अहिलेको कोरोना महामारीमा प्राय सबै जसो देसहरुलाई उस्तै किसिमको आर्थिक समस्याहरु परिरहेको छ जस्तै ब्यबसाय बन्द हुने, कामदारले काम नपाउने, घर भाडा तिर्न नसक्ने, कर नउठ्ने, सरकारले आबस्यक खर्च गर्न नसक्ने, मानिसहरुले सामान्य जिबन निर्बाहको लागि पैसा जुटाउन नसक्ने यस्तै यस्तै समस्याहरु प्राय संसारका धेरै देसहरुलाई परिरहेको छ , तra अमेरिकाले र Europe का सबै देसहरुले फ्री नगद र सस्तो ब्याजमा लोन दिएर समस्या हल गरिरहेका छन् जसको प्रभावकारिता राम्रै देखिएको छ। अर्थसास्त्रमा मजैसंग सबैले पढ्न पाइन्छ र ब्यबहारमा पनि देख्न पाइन्छ कि फ्रीमा पैसा बाडियो भने सबै सामानहरुको अत्याधिक मूल्य बृदि हुन जान्छ जुन अर्थतन्त्रको लागि निकैनै खराब अबस्था मानिन्छ तर यी देसहरुले यी सबै कुरा जानकार हुदा हुदै पनि के आधारमा त्यसरी बाडे होलान त बिसय निकै सोचनीय छ हामीलाई लाग्न सक्छ ति देसनै धनि छन् त्यसैले होला भन्ने लाग्छ त्यो सरासर गलत हो किनकि यिनीहरुको पनि बजेट हाम्रो जस्तै घाटाको बजेट हुन्छ। यिनीहरुसंग पनि बिदेसी मुद्राको संचय हाम्रो देसमा जस्तैनै हुने हो तर पनि फ़ट्टाफ़ट पैसा बाडेर अर्थतन्त्र मिलाउदै छन् खासमा चुरो कुरा के ho ta खोतल्ने प्रयास गर्ने छु।
यिनीहरुको चुरो कुरो बुज्नु अगाडी, पैसाको चलखेल बारे जसलाई मौद्रिक नीति भनिन्छ, त्यसको बारेमा केहि पक्ष बुज्न जरुरि हुन्छ। प्राय सबैलाई थाहा भएको कुरा के हो भने पैसा छाप्न केन्द्रिय बैंकमा सुन, चादी तथा बेदेसी मुद्रा हुन जरुरि हुन्छ। किन जरुरि छ भने हामीलाई चाहिने सबै सामान आफ्नो देस भित्र हुदैन त्यसैले अरु देशबाट ल्याउन जरुरि हुन्छ, अब अरु देसबाट सामान किन्न जादा ति देसहरुले नेपाली पैसा लिएर सामान दिदैनन उनीहरुले कि सुन, कि चादी कि डलर ले बल्ल सामान लैजा भन्छन, त्यसैले हार्मो देसको केन्द्रिय बैंकमा बिदेसी मुद्रा राख्नु परेको हो। अब अमेरिकाको परिवेसमा यो लागु हुदैन, किनकि उसको डलर संसारका प्राय सबै देसहरुले स्विकार्ने हुदा अमेरिकाको केन्द्रिय बैंकलाई हाम्रो केन्द्रिय बैंकले जस्तो सुन चादी बेदेसी मुद्रा राखिरहनु पर्दैन, सुरक्षितको लागि राखेको होला तर अहिलेको अबस्थामा हाम्रो देसमा जस्तो राख्नु पर्ने बद्यता हुदैन यसलाई अझै प्रस्ट पारौ। नेपालको एक जना व्यापारीले अमेरिकाको ऎप्पल कम्पनिबाट 1 लाख डलर बराबरको मोबाईल ल्याउन चाहन्छ भने उसले त्यो अमेरिकन कम्पनीलाई डलरमा भुक्तानी दिनु पर्छ अब त्यो ब्यपारी आफुसंग भएको नेपालि पैसा बोकेर केन्द्रिय बैंकमा जान्छ र केन्द्रिय बैंकले तोकेको विनिमयदरमा उसलाई डलर उपलब्ध गराउछ। बुज्न सजिलो होस् भन्ने मनसायले मैले कमर्सिल बैंकको रोललाई हटाएको छु। अब त्यो व्यापारीले अमेरिकन कम्पनीलाई डलर तिरे पछि उसले मोबाईल नेपाल पठाई दिन्छ। फेरी मानौ अमेरिकन एक जना व्यापारीले