्यतिनै पैसा त्यतिनै बर्सको लागि १३% मा लिदा मासिक रु  ५८५७८ तिर्नु पर्ने हुन्छ अब आफै सोच्नोस नेपालमा आजकैको दिन देखि घरको कर्जा १% गराइदिने हो भने कति नेपालीले घर किन्नको लागि ऋण लिन थाल्थे र कति धेरै रोजगार सिर्जना हुन्थ्यो होला।  यसरि नेपालमा बैंकको ब्याज अतिनै धेरै भएको हुनाले आम मानिसहरु महँगो बस्तु किन्न बाद्द्य भएका छन्। हो पहिला मानिसहरुले बैंकमा ब्याजदर सस्तो हुदा पैसा नराख्ने सम्भाबना हुन्थ्यो तर अब हरेक कारोबार Digital तिर जादै छ त्यसले गर्दा, मानिसलाई बैंकमा पैसा राख्नु पर्ने बाद्यता हुन्छ, अब पैसा बैंक ब्याजको लोभ भन्दा पनि कारोबारको सहजताको लागि मानिसले बैंकमा पैसा राख्ने हो। अब अर्को कुरा मानौ  ल बैंकले त घर ऋण १% बनाईदियो , मान्छले भट्टाभट ऋण लिएर घर बनाउन थाले तर घर बनाउने धेरै जसो सामग्री भारत र China बाट आउने हुदा अब केन्द्रिय बैंकले बिदेसी पैसाको माग थाम्न सक्दैन र बाद्य भएर ब्याजदर बडाउन पर्छ त्यसपछि समस्या फेरी पुरानै अबस्थामा आयो, त्यसैले देस बिकास गर्न पहिला आफुलाई आवस्यक पर्ने सामान सम्भब भएका जति आफ्नै आफ्नै देस भित्र निर्माण गरियो भने केन्दिय बैंकलाई कहिल्यै पनि बिदिसी पैसाको मागले अफ्ठेरो पर्दैन र उसले सहजै ब्याज सस्तो बनाउने मौद्रिक नीति अबलम्बन गर्छ र त्यसपछि आम मानिसलाई चाहिएको सामान सस्तोमा प्राप्त हुन्छ। 


मैले अघिपनि भने बैंक भनेको पैसाको ब्यबस्थापन गर्ने एउटा सस्था मात्रै हो, देसमा निकै धेरै ठुला ठुला बैंक भएपनि उसले आफै केहि उत्पादन गर्ने होईन त्यसैले यो अनुत्पादक क्षेत्र हो, यसलाई सकेसम्म सस्तो र प्रबिधिमैत्री गराउनु पर्छ, अबको २५ वर्ष भित्र सबै कारोबारलाई digital माध्यमबाट गराएर त्यो काम केन्दिय बैंकले आफै एउटा Software माध्यामबाट ब्यबस्थापन गर्न पनि सक्छ, त्यो  भयो भने कुनै कमर्सियल बैंकनै आवस्यक पर्दैन त्यति भएपछी बैंकको ऋण सहजै १% को हाराहारीमा उपलब्ध गराउन सक्दछ । यहा मुख्य बुज्नु पर्ने कुरा के हो भने कुनै पनि सामान सस्तो हुनु र महँगो हुनुमा बैंकको ब्याजको मुख्य भूमिका रहन्छ त्यसैले जसरि हुन्छ बैंकको ब्याज कम गराउने आर्थिक नीति ल्याउनुनै देस बिकासको लागि पहिलो कदम चाल्नु हो। जतिपनि बिकशित देसका बैंकको ब्याज हेर्नोस १ देखि ५% भित्र छन् त्यो देस बिकशित भएर भएको होईनकि उनीहरुले बिकासको लागि ऋण सस्तो हुनुपर्छ भन्ने कुरा बुजेर त्यो अनुसार आर्थिक नीति बनाएर भएको हो त्यो हाम्रो देसमा पनि तत्कालै गर्न सकिने अबस्था छ। 


