नेपाल गरिब हुनुका आर्थिक कारणहरु र समाधानका केहि आर्थिक उपाएहरु।

  


 

नेपाल गरिब हुनुमा  अनेकौ कारणहरुको मिश्रण छ। कुनै एउटा कारणलाई मात्रै दोस लगाईयो भने त्यो त्यति पुर्ण हुदैन।  पनि यहाँ केहि आर्थिक कारणहरुको चर्चा  समाधानका उपायहरुको बिस्लेसण गर्ने प्रयास गर्दै छु।

 

कारण  - पहिलो कारण सामाजिक संजालचिया पसलहोटेलस्कुलकलेज जहाँ जहाँ मान्छेको जमघट हुन्छत्यहाँ त्यहाँ राजनीतिक गफ र सरकारको हरेक कामको बिरोध गर्ने सस्कारको बिकास हुनु हो।  नराम्रो कामको बिरोध  जायजनै हो तर बिरोधका लागि बिरोध गर्ने हाम्रो संसकारनै गरिबीको  कारण बन्न पुगेको  आजकल। राम्रै कामको पनि बिरोध हुन थाले पछि सरकार पनि अलमलमा  पर्न जान्छ  निर्णय ढिलाहुने  काम पनि ढिला हुने हुन्छ साथै  मान्छेहरु काम छोडेर बिरोधका लागि बाटोमा आन्दोलनमा आउदा , गर्नु पर्ने काम रोकिन्छ  गरिब हुन बाद्य भईन्छ। यहाँ बुज्नु पर्ने कुरा के  भने जनतालाई चाहिने सबै कुरा सरकारले गर्ने होईनजनता आफैले गर्ने होसरकारले जनतालाई काम गर्नको लागि आबस्यक नीति नियम बनाएर काम गर्न  सजिलो पार्ने हो।यसो सोचौ  सरकारले जनताले कमाएको आम्दानिबाट  % देखि करिब३५ % सम्म कर लिन्छ , औसतमा निकालियो भने जनताको कुल आम्दानिबाट २० % करको रुपमा सरकारले लिने हो। भने पछि ८०आम्दानि  जनताकै अधिनमा हुने गर्छ। साथै सरकारको करको हाम्रो देसको हकमा  पुरैनै चालु खर्चमा सकिन्छ अन्य देसको हकमा पनि ७०देखि माथि चालु खर्चमा सकिन्छ। यसरि जनताबाट उठाएको २०रकमले त्यसमा पनि नगरी नहुने खर्च गरेर अनि सरकारबाटैनै सबै बिकास फटाफट होस् भन्ने भ्रम जुन जनतामा देखिएको  यसलाई राम्रोसंग बुजाउन आजसम्म कसैले सकेको छैन। त्यसैले सबै काम सरकारले गरेनभन्ने जुन भ्रम  त्यो नै गरिब हुनुको एक कारण बनेको छ।

 

कारण  - हरेक जनताले राजनीति बुज्नुचासो राख्नु त्यो स्वभाबिकनै हो तर राजनीतिलाईनै आफ्नो मुख्य पेशा बनाएर युवालाई संगठित गरेर समय बर्बाद पार्नु चाही गरिबीको अर्को उदाउदो कारण बनेको  हाम्रो देसमा। देस कुनै बाद  दर्सनले बिकास हुने होईनहरेक देस कामले बिकास हुने हो।  काम गर्ने मान्छे जति राजनीतिक दलका झोला भिरेर हिडे पछि गर्नु पर्ने काम कसले गर्दिन्छ  अनि देस बन्छ।

 

कारण  - ब्यापक रुपमा कर छली हुनुनै नेपाल गरिब हुनुको अर्को कारणहो। नेपालका धेरै जसो ब्यबसायिक सस्थाहरुले दुइ प्रकारका खाताहरु संचालन गरेका हुन्छन  सरकारलाई तिर्ने करको लागि अर्को बास्तबिक जानकारीको लागि। जब करनै नतिरे पछि सरकारले कसरि गर्नु पर्ने बिकासका काम गर्न सक्छ त्यो असम्भब त्यसैले यो पनि देस गरिब हुने थोरै मानिस धनि हुने मुख्य कारण बनेको छ।

 

