अर्थशास्त्रलाई प्रयोग गरेर पश्चिमाहरुले हामीलाई गरिब हुन बाद्य पारे।

 पश्चिमाहरुले पहिले अफ्रिकाबाट मान्छेहरुलाई बादेर लगेर काम गराए आफुले मस्त भित्र बसेर खानी कालेहरुलाई बाहिर बादेर कुकुरलाई जस्तै  अलिअलि खाने कुरा दिएर मर्नबाट बचाउथे। जब बिहान भयो अनि काम लगाउथे, अहिले पनि त्यहि रुप निरन्तरता छ अलिकति मोडल मात्रै फेरिएको छ। पहिले अफ्रिकाबाट मात्रै लान्थे तर अहिले अफ्रिका र दक्षिण एसियाबाट लान्छन। पहिले जबर्जस्ति लान्थे अहिले अर्थसास्त्र प्रयोग गरेर आफुले मानिस लाने देसलाई भ्रममा पारेर जबर्जस्ति गरिब पारेर यिनीहरुका सबै निम्न स्थरका काम गर्न बाद्य पारिरहिकै छन्। यो कसैले बुज्दैनन किनकि अर्थसास्त्रलाई  यिनीहरु यस्तो हतियार बनाएकी जसको प्रयोगले सजिलै अफ्रिका र दक्षिण एसिया गरिब पारिदिए र यो क्षेत्रका मानिस सधैभरि यिनीहरुकै काम गरिरहनु पर्ने बद्यता भैदियो। 


यसमा निकै ठुलो डिजाईन छ सुरु गरौ के हो यो सेक्रेट डिजाईन, जब अफ्रिका र दक्षिण एसियामा कोहि पढ्न जान्ने मान्छे भेटिन्छ तिनीहरुलाई यिनीहरुले यिनीहरुका ठुला ठुला बिस्व बिध्ध्यालयमा भर्ना लिन्छन र अर्थसास्त्रका यिनीहरुले बनाएका सिद्धान्त राम्रैसंग दिमागमा छिराई दिन्छन। र त्यहाँबाट निस्किदा सम्म उसले अनेक किताब पढ्छ, इतिहासको अर्थसास्त्र पढ्छ र गुरुहरुले भने जस्तै संसार चलाउने र राम्रो गर्ने भनेकै खुल्ला अर्थतन्त्रले हो भन्ने भ्रम राम्रैसंग बोकेर हिन्छ।  हाम्रो देसको कोहि जान्ने मान्छे Oxford बाट पी एच डि गरेर निस्के पछि त उसले बोलेको कुरा समाजले नेताले पनि विश्वास गर्ने भए र तिनै मान्छेहरुबाट आर्थिक नीति निर्माण गरे पछि त देस सधै पश्चिमाहरुले चाहेको जस्तो गरिब हुने भयो जब गरिब हुन्छन तब कहिले डि वि पारेर कहिले, पढ्नको लागि भन्दै काम गराउने मान्छेको स्रोत हामीलाई बनाईरहे। 


पश्चिमाहरुका ठुला ठुला एजेन्ट भनेको बिस्व बैंक, आइ एम एफ, यु यन, डब्लु टि ओ  आदिलाइ प्रयोग गरेर हामीलाई गरिब हुन बाद्य पारिरहे।  यी ठुला एजेन्नटले सबै भन्दा धेरै लगानी अफ्रिका र दक्षिण एसियामै गरेका छन् तर चाहिने ठाउमा थोरै पुग्छ अरु केहि सिमित व्यक्तिको अथाहा तलब वितरणमा नै सक्छन जस्तै एक ठाउमा सानो स्वस्थ चौकी बनाए भने करोडौ सक्छन, गाउमा १०० वटा बाख्रा वितरण गरे भने करोडौको बजेट सक्छन त्यसैले यिनीहरुको सहयोग हामीलाई बेकुब बनाउन र केहि त्यहि हाम्रा सबै भन्दा धेरै पढेका मान्छेलाई राम्रो तलब दिएर किन्ने सस्था हुन् यिनीहरु। जब राम्रो तलब दियिएको छ पढ्न पनि फ्रीमा दिएकै हो फेरी तिनीहरु गुनगान नगरे त्यस्तो सुबिदाको जागिर अनेत्र  पाइदैन त्यसैले सबै त्यता पढेका र  काम गरेका मान्छेहरुको लेख र विचार पढ्नोस  उनीहरुकै जस्तै छ। जति बेला पनि खुल्ला बजार, बिदेसी लगानीको ओकालत गर्छन। जब सबै खुल्ला बजार हुन्छ तब केहि थोरै मानिस मात्रै धनि र धेरै मानिस गरिब हुन बाद्य हुन्छन र हचुवाको भरमा ल्याएको बिदेसी लगानीले त्यहि ४००, ५०० नेपालीले काम पाउलान तर ठुलो नाफाको पैसा बाहिरिने हुदा देस कंगाल हुन्छ यहि नीति प्रयोग गर्न यिनीहरु सफल भए र नेपालीहरु यिनीहरुको देसमा नोकर भएर बस्न बाद्य भैयो र नेपाल भित्र पनि यिनीहरुकै ठुला कम्पनि भएकाले आफ्नै देसमा पनि गुलामी भैयो। 


