सामन्यता हेलिकोप्टर मान्छे र सामान ओसारपसार गर्नको लागि बनाईएको हुन्छ। यसको लागात धेरै पर्ने र पाईलटको तलबपनि धेरै पर्ने हुदा यसको भाडा महँगो पर्न जाने हो। हामीलाई अचम्म लाग्छ धेरै बिकसित देसहरुले हेलीकोप्टरबाट बिउ र बिसादी छरेको देख्दा तर त्यो अचम्म मान्नु पर्ने त्यस्तो केहि छैन। नेपालले पनि तत्कालको अबस्थामा पनि त्यसैगरी बिउ र बिसादी हेलिकोप्टरबाट छर्न सक्छ यदि ठुला ठुला खेतबारीको फाट बनायो भने।
यसो सोचौ त मान्छे बोक्ने भनेर पाईलटलाई मासिक तलब दिएकै हुन्छ अनि हेलिकोप्टर जतिबेला पनि मान्छे बोक्ने काम पाईरहेको हुदैन त्यहि खाली समय मिलाएर १०, १५ मिनेट बिउ र बिसादी छर्दा खर्च हुने भनेको त्यहि १०,२० हजारको तेल हो अरु त केहि त्यस्तो खर्च हुदैन त्यसैले नेपाल सरकारले पनि नेपाल आर्मीको हेलिकोप्टर खाली भएको अबस्थामा लन त्यहा जनताको खेतबारीमा तेलको पैसा लिने गरि बिउ छरिदिउ भनेर भन्न सक्छ र गर्नपनि सकिन्छ त्यसैले त्यहि कुरा बुजेरनै बिदेसमा ठुला ठुला फाटहरुमा हेलिकोप्टरबाट बिउ बिजन छरेका द्रिस्यहरु देख्न सकिन्छ।
हामीलाई लाग्छ नेपाल सरकारका मन्त्रिहरुले हेलिकोप्टर चढेर निकै खर्च गरे भनेर तर त्यो नेपाल सरकारको पैसा नेपालकै अर्कोकोहि व्यापारीकोमा जाने हो खर्च चाही त्यहि तेल मात्रै हुने हो यताको पैसा उता जान्छ खर्च चाहि हुदैन तर यो भनिरहदा सरकारले त्यो पैसा हेलिकोप्टर चढेर कुनै व्यापारीलाई दिनु भन्दा त्यहि पैसाले कुनै प्राथमिकतामा परेको काम गरे राम्रो हुन्थ्यो भन्नु चाहि स्वभाविक हो। सरकारले कुनै पनि आफ्नो प्रोजेक्ट जस्तै रेल मार्ग बनाउदा यदि धेरै जसो जनसक्ति र चाहिने सामान नेपाल भित्रकै प्रयोग गर्न सकियो भने सरकारको पैसा नेपाली जनतालेनै पाउने हुन् जसले गर्दा जनता धनि र देसले पनि रेल मार्ग पाउछ र पैसा जत्तिको तत्तिनै देस भित्रनै रहन्छ यहि कारणलेनै गर्दाnai धेरै देसहरुले स्वदेसी उत्पादनलाई प्रोत्सान huने किसिमले आर्थिक नीति बनाएका हुन्छन।
Comments
Post a Comment