कारण  - अनाबस्यक रुपले बिदेसी कम्पनिलाई नेपालमा ल्याउनुसरासर हेर्दा बिदेसी कम्पनि आए रोजगार बढ्यो भन्ने लाग्छ तर बिदेसी कम्पनि बिदेसी पुजी सहित नेपाल आउदा नेपालबाट ठुलो रकम बर्सेनि ति कम्पनिहरुको नाफाको हिस्सा बिदेसिने गर्छ जुन रास्ट्रको लागि ठुलो घाटाहो।त्यसैले जथाभाबी बिदेसी कम्पनि देसमा संचालन गर्न दिनु पनि गरिबीको अर्को कारण बन्न पुग्यो।

 

कारण  - कृषिलाई सरकारले उचित नीति बनाएर संरक्षण गर्न नसक्नुनैगरिबीको मुख्य कारण बन्न पुग्यो।

 

कारण  - अर्थशास्त्र बुजेको मान्छे आर्थिक नीति निर्माणमा नहुनुनै गरिबहुनुको  कारणहरुको मूल कारण भयो।

 

कारण कर छली ra Corruption ले गर्दा सिमित मानिसहरु  धनि भए जसले गर्दा ति मानिसहरुको शोखले बिदेसी महंगा ब्रान्डका सामानहरुको आयातमा बृदीहुन पुग्यो , जब आयात बढ्यो हाम्रो ढुकुटि रित्तियो यो पनि गरिब हुनुको एउटा  कारण हो बन्यो।

 

कारण सरकारले समयमै आफ्नो बजेट खर्च गर्न नसक्नु जसले गर्दा पैसाको चलायमान रोकियो  गरिब भैयो। जति छिटो पैसालाई आबस्यक पर्ने ठाउमा चलायमान गर्न सकिन्छ त्यतिनै छिटो बिकास हुने हो।

 

कारण - आफ्ना साधन  स्रोत प्रयोग नगरी बिदेसबाट सामान खरिद गर्नुनै गरिबको अर्को कारण भयो। जस्तै नेपालका  जंगलमा धेरै रुखहरु ढलेर कुहिएर गएका छन् तर हामी चाइनाबाट करोडौको furniture किनेका छौ , त्यस्तै हरेक क्षेत्रमा यस्तो भैराखेको  यो नै गरिब हुनुको कारण भयो।

 

कारण १०दक्ष जनसक्तिलाई सरकारले उपयुक्त बाताबरण निर्माण गरेर देस भित्रनै कामको सिर्जना गर्न नसक्नु पनि गरिब हुनुको कारण बन्यो।


Reason 11 Corruption not need for explanation. 

 

गरिब हुनुका अनेकौ कारणहरु छन् यी माथिका केहि आर्थिक सम्बन्धि कारणहरु खोतल्ने प्रयास गरेको मात्रै हो। एकजना मान्छे १८ वर्षसम्म जग्गा बेची बेची डिग्री पास गर्छ अनि कलेज पढाउन जान्छ  क्लास एउटा क्याम्पसमा अर्को क्लास अर्को क्याम्पसमा दिनभरी यता  उता कुदेर १ महिनामा २५००० तलब बुज्छ त्यहि पनि कलेजले  महिनामा  पटक पटक गरेर बल्ल बल्ल गरेर दिन्छ। त्यतिले के के लाई पुर्याउने अनि कसरि नेपाल बस्न सक्छ एउटा योग्य  मान्छे। यो एउटा कलेज पढाउनेको ब्यथा हो यस्तो ब्यथा हरेक क्षेत्रमा  यसका प्रमुख कारण यिनै माथिका आर्थिक कारणबाट  सृजित अबस्थाहरु हुन्। यिनका केहि समाधानका उपाएहरु छन जुन यस प्रकार छन्।

 

उपाय  - युवालाई राजनीतिक झोला भिरेर हिनाल्न छोड्ने। राजनीतिमाति मानिसहरु आफै  आकर्सित हुन्छन जसको व्यक्तिगत स्वार्थ हुदैन  मन भित्रनै देस  जनताको लागि केहि गरेर मर्छु भन्ने भावना जागृत भएकोहुन्छ  राजनीतिमा लागेको हुन्छ त्यस्तै  मानिसहरुले अध्ययन गरेर राम्रो नीतिनियम निर्माण गरि देस बन्ने हो त्यसैले कुनै पनि वादको नाममा युवालाई फुस्रा सिद्धान्त  गफ दिन छोडेर युवालाई काम गर्ने वाताबरण निर्माण गर्दिनुनै देसलाई गरिबबाट मुक्त गर्नु  उपयुक्त उपाए हो।

 