यिनीहरुलेनै पढाएका  मान्छेहरुले आर्थिक नीति बनाए र बिदेसी कम्पनि भित्राए तर के  भयो भने नेपालीले पठाएको रेमिटान्स यिनै बिदेसी कम्पनीले बनाएका सामान प्रयोग गरेर फेरी पैसा नाफाको रुपमा बिदेस तिरै गयो। किनकि यो उनीहरुको डिजाइन थियो उनीहरु सफल भए, त्यसैले जहिले पनि बिदेसबाट प्रबिधि भित्राउने हो पुजी आफ्नै प्रयोग गरियो भने नाफा आफ्नै देस भित्र रहन्छ। यदि कुनै बिदेसी कम्पनीले हाम्रो देसमा उत्पादन गरेर अन्य देसमा पनि सामान बिक्रि गर्छ भने बल्ल हामीलाई फाइदा हुने हो नभए देसबाट ठुलो धन बाहिर जान्छ। 


देसमा ८ खर्ब remittance भित्रिन्छ त्यो प्रयोग गरेर आफैले कम्पनि खोल्नु पर्छ। कृषिलाई बिना ब्याज लगानी गरे पसी कृषिमा देस आत्मनिर्भर बन्छ तब remittance लाइ कम्पनीमा लगाउन सकिन्छ। आर्थिक बिकास गर्न लोन सहज र सस्तो ब्याजदर हुनु पर्छ। हाम्रोमा केन्द्रिय बैंकले ब्याज सस्तो पार्ने मौद्रिक नीति लगायो भने ६ महिना पनि बिदेसी मुद्राको मागलाई थाम्न सक्दैन र बाद्य भएर ब्याजदर बढाउने नीति अबलम्बन गर्छ, किनकी आर्थिक गतिबिधि बढ्ने  बित्तिकै बिदेसी कम्पनिको बिदेस लाने नाफा बढ्छ र हाम्रो आयातमा निर्भर अर्थतन्त्रमा आयात पनि बढ्छ र नेपालीले सधै महँगो ब्याजको मारमा परिरहनु परेको छ। यो समस्यालाई हटाउन एक मात्र उपाए कृसीमा आत्मनिर्भर हुने र सकभर लगानी स्वदेसी पुजीबाट गर्ने हो। तर पश्चिमाहरुका एजेण्टहरुले यो काम गर्न दिदैनन र देस सधै गरिब को गरिब परिरहेकै छन्। 


यसरि हाम्रा राम्रा मान्छेहरुलाई पढाएर राम्रो सुबिदाको तलब दिएर ठुलो मान्छे बनाएर, तिनै मान्छेहरुबाट आर्थिक नीति बनाउन लगाएर यस्तो परिस्थिति खडा गरि गुलामी बनाए। लाग्ला सिंगापुर, होंग कोङ्ग चिन बिदेसी कम्पनिले गर्दा बने भनेर तर होस् गर्नोस त्यहाँका बिदेसी कम्पनीले संसारभर सामान बिक्रि गरेका हुन्छन र पो ति देसहरुले फाइदा लिन सके हाम्रोमा त हामीलाईनै बिक्रि गरेर हाम्रै पैसा लागे हामी सधै जस्ताको तस्तै। यसरि अर्थशास्त्रलाइ बलियो हतियार बनाएर यिनीहरुले सधै गुलामी गराए। 


अर्थशास्त्रलाई प्रयोग गरेर पश्चिमाहरुले हामीलाई गरिब हुन बाद्य पारे। 

Comments