इन्द्रेको बाउ चन्द्रे प्रधानमन्त्री भए पनि नेपाल बन्दैन

 देस कुनै बाद र दर्सनले होईन उपयुक्त नीतिनियम र कामले बन्छ। 


नेपालमा धेरै राजनीतिक ब्यबस्था परिबर्तन भए ठुला ठुला आन्दोलन भए तर समस्या जस्ताको तस्तै भयो।मुख्य कारण के होला, किन होला सबैको मनमा उब्झेको प्रस्न हो यो। सामान्यतया सबैलाई लाग्छ यो सबै दोस पार्टीका नेता र सरकारको हो तर त्यो सबै सत्य चाही होईन। तर यो पनि हो कि सरकारले कुसलतापुर्बक आबस्यक सहि नीतिनियम निर्माण गर्दियो भने केहि बर्षमानै देसले राम्रो परिणाम  निकाल्न सक्छ। 


नेपालको अर्थब्यबस्था अनुसार प्राय उत्पादनका साधन र स्रोतको अधिकार  निजि क्षेत्रको हातमा छ। सरकारले तिनै निजिक्षेत्रबाट औसतमा २०% कर लिने हो र त्यो पनि सबै चालु खर्चमै सकिने हुदा लौ सरकारले केहि गर्नै सकेन मुलुक बर्बादै पार्यो भनिरहनु चाही खासै अर्थ छैन।किन भने ८०% आम्दानि त निजिक्षेत्रसंगै हुन्छ त्यसैले यो कुरा राम्रो संग बुज्न जरुरि छ।  धेरैनै ठुलो आस देखाएर  माओबादि सरकारमा आईपुग्यो त्यसका अधक्ष्य प्रचण्ड तथा नेपालकै बिद्द्वान बाबुराम भट्टराई प्रधानमन्त्रि भए तर केहि खास सुधार गर्न सकेनन। केहि व्यक्तिगत कमीकमजोरी, आफ्ना मान्छेलाई अलिकति फाइदा हुने काम गरेका होलान त्यो मानबिय स्वभाबनै हो तर देस बनाउने भित्रि चाहनाले काम त गरेकै होलान तर परिणाम खासै केहि आएन। अहिलेका प्रधानमन्त्रि के पी शर्मा ओली जिबनभर राजनीतिमा लागेर २ पटक मृगौला फेरेका मान्छे, केहि व्यक्तिगत कमजोरीहरु छन् तर देसनै बर्बाद पारेर छोड्छु भन्ने भावना त पक्कै छैन।  पक्का पनि म  यो देसलाई सबैले सम्झिने गरि बिकास गरेर देखाछु भन्ने  भावाना होला तर केहि हुदैन। कांग्रेसका सेर बाहादुर देउवालाई पनि देस नबनाम भन्ने त पक्कै थिएन उनले पनि केहि गर्न सकेनन। 


यो माथिको बिस्लेशणबाट के बुज्नु जरुरि छ भने, हाम्रा कमिकजोरी नीतिनियम र काम गर्ने प्रणालीमा छ तर हामी कहिले कुन पार्टी कहिले कुन पार्टीले गर्छ कि भन्दै आस गरिरहियो यो नै मुख्य कमजोरी भयो। जब नीतिनियम र प्रणालि उचित हुन्छ तब जुन पार्टीको सरकार आएपनि राम्रो गर्न सक्छ जब नीतिनियम र प्रणालिनै  खराब छ तब जस्तोसुकै राम्रो पार्टी र मान्छे त्यहाँ पुगोस केहि गर्न सक्दैन। Finland मा हेर्नोस यस्तो नीतिनियम र प्रणाली बनाएका छन् ३४ वर्षकि महिला प्रधानमन्त्रि भएर पनि राम्रो गरिकी छिन। अर्थमन्त्रि त अझै पब्लिक speaking को तालिम लिदा तिरेको फी महँगो भयो भनेर जनताबाट बिरोध आएपछि राजीनाम दिएकि हुन्। मैले जोड्न खोजेको पब्लिक speaking कै लागि तालिम लिनु पर्ने अबस्थाको मान्छेलाई अर्थमन्त्रि गराएरपनि यो देस संसारकै उत्क्रिस्ट देस बनेको छ। जबकि यहा ४ महिना त हिउ मात्रै पर्छ। कृषि उत्पादन त्यहि १ सिजन मात्रै हुने हो तर पनि यिनीहरुले धेरै राम्रो गरेका छन्। यसको एक मात्र कारण नीतिनियम सहि हुनुनै हो , जब नीतिनियम सहि हुन्छ मान्छे खुरुखुरु काम गर्छ, जब खुरु खुरु मान्छेले काम गर्छ तब मान्छेलाई जे जे चाहिएको हो त्यो त्यो प्राप्त गर्छ। जब मान्छेले जे जे चाहियो त्यो त्यो प्राप्त गर्छ त्यो नै बिकास हो। कुरा सारै सजिलो छ तर नेपालमा त्यहि कुरा किन हुन सकेन त अचम्म छ। ल पढ्नोस Nepal मा किन हुन सकेन। 