नेपालबाट नेपालि रु १ करोडको जडिबुटि लान खोज्यो भने त्यो ब्यापारीle अमेरिकाको केन्द्रिय बैंकमा गएर नेपालि पैसा लिनु पर्दैन किनकि नेपालको केन्द्रिय बैंकलेनै डलर लिने हुदा सिधै त्यो व्यापारीले नेपालको व्यापारीको खातामा डलर पठाईदिन्छ अनि केन्द्रिय बैंकले त्यो डलर आफुले राखेर नेपालि ब्यापारीको खातामा प्रकासित विनिमयदरको आधारमा नेपालि पैसा जम्मा गरिदिन्छ यतिसम्म बुज्दा अमेरिकाको केन्द्रिय बैंक र नेपालको केन्द्रिय बैंकले किन बिदेसी मुद्रा राख्न जरुरि र राख्न खासै जरुरि chhaina भन्ने बुजियो।
अब खोतल्ने प्रयास गरौ हाम्रा सिमाहरु। हामी संसारकै सबै भन्दा रेमिटान्स बडी जम्मा गर्ने देसमा १० औ स्थानमा पर्छौ तर सबै रेमिटान्स फेरी बिदेसतिरै फर्किन्छ त्यसैले हामि सधै भरि जस्ताको त्यस्तै। रेमिटान्सले हाम्रो केन्द्रिय बैंकमा बिदेसी मुद्रा जम्मा हुने थियो, नेपालि जनतासंग नेपालि पैसा हुने थियो र त्यहि पैसा प्रयोग गरेर आफ्नो सेवा सुबिदा बृदि गर्न सकिन्थ्यो तर के भयो भने जसरि आयो त्यसरी बिदेसतिर गयो। कृषि सामग्री लगायत धेरै कुरा खरिद गरेर फेरी बिदेस तिर पठाईयो हुदा हुदा बिदेसी कम्पनि नेपालमै खोलेर नेपालीको बिदेसबाट आएको पैसा बिदेसतिरै पठाउन ठुला ठुला बिदेसी कम्पनि खोल्न दिईयो जुन हेर्दा ओहो बिदेसी कम्पनि आए पछि अब सरासर बिकास हुन्छ भन्ने लाग्छ तर त्यसको असर कसैले बुज्दैनन।सिंगापुर , Hong Kong, चिनले बिदेसी कम्पनि खोलेर बिकास गरे हामि पनि त्यहि गरौ भन्दै लाग्छौ। उनीहरुको देसमा खोलेका बिदेसी कम्पनिहरुले संसारभरी सामान बेचेर ठुलो पैसा ति देसहरुमा भित्राउछन र सानो रकम मात्रै नाफाको भाग आफ्नो देसमा लैजान्छन र बल्ल चिन, सिंगापुर, Hong Kong le बिदेसी कम्पनिबाट फाइदा लिन सकेका हुन् तर नेपालको सम्बन्धमा सबै बिदेसी कम्पनिहरुले नेपालमा मात्रै नेपालिलाई सामान बेचेर ठुलो नाफा आफ्नो देसमा लगिरहेका छन् जुन देसको अर्थतन्त्रको लागि ठुलो घाटा हो। नेपालले बर्सेनि ८ खर्ब बराबर रेमिटान्स भित्राउछ त्यो पैसा प्रयोग गरेर नेपालले नेपालीलाई चाहिने सामानहरु उत्पादन गर्ने जस्तो कम्पनि पनि खोल्न सक्थ्यो तर त्यसो नगरेर त्यो पैसाले चाहिएको सामान बिदेसबाट किन्ने वा स्वदेसकै बिदेसी कपानीसंग किन्ने र फेरी बिदेसबाट आएको पैसा उतै तिरै फर्काउने काम भयो। त्यसले गर्दा केन्द्रिय बैंकले चाहेर पनि नेपालको बिकासमा मौद्रिक नीति प्रयोग गरेर काम गर्न सकेन। यसलाई थप प्रस्ट पारौ, यदि केन्द्रिय बैंकले मुद्राको आपूर्ति बडाई दियो भने ब्याजदर घट्छ जसले गर्दा मानिसहरुले बडी खर्च गर्छन र थप उत्पादन बढ्छ, रोजगार बढ्छ भन्ने हुन्छ तर नेपालमा धेरैजसो समान बाहिरबाट आउने र ठुला कम्पनिहरुपनि बिदेसीलेनै संचालन गरेको हुनाले फेरी आयात बड्ने र बेदिसी कम्पनीको नाफा बडी भई नाफाको रकम बिदेस जाने