किन नेपालमा मरी मरी काम गरेपनि सुबिदाजनक जिबनयापन गर्न सकिदैन

एउटा साथीले सोध्दै थियो तेरा लेखमा पैसा भनेको ढुंगाको बिकसित रुप हो भनेर लेखेको छस त्यसो भएत नक्कली पैसा पनि  उस्तै  भयो नि नक्कली पैसाले पनि सबैले नचिन्दा सम्म सक्कली पैसाले जस्तै काम गरेकै हुन्छ उसो भए नक्कली पैसा किन सरकारले चल्न दिन्नत भनेर प्रस्न गर्यो।साथीले अर्थशास्त्र बिसय पढेको थिएन त्यसैले त्यो प्रस्न उठ्नु स्वभाविकनै हो सबैको मनमा यो प्रस्न आउछ आखिर कसरि अर्थतन्त्रलाई  नक्कली पैसाले के असर गर्ला  भनेर।

 

मानिसहरु बिचका कारोबारहरुमा ढुंगाको प्रयोग हुदा देखिनै के मान्यता थियो भने त्यो ढुंगा पाउन केहि  केहि उत्पादन गर्नु पर्छ , त्यो मान्यता आजसम्म पनि त्यहि नै हो। मानौ मैले  १०० रुपिया कमाउन जत्ति काम गर्नु पर्छ अर्कोले पनि त्यहि १०० रुपिया कमाउन त्यत्तिनै काम गर्नु पर्छ भन्ने मान्यताको आधारमानै पैसालाई सबैले मान्यता दिएको हुन्छ  सबैले पैसानै कमाउन काम गरेका हुन्छन त्यहि काम गरेपछि केहि  केहि सामान उत्पादन भएको हुन्छ  बजारमा सामान किन्न पाइन्छ। अब सोचौ सबैले नक्कली पैसा छापेर सामान किन्न गइयो भने बजारको सामान केहि दिनमै सकिन्छ  नया सामान आउदैन किनकि मान्छे  सामान उत्पादन नगरेर नक्कली पैसा उत्पादन गर्न लागे त्यसैले भन्न सकिन्छ नक्कली पैसाले बजारको सामानको मूल्यबृदी गराउछ किनकि त्यहाँ सबै नक्कली पैसा मात्रै  हुदैन सक्कली पैसाले उत्पादन  गरि रहेको हुन्छ तर उत्पादन नगरी बजारमा आएको नक्कली पैसाले माग बडाउछ जसले गर्दा बस्तुको मूल्य बृदी हुन जान्छ  आम मानिसलाई सामान महँगो पर्न जान्छ।

 

अब आउनुहोस माथिको उदाहरण बुजी सकेपछि  किन नेपालमा काम गरेर पनि तलबले खासै राम्रोसंग खानलगाउन  बस्न पुग्दैन त।बिदेसमा एउटा लेबर काम गरेकोले पनि आफुलाई चाहिने प्राय सुबिधा किन्न सकिरहेको हुन्छ तर नेपालमा पनि काम गरेकै छन् तर केहि गर्न पुग्दैन बडो सोचनीय  बिसय  यो  सामान्यतया सोच्दा लाग्ने गर्छ देसै गरिब  भनेर तर त्यो कदापि होईन खासमा कुरा त्यो माथिको नक्कली पैसाको असर जस्तै हो। मानौ भोलिदेखि सरकारले देसका हरेक वार्डमा जनतालाई निश्चित खुल्ला ठाउमा आएर म्यारिज तास खेल्न दिने घोसणा गर्यो  जसले गेम जित्त्छ उसबाट कर उठाउन एक जना सरकारी मान्छे पनि राख्ने घोसाणा गर्यो अब सोच्नोस देसै भरि कर उठाउने मानिस कति धेरैले काम पाउछन  कर पनि राम्रै उठ्छ। अब यस्तो कारोबारबाट जितेको पैसा यस्तो कारोबारबाट पाएको तलब  यस्तो कारोबारबाट उठेको करले बजारमा बस्तु उत्पादन गरेको  हुदैन तर मान्छे त्यहि पैसा लिएर किन्न  जान्छ। जब यस्तो बिना उत्पादन गरेको नक्कली पैसा जस्तैले गर्दा बजारमा बस्तुको माग बढ्छ  माग बढेसंग मूल्यपनि बढ्छ त्यसपछि जो मरी मरी काम गरेका मान्छे हुन्छन उनीहरुलाई आफ्नो तलबबाट  खानलगाउन  बस्न पुग्दैनमुख्य कुरा यहि हो अरु पनि सहायक कारणहरु छन्  फेरी आगामी लेखहरुमा लेखौला तर खासमा नेपालमा त्यही तास खेलाएको जस्तै प्रकृतिका कामहरु धेरै हुने हुदा त्यो समस्या उत्पन्न भएको हो त्यसैले सरकार त्यस्ता अनउत्पादक कामहरुलाई निरुत्साहित गरि उत्पादकमुखी कामहरुलाई बडाउदै लग्यो भने यो समस्या हट्छ।कर्मचारीको तलब बडाएर यो समस्याको हल कदापि हुदैन तलब बढायो भने फेरी सामानको मूल्य बढ्छ समस्या जस्ताको तस्तै यस्तो प्रकारको समस्या नेपालमा मात्र होनि  संसार भरि  तर नेपाल अतिनै बडी  संसारैकै अर्थसास्त्रीहरुलाई यो बिसय टाउको दुखाईको बिसय बनेको  उनीहरुले यसको कारण पत्ता लागाउनै सकेका छैनन्। रोजगार बढाउने भन्दै जे मन लाग्छ त्यहि त्यहि राजगार सृजना गर्दै गए जब अनुत्पादक रोजगार बडी भयो बजारमा सामान कम भयो त्यो संगै मूल्य बृदी भयो अनि आफैले बुनेको झालोमा आफै परे तर कसरि परे भन्ने कुरा मेसो पाएका छैनन्। खासमा कुरा त्यही तास खेलाउने काम जस्तै प्रकृतिका कामहरुमा बृदी हुनुनै मूल कारण हो। नेपालमा झनै बडी हुनुको कारण कर छली  भ्रस्टचार  अत्याधिक हुनु हो किन कि त्यो रोक्दा बित्तिकै त्यसको पैसाले शिक्षा  स्वास्थ निसुल्क गर्न सकिन्छ त्यो भए पछि तलबले अरु सुबिदा बडाउन सकिन्छ। समस्या गरिबीको होईन मिलाउन नजानेको मात्रै हो। हामीले पाउने सुबिदामा गुणस्तर कम होला तर काम गरेपछि सुबिदा लिन  पाउनु पर्यो नि। हाम्रो सरकारले  यी तिन वटा कुरा मिलाउन सक्यो भने नेपालबाट तत्कालै गरिबीको अन्त्य हुन्छ  देसले एउटा लय समात्छ। आफै सोच्नोसन नेपालमा भए जतिका मान्छेले जे जे चाहिएको हो त्यो त्यो काम गरे कति बेर लाग्छ  आफ्नो सुबिदा बडाउन मान्छे जति के के हो के के मा अल्झेका छन् अनि कहाबाट समस्या सुल्झियोस।

 


 

Comments