म होटेलमा सफा गर्ने काम गर्दै थिए एउटा २३ बर्सको भाईले मसंगै काम गर्दै थियो अनि सोधे बुवाले के गर्नुहुन्छ ? उसले भन्यो बुवा engineer हुनुन्छ। अनि सोधे आमाले के गर्नुहुन्छ ? उसले भन्यो पसल छ त्यहि हेर्नुहुन्छ। अनि मैले भने त्यस्तो राम्रो रहिछ यस्तो सफा गर्ने काम गरेर किन पैसा कमाउन पर्यो तलाई बा आमाले दिनुहुन्न र फेरी सोधे ? उसले भन्यो मेरो कलेज पढाई हुदा दिनुन्छ अहिले मेरो ३ महिना बिदा छ म डाक्टर पढ्दै छु यो बिदामा मैले मेरो लागि आफै कमाउन सक्छु त्यसैले मलाई बुवा आमासंग पैसा माग्न लाज हुन्छ यहाँ त्यस्तो बेलामा कसैले आफ्नो बुवाआमासंग पैसा माग्दैनन रे। यसो नेपाललाई सम्झीए कोहि नेपालीले डाक्टर पढ्दै गर्दा त्यसमा पनि बुवा आमसंग प्रसस्त पैसा हुदाहुदै सफा गर्ने काम गर्ला त , अबस्य गर्दैनन् किनकि हाम्रोमा  त्यसरी काम गर्नको लागि नीतिनियम र प्रणालि बिकास गर्न कसैले सकेका छैनन्। यत्ति थाहा छ कि नेपाल गरिब छ त्यसैले त्यस्तो सफा गर्ने काम गरेर पनि खासै कमाई हुदैन त्यसैले किन गर्ने भन्ने हुन्छ त्यो स्वाभाविक पनि हो।  तर यो नेपालको अबस्था र बुजाईलाई तुरुन्तै परिबर्तन गर्न कुनै धनि हुनु पर्दैन अलिकति नीतिनिय मिलाए पुग्छ। 


अहिलेको अबस्थामा नेपालमा काम प्राय धेरैले केहि न केहि गरेकै छन् कोहि पढाएका छन् ,कोहि बैंकमा काम काम गरेका छन् ,कसैले कृषिमा काम गरेका छन् , कोहि साना साना पसल चलाएका छन भने कोहि ठुला ठुला ब्यबसाय  तर केहि सिमित मान्छेहरुले  असिमित फाइदा लिन सकेका छन्, कोहि चाही काम गरेर पनि मुस्किलले बाचेका छन्। कामनै नहुनु त्यो छुट्टै बिसय हो तर काम गरेर पनि केहि नहुनु त्यो १००% नीतिनियम र सरकारको कमजोरी हो।  यत्ति कारणले बिकसित देसमा जे काम गरेपनि मान्छेका basic आबस्यकता पुरा हुन्छन, नेपालमा हुदैनन् त्यसैले यो कुरा नमिलाए सम्म इन्द्रेको बाउ चन्द्रे आएर नेपालमा प्रधानमन्त्रि भए पनि यस्तै हुने हो। 


नेपालमा आएका धेरै सरकारले लौ तल्लो स्थरको कर्मचारीलाई जिबन निर्वाह गर्न पुगेन भनेर तलब बडाउछन, फेरी तत्कालै महंगी बढ्छ र समस्या जस्ताको त्यस्तै। यो समस्याले सरकारमा बस्ने मान्छेकै दिमाग खराब गरेको हुन्छ तर पनि आज सम्म यो समस्याको हल गर्न कसैले सकेको छैन समस्या हल गर्नु पूर्व समस्या के कारणले परेको हो पत्ता लगाउन सक्नु पर्छ। आज सम्म यो समस्याको कारण कसैले पत्ता लगाएको मैले थाहा पाएको छैन। 