हुदा केन्द्रिय बैंकले यो अबस्था लामो समयसम्म धान्न सक्दैन जसले गर्दा फेरी उसले मुद्रा बजारबाट तान्ने नीति लिन्छ जसले गर्दा ब्याजदर फेरी बढ्छ। जब ब्याजदर बढ्छ तब सबै आर्थिक क्रियाकलाप कम हुन जान्छ जब आर्थिक क्रियाकलाप कम हुन्छ तब गरिब भइन्छ। हाम्रा आर्थिक नीतिले गर्दा केन्द्रिय बैंकमा जम्मा हुन आएको बिदेसी मुद्रालाई बचत गर्न सकिएन, जब केन्द्रिय बैंकमा बिदेसी मुद्रा बचत गर्न सकिदैन तब क्रेडिट सुबिदालाई न्युन ब्याजदरमा दिन सकिएन जब लोननै सस्तो दरमा पाइदैन तब जे ब्यापार गरि पनि घाटा हुने हुन्छ र आर्थिक क्रियाकलाप कम हुन्छ। त्यसैले हामीले आर्थिक नीति बनाउदानै कसरि केन्द्रिय बैंकमा बिदेसी मुद्रालाई बडाउन सकिन्छ भन्ने कुरालाइ पनि ख्याल गर्नु पर्ने हुन्छ।
केन्द्रिय बैंकमा बिदेसी मुद्रा नभए त बिदेसबाट सामान किन्नै नसकिने रहेछ भन्ने कुरा अघिनै बुजियो अब बुझौ बिदेसी मुद्रा कम भयो भने के हुन्छ त।आजको राष्ट्र बैंकको विनिमय दर भनेको १ डलर बराबर ११६ रुपिया छ। यो भनेको राष्ट्रबैकले रुपिया ११६ लिएर आउने लाई म १ डलर दिन सक्छु भनेको हो। त्यो भन्न लाई त रास्ट्रबैकले निश्चित मात्रामा बिदेसी मुद्रा संचित गरिरहनु पर्यो। अब जब रास्ट्रबैकले लोन खुकुलो पारेर नेपालि पैसा बजारमा पठाउछ तब मान्छेसंग पैसा बडी हुन्छ, पैसा बडी भए पछि खर्च बडी गर्छ, जब खर्च बढ्छ आयात पनि बढ्छ अनि बिदेसी कम्पनीको नाफापनि बढ्छ आयात गर्न व्यापारीले साथै बडी नाफा आफ्नो देसमा लैजान बिदेसी कम्पनीले नेपालि पैसा लिएर बिदेसी मुद्रा लिन रास्ट्र बैंक जाने भए।रास्ट्रबैकले बिदेसबाट आउने बिदेसी मुद्रा भन्दा बिदेस लैजाने मुद्राको माग बडी भए पछि पहिला प्रकासित गरेको विनिमय दरमा दिन नसक्ने अबस्थामा पुग्छ र बाद्य भएर १ डलर बराबर १२५ रुपिया गराउछ। अब कुनै नेपालि व्यापारीले १ डलर पाउन पहिला ११६ रुपिया तिरे हुन्थ्यो भने अब त्यहि १ डलर पाउन १२५ रुपिया तिर्नु पर्यो भने पछि उसले बिदेसबाट खरिद गरेर ल्याउने सामान पहिले भन्दा महँगो पर्न जान्छ र बजारमा सबै बस्तुहरुको मूल्य बृदिहुन्छ जुन अर्थतन्त्रको लागि खराब अबस्था हो। त्यसैले यो अबस्था आउन नदिन केन्द्रिय बैंकले आफ्नो लोनमा कसिलो नीति अबलम्बन गर्न बाद्य हुन्छ।जब लोननै कसिलो हुन्छ तब आर्थिक गतिबिधि सुस्ताउछ। जब आर्थिक गतिबिदी सुस्ताउछ तब सबै कुरा सुस्ताउछ र गरिबनै हुन बाद्य भईन्छ। तर नेपालको सन्दर्भमा नेपाल केन्द्रिय बैंकलाई बेदेसी विनिमय दर भारतसंग निश्चित गर्नु पर्ने बाद्यता भएकोले बिदेसी विनिमय दर परिबर्तन गर्न पाउदैन जसले गर्दा उसले बेदेसी मुद्राको माग बढ्यो भने क्रेडिट सुबिदालाई झनै कसिलो बनाउनु पर्ने हुन्छ।