भ्रस्टचार, घुस, कर छली, हुण्डी  आदि हाम्रो देसमा मात्रै होईन यो प्रणाली बलियो बनाउन नसकेका हरेक  देसहरुको प्रमुख समस्या हो।यसको कारणलेनै मानिसले काम गरे पनि सामान्य जीबनयापन गर्न नसक्ने अबस्था सिर्जना भएको हो तर अर्को झन् ठुलो बौद्धिक समस्याले गर्दा अलमलमा परेर साधन र स्रोत भएपनि गरिब हुन बाद्द्य भएको अवस्था छ । जस्तै कृषि गर्नको लागि जग्गा छ, बैंकमा पैसा पनि छ तर कसैले गर्यो भने खासै नाफा पनि नहुने र कहिले कहिँ त घाटानै लाग्ने हुदा कृषि तिर खासै कसैले महत्तोका साथ लगानी गरेन र त्यसैले  ठुलो पैसा भारत गयो। अब यसलाई आर्थिक नीति बनाएर रोक्न सकिन्छ।  यसो सोचौ त भारतमा कृषकलाई बिना ब्याज ऋण दिन्छ, मलमा अनुदान दिन्छ, अनि निर्यात गर्दा अझै अनुदान दिन्छ भने पछि त्यहाको कृषकले हाम्रो बजारमा सस्तोमा बिक्रि गर्न सक्छन त्यो नेपालको लागि धेरै फाइदाको कुरा हो किनकि हामीले उनीहरुको कृषि सामग्री सस्तोमा उपभोग गर्न पाईयो। तर त्यो अबस्था अनुसार फाईदा र बेफाईदा हुने गर्दछ, यदि हाम्रो जमिन अन्य काममा उपयोग भएको र हाम्रा जनशक्ति पनि अन्य उत्पादनशील काममा ब्यस्त भएर भारतबाट कृषि सामग्री किनेर ल्याउने भन्दा बडीनै आफुले अन्य सामग्री उत्पादन गरेर निर्यात गरेको अबस्था हो भने बेफाईदा हुने थिएन तर आफ्ना जमिन खाली राख्ने आफ्ना मान्छे बेरोजगार बस्ने र बिदेसबाट आएको पैसाले किन्ने खाने चाही घाटा मात्रै होईन त्यो आत्मघाती हो। 


