समयमै राता किताब जलाउनोस र कृषि मन्त्रलायका डाटा च्यात्नोस अनि जानोस किसानको माझमा।

 राता किताबहरु  पढेर संसारमा धेरैनै आन्दोलन भए, धेरैनै मानिसहरुको हत्या भयो र राता किताब पढ्नेहरुपनि सत्तामा पुगे तर जनताको अबस्था पहिले भन्दा झन् झन् नाजुक भयो। राता किताबहरुले अधिकार लडेर लिन पर्छ भन्ने सिकायो धेरैले त्यहि गरे तर अधिकार पाए पछि कसरि सबै जनतालाई समेटेर उनीहरुको जिबन पहिले भन्दा सुबिधा सम्पन्न गराउन सकिन्छ भन्ने कुरा रातो किताबमा खासै उल्लेख नभएको हुँदा नेपालमा पनि रातो किताब पढ्नेहरुनै  सरकारमा हुँदा जनताको अबस्था झन् झन् दयनिय हुन पुग्यो। 


नेपालमा पनि राता किताब पढ्नेहरुको ठुलै हुङ्कार थियो, सबैलाई त्यो हुङ्कार सुन्दा यिनै मान्छेहरु  सरकारमा पुगेत , हाम्रो जिबनस्तरमा सुधार आउने थियोकि भन्ने ठुलो आसा थियो। त्यहि झुट्टा आस्वासनमा धेरैले ज्यान गुमाए धेरैले भोट गरे तर खोइ त्यो हुङ्कार गरे अनुसार केहि भएको छैन तर हुङ्कार गर्नेहरु चाही आफु एक्लाएक्लै परिबर्तन भएर अझै जनतालाई अनेकौ भ्रम छर्दै सब्दजालमा रुमल्दै छन् नया नया हुङ्कार फ्याक्दै छन्। संसारमा जुन जुन देस चरम बिकसितको रुपमा छन् ति देसका जनतालाई न राता किताबको बारेमा थाहा छ न नेतालाईनै। आज भन्दा २०० वर्ष अघि जन्मिएका मान्छेले लेखेका राता किताबहरु अझैपनि सान्दर्भिक हुन्छ भन्ने लागेर तिनै किताबका बयान गर्दै खोक्रा भासण गर्दै सोझा सिधा जनता माथि अत्याचार गर्न अझै पनि छोड्दैनौ भने सोच तिमीहरुको अन्त्य लामो छैन। 


राता किताब पढ्नेहरुकै हूलमा मिसिएर मेरो भाई पनि गरिबीको अन्त्य गर्ने भन्दै रोल्पाको क्याम्पमा थियो, शान्ति बार्ता सुरु भएसंगै म पनि भाईलाई भेट्न रोल्पा  पुगे। त्यहा पुग्दा सबैमा ठुलो आसा थियो साना साना १४,१५ वर्ष देखिका बालबालिकाहरु समेतले राता किताबका बारेमा धेरै कुरा जानेका रैछन, र उनीहरु भन्दै थिए हाम्रो लडाई अमेरिकाको  साम्राज्य बिरुद्द हो एकदिन हाम्रो आन्दोलन संसारभरी फैलाएर अमेरिकाको साम्रज्य धोस्त पारेर  छोड्छौ भन्थे तर आज तिनिहारुनै आज आफै आफ्नो भोकसंग लड्दै छन् बरु रातो  किताब पढ्नेहरुको सरकार छ त्यहि सरकारको अमेरिकामा रहेको नेपालि  दुताबासले डी बि खुल्यो भनेर सबै भन्दा पहिले समाचार हालेको देख्दा तिनै कलिला बालबालिका जसले राता किताब पढेका मान्छेको कुरा सुनेर अमिरिका बिरुद्द हाम्रो लडाई हो भनेको  एक्कासि सम्झिन पुगेछु र रातो किताब पढेर धेरैनै लेख र भासण छाट्ने  भुसालजीलाई पनि साथसाथै सम्झिन पुगेछु। 