यतिसम्म बुजी सकेपछि अब जाउ अमेरिका र युरोपले कसरि नगद बाडेर आर्थिक गतिबिधि बडाउदै छन् भन्ने कुरा बुझौ। यसो एउटा सानो होटेललाई संझौ कोरोनाले गर्दा त्यो होटेल ३ महिना बन्द भयो मासिक भाडा ४००० युरो थियो कर्मचारी २ जनाले ४००० तलब खान्थे, ब्याज १००० जान्थ्यो अब भनेपछि ३ महिना बन्द हुँदा त २७००० युरो त लस भयो अब यो होटेल मालिकले फेरी चलाउन त सक्दैसक्दैन। त्यहाँ हेर्दा केहि भएको छैन ढोका लागेको छ होटेलको सामान जस्ताको त्यस्तै छ तर लस त्यत्रो भयो अब सरकारले सहयोग नगरे यस्ता लाखौ होटेल बन्द हुन्छन र झनै बिकराल अबस्था आउन सक्छ। यो बास्तबिक कुरालाई बुजी सकेपछि यिनीहरुले कर्मचारीहरुलाई बेतलबी बस्न भने र खान र बस्न पुग्ने गरि सरकारलेनै बेतलबी भत्ता दियो अनि होटेल मालिकलाई पनि बेतलबी भत्ता दियो। अब बाकि रहेको त्यो होटेलको घर भाडा पनि सरकारले तिर्दियो यति गरि सके पछि बेतलबी भत्ता पाएको मान्छेहरुले त्यो पैसा सामान्य खाना र घर भाडा तिर्दै ठिक्क भयो, होटेलको भाडा तिर्दिएको पैसा त्यो घर मालिकले फेरी बैंकमा किस्ता तिरो यसरि यस्तो संकटको अबस्थामा पैसा बाड्नाले अरु सामान्य अबस्थामा जस्तो महंगी बढ्ने सम्भाबना हुदैन भन्ने राम्रोसंग बुजेर यिनीहरुले नया पैसा छापेरनै बाडे। अमेरिकाको पैसा त संसारभरि स्विकार्ने हुदा उसलाई खासै फरक परेन युरोपमा पनि युरो २७ देसभरि चल्ने र बिस्वका अन्य केहि देसहरुले पनि स्विकार्ने हुदा यिनीहरुलाई पैसा छापेरै यो खातामा देखिएको लसलाई हटाउन सफल भए। जस्तै जहाज कम्पनि ३ महिना नचल्दा अरबौ लस हुन्छ तर त्यो जहाज त केहि भएको हुदैननि जस्ताको त्यस्तै हुन्छ अब सरकारले नगद नदिए चल्न सक्ने अबस्थानै छैन भने पछि यिनीहरुले नगद बाडे। अब फ्रीमा बाडेको नगद फेरी घुम्दै बैंकमानै पुग्छ त्यहि पैसा फेरी तिनै ब्यापारीलाई सस्तो ब्याजदरमा लोन दिएर ब्यबसाय सुचारु गर्न सहयोग गरेका छन।यो गर्न सकेको यिनीहरु धनि भएर होईन अर्थसास्त्रको चुरो कुरा बुजेर हो। हामि त एकोहोरो पैसा बाडियो भने मूल्य बढ्छ बाड्न हुदैन भनेर यिनैले लेखेका किताब पढेका छौ त्यहि बुज्छौ।
त्यसो भए अब नेपालमा के गर्न सकिएला त नेपालमा पैसा बाडियो भने त केन्द्रिय बैंकलाई तत्कालै गारो पर्छ किनकि हाम्रो अर्थतन्त्र आयातमा निर्भर छ। त्यसैले हामीले कृषिको लोनलाई फ्री गरेर हाम्रो आयात कम गर्न सक्छौ जसले गर्दा केन्द्रीय बैंकमा बिदेसी मुद्रा संचिति बढ्न जान्छ जब बिदेसीमुद्रा बढ्छ तब अरु ब्यबसाहिलाई पनि सस्तो ब्याजदरमा लोन दिएर ब्यबसाय पुन सुचारु गर्न सकिन्छ अझै रास्ट्रीय रुपमानै राष्ट्रिय आर्थिक संकट घोसणा गरेर स्वदेसी उत्पादन र उपभोगलाई प्रथामिकता दिने अभियान चलाइयो भने धेरै हदसम्म हामी यो माहामारीको आर्थिक क्षतिबाट निस्किन सक्ने अबस्था आउने गर्छ। र सरकारले पनि केन्द्रिय बैंकसंग लोननै लिएर भएपनि आफ्ना कामहरुलाई बढावा दियो भने पनि अर्थतन्त्र सामान्य अबस्थामा फर्किन सहयोगी हुन्छ।
Comments
Post a Comment