नेपालमा सरकारी कर्मचारीको तलबमा त्यति अन्तर छैन तर निजि क्षेत्रका कम्पनिहरुमा तलब अन्तर निकै छ। जस्तै एउटा बैंकको सामान्य कर्मचारीको तलब २०००० मासिक छ भने सी ई यो को तलब करिब १० लाख होला। यसले गर्दा सिमित मान्छे धनि भए। व्यापाक कर छली नेपालका प्राय ब्यबसायिक सस्थाहरुले दुइओटा लेखा राम्रोसंग राखेका हुन्छन एउटा कर प्रयोजनको लागि अर्को बास्तबिक जानकारीको लागि यसबाट पनि सिमित मान्छेमा अत्याधिक सम्पति थुप्रियो। नेपालमा धेरै राम्रा आई टी का बिद्यार्थीहरु  छन् तर नेपालका प्राय बैंकले करौडौ रुपिया बार्षिक रुपमा तिरेर बेदेसी software चलाएका छन् जुन रास्ट्रको लागि ठुलो घाटा हो। सरकारी काममा अनाबस्यक रुपले धेरै कर्मचारी राख्ने तर काम गर्ने सैली पुरानै , प्रबिधिलाई भरपुर प्रयोग गरेर थोरै भन्दा थोरै कर्मचारीबाट छिटो भन्दा छिटो काम गर्न सक्ने ब्यबस्था मिलाउन नसक्नु हो। सरकारले कृषि क्षेत्रलाई उचित नीतिनियम नबनाउदा करोडौ रुपिया कृषिजन्य सामाग्रीको  आयातमा खर्च भयो जबकि कृषि लोनलाई  निसुल्क ब्याजमा  मौद्रिक नीतिलाई प्रयोग गरेर  प्रदान गर्न सकिन्थ्यो। हावादारी तालमा बिदेसी कम्पनि नेपाल ल्याउदा सिमित उच्च तहका कर्मचारीलाई फाइदा पुगे पनि करोडौ रुपिया नाफाको रुपमा बाहिरियो जसले गर्दा देस टाट पल्टियो। भ्रस्टाचार त सबैलाई जानकारी भएकै बिसय भयो यो चर्चा गर्नै परेन। 


यसरि कर छलीको पैसा, भ्रस्टाचारको पैसा हुण्डी द्वारा बिदेसिने हुदा नेपालबाट ठुलो धन बाहिरियो र बाहिरबाट कामदारले पठाउने बिदेसी मुद्रा उतै रोकियो त्यस्तै हुण्डीबाटै पठाएको पैसाले बिदेसमा धेरै मूल्यमा सामान किन्ने अनि नेपालबाट थोरै पैसाको एल सी खोलि तिरे भन्दा निकै कमको बिल बनाएर सामान आयात गरे जसले गर्दा हाम्रो भन्सारमा उठ्नु पर्ने राजस्व कम उठ्यो, फेरी त्यहि सिमित धनि व्यक्तिले बिदेसी महंगा ब्रान्डका सामान आयात त्यहि पनि हुण्डी प्रयोग गरेर खरिद गर्दा रास्ट्र कंगाल भयो यी अनेकौ कारण  जसले गर्दा नेपालको केन्द्रिय बैंकलाई जहिले बिदेसी मुद्राको मागलाई धान्न मुस्किल पर्यो त्यसिले उसले आफ्नो बिदेसी मुद्राको मागलाई धान्नको खातिर जहिले ब्याजदर महँगो गराउने रणनिति अबलम्बन गर्यो। जब ब्याजदर महँगो भयो बैंकमा धेरै पैसा जम्मा गर्ने पनि फेरी तिनै लुटेराहरु छन् यताबाट पनि उनैलाई फाइदा सर्बसाधारण जनतालाई जिबनभर काम गरे पनि खान नपुग्ने जे किनेपानी महँगो पर्ने यहि बैंकको ब्याजले भयो। जब बैंकको ब्याज महँगो हुन्छ तब आर्थिक गतिबिधि गर्न सकिदैन। बैंक ब्याज सस्तो पार्नलाई केन्द्रिय बैंकम यथस्ट बैदेसिक मुद्रा आबस्यक पर्छ तर लुटेराले पैसा जति हुण्डी गरेर बिदेस लगे त्यसको मार सबैलाई पर्यो। समस्याको मूल जरो यहि हो तर मान्छेहरु बाद का कुरामा अल्झिएका छन्।  सरकारले यो चुहावट १००% रोक्न सक्छ र रोक्नु पर्छ त्यसपछि  देसले १ वर्ष भित्र track मा हिन्न सुरु गर्छ। 


अनि अजै गम्बिर कुरा ब्यबसायिक प्रोफिटको कर दर नेपालको ठिक छ तर लाभम्स कर दर ५% सारै न्युन छ। प्रोफिट पुन व्यवसायमा लगानी गर्दा सम्म थप गतिबिधि बढ्ने हुदा त्यो देशलाई घाटा हुदैन तर त्यो प्रोफिटबाट व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनको लागि लिने पैसालाई लाभम्स भनिन्छ त्यसको कर ५% मात्रै हुदा सिमित मानिसले असिमित फाइदा लिन सफल भए त्यसैले यसलाई बडाएर ५०% सम्म गराउदा हुन्छ Finland मा यस्तो लाभम्स कर ५२% सम्म छ। 


यसरि हाम्रा आर्थिक नीतिनियम र प्रणालीमै त्रुटि हुदा यहि अबस्थामा  इन्द्रेको बाउ चन्द्रे प्रधानमन्त्री भएर आए पनि नेपाल बन्दैन। बादका त कुरै छोडौ त्यो त सोझा सिधा मान्छेलाई अलमलमा परेर लुट्ने मात्रै हो। 










Comments