संसारलाई गरिबीबाट मुक्त गर्न पहिलो कदम संसारबाट सबै अर्थसास्त्रको किताब जलाउनु पर्छ।

 केहि दिन भयो अर्थसास्त्रका लेख, अन्तर्वार्ता, किताब पढ्न छोडेको थिए किनकि यो बिसय कसैका बकवास सिद्धान्त, विचार र डाटा दिमागमा छिराएर बुजिने बिसय होइन र त्यो आबस्यकतानै पर्दैन।  यो त सामान्य सुजबुजले बुजिने बिसय हो र यस बिसय जान्नु पर्ने कुरा धेरै छदै छैन। सामान्य कुरा के हो भने मान्छेलाई अनेक सुबिधा र आबस्यक्ता पर्दछ ति सुबिधा र आबस्यकता पूर्ति गर्न तिनै मान्छेहरुले विभिन्न काम गरेर बनाउनु पर्दछ। जस्तै मान्छेलाई खान, लगाउन, बस्न लगायत अन्य धेरै आबस्यकता पर्दछ ति आबस्यकता पूर्ति गर्न मान्छेले काम गर्नै पर्छ। तर यहानिर कुरा के हो भने कोहि काम पढेर, तालिम लिएर गर्नु पर्ने हुन्छ भने केहि काम बिना पढाइ बिना तालिम पनि गर्न सकिन्छ। त्यहि बडी पढेको र तालिम लिएकोलाई अल्लि बडी सुबिधा दिने र नपढेको अल्लि कम सुबिधा दिनको लागि पैसाको प्रयोग गरिएको हो। मुख्य कुरा यहि हो अरु सब मान्छेलाई बेकुब बनाएर सोझा सिधा जनतालाई भ्रममा पर्ने मात्रै हो। 


एकदिन तोइलेट सफा गर्दै थिए, त्यहि क्रममा अनुहारमा पानीको छिट्टा पर्यो अनि सोचे बिज्ञानले रोबट बनाइ सकेको छ यस्तो काम त रोबोटबाट गराउनुनि के ताल होला यो अर्थसास्त्रिको भनेर सोचेको थिए त्यहि बेलुको वोर्ड इकोनोमी फोरममा संसारकै अर्थसास्त्रिको बादबिबाद चल्दै थियो उनीहरुको तर्क थियो रोबटले काम गर्यो भने मान्छे बेरोजगार हुन्छ रे त्यहि भएर रोबटको प्रयोग धेरै गर्न हुन्न रे, तिनीहरुको दिमाग देखेर मलाई हेरिरहेको मेरो laptop फ़ुटाईदिउ जस्तो लागेको थियो तर मेरो मनकै कुरा सदगुरुले भनिदिए र खुसि लाग्यो, उनले भने यदि सबै काम रोबोटले गर्छ भने के बिग्रियो मान्छे फ्री हुन्छ होलिडे मनाउन चन्द्रमा जान्छ खासमा कुरा त्यहि हो , मान्छेलाई काम चाहिएको होईन सामान र सुबिदा चाहिएको हो तर के हो भने सबै काम मेसिन र रोबटबाट गराउन सम्भब छैन त्यसैले आबस्यक काम मान्छेले गर्नै पर्ने हुन्छ। एउटा सामान्य जोगीले बुज्ने जति खुबी जिन्दगि भरि अर्थशास्त्र पढेर यिनले बुज्न सकेनन त्यसैको परिणाम मरी मरी काम गरे पनि खान लगाउन पुग्दैन।  दया लागेर आउछ अर्थसास्त्रिका लेख र अन्तरबार्ता सुन्दा। त्यहि एउटा कुन पागलले ५० वर्ष अगि जी डि पी को कन्सेप्ट निकाल्दियो अनि त्यहि डाटा रटान मार्यो गफ दियो यसो र उसो भन्यो २,४ वटा साधारण मान्छेले नबुज्ने सब्दजाल हाल्दियो अनि ठुलो मान्छे। वाइघातहरु। जलाईदिए हुन्छ संसारभरका अर्थसास्त्रका किताब कुनै काम लाग्ने कुरा छैनन् सबै जालझेल मात्रै छन् बेकारमा धेरै राम्रा मान्छेहरुले पढेर समय बर्बाद गरे त्यो समय बिज्ञानमा लगाएको भए अहिले सबै मान्छेको घर घरमा बिद्दुतबाट चल्ने हेलिकोप्टर हुने थियो। यिनीहरु अझै भन्ने गर्छन ठुलो बिकास गरियो रे १६ वर्षदेखि ४० वर्ष सम्म म निरन्तर काम गरेको छु सामन्य जिबनयापन गरेको छु तर पनि अझै मेरो लोन छ यहि तिमीहरुको आर्थिक मोडेल लाज लाग्दैन अर्थसास्त्रको बारेमा लेख्न अरुका कुरा पढेर लेख्न छोड बुजेर लेख।  सबै सिदा मान्छे माथि सासन गर्ने अस्त्र मात्रै हो अर्थसास्त्र। धर्मशास्त्रलाई मान्छेले बिस्तारै मान्न छोडे त्यसैले अहिले अर्थशास्त्रलाई प्रयोग गर्दै छन्। 