भुसालजी मन्त्रि बनेपछि ६ महिनासम्म चुपचाप लागेर कृषिको अध्धयन गर्नु भयो, अध्धयनबाट निस्कर्स निकाल्नु भयो नेपालको माटो उर्बर शक्ति छ हामीले किसानलाई सुबिधा दिनु पर्छ, तर जब किसानलाई मल चाहियो बरु राजाको पालामा सरासर किसानले समयमा मल पाउथे तपाईको पालामा आएर अट्कियो खोई के लेखेको रहिछ रातो किताबमा मलाईनि निकै पढ्ने जमर्को चल्दै छ तपाइको ताल देखेर। फेरी केहि दिन अघि एउटा समाचार पढे तपाइले किसानहरुको डाटा संकलन गर्दै हुनुन्छ रे कति किसान छन् कति जग्गा छ निकालेर अनि योजना बनाउने रे।  अलिकति  उधेक लागेर आउदैन मन्त्रिजी खान नपाएर भोकै बस्न बाद्य मान्छेहरुका बिचमा तिनैबाट उठाएको करको पैसाले कहिले के का नाममा कहिले के का नाममा डाटा ल्याउदै त्यहि डाटा संकलनलाईनै ठुलो उपलब्धि मानेर बस्न। जलाउनोस तपाईका घर्राका राता किताबहरु, फाल्नोस तपाइका दिमागमा भरिएका सडेगलेका थोत्रा सिद्धान्तहरु र च्यात्नोस कृषि मन्त्रालयमा भएका ताईन तुईका डाटाहरु, ति सबै कुनै कामका छैनन् र जानोस किसानको माझ र जगाउनोस बास्बिक कृषि आन्दोलन र बनाउनोस नेपाललाई बास्तबिक रुपमानै कृषि प्रधान देस। 


मन्त्रि ज्यु म तपाई जस्तो रातो किताब पढेको मान्छे त होइन तर रातो किताब पढेका मान्छेहरु धेरै भएर देस छोड्न बाद्द्य  भएका ६० लाख नेपालि युवाहरुकै मद्द्यको एक हु त्यसैले मेरा केहि सुझाबहरु छन् पढ्नु होला। 