उपाय  - खान नपाएर मर्नु भन्दा पुग्दासम्म आयात गरेर खानु राम्रो होआयात गरेर खानु भन्दा बिदेसी कम्पनि नेपालमै खोल्न दिएर उत्पादन गर्नुराम्रो हो। बिदेसी कम्पनि पुजी सहित ल्याउनु भन्दा Royalty तिर्ने गरिल्याउनु राम्रो हो। बिदेसी कम्पनी रोयल्टी तिरेर ल्याउनु भन्दा बिदेसबाट प्रबिधि आफ्नै पुजिमा किनेर ल्याई आफैले कम्पनि खोल्नु राम्रो होबिदेसबाट प्रबिधि किन्नु भन्दा आफ्नै देसमा प्रविधिको बिकास गर्नु राम्रोहो। यो कुरालाई ध्यानमा राखेर बिदेसी लगानी भित्रियो भने देशलाई हुने ठुलो घाटाबाट बचाउन सकिन्छ।

 

उपाय कृषिलाई सहकारी मोडेलबाट सबै जग्गा भाडामा लिएर सरकारले बिना ब्याज सहकारीलाई लोन उपलब्ध गराउन केन्द्रिय बैंकलाइ निर्देसन  दिन सक्दछ  त्यसको उत्पादन  बिक्रि वितरण सबै सहकारीद्वारा गर्ने हो भने हाम्रो कृषिको आयात रोकिन जान्छ  देसले गुमाउदै आएको ठुलो नोक्सानी रोकिन्छ। सहकारीमा धेरै नेपालीको लगानी हुने हुदा केन्द्रिय बैंकले मौद्रिक नीतिमा अलिकति परिबर्तन गर्दा सहकारीलाई दिने लोनलाई फ्रीमा उपलब्ध गराउन सकिन्छ यो गर्दा सरकारलाई कुनै थप आर्थिक भार नपारी मौद्रिक नीतिलाई मात्रै प्रयोग गरेर यो काम सजिलै गर्न सकिन्छ।

 

उपाय  - जति पनि नेपालमा कर छली हुन्छ त्यसमा लेखा परिक्षण गर्नेको मुख्य भूमिका हुन्छ त्यसैले यो रोक्न लाई केहि सस्थाको फुल लेखापरिक्षण गरि तुरुन्तै त्यस्ता गल्ति गर्ने लेखा परिक्षण गर्ने सस्थाहरुको लाईसेन्स खारेज गरि जेलमा हाल्दिने हो भने यो कर छली धेरै हद सम्म रोकिन्छ। जब कर छली रोकिन्छ तब सरकारलाई बिकास गर्न यथस्ट पैसापुग्ने हुन्छ।   दावाका साथ भन्छु नेपालमा अहिले बार्षिक  खर्ब करउठ्छ यदि सबै कर छली रोकिने हो भने बार्षिक सजिलै  २० खर्ब कर उठ्नेछ। त्यो बडी उठेको करले सजिलै केहि बर्षमानै शिक्षा  स्वास्थ निसुल्कगर्न सकिन्छ।

 

उपाए  - सरकारले  ब्यबसाय गर्नलाई प्रोत्सान गर्नु पर्छनेपालमा प्रोफिटमा लगाउने कर ठिक  तर त्यो प्रोफिटबाट ब्यबसायीले आफ्नो व्यक्तिगत प्रयोजनको लागि पैसा लिन्छ  जसलाई लाभाम्स भनिन्छत्यो लाभाम्स कर निकै थोरै  जसले गर्दा थोरै मानिसले धेरै सुबिधा पाए  धेरै गरिब भए। त्यसलाई मिलाउन लाभाम्स कर बृदी गरेर ५०सम्म पुराउदा हुन्छ फिनल्याण्डमा लाभाम्स कर ५२सम्म  जसले गर्दा कुनै ब्यबसायीले आफ्नो ब्यापारको प्रोफिटलाई थप लगानी गर्न प्रोत्साहितगर्छ ,तर  यदि ब्यतिगत प्रयोजनको लागि प्रयोग गर्छ भने राज्यलाई ठुलो कर तिर्नु पर्छ। हाम्रो देसमा लाभाम्सा कर  जसको फाइदा केहि व्यक्तिलाई हुन् पुग्यो। त्यसैले यो समस्या सुल्झाउन लाभाम्स कर बृदी गर्नुपर्दछ जसले गर्दा कर बृदी हुन जान्छ  त्यो पैसा बेरोजगार युवालाई वितरण गर्न पुग्छ।

 

