अलिकति कोहि केहि बिसयमा पढ्न जान्ने निस्कियो भने तुरुन्तै उसलाई अमेरिका र युरोपमा फ्रीमा पढ्न अवसर दिइन्छ त्यहाबाट राम्रोसंग पास गरे पछि एउटा राम्रो जागिर दिइन्छ। नेपालमा जागिर गरे पनि केहि गर्न किन्न नसक्ने अबस्थाको मान्छेलाई अब त्यहा जागिर गर्दा बित्तिकै टिनको बाकसमा ४ वटा पाङ्ग्रा हालेर दिए पछि वहा गाडी चड्न पाईयो भन्ने भयो अनि २०००, ४००० इट्टाको थुप्रोलाई माथिबाट टालटुल गरेर बस्ने ब्यबस्था गर्दिन्छ वहा घर भन्यो अनि त्यसैको मर्मत insurance र किस्ता तिर्दा पढेका नेपाली यतै भासिए। अब अर्का छन् अर्थशास्त्र पढेर World बैंक, UN , WTO , UNDP मा जागिर खाने यी फेरी सबै भन्दा तलब बडी आफै खान्छन अनि यिनै फेरी गरिबी बढ्यो असमानता बड्यो भन्दै डाटा लिदै भासन गर्दै हिन्छन , दिन भरि Toilet सफा गर्ने मान्छेले सरकारलाई कर तिर्छ त्यहि करबाट सबै देसले यी सस्थालाई गरिबको हितमा काम गर्न पैसा दिन्छन यिनीहरुका तलब चाही अचाक्ली बडी छ १०० वटा बाख्रा बाडेर करोडौ सक्छन, २ वटा स्कुलका भबन बनाएर अरबौको बजेट सक्छन, अनि हाम्रा नेता यिनैका कुरा सुन्छन। यी सस्था पनि एउटा लुटको मोडेल हो, गरिबबाटै उठाएको करमा मनपरी खर्च गर्दै हिन्ने र अनि गफ चाही गरिबी निवारणका गर्ने, यिनीबाट पनि त्यस्तो आस गर्ने अबस्था रहेन।
अब अलि अलि पढेका युरोप, अमेरिका बसेका नेपालीहरु काम गर्यो अनि हप्तामा १ दिन बार गयो कमाएको जति बारमा उडायो सक्कियो। अब कोहि बार जाने लत छैन भने तिनलाई फेरी लत पार्ने प्रत्येक पसलमा क्यासिनो राखेका छन् त्यो फेरी यहाको सरकारलेनै राखेको हो। बाईचान्स कोहि बार गएर पैसा उडाएन भनेत पैसा फेरी देस बाहिर जान सक्छ फेरी त्यसलाई रोक्न पसल पसलमा क्यासिनो छन्, यति भए पछि जुन देसबाट काम गर्न आएको मान्छे भएपनि काम गर्छन देस यिनीहरुko बन्छ पैसा फेरी यतै बस्छ। अब यतिलेनि पुगेन भने फेरी यिनीहरुलेनै सुन खानी कहाँ कहाँ छ त्यो कब्जा गर्दै सुन खानि उत्खनन गरेका छन् र हामि जस्तो गरिब देसका जनतालाई साईको पारेर सुन भनेको महँगो जिनिस हो यो राख्नु पर्छ भन्ने भ्रम पैदा गर्दिए , अनि नेपालि जति दुख्ख गरेर कमाएको पैसा सुन किन्न तछाड मछाड छ, सबैका घरमा सुन छन् तर बस्ने घर गतिलो छैन, लगाउने लुगा गतिलो छैन , खाने कुरा गतिलो छैन कुनै युरोपियन र अमेरिकनले सुन लगाएको देख्नु भाछ पक्कै निकै कम किनकि यिनीहरुले बुजेका छन् यो सब नौटंकी हो भनेर सुन एउटा धातु हो जसको पहेलो रंग हुन्छ, सबै बस्तुको आफ्नै आफ्नै रंग छ सुनको पहेलो छ के भयो तनी, किन ओहो सुन भन्दै किन्नु पर्ने केहि छ , छैन तर पहिले ढुंगे युगका मान्छेले पैसाको उत्पति नहुदै पैसा जस्तै कारोबारको लागि प्रयोग गरे तर आज त त्यो प्रयोग लाई