केहि अर्थसास्त्रिको तर्क छ संसार १८२० पछि पुजिबादले बिकास भयो रे बेतुकको तर्क बिकास कुनै मोडलले भएको होईन बिज्ञानले गरेको हो बिज्ञानले आबिस्कार नगरेको भए यी अर्थसास्त्री यही पैसा, सुन, चादीका पछि पछि कुद्थे अझै पनि सुन चादी खोज्दै हिनेका छन्। संसारका अर्थसास्त्रिलाई ५० खर्ब  डलर ५००  टन सुन सहित मरुभूमिमा लगेर ला तेरो पैसा पुजी सुन चादी जे गर्न मन लाग्छ गर भनेर छोडी दिने हो भने बल्ल बुज्ने थिएकी अर्थशास्त्र अनि पैसा सुन र चादीले खान लगाउन र बिकास हुने रहेनछ भनेर।  पैसा सुन चादी ति त केवल कारोबार सहजका लागि बनाइएका माद्यम मात्रै हो तर बिज्ञानले  यत्रो आविस्कार गर्यो यिनीहरु सामान्य पैसाको कुरा बुज्न सकेका छैनन् अनि ठुला कुरा यिनीहरुका छन बकवासहरु। 


अर्थशास्त्र कोहि एउटाले बुजेपो गतिलो नीति बनाउन सक्छ सबै किताब पड्यो फलानोले यो भन्यो धिस्कानाले त्यो भन्यो गफ दियो सक्कियो। अर्थसास्त्र पढेर कहिल्यै बुजिन्न यो बुज्न पहिला पैसा के हो, सुन के हो, पैसा कसरि छापिन्छ किन कुनै देसको पैसा मूल्यबान र कुनै देसको पैसा कम मूल्यको छ भन्ने कुरा सोधखोज र जानकारी लिएर मनन गरे पछि अनि अलिकति केन्द्रिय बैंकले पैसालाई कसरि परिचालन गर्छ भन्ने बुजेपछि, केन्द्रिय बैंकको विनिमय दर कसरि निर्धारण हुन्छ ति कुरा जानकारी लिए पछि अनि आफै मनन गर्ने त्यति गरे पछि अनि अर्थसास्त्रका सामन्य माग, पूर्ति, उत्पादनका साधन, आदिका बारेमा बजेपछि न कार्ल Marx ले के भने पढ्नु पर्छ न Adam Smith वा तिनका हजुरबाउले के लेखे भनेर पढ्नु पर्छ। जे जे लेखे पनि अन्तिममा भनेको उत्पादन र वितरण गर्ने कुरा हो।  सुबिदा लिन उत्पादन नगरी भएन उत्पादन गरेपछि वितरण नगरी भएन यो भन्दा बाहिर गएर कुनै माईकलालले केहि भन्ने कुरानै हुदैन अनि के खान ताईन तुइसंग अर्थसास्त्र पढाएर समय बर्बाद पार्ने जलाई दिए हुन्छ संसारका सबै अर्थसास्त्रको बुकहरु तब मात्र संसारबाट गरिबी हट्छ।  अन्यथा यसैमा रुमलिन्छ र एकदिन बजारमा सुनै सुन, पैसा नै पैसा डाटानै डाटा हुन्छ खाने, लगाउने र बस्न पाइदैन। 



संसारलाई गरिबीबाट मुक्त गर्न पहिलो कदम संसारबाट सबै  अर्थसास्त्रको किताब जलाउनु पर्छ। 




Comments