उपाय  - नेपालमा धेरै राम्रा आईटिका बिद्यार्थीहरु छन् तर नेपालका बैंकहरुमा बिदेसी software प्रयोग गरेका छन् ति software प्रयोग गरेबापत करोडौ पैसा बिदेस गएको  त्यो सजिलै सस्तोमा नेपाल भित्रनै बनाउन सकिन्छ। त्यस्तो ठुलो हाउगुजी देख्नु पर्ने केहि छैन त्यो सामान्य कुरा हो जतिसुकै ठुलो बैंक किन नहोस लेखा राख्ने तरिका उस्तैनै हुन्छ त्यसैले यो बिदेसिएको पैसालाई रोकियो भने जनताले सस्तो ब्याज दरमा लोन लिन  सक्ने थिए  आर्थिक गतिबिधिको बृदी हुने थियो।

 

उपाए पुर्खौली सम्पति हस्तान्तरणमा कर लागाउनु पर्छ। जब शिक्षा स्वास्थ्य नि शुल्क गर्न सकिन्छ तब मानिसहरुलाई आफ्ना सन्ततिको पढाई  स्वास्थ प्रतिको बोझ निकैनै हलुङ्गो हुने गर्दछ। त्यति भए पछि पुर्खौली सम्पति हस्तान्तरणमा कर लागाउदा जनताबाट पनि बिरोध गर्नुपर्ने हुदैन त्यति  भए पछि गरिबको छोरा सधै गरिब  धनीको छोरा सधै धनि हुने समस्या केहि हदसम्म सुल्झाउन सकिन्छ।

 

उपाए हामीले जे जे गरेर नेपाल भित्रिएको बिदेसी मुद्रालाई बडी भन्दाबडी बृदी गर्न सकिन्छ त्यो त्यो गरे पछि केन्द्रिय बैंकले सस्तो ब्याज दरमा लोन दिन सक्ने मौद्रिक नीति अबलम्बन गर्दछ। जब लोन सस्तोमा पाइन्छ तब धेरै जनताले आफुलाई आबस्यक परेको जस्तै घरकारजग्गा किन्न  ब्यबसाय संचालन गर्न सक्दछन। अहिले हाम्रो अर्थतन्त्र सबै आयातमा निर्भर  त्यसैले केन्द्रिय बैंकले सस्तो ब्याजदर गराउने मौद्रिक नीति अबलम्बन गर्न सक्दैन जसको कारणले हाम्रा सबै आबस्यकताका सामानहरु महँगो भए। जति काम गरे पनि जिबन निर्वाह गर्न नसक्नुको मूल कारण महँगो ब्याजदर पनि हो।

 

उपाए हामी धेरै रेमिटान्स भित्राउने मुलुकमा टप १० मा पर्दछौ तर हाम्रो सबै पैसा आयातमानै सकियोत्यसैले जसरि हुन्छ त्यो पैसा उत्पादनमा लगाएर आयात रोक्नु पर्यो। उत्पादन गर्दा हाम्रो उत्पादन लागत बडी परेर बिदेसी बस्तुसंग प्रतिस्पर्दा गर्न सकिएन भने तत्काल सरकारले त्यस्ता उत्पादनहरुलाई सहुलियत दिएर प्रतिस्पर्दा गर्न सगाउनु पर्दछ। तब मात्रै स्वदेसी उत्पादनले प्रतिस्पर्दा गर्न सक्दछ  अनाबस्यक  आयात रोकिन्छ।

 

उपाए १० - गाउगाउमा सहकारी मोडेलबाट देस भित्र मात्रै उत्पादन भएका सामान बेच्ने पसल संचालन गरियो भने सरकारले बेरोजगार युवाहरुलाई उक्त सहकारीबाट मात्रै आबस्यक पर्ने सामान किनेर लान सक्ने गरि बेरोजगार भत्ता कार्ड वितरण गर्न सक्दछ  जब बेरोजगार युवाहरुले  ति सामान किनेर लान्छन तब सामानको माग बढ्छ त्यसपछि  फेरी आपूर्ति बडाउन तिनै बेरोजगार युवाले रोजगार पाउन थाल्दछन यसरि यो अर्थसास्त्रको चक्र बुजेर बेरोजगार युवालाई रोजगार सजिलै दिन सकिन्छ।

 

यो  आर्थिक नीति अबलम्बन गर्न नेपालमा जुनसुकै पार्टि आए पनि गर्न सकिन्छ। यो गर्दा कसैलाई बेफाइदा हुदैन सजिलै सबै कामहरु लयमा अगाडी बढ्दै जान्छन  केहि बर्षमानै नेपालबाट गरिबीको अन्त्य गर्न सकिन्छ।

 

Comments