रोक्न सकिन्छ नि तर यिनीहरुले रोक्न चाहन्नन् किनकि हामी जस्तो गरिब देसका मान्छेलाई काम गराएर सुन किन्न लगाइदिएपछि फेरी पनि गरिबको गरिब, कमाएको पैसाले उत्पादनशिल ठाउमा प्रयोग गरे पो बढ्छ सुन किनेर बसेपछि त देसमा आएको पैसा फेरी बिदेसनै गयो के न के। यसरि नेपालिहरु धेरै बिदेस गएपनि बारमा, क्यासिनोमा, सुनमा र अब बाकि रहेको पैसाले भारतबाट कृषिका सामान किनेर खाएर सक्कियो। अझै त्यत्तिले नपुगेर जताततै बिदेसी लगानीका कम्पनि छन् NCELL पेप्सी कोकाकोला आदि अलि अलि बाकि रहेको यिनले नाफा भन्दै लगेर सके। समस्या यस्ता छन् पुरै नेपालीलाई चारैतिरबाट रणनीतिक रुपले आक्रमण गरिएको छ अनि यो बाद र त्यो बाद भनेर फलाकेर के हुन्छ।
यसरि बिदेसिको रणनीतिक आक्रमणबाट हामि गरिब भैयो र हामीलाई कहिले डी बि पारेर कहिले भागेर कहिले पढ्ने नाममा काम गराउन ल्याउने स्रोत बनाईरहे। यिनको यताको आक्रमण अनि देस भित्र भ्रस्ट नेता र कर्मचारी, कर छल्ने र हुण्डी गर्ने ब्यापारी, राजनीतिक झोला बोकेर हिन्ने युवा अनि कहाबाट हुन्छ बिकास। यस्तो स्थिति छ यो बाट पार पाउन पुरै संरचना भत्काउन सक्ने नेता चाहिन्छ, फिडेल क्यास्ट्रो, चे ग्वाबरा जस्तो बल्ल देसले बाटो समात्छ। प्रचण्ड जस्तो त्यत्रो क्रान्ति गरेर आएको मान्छे बुजेका होलान गर्लान भनेको त अहिले आएर कसको के Capital बुक पढ्दै छु Sadh गुरु को कुरा सुन्छु रे यो उमेरमा आएर Capital का बारेमा बुज्नु पर्ने मान्छेले के गर्न सकुन बिचरा।
केहि दिन अगि सुरेन्द्र पाण्डेको लेख पढेको थिए नेटबाट गूगल, facebook विभिन्न आई टि सम्बन्धि कम्पनीका आम्दानि निकालेछन तिनले दिने रोजगार निकालेछन र बिस्लेसन गर्दै निस्कर्स थियो यो अब डाटाको युग हो अब हामीले पनि नया तरिकाले सोच्नु पर्छ रे। हे प्रभु के भन्ने यिनीहरुले आफुलाई चाहिने सम्पूर्ण संरचना बनाईसके अब यिनीहरु त्यहि डाटा खेलाएर मान्छे भुलाउन पर्यो नि, यिनीहरु अब space ma मान्छे लादै छन् ठुलो कमाई रोजगार त्यता हुन्छ र अर्को युग Space युग सुरु हुन्छ अब यिनका डाटा हेरेर यता लाग्निकि, हामीलाई के चाहिएको हो त्यो बनाउन पट्टि लाग्ने, हाम्रा स्कुल छैनन , कलेज छैनन, अस्पताल छैन बाटो छैन घर छैन खाने लगाउने कुरा छैन त्यो बनाउन लाग्ने कि यिनीहरु डाटामा लागे भनेर हामी पनि त्यतै हिन्ने, अझै नारायणकाजि श्रेष्ठले बडो मार्मिक लेख भन्दै टुइट गर्दै हुनुथ्यो के मार्मिक देख्नु भएछ कुन्नि नेपालि जनता काम गर्न पाएका छैनन् काम गरेकाले पनि खान पाएका छैन त्यसको समस्या र समाधान खोज्नु छैन त्यस्तो हावादारी लेखलाई मार्मिक लेख देख्नेबाट देस कसरि बन्ला हे पशुपतिनाथ सबै नेपालीलाई अर्थसास्त्रको बुद्दि देउ।
Comments
Post a Comment