कोरोनाको महामारीले सबै क्षेत्रको आर्थिक गतिबिधि प्राय ठप्प छ, ठुला ठुला ब्यबसायिक घराना पनि यतिबेला ठुलो नोक्सान ब्यहोर्न बाद्द्य छन् , सायद नोक्सान हुदा नेपालबाट कर छली हुण्डी गर्दै बिदेस पैसा लानलाई पैसा नपुगेर होला, बिदेसमा धेरै नेपालीको काम छुट्दा र काम घट्दा पनि Nepal  भित्रिने Remittance बढ्नुबाट आफै सोच्नोस नेपालमा कति पैसा कर छली हुदै हुण्डी मार्फत बिदेस पैसा जान्छ भनेर, सर्ब ज्ञानी सम्भंधित बिसयकै ज्ञाता अर्थमन्त्रि हुदा पनि हुण्डी रोक्न र कर छली रोक्न एक कदम पनि पाईला नचालेको देख्दा नेपालिमाटोले उहालाई सरापेरै होला उहापनि देसै छाड्न लाग्नु भयो धेरै धेरै बधाई छ उहालाई। यहि अतिनै जटिल अबस्थामा कृषि मन्त्रि ज्यु तपाइलाई चाही सुबर्ण अवसर प्राप्त भएको छ त्यहि अबसरलाई सदुपयोग गर्न जान्नु भयो भने नेपाली जनताले तपाईलाई साच्चिकै सदाका लागि सम्झिने छन्। तिनै कर छल्ने बाट महंगा बिदेसी सामान आयात हुने क्रम घटेर र हुण्डी गर्ने पैसा पनि सकिएर केन्द्रिय बैंकमा बिदेसी पैसा १४ खर्ब भन्दा बडी जम्मा भएको छ। त्यस मद्द्यबाट जम्मा १ खर्ब कृषि मन्त्रालयको लागि बिना ब्याजको लोन माग्नोस र किसानको माझमा जानोस।  हामीसंग प्रत्येक वडामा सरकारी संरचना छ त्यहि संरचना प्रयोग गरेर कृषिमा क्रान्तिकारी परिबर्तन गर्न राता किताबहरु पढ्न जरुरत पर्दैन मन्त्रि ज्यु २०० वर्ष अगि लेखिएका राता किताबमा अहिलेको प्रविधिको बिकास समेटिएको थिएन त्यसैले ति तपाईका घर्रामा भएका राता किताब जलाउनोस र अहिलेका प्रबिधि जानेका आई टि का १० जना भाईहरु कृषि मन्त्रालयको लागि नियुक्ति गर्नोस र काम त्यहीबाट सुरु गर्नोस। अब प्रत्येक १ देखि १० वार्डका वाडा अध्क्षयलाई उनीहरु प्रमुख हुनेगरी एउटा कृषि सहकारी बनाउन भन्नोस् त्यसमा उक्त वार्डका कम्तिमा ५०० जना सदस्य kamtima  १६ वर्ष पुगेका सबै नेपालि नागरिकलाई सदस्य दिन मिल्ने गराउनोस र १ सदस्य बराबर १०००० शेयर हाल्न लगाउनोस। अनि प्रत्येक वार्डमा एउटा कृषि बिज्ञ र ५ जना जे टि ए को ब्यबस्था मिलाउनोस। अब यति गरि सक्दा देसै एउटा आयाम आईसक्छ , जब पैसा उठ्छ तब फेरी लुटेराहरु त्यहा पनि सल्बलाउन थाल्छन र त्यो कामनै नहुने सम्म पुग्न सक्छ त्यो हुनलाई नदिन प्रविधिको भरपुर प्रयोग गर्नु पर्छ अब तिनै १० जना आई टि का भाईहरुलाई हरेक दिनका हिसाब किताबहरु प्रत्येक सदस्यले आफ्नो मोबाइलमा हेर्न मिल्ने गरि लेखा विधिको बिकास गर्न भन्नुहोस। अब हरेक सदस्यले १०००० हालेर खेति योग्य जमिनमा उत्पादन सुरु गरे पछि त्यसको ओसार पसार गर्न गाडीको ब्यबस्था र त्यसको बिक्रीवितरण पनि सहकारीबाटनै ठाउँ ठाउँमा व्यवस्थिति Sales काउन्टर खोलि गर्नु पर्ने हुदा हरेक वार्डका सहकारीलाई बिना ब्याजको लोनको ब्यबस्था गरिदिनु भयो भने भारतबाट आउने कृषिका सामग्री अब हाम्रो उत्पादनसंग प्रतिस्पर्धा गर्न सक्दैनन् र ति त्यतै हराउछन तब राज्यले आयातबाट हुने ठुलो रास्ट्रीय नोक्सानी बचाउन सक्दछ। अहिले बैंकमा लगानी गर्ने ठाउ नभएर पैसा थुप्रिएको अबस्था छ यहि अबस्थामा सजिलै केन्दिय बैंकले कृषिको लागि सरकारको अनुरोधमा १ खर्ब बिना ब्याज उपलब्ध गराउन सक्छ , र फेरी त्यो कुनै एक व्यक्तिको लागि मात्रै नभई देसकै अभियान भएको हुनाले त्यो गर्नलाई खासै समस्या पर्दैन। यति गरि सके पछि सरासर उत्पादन र बिक्रि वितरण हुन्छ, यति सजिलोसंग गर्न सकिने काम नगरेर तपाई फेरी कताका अर्थसास्त्रिका कुरा सुनेर डाटा संकलनमा हुनुन्छ तपाइको कार्यकाल डाटा संकनलमै सकिएला र तपाइलाई पनि फेरी नेपालि माटोले सराप्ला त्यसैले  समयमै राता किताब जलाउनोस र कृषि मन्त्रलायका डाटा च्यात्नोस अनि जानोस किसानको माझमा। 




Comments