अब यसलाई यसरि रोक्न सकिन्छ, पहिले घाटा भनेको के हो बुझौ, कुनै एउटा किसानले ऋण लियो, 2०० जना कर्मचारी राख्यो कृषि सामग्री करिब १ बर्षमा १ अरब बराबरको बेच्यो तर उसलाई १ करोड घाटा लाग्यो। अब उसले यो काम गरिरहन सक्दैन किनकि १ अरबको बेच्दा पनि घाटा भएपछी त काम कसरि गर्नु सम्भबनै छैन, अब यहा गहिरियर सोच्नोस उसलाई घाटा किन भयो भने नेपालि जनताले उसको सामान उसले उत्पादन गरेको लागत भन्दा सस्तोमा किनेर। यदि उत्पादन लागत भन्दा अलिकति धेरैमा बेचेको भए उसलाई नाफा हुने थियो तर बजारमा भारतको समग्रिसंग प्रतिस्पर्धा गर्नुपर्ने हुदा उसले आफ्नो लागत भन्दा सस्तोमा  बेच्नु पर्यो र उसलाई १ करोड घाटा भयो। उसलाई त घाटा भयो तर लाखौ नेपालीले उसको लागत भन्दा सस्तोमा किन्न त पाएनि नेपालि जनतालाई त फाइदानै भयो नि। फेरी अर्को पट्टि यदि उसले १ अरबको सामाग्री नबेचेको भए, त्यो बराबरको सामाग्री त भारतबाट आउने थियो भने पछि देसबाट १ अर्ब बाहिर जान रोकियो, देशलाई त ठुलो फाईदा भयो, आखिरमा उसलाई लागेको १ करोड घाटा त नेपालि जनताले सस्तोमा खान पाएर हो।  ani 200 janale rojgaar paaera ho .  यस्तो अबस्थामा सरकारले उक्त ब्यापारीलाई ऋणको ब्याज फ्री गरिदिएर मलमा अनुदान दिएर  १ करोड घाटा ब्यहोर्न सक्यो भने देसको १ अरब बाहिरिने पैसा सजिलोसंग बचाउन सक्छ र बचाउनुनै पर्छ । जब बिदेसी पैसा बचाउन सकिन्छ तब मात्रै केन्द्रिय बैंकले ऋण सस्तो बनाउने मौद्रिक नीति अबलम्बन गर्न सक्छ र ऋण सस्तो भए पछि मात्रै सबै आर्थिक गतिबिधिमा बृदि हुन्छ र देस बिकासतिर लम्किन्छ। जब बैंकमा ऋण महँगो हुन्छ तब मान्छेले केहि किन्न सक्दैन जब किन्ननै नसके पछि उत्पादन हुदैन, उत्पादन नभए रोजगार हुदैन, रोजगार नभेपछि सबै कुरा अड्कियो यसरि सरकारले अड्को फुकाउनको लागि र बिदेसीने ठुलो पैसालाई बचाउनको लागि थोरै पैसा अनुदान दिदा जताततै फाईदा हुन पुग्छ। त्यसैले सरकार यो कुरामा नअल्मलिकिन सरासर कृषकलाई बिना ब्याजको ऋण ब्यबस्था गर्नु सबैको हितकर हुन्छ। फेरी यहाँ सोच्नोस सरकारले दिएको १ करोड अनुदानको फाइदा त लाखौ नेपालीले लिए, अब उनीहरुले सस्तोमा कृषि सामाग्री पाए भने अरु पैसाले त अन्य सामग्री खरिद गर्छन, अन्य सामग्री खरिद गर्दा फेरी त्यताबाट पनि कर उठ्ने हुदा सरकारले गरेको कृषिको अनुदान फेरी अन्य सामग्रीबाट उठाउन सक्छ। यहा एउटा सानो उदाहरण पेस गrchhu . यहि कोरानाबाट बेलायतमा होटलहरु निकै लसमा गए, उनीहरुले फ्रीको पैसा दिए सस्तोमा ऋण दिए अझै राम्रोसंग चल्न सकेन त्यसपछि सरकारले sales price ma ५०% छुट दिन भन्यो र त्यो ५०% बराबरको छुटको पैसा सरकारले दिने घोसणा garyo अब ग्राहकले ५०% छुट पाउदा त जतिपनि खाए बिक्रि टन्नै भयो, जब बिक्रि हुन्छ बिक्रीमा कर हुन्छ, रोजगार बढ्छ त्यसबाट कर आउछ, होटेल प्रोफिटमा जान्छ त्यसबाट कर आउछ, आखिर जनता आफ्नै हुन् सस्तोमा खाए आफनै जनताको होटेल हो, जसरिपनि चलाउन पर्यो अब सरकारले ५०% छुट त दियो आखिर चलेपछि त कर लिने फेरी सरकारनै हो त्यसैले यस्ता कुरा हरुमा यिनीहरु निकै चलाख छन् र जस्तो सुकै अफ्ठेरो आउदा पनि सजिल्यै मिलाउन सक्छन तर हाम्रो मा त्यो देखिदैन त्यsaile  नेपाल सरकारलाई यो मेरो सानो Idea ले ठुलो काम गर्न सक्छ त्यसैले कसैले यो Idea नेपाल सरकारसम्म पुर्याउन मधत गर्नु होला। लेख्ने कला नभएको म सरकारनै फाल्नु पर्छ भनेर जोसिएर लेख्न कस्सिएको मान्छे अन्तमा सरकारलाईनै सहयोग पुर्याउन Idea दिन पुगे किनकि मेरो सरकार हो, मलाइपनि माया लाग्छ। 



 




Comments